March 15, 2009

गाउँखाने कथा - ७ (Nepali Gau Khane Katha)

अपडेट: यस पटकको गाउँखाने प्रतियोगीतामा फेरी पनि लुना जीले मिलाएर पुरस्कारको हकदार बन्नुभएको छ। गाउँखाने कथामा थाली माथी भएको बटुकी चियाको कप हो। लुना जी आफ्नो मनलागेको गाउं माग्नुहोला। पहिला दिइसकेका गाउं चाही होइन है फेरी?

थालीमाथि बटुकी, बटुकीमा झोल,
तह लाउन त्यसको कान मोल।

के होला त्यस्तो,उत्तर मिलाउनेलाइ गाउं पुरस्कार।


9 Comments:

Anonymous said...

कप -प्लेट ।
( प्लेट अनी प्लेट माथिको कप ! )

पीजी said...

यो गाउं खाने कथा आंफुलाई अर्काले नभनेसम्म उत्तर मिलाउन पटक्कै नआउने ।

ल लुनाजी बाजी मार्नु भो जस्तो लाग्यो है मलाइ ! ल मेरो तर्फबाट Vielsalm दिएं !

Anonymous said...

Panda ji !
what is the meaning of Vielsalm ?
could u tell me please !
( u know ! here near our neighbour village name
called Vielsam !
did u mean this ? or something els ? )

पीजी said...

Lunaji,
मैले तपाइलाई त्यहि तपाइको ठाउं नजिकैको गाउं दिएको हो!

अब त्यहां बस्ने मान्छेलाई नेपालको गाउं दियो भने फेरि गरी खान गार्हो होला भनेर नजीकैको पायक पर्ने ठाउं दिएको हो क्या ! त्यताबाट कहिले काहीं हिड्नु भो भने त्यो तपांइ कै गाउं हो भन्ने सम्झनुहोला ।

Anonymous said...

roti pakaayeko

Anonymous said...

पन्डा जि !
म त्यो गाउ नलिने !
नदिने भए नदिनोस ! दिने भए नेपाल कै गाउ दिनोस !

पीजी said...

त्यस्तो शान्त ठाउं नलिने भन्नु भो, अब नेपालतिरको गाउं त नेपालियनजी संगै माग्नुस । देशै भागबण्डा लाग्न लागेको बेलामा अब तपाईको भागमा त कुन गाऊं पर्ला र खै !

Anonymous said...

पन्डा जि ! आफूले इछ्याएको गाउ त मागी सके अस्तिनै एक पल्ट । अब माग्दिन बरु नेपालीयन जि ले जुन गाउ दिनु हुन्छ खुशी भएर लिने छु ।

आश्मा said...

टि कप चिया सहितको --हो?!
कस्तो रमाइलो रहेच!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !