March 17, 2009

उत्साही संकल्प

-हस्त गौतम मृदुल

निरासाले कुन्ठित ती आत्माहरुमा
आशाको दियो बाल्न सकुँ म।
चूँडालेर निरंकूस ती बन्धनहरु
उन्नतीको पाइला चाल्न सुँक म॥

सुखसान्ती र समृद्धिको लागी
बिधिको शासन थाल्न सकुँ म॥
अन्याय अत्याचार असान्तीलाइ
यो धर्तिबाटै फाल्न सकुँ म।

क्षेत बिक्षेत भएका मनहरुमा
सुखको मलम लाउन सकुँ म॥
आंच आऊन नदिएर कहिलै
शान्तीको गित गाउन सकुँ म।

राष्ट्रलाइ चूस्ने ती जूकाहरुलाइ
नउक्सने खाडलमा हाल्न सकुँ म।
सूनौला सपना छेक्ने ती पर्खालहरु
हातमा हात मिलाइ ढाल्न सकँ म॥

हतास हतास ती मृदुल मनहरुमा
खूशीको कान्ती छर्न सकँ म।
हरेक नेपालीलाइ बुद्ध बनाएर
शन्तिको ज्योति छर्न सकुँ म॥


1 Comments:

Anonymous said...

अहा ! यो कबिता मा लेखिएको जस्ताइ भाब हाम्रो सरकार मा हुने हरु को मनमा आ ई दिए !
म्रिदुल जि ! सार्है मन छुने उत्कृष्ट कबिता लेख्नु भो । निरन्तर पढ्न पा ई रहु !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !