March 11, 2009

ब्लग भित्र ब्लगमा बाबुराम भट्टराइलाइ बतासे प्रश्न

अपडेट: ब्लग भित्र ब्लगमा आउन नसकेको जानकारी बाबुराम भट्टराइको बेवसाइटमा लेखिएको रहेछ। कहिले हो मिती त रैनछ, तर पान्डाजीले पत्ता लगाउनु भएको रहेछ उहांको प्रतीक्रिया। मैले त पान्डाजीले आफै उत्तर बनाउनु भएछ भनेको त सांच्चै रहेछ। बाबुराम भट्टराइको प्रतीक्रिया यस प्रकार छ।

" Dear www.dautari.org

माफ गर्नु होला । समयको अभावको कारणले तपाईको ब्लोगको निम्ति लेख्न नपाउने भए। पछि कोशिश गर्नेछु । "
आशाका गरौं, वाहांले फुर्सत भएमा दौंतरीमा पक्कै आउनुहुनैछ।

दौतरीमा बिभिन्न ब्लगरहरु सहभागी गराएर ब्लग जगत तथा ब्लगर स्वयंको बारेमा जानकारी दिदै आएका छौं। यस स्तम्भलाइ रोचक बनाउन बिभिन्न कोणबाट ब्लग लेख्ने ब्लगरलाइ सकेसम्म सहभागी गराउने प्रयास गरेको छौं। नेपाली राजनितीका सशक्त ब्यक्ती तथा नेपालका बहालवाला मन्त्री पनि ब्लग लेखनमा सक्रिय रुपमा लाग्नुभएको छ। यि ब्लगर हुन अर्थमन्त्री बाबुराम भट्टराइ। ब्लगमा राखेको प्राय: जिज्ञासा उत्तर दिने तथा केही बेब साइटमा यिनका पारखी देखेर वाहांलाइ दौतरीमा ल्याउने जमर्को गरेको हुं। त्यसै अनुरुप दौतरीमा केही दिन पहिले बाबुरामलाइ बतासे प्रश्न भनेर राखेको थिए। केही साथीहरुले त्यो बतासे शव्द निकालेको भए हुन्थ्यो या कहिले आउने हो यो बतासे प्रश्न भनेर क्रमिक रुपमा उत्कुसुकता राख्नुभएको छ।

कती मित्रहरुले याद गर्नुभएको होला कुखुराले बतासे फुल पारे के हुन्छ? थाहा नपाए अनुमान लगाउनुहोला। बतासे फुलमा कुखुरा ओथारो बस्दा बस्दा अन्तिममा फुल खाली रहन्छ यानी बतासे फुलबाट चल्ला निस्कदैन। अब कुराको गम पाउनुभयो होला। बाबुराम भट्टराइको ब्लग र पाठक प्रती उनको चासो देखेर एक महिना पहिला देखी २-३ पटक सम्म प्रश्न राखेको थिए। दौतरीका प्रश्नको उत्तर त परै जाओस हुन्छ या हुदैन भनेर पनि बाबुराम ले जानकारि दिएनन। अनि दिक्क लाग्यो। त्यस पछि लौ त यिनै प्रश्नको खाली उत्तर राखौ अनि पाठकहरु बाटै उनले के उत्तर दिन्थे अनुमान लगाउन भनौ भनेर बतासे प्रश्नको ब्लग राखेको हुं। ल पाठक ब्रिन्द तपाइ नै यि प्रश्नको उत्तर के हुन्थ्यो होला या यि प्रश्न सोध्नै हुदैन्थ्यो भन्नुहोला।
उत्तर प्राप्त नभएका प्रश्नहरु जस्ताको तस्तै राखेको छु।


१) baburambhattarai.com ब्लगलाइ कसरी परिभाषीत गर्नुहुन्छ?

२) गरिब देशको अर्थमन्त्री त्यस्तो चुनौतीपूर्ण पदमा बहाल रंहदा ब्लग खोल्ने बिचार कसरी फुर्‍यो?

३) तपाइ माओबादीको केन्द्रिय नेता, अर्थमन्त्री तथा एक ब्लगर,baburambhattarai.com मा राखिएका सामाग्रीले कुन
कुराको प्रतिनिधित्ब गर्छन?

४) तपाइ त अर्थमन्त्री तपाइको ब्लगमा अंक हैन अक्षर मात्रै रहेछन नि?

५) मन्त्री जस्तो ब्यस्त मान्छे ब्लगमा प्रकाशीत समाग्री तपाइ आफै टाइप तथा पोस्ट गर्नुहुन्छ कि कसैको सहयोग लिनुहुन्छ?

६) बेला बखत ब्लगरहरु सरकार तथा कुनै समुहको निशाना बन्ने गर्छन नेपालमा ब्लगर कत्तीको सुरक्षित देख्नुहुन्छ?

७) तपाइको ब्लगमा त प्रशंसाका प्रतीक्रिया मात्रै रहेछन नि,अमेल खाने प्रतीक्रिया नै आउदैनन कि आएर पनि हटाउनुहुन्छ?

८) ब्लगले दिएको वाक स्वतन्त्रलाइ कसरी हेर्नुभएको छ? संसारका सबै मुलुकमा ब्लगको पहुंच छ जस्तो तपाइलाइ लाग्छ?

९) एक ब्लगरको रुपमा अहिलेको सरकारका ५ वटा राम्रा पक्ष तथा ५ वटा नराम्रा पक्ष भन्नु पर्दा के के भन्नुहुन्छ?

१०) नेपाली ब्लग तथा संचारमा अन्ध भक्त तथा अन्ध बिरोधका सामग्री प्रश्तुत हूदा तपाइलाइ कस्तो महशुस हुन्छ?

११) लुइटेल स्कुल जस्ता बिध्धालय अझ खुल्नु पर्ने जस्तो लाग्छ कि बन्द गरिनु पर्ने जस्तो लाग्छ? तपाइको स्कुले जिबनको

रमाइलो क्षण बताइदिनुहुन्छ कि?

१२) तपाइ त सधै प्रथम हुने ब्यक्ती प्रथम राष्ट्रपती हुन नपाउदा खिन्न लागेन?

१३) जनयुद्दताका संचारको पहुंच कत्तीको थियो?

१४) फुर्सतमा के गर्नुहुन्छ?

१५) तपाइको मन पर्ने ब्लग कुन हो?

१६) तपाइले दौंतरी ब्लग हेर्नुभएको छ? दौंतरी कस्तो लाग्छ र के सुझाब दिनुहुन्छ?

१७) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?



7 Comments:

पीजी said...

नेपालियनजी कस्तो प्रश्न गर्नु भयो कुन्नि? बतासे भन्ने शब्द खारेज गर्दा कसो होला ! मैले पनि सोचेको थिए बाबुराम हाम्रा आइ टी based मन्त्रीसंग केहि बहस चलाउन पाए हुन्थ्यो कि भनेर , तपाइले ल्याउन लाग्नु भएकोमा धन्यबाद ।

ठरकि दादा said...

हैन प्रश्‍न बतासे थिए कि जबाफ बतासे आए, कुरै बुझीएन ।

प्रबिण थापा said...

होइन nepalean ji यो बतासे प्रश्न चाँही कहिले आउछ हो पर्खदा पर्खदा बुढो पो हुने भैयो हा हा हा.........

Anonymous said...

ब तासे प्रश्न सोध्ने मान्छे नै ब तासे अन्डा बाट जन्मे जस्तो लाग्यो ।

Anonymous said...

नामै नै रहेनछ Anonymous को। तपाइको मानसिक अबस्था देख्दा तपाइको नाम "बाबुरामको कट्टु" जुर्नजान्छ। अब देखी नागरिकता,पासपोर्टमा यही नाम लेखाउनुहोला।

पीजी said...

डा साबले उत्तर त दिनु भएछ तर सार्है छोटो, वहाको उत्तर तल छ ।

" Dear www.dautari.org

माफ गर्नु होला । समयको अभावको कारणले तपाईको ब्लोगको निम्ति लेख्न नपाउने भए। पछि कोशिश गर्नेछु । "

मेरो बिचारमा उहाले उत्तर नदिनुका निम्न कारण होलान:
१, हामीलाई विश्वास गर्नु भएन कि,
२, वहालाई पनि तारीफ मात्र मन पर्छ कि
३, उत्तर दिएर विवादमा पर्छु भन्ने डर लाग्यो कि
४, प्रश्न कठीन लाग्यो कि

Anonymous said...

भट्टराई जि ले उत्तर दिनु भएको भए राम्रो हुन्थियो । जनता को हिर्दय को नेता त सरल - साधारण सबैमा भिज्न सक्ने हुन सक्नु पर्छ । मुलुक को नेता ले यो उु भन्नु हुँदैन । जहाँ सम्म लाग्छ फुर्सद नभए जस्तो लाग्दइन । कती मिनेट लाग्छ यि प्रश्न को उत्तर दिन ? बढी मा १० मिनेट लाग्ला बहा जस्तो बिधान - बिद्दान ब्यक्ती लाई ।
सबैको मन जित्नु होस् भट्टराई जि ! शुभ कामना मुलुक को शुभ सोच्ने एक नेपालीको नाताले ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !