February 9, 2009

दिपक अधिकारीसंग ब्लग संबाद


पाठकहरुलाइ पक्कै थाहा छ यसपटक ब्लग भित्र ब्लगमा बरिष्ठ ब्लगर दिपक अधिकारी आउंदै हुनुहुन्छ। उहां लामो समय देखी अंग्रेजीमा ब्लग चलाइ राख्नुभएको छ। तपाइहरु उहांको ब्लग deepakadk.blogspot.com मा पढ्न सक्नुहुनछ। अहिलेलाइ वाहासंगको इमेल संबाद राख्दैछु। ब्लग भित्र ब्लग स्तम्भ कस्तो लाग्यो, के गर्दा राम्रो हुन्छ र हाम्रा ब्लगर दिपक अधिकारीको ब्लग कस्तो लाग्यो पक्कै पनि प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा गरेको छु।(नेपालियन)

१ नाम नै दिपक डायरी रहेछ तपाइको ब्लग पक्का डायरी हो त ? तपाइको ब्लगबारेमा जानकारी दिनुहोस् न ?
सन् २००६ जनवरीदेखि मैले दीपक्स डायरी नाम दिएर अंग्रेजीमा ब्लग पोस्ट गर्न शुरु गरें । यसका पछाडि एक-दुई कारण र पृष्ठभूमि छन् । कान्तिपुर दैनिकका संवाददाता दिनेश वाग्ले र काठमान्डु पोस्टका उज्वल आचार्य मिलेर सन् २००४ अक्टोबरमा अङ्ग्रेजीमा युनाइटेड वी ब्लग युडब्लुबी खोलेका थिए जसमा म शुरुदेखि नै लेख्थे । त्यतिखेर म नेपाल साप्ताहिकमा काम गर्थं । युनाइटेड वी ब्लग शुरुमा हामी साथीभाइबीच सीमित थियो । यसलाई हामीले अंग्रेजी लेखाइ तिखार्ने र समाचारमा नआएका कुरा लेख्ने ठाउँका रुपमा लिएका थियौं । सन् २००४ फेब्रुअरी १ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेपछि टेलिफोन इन्टरनेट लगायतका संचार माध्यम अवरुद्ध गराइयो । त्यतिबेला मात्र हामीले ब्लगको महत्व बझ्यौं । युनाइटेड वी ब्लग नेपालमा शाही सरकारबाट भएका दमन सेन्सरसिप र निरंकुशताविरुद्ध आवाज उठाउने माध्यम भयो जसमार्फत हामीले सन् २००६ अपि्रलको आन्दोलनमा छिनछिनमा अपडेट गरेर देशभित्र र बाहिरका नेपालीलाई सूचना दियौं । युडब्लुबीको पहिचान राजनीतिक ब्लगका रुपमा विकास भएकाले निजी कुरा लेख्न मैले दीपक्स डायरी शुरु गरेको हुँ ।

२ काममा पत्रिका फुस्रतमा ब्लग बोर लाग्दैन ?

खासै बोर लाग्दैन । समाचारको आफ्नै सीमा हन्छ जसमा मनमा लागेका कुरा लेख्न पाइँदैन । त्यस्तो बेला मनको बह ब्लगमा पोख्दा आत्मसन्तुष्टी हुन्छ ।

३ तपाईको ब्लगले सबैभन्दा आनन्द ल्याएको कुरा के होला?

मेरो ब्लगमा मैले पशुपति वृद्धाश्रमको दुरावस्थाबारे लेखेपछि एकजना बेलायती फोटोपत्रकार नेपाल आए र मलाई भेटे । हामी सगै वृद्धाश्रम घम्न गयौ । उनले त्यहाँ खिचेका तस्बिर बेचेर र च्यारिटी कार्यक्रम गरेर उठेको पैसाले त्यहाँका वृद्धवृद्धालाई सहयोग गर्नेभएका छन् । यो सम्झदा मलाई आनन्द आउँछ ।

४ तपाईको ब्लगमा धेरै शाब्दीक अलंकार रहेछन् खुशीको बर्णन गरिदिनुहोस् न?

खुशी यस्तो मानवीय पक्ष हो जसबाट मानिस कहिल्यै वंचित हुननपरोस् भनेर कामना गरिरहन्छ ।

५ ब्लगान स्वर्गीय भयो भन्छन् नि तपाइको ब्लगमा त अझै ब्लगानको लोगो रहेछ?

ब्लगान करिब तीन वर्षअघि नेपाली ब्लगरहरु मिलेर बनाएको एक अनौपचारिक संजाल हो । ब्लगसम्बन्धी काम भर्चुअलु हुने भएकाले यो स्वर्गीय नै भयो त भन्न नमिल्ला । हामीले गठन गर्दैखेरी यसका सीमा बुझेका थियौं । हाम्रो त्यही प्रयासप्रति ऐक्यबद्धता जनाउन लोगो राखेको हुँ ।

६ नेपाली ब्लगको धरातललाइ कसरी ब्याख्या गर्नुहुन्छ ? नया पुराना ब्लगरलाइ केही सुझाब छ कि ?

भर्खरै एक महिला ब्लगर साथी जेड एक्सप्रेसले आफ्नो ब्लग तीन वर्ष पुगेको उपलक्ष्यमा लेखेकी छन् अहिले दिनहु कति नेपाली ब्लगर थपिन्छन् हेक्का राखेर साध्य छैन । त्यस्तै मैले पनि पछिल्ला समय के-कस्ता नयाँ ब्लग थपिए भन्ने अपडेट गर्न पाएको छैन । शुरुमा नेपाली ब्लग पत्रकारमा सीमित थियो । अहिले त्यसमा धेरै पेसाका मानिस समाहित भएको पाएको छु । नेपालमा ब्लगको धरातलको कुरा गर्दा इन्टरनेट प्रयोगकर्ता कति छन् भन्ने सवाल आउँछ । इन्टरनेटमा पहुँच असाध्यै कम भएकोले ब्लग विदेशमा बस्ने नेपालीका लागि देशका बारेमा अद्यावधिक गर्ने माध्यम भएको छ ।
भनिन्छ सुझाव विद्वानले दिदैं दिदैंन मुर्खले लिदैंन । तैपनि ब्लगरलाई म विषयमा विविधता ल्याउन अन्तक्रियात्मक बनाउन र निरन्तर अपडेट गर्न सल्लाह दिन्छु ।

७ अरबदेखी अमेरीकासम्म बस्नुभएछ अरबको नेपाली जीवन र अमेरिकाको नेपाली जीवनमा अन्तर समानान्तर के के छन् ?

पूर्वी पहाड पाँचथरको सानो बजार फिदिममा जन्मिएको म ,उत्तरतिरको भारापा डाँडोदेखि उता के होला फिदिममाथि लमतन्न सुतेको लालीखर्कबाट हेर्दा कस्तो देखिएला भनेर सानैदेखि गम खान्थें । यही उत्सुकताले काठमाडौं ल्यायो । १० वर्षअघि दृष्टि साप्ताहिकमा काम गर्दागर्दै संयुक्त अरब इमिरेट्स जाने मौका मिल्यो । त्यतिखेर खाडी राष्ट्र जाने उस्तो चलन थिएन । चार वर्ष म्याकडोनाल्ड्समा काम गरें । विदेशमा फरक काम गर्दाको अनुभव रमाइलो भयो । गत वर्ष नेपाल साप्ताहिकमा काम गर्दागर्दै अल्फ्रेड फ्रेन्डली प्रेस फेलोसिपमा छानिएर अमेरिका जाने मौका मिल्यो । अरबभन्दा अमेरिका धेरै विकसित लाग्यो । संस्कृति र मानिसहरुको सोच र प्रवृत्ति फरक छ । तर नेपालीका लागि एउटा समानता भेटें-अरबमा जस्तै डिपार्टमेन्ट स्टोर पेट्रोल पम्प र फ्याक्ट्रीमा काम गर्ने नेपाली उत्तिकै छन् अमेरिकामा पनि । फरक के मात्र भने त्यहाँ उनीहरु डलरमा कमाइरहेका थिए भने उता नेपालमा अरब जानेलाई भन्दा उनीहरुलाई सम्मानजनक रुपमा हेरिने ढोंगी प्रवत्ति हावी छ ।

८ अमेरीकी पत्रकारको लेखको मर्म र नेपाली पत्रकारको लेखको मर्ममा के अन्तर होला?

अमेरिकामा व्यवसायिक पत्रकारिताको लामो इतिहास छ । त्यहाँका पत्रकारले लामा तथ्यपरक र खोजमूलक समाचार-लेख लेख्दारहेछन् । नेपालको पत्रकारिता अझै बामे सर्दैछ । धेरै गर्न बाँकी छ नेपालमा ।

९ कान्तिपुरका लेखक कटुवालले कर्नाल बजाए जस्तै गर्छन् याने कान थुनेर धोक्रो फुक्छन । जायज हो यो आरोप ?

कुनै पनि पेसाका आफ्नै सीमा र वाध्यता हुन्छन् । कान्तिपुरले पनि सकेसम्म सन्तुलन गर्न खोजेजस्तो लाग्छ । तर माथिको प्रश्नको जवाफमा मैले भनेजस्तै अझै व्यावसायिक हुन सकेको छैन । यसको मतलब गर्नलाई प्रसस्त ठाउँ छ भन्ने पनि हो ।

१० जागिर खाएर हाकीम हुनेबेलामा रन्जित कर्णले गिरफ्तारी दिएको फोटो तपाईको ब्लगमा रहेछ । नेपाली अगाडी बढ्न नसक्ने हुन् या नचाहने हुन् ?

यो प्रश्न बुझिन । नराख्ता हुदैन।

११ शब्दावली थपे व्यक्तित्व विकास हुन्छ नेपाली राजनितीमा थपिएका शब्दले नेपाललाई अगाडी बढाउदैछ कि फसाउदै छ ?
अगाडी नै बढाउदैछ जस्तो लाग्छ । बाइबलसमेत इन् द बिगिनिङ देयर वाज वर्डु बाट शुरु हुन्छ । त्यसैले शब्द शक्ति हो । नयाँ शब्दावलीले नेपाली राजनीतिलाई अगाडि नै लैजानुपर्ने हो ।

१२ प्रश्न धेरै नेगेटीभ भयो कि जस्तो लाग्यो पोजेटीभ कुरा के सोध्नु पथ्र्यो ?

नेगेटिभ लागेन मलाई त । गिलास आधा खालि कि आधा भरि भनेजस्तो त हो ।

१३ दौंतरी हेर्नुभएको छ कस्तो लाग्यो दौंतरी ?

दौतरी राम्रो लाग्यो । म अमेरिकामा हुँदासमेत त्यहाँबाट अनलाइन पत्रिका चलाइरहेका इन्टरनेट फोरम आदिका साथीहरुसँग भेट भएको थियो । दौतरी अझ धेरै नेपालीलाई बाध्ने डोरी होस् मेरो शुभकामना । यसमा मेरा कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।
१४ तपाईलाई भन्न मन लागेका तर मैले छुटाएका केही कुरा छन् कि ?
छैन ।


9 Comments:

archana said...

welcome deepak ji.

Anonymous said...

Although I haven't been consistently following him (त्यही त हो नि, समय जुटाउनै गार्हो), I honestly believe he is one the most classy Nepali blogger with unmatched quality of writing. Though he doesn't seem to updated his blog regularly (त्यही त हो नि, समय जुटाउनै गार्हो :)), but when he writes it's something special.
Looking forward for his side of the story in this post.

ठरकि दादा said...

नेपाली ब्लगर र ब्लग बारेमा जानकारी दिने क्रममा राखीएको यस पटकको कुराकानी पनि रोचक र ब्लगीङ क्षेत्रमा लागेकालाई जानकारी मूलक पाएँ ।

दिपकजीको स्पष्ट र यथार्थवादी विचार र जानकारीकोलागी म वहालाई धन्यबाद दिन चाहन्छु।

सन् २००४ अक्टोबर देखी ब्लगीङ शुरु गर्नु भएको भनेपछि वहालाई नेपाली ब्लगिङ जगतको पायोनियर भन्दा पनि फरक नपर्ला ।

हुनत म पहिला पनि फाट्ट फुट्ट वहाँको ब्लग चाहर्थैं (त्यसो त वहा पनि सायद व्यस्तताल होला फाट्ट फुट्ट नै लेख्नुहुन्छ)तर यहि पोष्ट मार्फत वहाको बारेमा पनि रोचक जानकारीहरु पाएँ ।

धन्यवाद, दिपकजी र नेपालीयनजीलाई ।

Anonymous said...

When deepak mentioned about his job in McDonald's UAE, I went into flash back coz I too was there with him and had worked together with him in the same store. I know very well that Deepak is a great PATRAKAAR and a nice guy as well. I wish him all the very best both in the field of blogging and in mainstream journalism.

Anonymous said...

दिपक अधिका रि जि को ब्लग क्लिक गरेर हे रे मात्रै । अङ्रेजी पढ्नु त्यती आउँदैन ! ( आउन त आउछ डिक्स्नेरी हेरेर २ हरफ लाई २ मिने ट् लागेर हेर्यो भने । अब ब्लग मा त कती हरफ हुन्छ कती ! अब त्यसो गर्न फुर्सद ले पनि दिदैन ! के गर्नु ! फुर्सद लाई मुठी मा बाध्नु पाए त हुन्थियो तर कहाँ त्यस्तो ! उल्टै फुर्सद्ले पो मलाई मुठिमा बाध्छ र पो त ! नत्र त कत्ती अग्रेजी पढ्थे कत्ती !!! :) )
बहा तराजु जोख्न बसेको मान्छे जस्तो हुनु हुदो रहेछ ! यता बढी होला कि उता बढी होला कि सतर्क भएर शब्दलाई जोख्नु हुदो रहेछ !
~~~~
दाँया तराजुमा शब्द
बाँया तराजु मा शब्द
तिम्रो मन तुलो समाती रहेछ --
ढल पल हुन दिदैनौ
क म् पनि हुन दिदैनौ
बढी पनि हुन दिदैनौ
मन न्याएे मूर्ती जस्तो ! ।

Basanta said...

दीपकजीसंगको कुराकानी पढ्न पाऊँदा खुशी लाग्यो। दीपकजी र दौंतरीलाई हार्दिक धन्यबाद! दीपकजीको ब्लग बेलाबखत पढ्ने गर्छु म पनि। उहाँका खोजमुलक लेखहरु साह्रै राम्रा लाग्छन्। अझ बढी सफलताको लागि शुभकामना।

Anonymous said...

i thought nepalese journalists are champion on taking interviews but Deepakji proved they are more champion in being interviewed.

badhai 6 badhai. keep it up.

Anonymous said...

I admire Dipakji for his excellent writing skills. Thanks for presenting him on this blog.

Unknown said...

दिपकजीको पत्रकारिता र यथार्थपरक शब्दावली अनी सटिक जबाफ प्रती आभारी छु । एउटा पत्रकारको सुन्दर ब्लग, त्यसभित्रका राम्रा छाट्-काट र सामाग्री सार्है नै उत्तम । उहाका भाबनाहरुलाई तमाम पाठकहरु सामु ल्याउन मेहनत गर्ने दौतरिलाई मुरी मुरी धन्यवाद । पढ्न पाउदा खुबै रमाइलो लाग्यो

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !