February 21, 2009

जवानिले काउकति लगायो कि महारानी

वसन्त "विवश" आचार्य
जवानिले काउकति लगायो कि महारानी
डोलि चढ्ने रहर मनमा जगायो कि महारानी

अङ्ग अङ्ग पोखिनलाइ अटेस मटेस भा'छ
वैमानिले यौवनको रङ्ग उडायो कि महारानी

एकोहोरो मनसंग वातमारी लजाउनृहृन्छ
पिरतिको धुन मनले जगायो कि महारानी

देखेपनि नदेखे झै तर्की हिड्नृ हृन्छ
नयनले कसैको तस्वीर सजायो कि महारानी

उर्वसी र मेनका मिसिएर तिमी वन्यौ
नभन्नु है वसन्तूले फकायो कि महारानी
तुलसीपुर दागं


2 Comments:

प्रबिण थापा said...

nice gajal

nepalean said...

बसन्त जी चाल निको छैन नि, "उर्वसी र मेनका मिसिएर तिमी वन्यौ
नभन्नु है वसन्तूले फकायो कि महारानी" भन्दै आफु पानी माथी ओभानु भइदिने?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !