January 1, 2009

गजल - अधर्मी पापी भन्दै

प्रबिण थापा
धादिङ, हाल इटली
आपत पर्दा जीवनमा, हतास नठाने है
काँडामाथी हिंड्नु पर्दा, खुट्टा नताने है

जन्मी हुर्की बढेको, यही सस्कारले गर्दा
चिढिएर बोल्न सक्छु, दु:ख नमाने है

प्रश्नहरु गरौला, तिमीलाई बुझ्न भनी
अबिश्वासी भनी मलाई, अर्को नछाने है

मेरै कारण कहिलेकाही, अप्ठ्यरो परे पनि
रिसाएर आँखा चिम्ली, तीर नहाने है

भबितब्य पर्न गई, एक्लै छाडे भने कतै
अधर्मी पापी भन्दै, तेलमा नझाने है



5 Comments:

Prabesh said...

कति राम्रो गजल लेख्‍न जान्नुभाको रै'छ
हामी पढ्छौँ, अझै लेख्‍न झर्को नमाने है

Anonymous said...

राम्रो छ। लेखन जारी रहोस् ।

प्रबिण थापा said...

तपाईंहरुको महत्वपूर्ण प्रतिकृया को लागि धन्यवाद। सकेसम्म म आफ्नो रचनालाई सुधार गर्दै जाने प्रयास गर्नेछु। प्रबिण थापा

Anonymous said...

Nice Gajal Thapa ji !
keep it up .

बिजय कुमार श्रेष्ठ said...

yo dhadingne ko namaskar prabin ji sarai ramro gagal lekhanu bhayo lekhen jari rahirahos bhanne chahanchu , derai ramro cha ,bijay

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !