January 8, 2009

काठमाण्डु डायरी-२

अँध्यारोको सांक्षी छन्
सडक, चिम र बजारहरू
मुस्लो धूँवा र धूलोको दावानल बलेको छ
तैपनि चैनको निदमा निद्रित छन् लाचारहरू
आबरू ,अस्मिता र जीवनका आखेटकहरूको
धन्दा चलेको छ निर्वन्ध गाऊँ शहर जतासुकै
क्रान्तिकारिताको क्रमभंगतामा संरक्षित व्याभिचारहरू
आक्रान्त छ स्वयं पशुपति खै कस्ले कस्को कल्याण गर्ने हो ?
स्खलनको दलदलेमा लेदो बनेका छन् विधि, व्यवहार र विचारहरू
नाममा मात्र केवल अस्तित्वरत बनेको छ निरिह मुलुक यहाँ
सभ्यता र उन्नतिको यो युगमा नाङ्गो,समातेर चुँडाइएको इजारहरू

धाराहरू पानीको, चिमहरू प्रकाशको अनि जनता जीवनको भीख माग्दा
क्रान्तिको भाषामा चमत्कारका चित्कार पस्कन आतुर छन् लाचारहरू
जंगलको दिक्षा बोकेर शहर नै जंगल पार्न भुक्दै निरन्तरका चित्कारहरू
आमूल उडाइएको परम्परामाथि विजय पाएको आलापमा निद्रित मानव आकारहरु

नया नेपाल- सबथोकको पर्याय बनेको छ
बिर्सिएर मानव हुनुका सम्पूर्ण शैलि र व्यवहारहरू


5 Comments:

पीजी said...

"धाराहरू पानीको, चिमहरू प्रकाशको अनि जनता जीवनको भीख माग्दा
क्रान्तिको भाषामा चमत्कारका चित्कार पस्कन आतुर छन् लाचारहरू"

पक्कै पनि काठमाडौ बस्दाको तपाईको भोगाइ हाम्रो सुनाइ भन्दा कठोरै होला ।

धेरै पछि पाल्नु भो, मलाइ त कतै .....हरुले तपाइलाई काठमाडौ तिरै अपहरण गरेर राखे कि भन्ने डर लागेको थियो ।

Anonymous said...

वाह् ! वाह् !! एकलव्यको डायरी जी, कती सुन्दर, मार्मिक अनी सान्दर्भिक ।

Anonymous said...

तिम्रो हिर्दय दुखेर
आँखाबाट आशु बर्षदै
मसी को स्बरुपमा
कागज मा गुनासो पोखिरहेको
तिम्रो कबिता जस्तो
दुखी छ काठमान्डौ ।!
हेर्दा हेर्दाइ रोगी भो काठमान्डौ !
हेर्दा हेर्दाइ बिरुप भो काठमान्डौ !
या ब त् समस्याले
चाउरिएको छ काठमान्डौ
तैपनी
सन्तान हरु
चुसिरहेकै छन उन्कै लाम्टो
लाश मा त्र हुन बाँकी काठमान्डौ
हात फैल्याएर
अनुरोध गरिरहेकी छि न्
' मलाई ब चाउ '!
म बिमार छु
मेरो औषधी गर !
' मेरा मानब सन्तान हरु !
मानब हुनुको कर्तब्य पुरा गर !'
तिम्रो गौरब लाई ब चाउ !
तिम्रो गौरब सगै
तिमी आफूलाई ब चाउ !

Anonymous said...

बाबुराम ले गोर्खामा पढ्दा बिजुली थिएन, किन अहिलेका लाई बत्ती दिने? बाबुराम को खुट्टामा जुत्ता थिएन, अबलाई किन जुत्ता लाउन दिने?
यही हो डाक्टर काम्रेड को रिसोच र नयाँ नेपाल को तसबिर।

Basanta said...

यो काठमाण्डौंले शताब्दीयौंदेखि चोटै-चोटमात्र थुपारेर बसेको छ। जो आए, तीनले लुछे र यो अब कंकाल भईसकेको छ, बाहिरबाट हेर्दा टन्न 'फोक्से' मासुले भरिएको देखिएपनि।

सटक चित्रण छ, अरु पनि जाओस्।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !