January 25, 2009

यात्रा स्मरण - कहाँ छ देश ?

शेखर ढुङेल - ०१-२०-२००९

गत साल (२००८ ) को जुन महिनामा भारत को बिभिन्न धार्मिक स्थल (मा बैष्णो देबी ,हरिद्वार ,बनारस ) र कास्मिर एबं सिमला को भ्रमण गर्दा महसुस भएको तितो सत्य सहित को यो यात्रा स्मरण, सुखद याद भन्दा दु:खको गहिरो पाटो नै अबिस्मरणिय भएर रह्यो । अनी घर मा पिडांलु बन मा पिडांलु ससुराली जाँदा पनि तीन हात को पिडांलु भने झै देश मा दु:ख भएर अमेरिका आइयो अमेरिका बाट शुख को लागि घुम्न हिंडेको त्यहा पनि सही नसक्नु दु:ख देख्दा मन त मेरो दुख्ने नै भयो पाठक लाई पनि बाँड्न रहर लागेर प्रस्तुत गर्दै छु ।

म र यात्रा कै क्रममा कास्मिर मा भेटिएका अनी यात्रामा साथी बनेका भारतीय प्राध्यापक जीवन देशाइ अलग अलग घोडामा थियौं । गन्तब्य को पूर्व जानकार उनी कहिले आफ्नै बिगत त कहिले हाम्रो गन्तब्य बिन्दु को बारेमा आफ्ना सस्मरण लाई सबिस्तार प्रष्ट्याउँदै अगाडि बढिराखेका थियौ । लामो बिदेश बसाइपछी आफ्नै प्रकारको हिमालि सस्कृती अनि फिल्म ,उपन्यास , र यात्रा स्मरण का लेख मा प्रस्तुत बयानले एक पटक त्यो जमिन छुने रहरले नेपालमै हुँदादेखी मन खिचेको ठाउमा पुग्ने अठोट मुताबिक भारत हिमान्चल प्रदेश को सिमलामा पर्ने कुफरीमा थिए म ।

घोडामा सवार यात्रा अगाडि बड्दै थियो । ओरालो लाग्ने र उकालो लाग्ने को बाक्लै ओहर दोहर थियो, अनुहार मा नयाँ अनुभब अनि प्रसन्नता थिय। देशाइ सितको कुराको सिलसिला एकातिर थियो भने मेरो आँखा लगातार केही समय अगाडि देखी आफु अगाडिको लडखडाउँदो बुढो घोडामा थीयो, उस्को अबिश्‍वसनिय लाग्ने गती, त्यो घोडा लाई घिच्याइ राखेको एउटा बालक र उस्को कलेटि परेको ओठ, अनिन्द्रालु लाग्ने आँखा, मलिन अनुहार, थकित शरीर माथि सोच्दै पनि थिए म । सोच्दछु यो ब्रमाण्ड सृस्‍टि कर्ता लाई पनि कसैले गलत सल्लाह दिएछन कि वा जानीजानी तमासा हेर्न गरीब र धनीको बन्ने भाग्य बनाइ पठाएका हुन कि । मानिस लाई सर्ब श्रेष्ठ प्राणी पनि भन्ने, बाँच्न नै गाह्रो सकस पनि दिने ? त्यतिकैमा मेरो सामु आर्को दृश्य आइपुग्यो; १३, १४ बर्ष को जस्तो देखिने , मैलो लुगा, घुँडा सम्म आइपुग्ने प्लास्टिकको घोरलाङ घोरलाङ गर्ने बुट लगाएको टाँक बिहिन कमिजको बाग्ला, कतै हुरी ले हुत्याएको फूल जस्तो, असिना ले क्षत बीक्षत बनाएको फल को कलिलो बृक्षजस्तो त्यो मानीसप्रती किन हो मेरो मन खिचीदै गयो । हाम्रो साथ साथमा उ र उस्ले डोर्‍याएको घोडा ईशारा मा अगाडि लम्की राखेको थियो ।

म सँगै भएको साथी पेशाले प्राध्यापक भएपनि पत्रकारिता दोस्रो रुची रहेको उ आँफैले भनेको थियो । त्यसैले गफ मा समाझदारि र तालमेल पनि खाइराखेको थियो । अगाडि बड्दै गर्दा कुरै कुरामा नेपाल को राजनैतीक स्थिती र जनता का समस्या, भारत र चिन को नयाँ सशक्तीकरणको बारेमा गफ गर्दा गर्दै देशाइ ले एउटा प्रश्न तेर्स्यायो ‘तिम्रो देश को मिडिया कत्तीको बलियो र स्वतन्त्र छ ?’ मेरो जवाफ थियो नेपाल को मिडिया निरिह र राज्य पक्षबाट हमेसा आक्रान्त छ । प्राध्यापक देशाइले थपे मिडिया कमजोर र बिकाउ भयो भने भ्रष्टाचार नियन्त्रण, राजनैतिक स्थिरता, र राष्ट्रियताको पक्ष कमजोर बन्न जान्छ । राजनैतीक स्थायित्व भैसकेका देशहरुको उदाहरण दिदै मिडियाको दायित्व र भूमिकाका बारेमा निक्कै लामो व्याख्या गर्दै उन्ले यो पनि थपे कि ब्युरोक्र्याटमा राजनीति हाबी भयो भने ब्युरोक्र्याट अपाङ्ग जस्तै कमजोर बन्न जान्छ ।

गफ अगाडि बढ्दै गर्दा पनि मेरो मन भने ति घोडा घिच्याउने नव जवानहरुबाट हटेको थिएन । तिनमध्य एक जना त आशु समेत झार्दै थिए । प्राध्यापक देशाइले म लगायत आजसम्म भेटेका नेपालीहरुको बारेमा भन्दै जाँदा कास्मिर देखी मुम्बई सम्मका कैयौ नाम समेत बताउन चुकेनन । भान्से, दर्वान, बगैचे, रिक्सावाल, कोठी आदी आदी । मलाई भने अब पट्यार लागि सकेको थियो, नेपाली को मुग्लाने कथा सुन्दा । मैले ध्यान नदिएको जस्तो बुझेर होला प्राध्यापक देशाइले पनि बिषय बदले ।

“आप कहाँसे आया साप ?” घोडा घिच्याइ रहेको केटा ले अचानक सोध्यो । मैले ‘अमेरिकाबाट’ भनें, उस्ले बीश्वास नगरेझै वा त्यो देशको नामनै नसुनेझै भान हुने मुद्रामा निधार खुम्चायो । कुर्था सुरुवालको पहिरन घामले डडेको अनुहार र प्राध्यापक देशाइ सित हिन्दीमा गरेको सम्बादले शायद उस्लाई मैले गफ दिएको जस्तो लाग्यो कि कुन्नी । गन्तब्यमा पुगे पछी ओर्लने ईशारा गर्दै त्यो केटा ले भन्यो “साप आप लोगौ को एक घण्टा मे वापस आना होगा” । “घोडा वहाँ पर रहेगा” रुख को छहारि तर्फ ईशारा गर्दै भन्यो । देशाइले केही खाने कि भनी प्रस्ताब राखे । मेरो आँखा भने मसँगै आएको आर्को केटाको खोजी गर्दै थियो । अलिपर को छहारिमा पुगी उ त पल्टि सकेछ । म उस्को नगिज पुगें र नाम ठेगाना, सोधें, तिमी किन रोएको भनी जिज्ञासा राखें । भर्खर जुंगा को रेखी देखिएको दिपक ले असजिलो मान्दै ठिट लाग्दो अनुहार दुई घुँडाको बिच मा राख्यो, आकाश तर्फ हेर्‍यो अनि फेरी चिउँडो दुई घुडा बिच मा टेकाउँदै अस्पष्ट आवाजमा बोल्दै बिच बिच मा दोहर्‍याई दोहर्‍याई सोधे नबुझेको कुरा । छुट्टीने बेलामा दिपक ले मलाई बिक्षीप्त बनाए । बार बार उन्को अबोध प्रश्न ले मलाई अक्कन बक्क बनायो । कलिलै उमेरमा उन्को संघर्ष, अनी अन्तिम मा कहाँ छ देश हजुर भने पछी त म आँफैनै मरेतुल्य बने एक छिन त । मेरो गलानै अबरुद्ध भयो मेरो मस्तिस्क स्तम्भीत भयो । आज सम्म पनि मेरो मन बेचैन भएको छ त्यो प्रश्नले आज सम्म अन्नुतरित नै छ उस्को प्रश्न मैले भन्न सकेको छैन बाबु योहो तिम्रो देश यस्तो हुन्छ देश ।


हिंशा र आतंक ले आक्रान्तित उस्ले थाहा नपाएको र मैले देखेको हाम्रो सरकार कर्तब्य च्युत छ । नेपालको प्रशासन, प्रहरी निरिह छ र निमुखा को लागि छैन । जहाँ आफ्नै जमिन मा बस्ने अधिकार खोसिएको छ , स्वतन्त्रभै बाच्ने आधार छैन, स्वतन्त्रता को आबाज उठाउनेको गला रेटिएको छ, जहा निर्दोष फस्छ, अपराधी उम्कन्छ, आतंकको साथ नदिंदा उस्को बाबु मारिए आमा डरले बेपत्ता भएकी छिन, एउटा दाजु पनि कतै मुग्लान पसेको छ, घरमा अन्न छैन, भएको खेती पाती अरुको कब्जामा छ, गुनासो गरे मार्ने धम्की आउँदछ, स्कुल जाने उमेर मा बन्दुक हात मा आउँदछ । दिपक लाई मासिक ५ सय कमाएर जोगाएर आमा, दाजु खोज्नु छ। किताब च्यापेर स्कुल जान चाहन्छ आफ्नै गाउका साथी भाई सित देउशी भैलो र हाट बजार मा रमाउन चाहन्छ , कलकल बग्ने झरना को बिसुद्द पानी पिउने र नुहाउने रहर छ । उस्लाई न आएको बाटो थाहाछ न फर्कने बाटो, न घरको ठेगाना न बाबु न आमा आफ्नै देशमा नागरिक बन्ने अधिकार बाट बन्चित उस्कोलागी कहाँ छ देश माथिकाका तमाम प्रश्नबाट अन्नुतरित मैले भन्न सकिन बाबु योहो तिम्रो देश यस्तो हुन्छ देश यहाँ छ तिम्रो देश ।

नास्ता खाइ सकेर देशाइ आए मैले उन्लाई चिनाए यो ठिटो पनि मेरै देशको हो । दिपकको जस्तो कथा बोकेका त्यहा मात्र नभै भारत को हरेक कुनामा आफ्ना देश खोजी राखीराखेका युबा भेटेको कुरा देशाइले समेत बताउँदा म नतमस्तक भएर सुनिराखेको थिए । मेरो उ कोहि पर्दैन थियो, तर उ नेपाली थियो। म अमेरिका बाट आएको सानले जुन कुरा गर्दै थिए त्यो भाईको अवस्था ले मलाई उ सँगै डोर्‍याउँदै थियो । म जस्ता सम्पन्न देश मा भास्सिएका एकाध कथित अहंता पाल्ने हरुलाई दिपकहरुले गिज्याइ रहेको थियो । मैले ‘टिप्स’ को नाममा केही धेरै लाग्ने रकम दिएर एकछिन सान्त्वना दिने प्रयास गरे । एक दिन पक्कै सब ठीक हुने बताएर म त्यहाबाट उम्किए। तर “कहाँ छ देश ? हजुर” भन्ने प्रश्न को जवाफ भने आज सम्म दिन सकेको छैन, कस्तो हुन्छ देश कहाँ छ देश ? अमेरिकामा छु तर सिमला को कुफरी मा अडकिएको छ यो मेरो मन कोइ जवाफ देउ दिपक लाई कहाँ छ उस्को देश ?





3 Comments:

Luna said...

मन दुख्यो ।

Basanta Gautam said...

कस्तरी रुवाउनुभयो यरा शेखरजी! ती दीपक भाइजस्ताले देश नपाउञ्जेल हामीसंग भएको देशको के अर्थ? साह्रै घत प-यो।

ठरकी दादा said...

दीपक भाईलाई मात्रै हैन तपाई हामीलाई पनि देश खोज्न र भेटन झन झन मुश्किल हुँदै गएको महशुस हुँदैछ मलाई पनि ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !