January 20, 2009

नेताजीको शब्दकोष !

नगएको हप्ता नेपालको कुनै अज्ञात स्थानमा देसका सबै दलहरुका उच्चस्तरीय नेताहरुको गोप्य रुपमा यौटा सामुहिक भेला भएको जानकारी प्राप्त भयो। संचारजगत र पत्रकारहरुलाई समेत थाहा नदिई गरीएको सो भेलाको खवर, भेला समाप्त हुनलाग्दा मात्रै पाए पनि आफ्ना बेरोजगार जासुसहरुलाई यो ठरकी दादाले तुरुन्तै सभास्थलमा जाँचबुझ गर्न पठाएको थियो । एउटा दलभित्र नै एक-अर्कासंग मिल्न नसकेर भना-भन र लाता-लात हुने हाम्रा नेताहरुको यो बुझीनस्कनुको एकताबद्द भेलाले पहिला त आश्‍चर्यचकित नै बनायो । पछि आफ्ना जासुसहरुको रिपोर्ट आउनथाले पछि भने सब खुलस्त भए।

सभा सक्केर निस्कदैं गर्दा सबै सहभागीको हातमा यौटा डायरी वा किताबजस्तो रहमयश्य दस्ताबेज देखीन्थ्यो रे । ति दस्ताबेज बोक्ने मध्य एकजनाले भने आफुले लेखपढ गर्न पनि नजानेको बताउँदै नाम उल्लेख नगरि बामदेवले बन्द नगरेको मदिरालयमा एक रातको खर्च गरिदिने भए सो दस्ताबेज दिने शर्त राखेछन । मेरा जासुसले तुरुन्तै त्यो शर्त विना शर्त स्विकार गरी सो दस्ताबेज हात पारे। बास्तबमा त्यो दस्ताबेज डायरी वा किताब केहि नभई यौटा सामुहिक सम्झ्यौता पत्र रहेछ । प्रस्तुत छ सो दस्ताबेज, जस्ताको त्यस्तै:

विषय प्रबेष:
हामि राजनैतीक दल र नेताहरुले समय समयमा वक्तव्य, टिका टिप्पणी गर्दा प्रयोग हुने शब्द र भाषा सिधा सिधा र खरो हुने गरेको सबैलालाई बिधितै छ। त्यसमा पनि सन्चारकर्मी र पत्रकारहरुले बोल्यो कि टिपि हाल्ने र भन्यो कि छापि हाल्ने गर्दा आजकल हामिलाई ‘व्यक्तिगत भनाई थियो’ वा ‘मैले त्यसो भनेकै हैन’ भनेर पनि धर नपाउने भएकोले हामिले बोल्ने शब्द र वाक्यको गोप्य र कुट अर्थ हामिहरुले मात्रै बुझ्ने गरि राख्नु जरुरी भैसकेको छ । त्यसैले अब देखी हामिहरु सबैले सार्बजनिक वक्तव्य दिंदा र टिका-टीप्पणि गर्दा निम्न बमोजिमको शब्द र वाक्यांसलाई निम्न अर्थमा लिने निर्णय गरेका छौं :

शब्द् / वाक्यांश

अर्थ

विपक्षी दलसंग हाम्रो सम्बन्ध सुमधुर छ।

बाद-बिबाद भए पनि हातै हालाहालको स्थिति भने छैन।

सानातिना समस्याको बारेमा वार्ता जारी छ । बिबाद टुप्पोमा पुगीसक्यो र कुनै पनि बेलामा घम्साघम्सी हुन सक्ने छ।
सौहार्दपुर्ण वातावरणमा वार्ता भयो ।

वार्तामा बसेका व्यक्तिहरु बिच तथानाम मात्रै भयो हात चलेन।

वार्तामा केहि झीना मसिना कुरा मात्रै अडकेको छ ।

अब कुराकानी अगाडी नबढने टुंगो लागीसक्यो ।

हामिलाई सरकारमा जान कुनै लालच छैन । भित्र भित्रै भरमग्दुर प्रयत्न जारी छ ।
यो सरकार एकदम मजबूत छ ।

कुर्सीको खुट्टा हल्लन थालिसक्यो ।

सरकार कुनै हालतमा गिर्दैन ।

विपक्षीसंग लेन देनको कुराकानी हुँदैछ ।

सरकार कमजोर पार्ने खेल हुँदैंछ ।

अब विदेशी महामहिमले पनि संकेत गरि सके ।

हामि सरकारमा नबसे पनि जनसेवा गर्न सक्छौं ।

हाई कमाण्डले आदेश दिई सक्यो कुनै पनि बेलामा सरकार गिर्न सक्छ

हामी कुनै पनि हालतमा आदर्शसंग सम्झ्यौता गर्दैनौं । भाऊ अझै मिलेको छैन।
यो सरकार नालायक छ ।

हामिले भन्दा राम्रो काम गर्‍यो भने त बर्बाद हुन्छ !

हाम्रो दल यो सरकारमा जाँदैन ।

सकेसम्म घुर्क्याएरै मुख्य मुख्य मन्त्रालय लिन्छौं

हामी सरकार गिराउने खेलमा लाग्दैनौं । तयारी पुरा छ, केवल ईश्‍युको खोजी हुँदैछ ।
यो सरकार आफैं ढल्छ ।

जत्ति तर्साए पनि छाड्दैन बा !

म प्रजातन्त्रकोलागी लडीरहेन छु ।

कुर्शी नपाएसम्म चुप लाग्दिन ।

फलानो योजनामा घोटाला भएको प्रमाण हामिसंग छ ।

छिट्टै हाम्रो पनि भाग देउ नत्र ……।

शान्ति स्थिति सुदृण छ ।

भोली के हुन्छ ठेगान छैन।

अस्ति भएको हिंसात्मक घटनामा हाम्रो संलग्नता छैन जसले जे भने पनि ढाँट्या ढाँट्यै गर्छौं ।
यो अपराधको न्यायिक जाँचबुझ हुन्छ । अपराधिलाई बोर्डर काट्न त दिनुस ।
हाम्रो दलमा कुनै पनि आन्तरीक समस्या छैन । पार्टी फुटन तयार छ ।
हामी आफ्नो आस्थामा दृड छौं । हाम्रो कुनै पनि अडान छैन ।
देशमा हामी मात्रै अग्रगामी छौं । साँच्चै यो “अग्रगामी” भनेको के हो हँ ?

हुन त अझै अरुपनि निकै शब्द-अर्थहरु थीए रे तर नशामा उन्मत्त भएका ति नेताले आर्को शनिवार नगरकोटमा लगेर जाँड पार्टि दिएपछि मात्रै बाँकी कागजात दिन्छु भनेर धोका दिएकाले आजलाई यत्ती । बाँकि शब्दार्थ नेपालबाट कागजात प्राप्त हुनासाथ तुरन्तै अपडेट गरिनेछ ।

नोट: मेरो जस्तै खुफीया सोर्स अरु साथिहरुसंग पनि छ र बाँकी शब्दहरु तपाईहरुलाई थाहा छ भने यहि मुनि थप्दै जाँदा पनि हुन्छ ।



5 Comments:

प्रबिण थापा said...

लौ ठकरी दादा जि बडो गजब को जानकारी पो पाइयो। तपाईंको जासुसहरु त साह्रै सक्षम पो रहेछन, जे होस् हाम्रा नेताहरुको काम कुरा नै यस्तै हुन्छ। जे होस जाड खुवाउनु परेपनी खुवाउन भन्नु है ति नेताहरुलाई तर यस्ता कुरा बाहिर ल्याउन चाँही पर्‍यो कि कसो?
लेख सान्दर्भिक छ । यसको लागि धन्यवाद ।

Anonymous said...

थ र कि दादा !
तपाईंको ब्यङ्ग्य 'बढिया ' लाग्यो ।
:)

nepalean said...

ठरकी जी कि लेख मात्रै होइन जासुस पनि ओस्ताद रहेछन।
एक दुइ कुरा छुटाएछन जस्तो छ।
माओबादीले देश खतम पारे- हामीले उहिले नै खतम पारेको हो
नेपाल १० बर्षमा सुइजरल्याण्ड बन्छ ‍- नेपाल १० बर्षमा सुइचाटार बन्छ।
१० बर्षमा १० हजार मेघटवाट - १० बर्षमा दिनको २५ घन्टा लोडसेडिगं
हामी सर्बहाराको नेता - जनता सधै सर्बहारा हामी भने भातमारा
उध्धोगमा लगानी गरौं - उध्धोग बन्द गराऔंछौ
अपराधी जस्कै होस कार्बाही गर्छौं - अपराधि हाम्रै हो बचाउंछौ
जन सेना नेपाली सेनामा मिसउंछौ - नत्र भने त देश कब्जा नै गर्नसकिने भएन।
थपौं साथिहरु तपाइहरु पनि।

Anonymous said...

हामी फेरी आन्दोलनमा जान्छौं-- हतियार झीकौं फेरी ?
हामी जनताका सेवक हौं-- चुनाव आउन लाग्यो
बहुमत हामी संगै छ-- हामीलाई हिसाब गर्न आउदैन

पीजी said...

ठरकीजी कता गायब हुनुभएछ भनेको त "चन्दा" दिएर शब्दकोष उछिट्याउने दाउमा पो हुनुहुदोरैछ त !

शब्दकोष घघडान छ, अझ अर्को सांकेतिक पनि छ रे दक्षिणतिरकासंग प्रयोग हुने, जुन सांसदहरुले पनि बुझ्दैनन रे ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !