January 29, 2009

मैनबत्ती, शहिद र गोहिको आशु

शहिद गेटमा भगेराहरु दिशा गरिरहँदा हाम्रा नेताहरु ओइलाएको फूलको माला लिएर दशरथहरुका गला सुमुसुमाउन पुगे, हिजो । आजकाल शाहीद गेट कुर्ने कोही जवान हरु छैनन रे । तर शहिदको नाममा बनेको ढुकुटी कुर्न भुस तिघ्रेहरु तम्तयार भएर बसेका छन । सबै चिजहरु जले नेपालमा । जनताका मन जले, भएभरका बिकासका खम्बाहरु ढले । बिजुलिका खम्बाहरु ढले त्यसैले आज मेरो गाउ टुकिमा मस्त छ, मैनबत्ती बालेर दङ्ग छ । छङ् छङ् घर अगाडि खोला बग्छ । पारी पट्टी सेतो हिमाल आँफै हासेको छ । तल्लो गरामा बिजुलिका पोलहरु गर्लम्म ढलेर धमिराले चपाइरहेका छन । टेलीकमले जोडेका हाम्रा बाबाका मोबाईलहरु मट्टितेलको जर्किन सँगै खोपामा थन्किएका छन । घर अगाडि बगेको त्यो खोलाले न कसैको खेत सिन्चेको छ, न बलेका मैनबत्तिको ज्योति भन्दा बेसीको बिजुली दिएको छ । त्यो त भारत छुन पो बगेको छ । अनी भारतका दलालहरुले हामीलाई बेच्ने मट्टितेलमा मिसिने पवित्र मिसावट हुन पुगेको छ । हामीलाई तर्साउन महाकाली खायो त्यो भारतले, सुपथ मूल्यमा बेचे हाम्रा ठेकेदारहरुले । हामीलाई दबाउन त्यसले कोशी दबायो, बदलामा हामीले हाम्रा हरिया फाटहरु बगायो । हाम्रा झुप्राहरु चुर्लुम्म डुबायो । हामीलाई पाठ सिकाउन मोरियार्टिले हतियारहरु दबाउन लगाए, बदलामा हामीले कलमको सट्टा बन्दुकको शासन पायौ । सगरमाथामा फुलेका लाली गुरासका थुङाहरु टिपेर वान कि मुनलाई उपहार दिए, बदलामा उनले बाराक्क हुसैन ओबामाको नयाँ ठेकेदार हुन अमेरिका उडे । हाम्रा चाहनाहरु नेताहरुले सदैब दबाए अनी दबाइरहे, बदलामा हामीले छोरीहरु मुम्बईको कोठारिमा बेच्न वाध्य भयौ । भाईहरुलाई अरबको खाडीमा उट चराउने अनी फर्किदा तलबको सट्टा हुसैनहरुका लाठीका बर्बरता पाउने जागिर दिलाउन सफल भयौ । आखिर जसरी पनि यो रिती आफ्नै पाराले चल्दोरहेछ भने दुखिको मनमा मैनबत्ती पग्ले सरि सपनाहरु जल्दो रहेछ ।

जुन देशमा स्वार्थको लागि भाउजु नन्द उमाको घाटी रेट्न पछी पर्दैनन, त्यहा कसले पाउने स्वतन्त्रता ? जहाँ स्वधिनताको लागि कलमहरु अगाडि सर्छन त्यहा बन्दुकहरु प्रधान हुन्छन, त्यहा कसरी खोज्नु प्रजातन्त्र ?, जहाँ रुखमा सिसिटिभी जडान गरेको बहानामा जनताका अभिमतहरु लुट्टिन्छन, त्यहा कसले गर्नु बिधिको शासनको कुरा ?, दशरथ मरेर गए, तिनका सन्तति पक्कै पनि नेताले चढाएका फुलका गुछाहरु देखी पक्कै खुशी होइनन । समानता र प्रजातन्त्रको लागि तिनले त्यसै ज्यानको आहुती दिएका होइनन । बलभद्रले खुकुरिको भरमा लडाईंहरु, अमरसिहले ढुङ्गाको भरमा अग्रेजहरु भारत खेदेका घटनाहरु अब केबल कथा भए, हाम्रा लागि । २५ हजार नागरिक शहिद हुँदा पनि यो देशले कहिल्यै सन्तोषको सास फेर्न सकेन । के भनिरहेका होलान माथिबाट धर्मभक्तहरु ? हाम्रा बेइमानिका चर्तिकला देखेर गंगालाल गमक्क पर्दा हुन अनी भन्दा हुन, हामीले राणाको अगाडि गोलि थाप्न अगाडि बढाएका छात्तिहरुले बल्ल धैर्यताको आभास पाएछन । हामीले ठीक गरेछौ । न्यायको साटो देश कब्जा गर्ने धम्की, कलमको साटो बन्दुक त बिचारको साटो वाइ सि एल र युथ फोर्स ।

देश यसरी रुदै गर्दा प्रधानमन्त्री टि भि को अगाडि गलामा टाइ कसेर धार्ने हात फर्काउदै नमस्कार गर्न तम्तयार हुन्छन । उनी बोल्दै गर्दा मधेसमा भाउजुहरु नन्द काट्न ब्यस्त हुन्छन । खोजिनितिको लागि आयोग बन्छ । प्रधानमन्त्रीको सम्बोधन जारी रहन्छ, उता मोरियार्टी अमेरिका फर्कने बहनामा बादलहरुसँग आकाश गर्जाउने उपदेश दिदै हुन्छन । राकेश सुदहरु उपेन्द्रलाई मधेश टुक्राउन निम्तो दिदै हुन्छन । चाहे कसैलाई पचोस् या नपचोस् । गतिला हातहरु स्वाधिनताको पक्षमा कलम अगाडि सार्न खोज्छन । लेख्ने कापिको बन्दोबस्त गर्दा नगर्दै सुदहरुको निर्देशनमा उनका हात दुबइ गिडिन पुग्छन । नन्द मारिएको घटनाको आयोगले माओवादीको संलग्नताको पुस्टि गराउछ । सम्मानानीय माफि माग्न थाल्छन । झ्याप्प बत्ती जान्छ । बिकासका खातिर उनले गरेका कसमहरु सबै भन्न नभ्याउदै जनताका घरहरुमा टुकी निभ्न थाल्छन, मैनबत्ती पग्लिन छाड्छन् अनी त्यसै दिउसै मस्त निन्द्रामा झुल्छ । प्रधानमत्री गोहिको आशु बगाउदै केही गर्न नसकेको भन्दै टाइ समाएको समाइ हुन्छन । यसरी हुँदैछ नयाँ नेपाल भनेर भोली भाईहरुले पढ्न पाउलान या नपाउलान भनेर हामीहरु एकोहोरिरहेको हुन्छौ ।

तातो न भुत्लोको रितिकको नाममा बर्षा बहिनी मरेको याद दिलाएसरि बुद्दत्वको नाममा भारतीयहरु जहिले पनि निहु खोज्न उद्दत हुन्छन । तर तिनका नुन खाए सरि गर्छन्, हाम्रा नेताहरु । गर्बका साथ भारत बुद्द उतै जन्मेको भन्छ । चाइना सगरमाथा मेरो भन्छ भने तिनिहरुको देशबाट भागेका शरणार्थी तिमीहरुको भन्न सक्दैनन हाम्रा भिजिलान्तेहरु । अनी आमाको लाम्टो तिनिहरुले चुसेको के सार ? बाबुको कसम खाएको के भाउ ? न निती, न बिधी न त सुशासन । कट्टले कराएसरी जती कराए पनि, गोली थाप्न छात्ती अगाडि बढे पनि भएन केही । मिलेन केही । अब हामी सबै बहुलाएर हिंड्नु भन्दा कुनै अर्को उपाय फेरी यहाँ होला जस्तो लागेन । अस्तु ।



5 Comments:

खुल्लामन्च said...

आदरणिय मित्रहरु, एकै चोटि यो लेख नेपाली पोस्टमा पनि प्रकाशित भएकोले, एकै लेख दुई तिर पर्न गएकोमा माफि चाहन्छु । आगामी दिनमा यस्तो गल्ती नगर्ने बाचा त छदैछ । धन्यवाद ।

ठरकी दादा said...

तपाईको लेख एकदमै यथार्थ कुरा राख्नु भएछ। के गर्ने पढ्दा पनि चित्त दुख्‍छ। हामी साधारन जनतालाई जत्ती पनि देशको माया भएन यी नालायक नेताहरुलाई ।

प्रबिण थापा said...

lekh atyanta marmik lagyo ke garnu sabai yasari nai chaleko 6 hamro nepalma.

Luna said...

मार्मिक लेख ।

नेपालियन said...

लभद्रले खुकुरिको भरमा लडाईंहरु, अमरसिहले ढुङ्गाको भरमा अग्रेजहरु भारत खेदेका घटनाहरु अब केबल कथा भए, हाम्रा लागि।
हो त नि हामीलाइ त इतिहांस इतिहासनै हुने भयो। बर्तमानमा ति इतिहासको केही छनक पनि देखिदैन। लाग्छ अब उनिहरु पनि हाम्रा पुर्खाहरु रहेनन। त्यसको प्रमाणमा केही दिनमा अमरसिंहका सालीकहरु ढालिन मात्र बांकी छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !