December 17, 2008

कायरता किन बनि दियौं

बिजयकुमार श्रेष्ठ, धादिङ्गकटुन्जे (हाल ईराक)


परिवर्तनको ठुलो योजना बनाएर जंगल पसेका थियौं
१२ वर्षसम्म डर लाग्दो र कठोरताको लडाई लड्यौं
एक ढिका नून देखि देशको विशाल ढुकुटी लुटि लियौं
शान्त र सुन्दर नगरिमा भय र त्रासको वातावरण बनाई दियौं ॥
कलम चलाउने हातहरुलाई बम र बन्दुक थमाई दियौं
नयाँ सृजना त कता हो कता, भएका पनि भत्काई दियौ
त्रास र भयको वातावरण बनाएर जनतालाई दु ख दियौ
परिवर्तनको कल्पना देखाएर जनतासँग भोट लुटि लियौ ॥ ॥
शान्ति छाउने आशा गर्दै देशको उच्च पदभार ग्रहण गरि लियौ
पदभारको ग्रहण पछि बमको छर्राको आवाज सरि गर्जिएका थियौं
बन्दुकको तसा्रईमा चलाएको शासन सरि थर्काई लिएका थियौं
देशलाई सिङ्गापुर बनाएर देखाई दिन्छु भन्ने बाचा दिएका थियौं ॥ ॥
गर्जाई र गराईको फरक बिचमा भएको ठुलो अन्तर अहिले पायौं
आफुले दिएको बाचा पुरा गर्न नसकी छिट्टै हतास किन भयौं
आफुसँग भएको वनवासी तपस्याको आट साहास कता गुमाई दियौं
अत्तालिएर सत्ता नै छाडि दिन्छु भनि कायर लाचारी किन देखाई दियौं ॥ ॥
फेरि पनि जनतालाई बन्दुक बोकाउने आश्वासन किन दियौं
बन्दुकको निती भन्दा बुद्धिको नितीलाई उच्च ठान्ने गरि दियौं
नेपाली भुमीलाई स्वाच्छ शान्ति सुरक्षाको अनुभुति दिलाई दियौं
स्वातन्त्रसँग बाँच्न पाउने मौलीक हक अधिकार सृजना गराई दियौं ॥ ॥



5 Comments:

Anonymous said...

बिजय जि !
कबिताको अन्तिम को अन्तिम दोस्रो हरफ र अन्तिम हरफ ले कबिता माथिङल खल्बलाई दियो । अन्तिम मा आएर सका कारत्म्क लेख्नु भो , बाँकी माथि जम्मै नकरात्म्क छन , मैले त केही कुरो बुझ्ने मेलोमेसो पाइ न ।

Anonymous said...

बिजय जि ! मैले माथि भन्न् ढंग पुर्याइन , माफ गर्नु होला ।
माथि भन्न् खोजेको - नकारात्मक पक्ष लाई देखाइ दिनु भएको छ कबिता मार्फत तर अन्तिम हरफ मा आएर सका रात्मक लेख्नु भो जुन यथार्त मा देखिएको छैन , त्यसैले म रन्भुल्ल मा परे अर्थात मेरो माथिङल खल्बलियो भन्न् खोजेकी हुँ है ।
आशा छ मेरो भाब बुझ्नु हुने छ ।

पीजी said...

लुनाजील भनेको ठिकै हो ।
शायद अन्तको हरफहरु प्रश्न गर्न खोजिएको हो कि वा अनुरोध गर्न खोजिएको हो कि !

nepalean said...

सुरुमा त के रैछ कबिता को कमेन्ट नै नबुझेको। बिस्तार पढ्दै जांदा के लाग्यो भने लास्टका हरफहरु अली केती देढिएका जस्तो लाग्यो।
"फेरि पनि जनतालाई बन्दुक बोकाउने आश्वासन किन दियौं
बन्दुकको निती भन्दा बुद्धिको नितीलाई उच्च ठान्ने गरि दियौं
नेपाली भुमीलाई स्वाच्छ शान्ति सुरक्षाको अनुभुति दिलाई दियौं
स्वातन्त्रसँग बाँच्न पाउने मौलीक हक अधिकार सृजना गराई दियौं ॥"
यसलाइ यसो भन्दा कसो होला?
"फेरि पनि जनतालाई बन्दुक बोकाउने आश्वासन किन दिउं
बन्दुकको निती भन्दा बुद्धिको नितीलाई उच्च ठान्ने गरि दिउं
नेपाली भुमीलाई स्वाच्छ शान्ति सुरक्षाको अनुभुति दिलाई दिउं
स्वातन्त्रसँग बाँच्न पाउने मौलीक हक अधिकार सृजना गराई दिउं ॥"

Unknown said...

i think this poem is suitable for the situation,now every nepalies have to know about the current situation and start to make natural and peaceful nepal....where our new generation can alive freely with out fear...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !