December 16, 2008

यता उताबाट

चिकन सेन्टर कि हट बाथ सेन्टर !

क्यलिफोर्नियाको केन्टकी चिकन सेन्टरमा काम गर्ने दुई युवतीहरुले किचनको सिङ्कमा “हट बाथ” गरेर त्यसको फोटो इन्टरनेटमा “माइस्पेस” मा राखिदिएछन र लोकल पत्रिका मार्फत बोसलाई सो कुराको जानाकारी भएपछि उनिहरुलाइ के एफ सीबाट निकालिएछ ।

लिटल बम्जन पछि नेपालमा राम सीताको अवतार

बाराको “राम कहानी” पछि मोरङको बराहक्षेत्रमा एक युगल जोडीले आंफुलाई राम र सीताको अवतार बताउंदै जंगलमा ध्यान गरेर बसेका छन रे । टाइम्स अफ इन्डियाका अनुसार सुनसरीका राम घिसिङ र उदयपुरकी सृजना राइ (मानविकीमा स्नातक) १४ महीनासम्मको तपस्या र बनबासको लागि उनीहरु त्यसो गर्दैछन रे । बच्चा देखि नै अध्यात्मिक रुची भएका दुवैजनामा पहिले सृजनाले तपस्या शुरु गरेकी र पछि रामले साथ दिएका हुन रे । अहिले भक्तजनले बनाइदिएको कुटीमा राम सीताको वास छ रे ।
धन्य छ हाम्रो देश अझै पनि भगवानको अवतार र हजारौं भक्तजनहरुको कुनै कमी छैन ।

बुश माथि जुत्ता प्रहार गर्ने पत्रकारको हालत

इराक भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बुशलाई जुत्ता प्रहार गर्ने इराकी पत्रकार मुन्ताजर जैदीलाई सुरक्षा बलले निर्मम तरीकाले कुटपिट गरी करङ र पाखुराको हाडहरु भांचिदिएका छन् । सुरक्षा बलले तत्कालै लडाएर घिसार्दै लग्दा कार्पेटमा रगतको दागको लर्को देखिएको भन्ने कुरा त्यति नै बेला बाहिर आइसकेको थियो । सी एन एन हेर्दा हेर्दैको तत्कालिक दृश्यमा पनि "अमेरिकी मोडलको इराकी प्रजातन्त्रमा" मानवधिकारको हविगत कस्तो होला र ती पत्रकारलाई कस्तो व्यवहार गरिएला भन्ने कौतुहलता त्यतिबेलै मनमा जागेको थियो ।

बुशले मन्द मुस्कान साथ जुत्ताको साइज बताउंदै त्यस्तो घटनालाई सामान्य देखाउन थपथाप कुरा गरे पनि हस्ताक्षर गर्ने बेलामा उनको मुहारमा प्रष्ट रुपमा त्यो घटनाको "फेसियल एक्सप्रेसन“ देख्न सकिन्थ्यो । मानवअधिकारको रक्षा गर्न केहि वर्ष अगाडि इराक पसेका बुशले अब त्यो पत्रकारको रक्षा कसरी गर्लान र मालिक रिझाउन इराकी लठैतहरुले उनका कतिवटासम्म करङ भाच्लान हेर्न बांकी छ ।

तर लेवनानी टेलिभिजन एन टी भीले भने उनलाई पहिलो जुत्ता प्रहार गरेको क्षण देखि आफ्नो संस्थामा नियुक्त गरेको र उनको सम्पुर्ण कानुनी खर्च बेहोरिदिने घोषणा गरेको छ ।



3 Comments:

nepalean said...

धन्य छ हाम्रो देश अझै पनि भगवानको अवतार र हजारौं भक्तजनहरुको कुनै कमी छैन । हो नी नेपालमा भगबान र भक्तजन त कती हो कती।
अझै मिडियामा नआएक भगवान गाउं गाउंमा कती होलान?

ठरकि दादा said...

रोचक जानकारी!

बम्जनको बारेमा मेरो नकारात्मक धारणा रहेन तर यो राम-सीताको नाटक चाहि अती भो!
'जुत्ता प्रहार'को घटना पछिका लेबनानी टेलीभीजनको घोषणा चाहि मैले थाहा पाएको थीईन। जानकारीकोलागी धन्यबाद।

Anonymous said...

" जैदी को जुत्ता बु श लाई अनी बु श हरुलाई --"
---------------
मन भित्र रा छ्य्स मौलायो
शक्तिको मातले बौलायो -
°
रुबाउनु सम्म रुबायो
मान्छेलाई आशु मा डुबायो
°
अती गर्‍यो अत्याचार गर्‍यो
दुनियाँको घरबार बिगारयो
°
न रोकेर रोकियो
न छेकेर छेकियो
अत्याचार गर्जियो
घ्रिणा बर्सियो -
°
मानब मानब बिच लडायो
भाई भाई लाई जुधायो
बिउ घ्रिणाको रोपायो
"जुत्ता" उपहार पायो !
°
जे गर्‍यो जैदिले
बिश्बलाई गुन लगायो
" बु श हरु " को माथिङल
जुत्तैले खल्बलायो !
°
न्याय होस् जैदी लाई
मानब अधिका रि हरु बाट
हात दिउन जैदिलाई
मिलोस न्याय प्रेमी हरुको साथ ।
°

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !