December 14, 2008

बेल्जियममा वर्ल्ड म्युजिक प्रोग्राम सम्पन्न


पुरुशोत्तम सुबेदी
-बेल्जियम
गत १३ डिसेम्बर शनिबार को दिन बेल्जियम को लुभेन सहरमा वर्ल्ड म्युजिक प्रोग्राम भब्यताका साथ सम्पन्न भएको छ । झन्डै ४,००० हजार नेपालीहरु रहेको बेल्जियममा बिभिन्न जाती र भाषा भाषी नेपालीहरुको बसोबास रहेको छ भने अर्को तर्फ बेल्जियममा नेपाल बाहेक अन्य थुप्रै मुलुकका मानिसहरुको समेत बसोबास रहेको छ । हरेक बर्ष झै यस बर्ष पनि लुभेनमा बिभिन्न देशबाट आएर बेल्जियममा बस्ती बसाएका मानिसहरुको कल्चर डान्स प्रोग्राम सम्पन्न भयको छ ।

आ - आफ्नो देशको खानाको पारीकार का साथै आ -आफ्नो भेस भुसामा सजियर रहेका मानिसहरुको सो कार्यक्रमको रौनक बयान गरेरै नसकिने खालको थियो । झन्डै १५ देसको संलग्नता रहेको उक्त विश्वकल्चर कार्यक्रममा कलाकारहरुले बिभिन्न नाचहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालको तर्फ बाट ईन्द्रधनुष स्पोर्ट क्लव (लुभेन ) र बिश्‍व मगरसंघ बेल्जियमले भाग लिएको थियो । भाग लिने देशहरुमा नेपाल -फिलिपीन्स -कोंगो -रुवान्डा -मरक्को -टर्की- भियतनाम -काजकिस्तान -भुटान -कुर्दस्तान -कोलम्बिया लगाय १५ औं राष्ट्रहरु रहेका थिए । त्यस्तै नेपाली कार्यक्रमको सुरुवातमा ईन्द्रधनुष क्लब को तर्फबाट क्ल्ब का उपाध्यक्ष अनन्ता गुरुङले नेदरल्यान्ड भाषामा स्टेजबाट मासलाई जानकारी गराउदै क्लबको नृत्य सुरु भएको थियो भने समुहगत महिला नृत्यको रौनक ले मासबाट गडगडाहट ताली बजिरहेको थियो । ईन्द्रधनुष क्लबका अध्यक्ष मिन्ड गुरुङ उपाध्यक्ष सुर्य ढकाल लगायत संस्थाका अन्य सदस्य हरुको पनि उपस्थिती रहेको थियो । ईन्द्रधनुस क्लबले ८ बजे पछी आफ्नो कला प्रस्तुत गरेको थियो भने विश्व मगरसंघले राती १०:३० को समयमा आफ्नो नृत्य कला प्रस्तुत गरेको थियो । बिश्‍व मगरसंघको तर्फबाट मार्के मगर- वीर मान घरती मगर सेक्रेटरी कुलबहादुर मगर लगायत अन्य थुप्रै सदस्यहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा एन आर एन बेल्जियम का महासचिब नन्द घलेको पनि उपस्थिती रहेको थियो ।विश्वमगरसंघ को तर्फ बाट सोनिया थनेतको नाच प्रदर्सन भयको थियो । स्मरण रहोस सोनिया थनेत ट्यालेन्ट अफ द एयर २००८ मा बेल्जियममा प्रथम भयकी १५ बर्सिय बालिका हुन । उनको न्रित्यले मासलाई झनै मोहित तुल्यायको थियो । सांझ ६ बजे बाट सुरु गरिएको उक्त कार्यक्रम राती १२: ३० मा समापन भयको थियो ।



1 Comments:

Anonymous said...

धेरै धन्यवाद जानकारी दिनु भएकोमा पुरुसोत्तम जि लाई ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !