December 23, 2008

कमेडी गित: फूल खोज्‍ने भमरा

नरेश माङपाहाङ राई
फोक्‍स्‍टोन; वेलायत
हाल :अफ्‍गानिस्‍तान

फूल खोज्‍ने भमरा झै यता तिर आईयो
विष छर्ने साँप जस्‍तो मायालुलाई पाईयो

मोटर साईकल चढि आउदा मुस्‍कान छर्न थाल्‍यो
रित्‍तो खल्‍ती देखे पछी कसिंगर झै फाल्‍यो
भोको माया टार्न लाई यता तिर आईयो
घुर्दै सुत्‍ने सुंगुर जस्‍तो मायालुलाई पाईयो

जीउको लुगा राम्‍रो देखी फर्कि फर्कि हे-यो
पैसा भईन्‍जेल अंगालोमा सर्पले झै बे-यो
मिल्‍ने जोडि खोज्‍दै खोज्‍दै यता तिर आईयो
काठ पसेको मूला जस्‍तो मायालुलाई पाईयो

टाढा हूदा सम्‍झिएर लेख्‍नु चिठ्ठी लेखे
मायालू लाई भेट्न जांदा अर्कैसगं देखे
मनको कूरा पोखुं भन्‍दै यता तिर आईयो
दुध्‌ नदिने भैसि जस्‍तो मायालुलाई पाईयो


6 Comments:

पीजी said...

नरेशजी,
मायालु देखि यति विरक्ति!

ठरकि दादा said...

यौटा नबुझेको कुरा, तपाईको कतिजना मायालु हो?
विष छर्ने साँप जस्‍तो, घुर्दै सुत्‍ने सुंगुर जस्‍तो, काठ पसेको मूला जस्‍तो, दुध्‌ नदिने भैसि जस्‍तो !!!!

यी फरक फरक मायालु हुन की यौटै मायालुका भिन्न भिन्न रुप?

Anonymous said...

झ्याउ लाग्यो तपाईंको गजल पढेर !
मायालु लाई भेट्न् जा दा अर्कै सँग देखे पछी खुरुक्क छोडि दिनु भए त भ इगो नि !
बरु बिरहको गीत लेख्नुस् - मन छुने गरी ।
तपाईंलाई त बिरह पनि परेको देखिदैन किनकी यसरी मायालु लाई सुङुर - भैंसी - छिप्पेको मुला आदी को रुपमा देखी रहनु भएको मान्छेलाई बिरह परेको कसरी भन्ने ?

भु दिनेस said...

जीउको लुगा राम्‍रो देखी फर्कि फर्कि हे-यो
पैसा भईन्‍जेल अंगालोमा सर्पले झै बे-यो
मिल्‍ने जोडि खोज्‍दै खोज्‍दै यता तिर आईयो
काठ पसेको मूला जस्‍तो मायालुलाई पाईयो

टाढा हूदा सम्‍झिएर लेख्‍नु चिठ्ठी लेखे
मायालू लाई भेट्न जांदा अर्कैसगं देखे
मनको कूरा पोखुं भन्‍दै यता तिर आईयो
दुध्‌ नदिने भैसि जस्‍तो मायालुलाई पाईयो

भु दिनेस said...

ke lekhya hola yesto achamma lagchha baa

Unknown said...

यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: [email protected] वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !