November 25, 2008

ब्लग भित्र ब्लग


नेपाली ब्लग जगत बिस्तारै फराकीलो हुंदै गएको छ। कुनै बेला औलामा गन्न मिल्ने ब्लग अहिले १५० को हाराहरीमा छन। राजनीती देखी स्वास्थ सम्म,ब्यापार देखी यात्रा सम्बन्धी ब्लग रहेछन। प्राय ब्लगरहरु आफ्नो मनको भावना पोख्ने तथा मनका कुरा लेखाइमा प्रस्तुत गर्न ब्लग लेख्ने रहेछन। केही भने समाचार नै ब्लगको मुख्य आकर्षण बनाउने रहेछन। ब्लगको संख्या धेरै भए जस्तै सामाग्री पनि फरक फरक छन।
दौंतरी कै कुरा गर्दा साझामा गफकै भरमा १० मिनेटमा नाम जुराएर खोलीएको थियो। केही साथीहरु सक्रिय लेखनमा नभएता पनि नया पुराना दौतरीहरु अझै मिठो तथा उत्क्रिष्ठ लेख पस्किराख्नु भएको छ। तुरुन्तै पेन्ट ब्रसले दौतरीको लोगो बनाएर सामुहीक ब्लगको रुपमा प्रतक्ष प्रस्तुत भएको थियो। अहिले जस्तो होला भनेर सोचेको पनि थिइन। साथीहरु धेरै सल्लाह दिनु हुन्थ्यो यता उता गरेर,अरु दौतरीको सहयोगले अहिलेको स्थीती सम्म आइपुग्यौं। हुन त अगाडी बढ्न धेरै बाकी छ तर पनि १ बर्षको बिगत हेर्दा ठुलो फड्को मारिएछ। आशा छ पुराना साथीहरु पनि सक्रिय भएर दौतरीलाइ अझै मजबुत पार्नुहुनेछ।


दौंतरीको एकै उदेश्य हो, स्पष्ट बिचार बिना छेक थुन प्रस्तुत गर्नु। यसैलाइ मध्यनजर राख्दै दौतरीलाइ अगाडी बढाउने छौं।


तपाइ हरु छक्क पर्नु भयो होला,ब्लग भित्र ब्लग भनेको त दौतरी भित्र दौतरी रहेछ भनेर। त्यो भने पक्कै होइन। मैले पहिला फाट्ट फुट्ट लेखे पनि पक्का ब्लगर भएर लेखेको दौंतरीमै हो। तर पनि अन्य नेपाली ब्लगरसंग साक्षतकार अहिले सम्म भएको छैन। सधै अरुको खबर ब्लगमा उतार्ने ब्लगहरुको आफ्नो खबर ब्लगमा उतार्दा कस्तो हुन्छ भनेर हेर्ने प्रयास गरेको छु। ब्लगमा नया पन थप्न मात्र नभएर नेपाली ब्लग जगतको धरातल केलाउने प्रायस पनि यस्ले गर्नेछ।


हप्ता मा १ पटक हुने गरेर ब्लग भित्र ब्लग स्तम्भमा कुनै एउटा ब्लगरको कुराकानी समेट्ने प्रयास गर्ने छु।



9 Comments:

पीजी said...

एकदम राम्रो सोचाइ हो । बिचार साटासाट अनि खुरांक थप्नमा मद्दत गर्नेछ ।

इराकतिरका साथिहरुको सक्रिय सहभागिता देखेर खुशी लागेको छ । फुर्सद भन्ने कुराले आफ्नो भलो चिताइदिएको बेलामा आंफू पनि सक्रिय सहभागि भैरहने नै छु ।

Anonymous said...

पान्डा जी सधै के मा ब्यस्त हो? तपाइको फुर्सत त भ्याकेसनमा गए जस्तो छ। ल आफै भ्याकेसन लिएर फुर्सतलाइ समाल्नु पर्यो।
पान्डा जीको टी‍-टाइम कता गयो? फुर्सतमा चिया नै खान नपाइने भन्या।

पीजी said...

यो लेखाइ पढाइ अध्यन अनुसन्धान के के भन्छन नि, यसले बुढेसकालमा पनि नछोड्ने भयो । भ्याकेसनको कुरै नगरम, बेलायत देखि स्विडेन सम्म हान्न पनि मौकामा छोड्न भएन । टी टाइम त कति छ कति ! ठुलो कम्प्युटरमा बेला बेलामा दौंतरीमा कमेन्ट लेख्नै मिल्दैन, के भाको हो यो, प्रविधीको कुरो बुझिनसक्नु छ । बेला बेलामा काखमा राख्ने फुच्चे कम्प्यटरबाट मात्रै खुस्स कमेन्ट छाड्न पाइन्छ । ठिकै छ साथिहरुलाई पालो दिनु पर्यो बेला बेला मा छुस्स छुस्स दिंदै गरौंला नि!

nepalean said...

Padda ta sadhai vacation ni. Kehi nasakiye professor lai guff diyo postpond. Gagir ma ta kehi nasake jagir nai postpond gardela bhanne dar.
Afno ta sadai thulo computer, comment box le sadhai dhukha dincha. K bhako ho kunni? ek patak post garyo error dhekauchu and teslai fheri post bhaner thiche pachi matra jancha. Manche bhanda pani attention khojcha comment box le. Lau na technical sathi haru, yeso bichar garnu paryo.

Aakar said...

सोचाइ त राम्रो हो ! केही बुझ्ने अवसर मिल्छ ।

Anonymous said...

It is a wonderful idea to bring all bloggers story out. It will be really exiciting to see how things come up with different bloggers.
Thank You
Biplab

Anonymous said...

उत्तम आयाम।
अजै उत्तम आयाम ल्याउनु होला नेपालियन सर।

ठरकि दादा said...

संयोग भनौ वा के भन्ने, म पनि यो हप्तामा बल्गकै बारेमा ब्लग लेखौंला भनेर प्लट तयार गर्दै थीएं। हुन त विषयबस्तु केहि फरक छ तर त्यो पनि अब 'बल्ग भित्रको ब्लग' मै हाल्नु पर्ला।

तपाईको प्रयास भने निक्कै रोचक हुने आशा गरेको छु ।

Anonymous said...

संयोग नै होला ठरकी जि। कतै "Are you thinking what I am thinking?" भएको होइन। तर रमाइलो हुने भयो फरक ब्यक्तीबाट एउटै स्तम्भमा बिचार लेखिनु।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !