July 15, 2008

संविधानसभाको गरिमा र सभासद्

-शेखर ढुङ्गेल
हजारौं जनताको बलिदान अनेकौं विध्वंश लाखौं स्वर्णिम आश्वासनपछि जनता संविधान संविधानसभाले सारा विकृतिको अन्त्य गर्नेछ भनेर नथाक्ने देशका नेताहरुको ढाँट प्रवृत्ति छताछुल्ल भएको छ । संविधानसभा निर्वाचनपछि आफ्नै हातमा डाडु-पन्यौं लिई सातदलीय तानाशाहीले शासन चलिरहेको छ । उनीहरुको दुईवर्षे शासन हेर्ने जो कोही राष्ट्र राष्ट्रिय अखण्डता राष्ट्रिय अस्मिता एवं सार्वभौमसत्तामाथि कालो बादल छाएकोमा चिन्तित देखिन्छन्।

सात दल भनिए पनि खासमा तीन दलको तानाशाही चलेको छ । तीन दलको अधिनायकवादका पृष्टपोषकहरुले बर्षौंदेखिको शोषित पीडित विकृतिको लोकतन्त्रमा मुखरित स्वच्छन्द आवाज अनि संक्रमणकालको चरित्र भनी जनतालाई बताउने र आफ्नो कमजोरीको बचाउ पक्ष खोज्ने प्रयास गरेता पनि हुने विरुवाको चिल्लो पात नहुने विरुवाको खस्रो पात …भनेझैं विगत साँढे दुई वर्षको सरकार साचालनको प्रवृत्ति देख्दा उही सोच उही संस्कार- खै लोकतानित्रक चरित्र र व्यवहार जनतामा नैराश्यता बढ्दै गएको छ । जनताको राजस्व हजम गर्ने तर संविधानसभा चल्न नदिने सभा र सभासद्को नीति-नियम-सिद्धान्त एवं आदर्शबाट बिमुख क्रियाकलाप लोकतान्त्रिक मर्म अनुरुप छैन।

निश्चित समयभित्रमा नयाँ संविधान बनाउनु पर्ने जनतालाई संयमित आस्वस्त एवं विश्वासमा डोर्‍याउनु पर्ने दैनिक प्रशासानलाई नियमित चुस्त आसामुखी बनाउन नीति एवं निर्देशन जारी गरी जनतालाई सहज सरल र इमान्दार राज्यको प्रत्याभूति दिनुपर्ने प्रमुख मुद्दाहरु ओझेलमा परेका छन् । सरकारलाई निर्देशकको भूमिका खेल्नुपर्ने निर्वाचित एवं मनोनीत सभासद्हरु एक प्रकारका दास हुन् कि निर्जीव वस्तु वा रबर-स्ट्याम्प देखिएका छन् । जीवनमा एक पटक बनिने संविधानसभाका सदस्यहरुले त्यसको महत्वलाई आत्मसात् गर्न नसकी बुद्धि र विवेकलाई आबद्ध दलका कमाण्डरकहाँ बन्धकी राखेको देखिन्छ । लोकतानित्रक संविधान बनाउन छनौट भएका सभासद् स्वयं स्वतन्त्र छैनन् भने कसरी लोकतान्त्रिक परिपाटीको विकासप्रति विश्वास गर्ने ?
देश निर्माणको वाधक राजसंस्था एक र एकमात्र कारक तत्व अनि एकमात्र अचुक औषधि संविधानसभाको निर्वाचन भन्ने नेता र तिनको अशीर्वादमा टिकट पाएर वा मनोनीत भएर आएका सभासद्हरुले बुझेको देखिएन कि संविधानसभा सम्पूर्ण नेपालीको सम्मानित गरिमामय थलो हो र देशको भविष्य निर्माण गर्न नीति नियम संविधान बनाउने जसमार्फत जनचाहनाअनुरुप एकता सद्भाव सहयोग एक-अर्काका मूल्य र मान्यताको कदर गर्ने वातावरण तयार पार्नु पर्दथ्यो तर यहाँ त कतै मेला भर्न आएका स्वस्फुर्त रंगी-बिरङ्गी चटके ब्यापारी नौटंकीहरुको जमघटजस्तो यो देखिएको छ । हवाई चप्पल कोलहापुरे चप्पल विहारी पोशाक जिन सर्ट गोठालोले लगाउने ह्याट टोपी लगाएर सभामा उपस्थित हुनु या त सभासद् स्वयंले आफ्नौर संविधानसभाको महत्व र मर्यादालाई बुझेकै छैनन । या त यो संविधानसभालाई पुरानो सदनझैं विकि्रतिको चलो नै ठानी अवमूल्यन गर्दैछन् । सभासद्का नौटङ्की पोशाक र ब्यवहारले यो ए्ेतिहासिक संविधानसभाको उपहास र दुरुपयोग गर्दैछन् । यहाँ कुनै उपबुर्जुगले लोकतन्त्रको अभ्यास पनि भन्न सक्तछन् । तर अमेरिका बेलायत जापानलगायत कयौं युरोपेली राष्ट्रमा सदनमा त के सानोभन्दा सानो सरकारी कार्यालय एवं प्राइभेट कार्यालयमा समेत चप्पल जिन सर्ट पाइण्ट लगाउने अनुमति छैन । सदन सभाजस्ता गरिमामय थलोको इज्जत मर्यादा स्वयम् सांसद सभासद गर्न सक्तैनन् भने उनीहरुप्रति जनताको आस्था कसरी बढ्दछ बरु पूर्व राजाका पालामा असंवरधानिक तरिकाले पुनःस्थापित सदनमा माओवादीले युनिर्फम लगाई प्रवेश गरेका थिए । कम से कम राष्ट्रिय पोशाक लत्याए पनि हिसिला यमीको सस्तो र विवादास्पद जिनपाइण्ट बाहेक पहाडिया पक्षबाट खासै चिन्ता प्रकट भएको छैन । तर बुभ्ाुन नसकिएको आपत्तिजनक रहस्यमय पक्ष केभने सम्मानित सभासद्मा किन यस्तो विकृति सभासद्हरुलाई नेपाली बोल्न नेपाली पोशाक लगाउन र आफूलाई नेपाली भन्न गर्व गर्ने अवस्था देखाउनु छैनभने यो सभा दुभाग्यपूर्ण बन्नेछ र राष्ट्रिय एकता होइन विखण्डनको बिउ रोपिने छ । हाम्रा नेता सभासद् आन्दोलनबाहेक सिर्जनात्मक कल्पना ईच्छाशक्ति प्रतिब्द्धता एवं जिम्मेवारीबोधको अभाव प्रष्ट देखिन्छ ।

देश संविधानसभाको निर्वाचनपछि पनि सात दलभित्रका विशेष तीन दलकै कोठे निर्णय र रणनीतिको तानाशाहीमै चलिराखेको छ । जब कि एक दुई नम्बरका दल दुई र तीन नम्वरमा पुगिसके । सभामा २५ दलको सहभागितालाई छायामा पार्ने काम हुँदैछ । अहम् भूमिका खेल्नुपर्ने सभासद्हरु नतमस्तक भै अप्राकृतिक र अस्वाभागी नाटक माचन गर्छन् वा मुकदर्शन बनेर बस्छन् भने गम्भीर हुनैपर्छ । संविधानसभाको मान मर्दन भैराखेको छ ।

आन्तरिम सरकारले थाति राखेका सम्पूर्ण समस्याको समाधान संविधानसभामार्फत गर्ने भनी समानुपातिक एवं समावेशी रुपमा सभासद्को चयन भैसकेको अवस्थामा विषयवस्तुलाई सम्मान्नित सभामार्फत पारदर्शी तरिकाले जनतामा पुर् याउनुको बदला तीन दलको स्वविवेकमा छोडी सभालाई ुवाइपासु गर्नु अधिनायकवादी सोचको परिणामा हो । देशको सेवा गर्ने यस्तो अबसर जीवनमा दोहोर् याएर आउँदैन । राष्ट्र र जनताको सुदूर भविष्यसम्मको रेखा कोर्ने पवित्र महाआस्थाको केन्द्र संविधानसभाको गरिमा र मर्यादा उच्च राखी काँधमा आएको जिम्मेवरीलाई कुनै जातीय क्षेत्रीयताको सङ्कुचित सीमामा नखुम्च्याई गर्बसाथ हामी र हाम्रो नेापल भन्ने भावना राखी विवेक प्रयोग नगरेमा ऐतिहासिक भूल हुन गै स्वर्णिम अक्षरले इतिहास लेखिनुको बदला कलंङ्कित बन्नेछ । अन्त्यमा नयाँ नेपालको सपनाको भकारीको संविधानसभा जनताको लागि सेतो हात्तीमा परिणत नहोस् । विगत तीन महिनामा देखिएको लज्जास्पद एवं लाचार छायामात्र यो संविधानसभा नबनोस् बिरामी कुरुवालाई भने ।
सभाले जनतालाई देखाएको अपेक्षित उद्देश्य पूरा गर्नेतर्फ जिम्मेवारी पूर्वक सफलता हासिल नगरेमा राष्ट्रको लागि श्राप बन्नेछ ।


3 Comments:

Nepal! said...

"सभासद्का नौटङ्की पोशाक र ब्यवहारले यो ए्ेतिहासिक संविधानसभाको उपहास र दुरुपयोग गर्दैछन् ", ठीक भन्नु भो। मलाई पनि लागेको थियो सभासद्हरुको काम संविधान बनाउने हो या सर्कस मा जस्तो रंगी चंगी पहिरन लगाएर जन र दुनीयालाई मनोरंजन दिलाउने हो ? सस्तो दिमाग बोकेका नौटंकीका कलाकारहरुले के को संविधान बनाउलान र बरु अरुले बनाइदिएछन भने सही वा ल्याप्चे चाही लगाउलान ।

ठरकी दादा said...

अनुशासन र मर्यादा भनेको स्कुलमा मात्रै पालन गर्नु पर्ने कुरा हो भन्ने बुद्धी भा'का हरु त्यो सम्मानित स्थानमा पुगेकाछन ।

ढुङ्गेल जी म तपाईको बिछारसंग सत प्रतिशत सहमत छु।

अनि नेपालीएन जी! मलाई लाग्छ त्यहा नौटंकीका कलाकारहरु हैन भाँडहरको प्रवेश ज्यादा भएको छ । यस्तै गतिछाडा र अमर्यादित पाराले के बन्ला उत्कृष्ट संबिधान ?

nepalean said...

हजारौं जनताको बलिदान अनेकौं विध्वंश लाखौं स्वर्णिम आश्वासनपछि जनता संविधान संविधानसभाले सारा विकृतिको अन्त्य गर्नेछ भनेर नथाक्ने देशका नेताहरुको ढाँट प्रवृत्ति छताछुल्ल भएको छ । संविधानसभा निर्वाचनपछि आफ्नै हातमा डाडु-पन्यौं लिई सातदलीय तानाशाहीले शासन चलिरहेको छ । उनीहरुको दुईवर्षे शासन हेर्ने जो कोही राष्ट्र राष्ट्रिय अखण्डता राष्ट्रिय अस्मिता एवं सार्वभौमसत्तामाथि कालो बादल छाएकोमा चिन्तित देखिन्छन्।----------------------
तपाइले भनेका इ हरफ एक्दम सटिक छन। हाम्रो राजनैतीक समस्या नै यही हो, डाड्यु पनियो जस्को हातमा पर्छ त्यसले तानाशाही प्रबिर्ती निकाल्छ अनि काम नैतिकता बिर्सेर आफ्नो र आफ्ना आसेपासेको खल्तीमात्र भर्नथाल्छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !