July 7, 2008

ढिलो भयपनी उनी एक दिन आउंछन

दुरान फर्कायर हो गयको । एघार बर्ष भय । काआत बनाएर आउछु भनेका छन । लोग्ने बिनाकी बुहारी कसै संग हांसे पनि बोले पनि घरमा रिस गर्छन् । दाजुले फोन नगरे पैसा नपठाय पनि नन्द मै माथि जाइ लाग्छिन । छोराले हप्ता दिन फोन नगरे सासु पनि संका काट्छिन । आफ्न पोई लाई प्वाओ कमाउने अर्ती दियकी होली नि ? ---बिबाह हुंदा म २२ बर्षकी थियं अहिलेत म 7 कम २ बिसकी पुगें । बल्ल बल्ल भन सुन गरेर माइत हिंडेकी -आज भाईको छोरा भतिजाको बर्तवन्ध होरे । भरे तुरुंन्तै फर्कनु छ -देवोर को छोरा लाई बोडिंङ बाट ल्याउनु पर्छ चारै बजे आ इपुग्नु पर्छ । अस्ती फोन गरेका थिय । मुसिर सम्ममा अ।ई पुग्छु भनेका छन कुन्नी त्यसो भन्न लायको ३ बर्ष भयो ।खै मलाई त पत्यार पनि लाग्नै छोड्यो । आफु लाई राम्रो लागेको साडी लागायर हिंडे पनि कुरै काट्छन पोइ ले बेल्जियम बाट कमायार पठाइदियको छ र खुब लगाउने भयकी छे आदी आदी । हा - मलाइत यही घरे लु कै मन पर्छ । चप्पल पनि छिनेका थिय खाली खुट्टामै छु । बैंस त कुनै साह्रै नपाई ग इसक्यो के को चप्पल ? चाड पर्व आउँदा पनि खुशी लाग्दैन । पोहोर साल तिज्मा लिन बा आयका थिय जान दीनन सासुले । ४ वटा त भैंसी छन सबै मेरै थाप्लोमा हो । कहिले कांही त घांस काट्दा काट्दै टोलाएर आफु कहाँं छु थाहै नहुने -सानो भारी देखे सासुको मुखै बांङो देखिन्छ । मेरो सिरिमान ले कमायर न पठाय यो घर को छाकै टर्दैन । तैपनी म कती हेलां भयकी । सासु पनि मैना मैनामा मेरो कोठामा छिर्छिन -पोइले कन्ना पछाडि केही पठायको पो छकी यसलाई ? राती पनि चिओ गर्छिन कतै गाई कि भनेर । पानी लिन जांदा पनि कौसी बाट हेर्छिन रे ।रोपाइ का खेताला तिर पनि हियर संका काट्छिन । आखिर के को बन्धन हो मलाई यस्तो ? म उन्को छोराको सपना सजाउन आयकी । आखिर म गोठाली मात्रै भयं । पल्तिर जयन्द्रे संग के कुरामा हो कुन्नी म यक दिन हांसेकी थियं सासु ले कुरो लाइछन लोग्ने एस् मैना बोलेन न् । मलाई पनि कुरा लगाउनेको तांतिनै छन्नी । मत पत्याउन्न । खैरिनी ल्यायर बसिच्चन रे --तिम्रांकाले भन्छन - खै के हो के हो । दुरान को भोली पल्टै हिंडेका हुन ।मत राम्रो संग अनुहार पनि हेर्न कहाँं पायकी थियं र? तर मन त द यालु होला जस्तो लाग्छ । ढिलो भयपनी उनी यक दिन आउछन । --- ------------------------------------------------
पुरुशोत्तम सुबेदी
-बेल्जियम

1 Comments:

nepalean said...

यथार्थ बादी कथा रहेछ, झस्स सुन्दा काल्पनिक लागे पनि यस्ता कथा नेपालका भिर पाखामा कैयौं छन। गरिबीले पिल्सेको नेपाल धनको सपनमा कैयों प्रेमहरु ओइलाएर झुर्मुराएका छन।
मन छुने कथा लेख्नुभएकोमा धेरै धेरै धन्यबाद।
नेपालियन
मिनीसोटा

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !