June 15, 2008

गजल - धेरै साधु

धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु
बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु

दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ
मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु

बन्दुकले भबिष्य लेख्छ रे भनी कलम लुकाउदै
नारी हक भन्छन सिउंदोको रंग छुटाउनेहरु

पसिना माग्ने हातहरु रोइरहेछन श्रम रोप्न
पलायन भए गिदी भका,बाकी घर फुटाउनेहरु

राम राम भन्ने हराम भए रे,सुनिदैछ अचेल
जालझेलमा अलमल्लिए भरोसा जुटाउनेहरु


4 Comments:

ठरकि दादा said...

तपाईको गजल (दौतरी र अन्य अनलाईन पेजहरुमा) प्राय: पढने गरेको छु ।

तर यो गजल पढेपछि भने केहि नलेखी बस्न सकिन ।

वाह! वाह! क्या गजल छ, पाछै शेरहरु एक भन्दा एक अब्बल छन ।

धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु
बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु

यसको कुनै जबाफ छैन !

अनी;

दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ
मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु
तपाइको यो गजलको हरेक शेरमा 'बारुद' छ ।

बन्दुकले भबिष्य लेख्छ रे भनी कलम लुकाउदै
नारी हक भन्छन सिउंदोको रंग छुटाउनेहरु

वाह! वाह!

यो त बेजोड नै छ !

Anonymous said...

malai pani yo gajal man paryo.
nisha

एकलव्य ( Eklavya) said...

गजल विशिष्ट र अति मीठो छ, भाषाका थोरै अशुद्दि पनि हटाइदिनूस् है ।

सन्देश दमदार छ, जस्तै;

धेरै साधु भए यहाँ, बुद्दका आँखा फुटाउनेहरू
बाटो छेकी हाँस्छन् आमाको काख लुटाउनेहरू।।

waka said...

यहाँहरुले गजल मन पराइदिनु भयो,
धन्यवाद!
यहाँहरुको हौसला पाएरै गजल लेख्न्ने
कोशीस गरिरहेको छु

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !