April 8, 2008

देश नै तनावमा भएको बेला संविधानसभा निर्वाचन होला कि नहोला

निर्वाचनको पूर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा भएका अपि्रय घटनाले संविधानसभा निर्वाचनमाथि अन्यौलता छाएको छ । निर्वाचन आयोगले सम्पूर्ण तयारी पुरा भएको जनाइरहँदा देशका विभिन्न ठाउँमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीचको झडप तथा निर्वाचन भाँड्ने तत्वद्वारा चालिएको िहंसात्मक कदमले यस्तो स्थिति निम्त्याएको हो ।
धादिङमा कांग्रेस र एमाले कार्यकर्ताबीच सोमबार र मंगलबार पटक-पटक झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएकाले स्थानीय प्रशासनले आज बिहान १० बजेदेखि अनिश्चितकालिन कफ्र्यु लगाएको छ । त्यहाँ नेपाली सेनासहितको सुरक्षाकर्मीको आकस्मिक बैठक बसेको खबर छ ।
त्यस्तै अर्घाखाँचीमा कांग्रेस उम्मेदवार मानबहादुर विकसहित एक दर्जन कार्यकर्तामाथि माओवादीले कुटपिट गरी गम्भीर घाइते बनाएपछि त्यहाँका स्थिति पनि तनावपूर्ण बनेको छ ।
उता लमजुङमा सयौंको संख्यामा रहेका माओवादी कार्यकर्ताले िसंगो गाउँ घेरेर कांग्रेस कार्यकर्ताको ज्यान लिने भन्दै सर्च अभियान चलाएको बुझिएको छ भने तनहुमा कांग्रेस उम्मेदवार गोविन्दराज जोशीसहितका कार्यकर्तामाथि आक्रमण गरिएको छ ।
त्यस्तै माओवादीले डडेलधुराका केही गाउँमा अन्य दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा रोक लगाउँदै कांग्रेस उपसभापतिमाथि कुटपिट गरेका छन् । उनीहरुले मतदान तथा मतगणनाका सिलसिलामा एजेन्ट बस्ने जुनसुकै दलका कार्यकर्ताको ज्यान लिने धम्कीसमेत दिएका छन् ।
यता माओवादीले सिन्धुपाल्चोकबाट प्रकाशित हुने एक स्थानीय साप्ताहिक पत्रिका छाप्दाछाप्दै प्रेसबाटै नियन्त्रणमा लिएको खबर छ । त्यस्तै लमजुङमा कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीसहितका केही कार्यकर्ता एमाले आक्रमणबाट घाइते भएका छन् ।
उता धनुषामा मतदान अधिकृतलाई नै अज्ञात समूहले नियन्त्रणमा लिएको बताइएको छ ।
त्यस्तै रुपन्देहीको क्षेत्र नं। ३ का कांग्रेस सभापति विष्णु वस्यालमाथि हिजो मध्यरातमा खुकुरी आक्रमण भएको छ उनको स्थिति चिन्ताजनक छ । त्यस्तै रुपन्देहीकै पस्ररीमा बम विष्फोट गराइँदा पाँच जना घाइते भएका छन् । हिजो राजधानीको व्यस्त सडक नयाँबानेश्वरमा कांग्रेसको आमसभा सकिए लगत्तै अज्ञात समूहले बम विष्फोट गराउँदा एक जना पैदल यात्री घाइते भएका छन् भने वीरगंजमा गराइएको बम विष्फोटमा परी १४ जना घाइते भएका छन् ।
माओवादीले गोर्खामा कांग्रेसका बुथ प्रतिनिधिलाई गाउँ प्रवेशमा रोक लगाएको र गुल्मीमा एमालेका केही कार्यकर्तामाथि आक्रमण गरेको खबर छ ।
यता सिन्धुलीको शिविर बाहिर रहेका माओवादी सेनाका बि्रगेड कमान्डर रामबाबु थापा ुसंग्रामुलाई एमाले कार्यकर्ताले हतियारसहित समातेर सीडीओ कार्यालयमा बुझाएका छन् ।
त्यस्तै वैतडीमा एमाले कार्यकर्तामाथि माओवादीले कुटपिट गर्दा गम्भीर घाइते भएकाहरुलाई जिल्ला अस्पतालमा उपचार गरिएको छ भने ओखलढुंगामा माओवादीले कांग्रेस उम्मेदवार बालकृष्ण दाहालले सम्बोधन गर्दै गरेको आमसभामा आक्रमण गर्दा केही कांग्रेसी घाइते भएका छन् ।
यसैबीच आज बिहान माओवादी अध्यक्ष प्रचण्डसँग अनमिन प्रमुख इयान मार्टिनले भेटघाट गरेका छन् । उनले अध्यक्ष प्रचण्डसँग शिविर बाहिर रहेका माओवादी जनसेनाबाट अराजक स्थिति निम्त्याइएको गुनासो गरेपछि प्रचण्डले शिविर बाहिरै रहे पनि जनसेनाले त्यस्तो उपद्रो नमच्चाउने प्रतिबद्धता प्रकट गरेका छन् । आजै मार्टिनले चितवनको जुनपानीस्थित जनसेनाको शिविर भ्रमण गरेको खबर छ ।
निर्वाचनकै अवस्थालाई ख्याल गरी आजदेखि नेपाल भारत सीमा शिल गरिएको छ । २८ गते राती खोल्ने गरी सीमा शिल गरिएको बताइएको छ ।

.

0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !