April 9, 2008

सभै सभा संबिधान सभा

यता उता जता तता, नेपालमा संबिधान सभाको रमिता। सार्दा सार्दा, हुन्छ हुन्न भन्दा भन्दा संबिधान सभाको दिन आउने ४८ घण्टा पनि बांकि छैन। जनतालाइ स्पष्ट रुपमा किन संबिधान सभामा भाग लिने भन्न नसके पनि जनताले नया बन्ने संबिधान बनाउन आफ्नो प्रतीनिधी पठाउन पाउने भएका छन।
नेपाल चुनाव आयोगले संबिधान सभालाइ यसरी परी भाषित गरेको छ।

"संविधानसभा भनेको जनइच्छा बमोजिमको नयाँ संविधान निर्माणका लागि जनताबाट निर्वाचित गरिएका जनप्रतिनिधिहरुको सभा हो । सवै तह, वर्ग र क्षेत्रका जनताको उचित र समानुपातिक प्रतिनिधित्व एवं सक्रिय सहभागितामा उनीहरुको चाहना अनुसारको नयाँ संविधान निर्माण गर्न नेपालमा संविधानसभाको आवश्यकता परेको हो । यसरी बन्ने संविधानमा जनताको स्वामित्व स्थापित हुन्छ ।"

"Constitution is the main law of the country. The country's state management runs according to this law. Constituent Assembly is an assembly of people's representatives chosen by the people for the formation of a new constitution, as desired by the people. Constituent Assembly Election is needed in Nepal to restructure the nation according to the aspirations of the People's movement – II, to reach a decision on the future of monarchy, to ensure democratic rule of law, to ensure proportional representation in all the bodies of state, to institutionalize the people's sovereignty and to create an atmosphere for all the citizens to exercise equal rights."

कालो गोरो जस्तो सुकै होस यसपटक फेरी नेपालले नया संबिधानको खोल ओड्ने पाउने भएको छ। जती नेता उती अस्थिरता, तर अस्थिरताको अन्त्य गर्न चुनाबको आबश्यक्ता; यो सबैले बुझेकै कुरो हो। यदि नेताहरुको भनाइ र देशको परितस्थीती हेर्ने हो भने यो संबिधान सभाको चुनाव पछि आदी भन्दा बढि राजनैतीक समस्याको अन्तय हुनुपर्छ। आशा गरौ देशले यो चुनाब पछि गति लिनेछ, देशमा शान्ती छाउने छ, देशले कहिल्यै शहिदको लगी रगत बगाउने छैन।




3 Comments:

ठरकि दादा said...

आशा त मैले पनि देशले यो चुनाब पछि गति लिनेछ, देशमा शान्ती छाउने छ भन्नेनै गरेको छु । तर के गर्ने ? अगाडी देखेको कुरा पनि सबैलाई थाहा छ।

यौटा सानो भन्दा सानो कुरा टुङ्याउन लाता-लात हुने हाम्रा महान नेताहरुको समुहमा यो संबिधान सभा पछि असंख्य गति रोधकहरु आउनेछन कति चोटिको सभाले हैन कति बर्ष पछि नया संबिधान बन्ने हो अहिले सजिलै अनुमान गर्न सकिन्न ।

पहिल्यै भेडा-बाख्रा जस्ता किन बेच भैसकेका धेरै दलका कैयौं उम्मेदवार अहिले पनि उठेका छन । कतिजना पून: बिक्ने हुन, कतिले भाउ बढाउने हुन, कति खिचातानि हुने हो हेर्नलाई धेरै नाटकहरु बाँकि छन ।

Anonymous said...

sabai lai all the best. chunab pachi ramro sambhidhan banos.

Anonymous said...

sachhai huna lageko ho ta sambdhan sabha ko chunab? chunab ta hola tara netale janatalai yespali pani thagne chhan, guarantee.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !