April 1, 2008

चुनावको चर्चा र मेरो भोट

- चना -


होला होला, नहोला नहोला भन्दा भन्दै नेपालमा संविधान सभाको चुनावको दिन नजिकै आइसक्यो । अबको ९ दिन पछाडि त संविधान सभाको चुनाव - ९ दिन भन्या के हो र ? त्यसो त हाम्रो यो दौंतरी समुहमा केहि समयअगाडि सम्म पनि यो चुनाव यहि मितिमा किमार्थ हुन सक्तैन भन्ने कुरोमा झण्डै सबैको एकमत जस्तो थियो । अनुमान गर्न सकिएका वा नसकिएका कुनै कारण निस्कने छ र चुनाव भाँडिने छ भन्ने मतमा हामी बीच प्रचण्ड बहुमत थियो । तर त्यसको मतलव हामी मध्य कसैले पनि चुनाव नचाहेको भने हैन । कस्तो बिरोधाभाष ? हामी चुनाव होस भन्ने चाहन्छौ, तर चुनाव होला भन्ने विश्वास गर्न सक्तैनथ्यौं । अब एकैछिन किन चुनाव हुँदैन भन्ने पक्षमा उठ्ने गरेका तर्कहरुको समिक्षा गरौ ।

(१) मधेशको समस्या नै समाधान हुनै सक्तैन भन्ने सोचाइ थियो, त्यो समस्या पछाडि दरबार, भाजपा, हिन्दुबादी इत्यादि रहेको र कुनै हालतमा तिनले चुनाव हुन दिँदैन भन्ने थियो । झन महन्थ ठाकुर समेत फुटेर गएपछि त्यो मुद्दा जबरजस्त अगाडि बढेको थियो, तर भारतीय दुतावासले जसोतसो मिलाइदिए ।


(२) त्यसपछि माओबादीले बखेडा झिक्नेछ भन्ने सोचाइ थियो, जनस्तरमा माओबादीले कुनै सम्मानजनक उपस्थीति जनाउन नसक्ने तथा हार्ने चुनाव नलड्ने माओबादि योजनाको संकेत मनग्य थियो । तर अनुमान बिपरीत अहिलेसम्म माओबादी यो चुनावमा प्रतिबद्धता ब्यक्त गर्न चुकाएको छैन ।


(३) मधेशबादि दलले तराइको भोट काट्ने सम्भावना बढ्यो भने काँग्रेसले नै कुनै बहानामा चुनाव हुन दिँदैन भन्ने सोचाइ पनि बलियो तर्क थियो । तर सुजातालगायत कोइराला खलककै सदस्यहरुले समेत दह्रो प्रतिस्पर्धात्मक चुनौतीको सामना गर्नु पर्दा पनि काँग्रेस पछि हटेको छैन । उम्मेदवारहरु गाँउमा छिर्न नसक्दा पनि चुनाव भने गराउनै पर्ने नीतिमा काँग्रेस अडिग देखिन्छ ।


(४) माओबादिको उपस्थितिले एमालेको भोटब्याङकमा दह्रो पहिरो जाने हुनाले माओबादि हावि हुँदै गए एमालेले पनि चुनावमा ब्यबधान खडा गर्नेछ भन्ने सोचाइ थियो । अनुमान मुताविक चुनाव प्रचारको क्रममा कतिपय ठाउँमा एमालेका प्रभावशाली नेताहरु समेत आफैले उम्मेदवारी दिएको चुनावि क्षेत्रमा भ्रमण गर्न नसकि पुलिस प्रशासनको सुरक्षाको सहारामा रहनु पर्ने स्थिति आयो, तर पनि चुनाव रोक्न एमाले इच्छुक देखिएको छैन ।

(५) चुनाव सम्पन्न हुनु अगाडि नै कुनै प्रभावशाली नेताको हत्या वा मृत्यु हुने आशंकाले दह्रै जरो गाडेको थियो । यस्तो कुरा सार्वजनिक रुपमा नभनेपनि सबैजसोको मनमा यस्तो त्रास थियो नै । तर शारीरिक रुपमा कमजोर भनिएका गिरीजा अहिले झन तगडा देखिएका छन, भने देशी बिदेशी प्रतिक्रियाबादीले ज्यान लिने खतरामा रहेका प्रचण्ड दिनपरदिन खतरामुक्त देखिदै छन ।

(६) षडयन्त्रकै भरमा पुस्तौपुस्ता शासन गर्न सफल दरवार चूप लागेर नबस्ने र कुनै न कुनै षडयन्त्र द्वारा सैनिक समेतको सहयोगमा अन्तरीम सरकारलाइ अपदस्थ गर्ने सम्भावना रहेको तर्कहरु पनि बेला बेला उठ्ने गर्थे । बंगलादेश मोडेलको सैनिक शासन लागू गर्ने तैयारी रहेको भन्ने सार्वजनिक आरोपहरु पनि चर्को सुनिए । तर दरबार अनपेक्षित रुपमा मौन बसेको तथा चुनाव भाँड्न खासै सक्रिय भएको देखिएन । यद्यपि आरोप लगाउनेहरुसित दरवारी चलखेलतर्फ औल्याउने तर्क र आशंकाहरु भने छन, जसलाइ पुष्टी गर्ने भरपर्दो आधार छैन ।

(७) बिदेशीहरुको अस्वाभाविक चलखेल र तिनीहरुको स्वार्थको टकराव उत्पन्न हुन जाने हुनाले त्यहि टकरावले चुनाव भाँडिने आशंका बलवान थियो । तर अहिले चुनाव गराइछाड्ने भारतीय बचनबद्धता बाहेक अरु शक्तिहरु खासै सक्रिय र प्रभावकारी देखिएन ।

जम्मा ९ दिन मात्रै बाँकि रहेता पनि यो चुनावको निश्चिततामा अझै थुप्रै शंकाउपशंकाहरु छन । विशेषत: ल्याण्डस्लाइड पराजय भोग्ने क्रममा रहेको माओबादीहरु वाइसियल मार्फत उद्दण्ड हर्कतहरु गरेर समस्या चर्काउने स्वभाव छोडेको छैन भने, तालमेलको अभावमा प्रचण्डले दुबै क्षेत्रबाट हार्ने निश्चित जस्तो छ । उता आफ्ना उम्मेदवार र प्रचार अभियानलाइ गाँउ पस्न नदिएको कारणले काँग्रेस एमाले तथा राप्रपा/राजपाले ठाउँ ठाउँमा चुनावि अभियान स्थगित गर्दै रहेका छन । यस्तो परिस्थितिले गर्दा कतै अन्तीम समयमा गएर चुनाव रोकिने पो हो कि भन्ने डर पूर्णत: निर्मुल भएको छैन । उता क्यान्टोनमेन्टका माओबादि सेना चुनाव प्रचारको निमित्त पछाडिको ढोकाबाट निस्कने क्रम जारी छ भन्ने समाचारहरु पनि आइरहेको छ । इयान मार्टिनले यस्तो अराजक गतिविधि भइरह्यो भने चुनावलाइ अन्तर्राष्ट्रीय मान्यता नदिने धम्कि दिएका छन । यदि यो ९ दिन भित्र चुनाव कुनै कारणवश चुनाव भाँडिए पहिले देखि नै चुनाव हुँदैन होला भन्ने अनुमानमा रहेकाहरु आफ्नो अनुमान सहि निक्लेको कारण भित्रभित्रै जीतको महशुस गर्ने अथवा चुनाव भैहाले त्यस्तो मनोभाव दमित राखेर टिकाटिप्पणी गर्ने होला कि भन्ने मेरो अनुमान छ ।

पूर्वनिर्धारित मितिमा चुनाव भैहालर पनि भोट हाल्ने मामिलामा हामी दौंतरीमध्येका शायद एक दुइजना बाहेक सपैजसो सहभागि हुन नसकिने स्थिति छ । हाम्रो लागि यो चुनाव दूरदर्शन गर्ने भाग्य मात्रै जुरेको छ । लौ चुनाव भएछ, फलाना जितेछ, फलाना हारेछ भनेर गन्थन गर्नेमै सिमित हुने छ, किन कि हामी भोटर भएता पनि भोट हाल्न असक्षम हुने जमात हौ । त्यसैले हामी न यसलाइ जितायौ भनेर खुशी हुन सक्छौ न यसलाइ जिताउन सकेनौ भनेर दु:खि हुन सक्छौ । बचेखुचेका थोरै समयमा हेर्दा सुन्दाखेरी बौद्धिकजस्ता लाग्ने शब्दछन्दहरु ओकलेर थोरै बिश्लेषण, थोरै मनोवाद र थोरै आकांक्षा मिश्रण गर्दै ब्लगहरुमा शब्दमैथुन गर्नुभन्दा पर हामी केहि गर्न नसक्ने अवस्थामा छौ । एकातिर दु:ख लाग्छ, देशमा "एक जुगमा एक दिन एक पल्ट आउने - उलटपुलट ल्याउने" महायज्ञमा सहभागि हुन नपाएकोमा , भने अर्कोतिर निराशा लाग्छ - देशको मुहार फेर्ने मसिहा बन्न उद्यत उम्मेदवारहरुको कुरुप बिगत दानवि स्वभावहरु देख्ता ।

तर पनि चुनावको रन्कोले हामीलाइ छोडेको छैन । भोट हाल्न नपाए नि यसले जिते हुन्थ्यो यसले नजिते हुन्थ्यो भन्ने आग्रह हामीमा पनि पक्कै छ । काठमाडौ उपत्यकाबासि भएको नाताले मेरो पनि आग्रह पक्कै छ । हुन त यस्तो आग्रह त्यो पनि भोटको मामिलामा आफ्नो रोजाइ को हुने हो त्यो सार्वजनिक गरिन्न तर म यो ब्लगमा मेरो रोजाइका उम्मेदवारहरु सार्वजनिक गर्दै छु । साथीहरु पनि इच्छा भए सार्वजनिक गरौ, हेरौ दौतरीका रोजाइमा कुन कुन उम्मेदवार अब्बल निस्कनेछन ।

काठमाँडौ
१ - प्रकाशमान सिंह (काँ)
२ - माधव नेपाल (ए)
३ - मनु हुमागाइ (मा)
४ - सुप्रभा घिमिरे (काँ)
५ - नरहरी आचार्य (काँ)
६ - हितमान शाक्य (मा)
७ - राजेन्द्र श्रेष्ठ (ए)
८ - नविन्द्रराज जोशी (काँ)
९ - कृष्णगोपाल श्रेष्ठ (ए)
१० - सानु श्रेष्ठ (ए)

ललितपुर
१ - उदय शमशेर राणा (काँ)
२ - सिद्दिलाल सिंह (ए)
३ - रघु पन्त (ए)

भक्तपुर
१ - नारायणमान बिजुक्छे (रो)
२ - गणेशबहादुर खत्री (ए)

(नोट: छनोट केको आधारमा गरेको भनेर नसोध्नु होला )




5 Comments:

nepalean said...

चना जी को लामो अन्तरध्यान पछि चुनावको चर्को लेख पढ्न पाइयो। त्यसको लागी धेरै धेरै धन्यबाद।
साच्चै भन्नु पर्दा मेरो जिल्ला कास्किमा को को उठेका छन त्यो पनि थाहा छैन। पहिला ३ सिट थिए। पहिलो चुनाबमा १ सिट कांग्रेस र २ सिट एमाले ले जिते। दोस्रो पटक पनि त्यस्तै रिजल्ट आयो तर क्षेत्र यता उता भयो। तेस्रो पटक कांग्रेसले "३ क्षेत्र ३ सिटै, देख्लास कम्निष्ट हाम्रो जित" भनेका थिए नभन्दै अच्चमसंग कांग्रेसले पुरै सिट लग्यो। नाराकै कुरा गर्दा अर्को नारा याद आयो। एउटा भिर छेउको घरमा "३ नेता ३ तिर,कांग्रेस गयो भिर तिर" भनेर भिर तिर एरो देखाइएको थियो।
साच्चै को को उठेका रहेछन हाम्रो क्षेत्रमा अनि गेस गर्नु पर्ला।यसो गुगल गरे भेटीन्थयो कि?
१) कास्की क्षेत्र १ मा एमालेका खगराज, कांग्रेका यज्ञ प्रसाद र माओ का देब गुरुगं उठेकोमा एमालेका भोट माओबादीले काट्ने र गुरुगं भोट देब ले काट्दा यज्ञ प्रसाद त्यती शसक्त हुदा नहुदै पनि जित्ने सम्भावना देखें।
२) मैले भो दिने क्षेत्र भने यस पालि कांग्रेसमा शारदा पौडेल,एमाले मा गज कुमारी गुरुगं र माओबादीमा राज काजि गुरुगं रहेछन। यसो हेर्दा माओबादीले गरुगं भोट काटे पनि प्रतिसपर्दा शारदा पौडेल र गज कुमारी कै देखिन्छ। क्षेत्र नं २ मा १ नं को जस्तो माओबादी प्रभाव नहुदा प्रतीसपर्दा शारदा र गज कमारी कै देखिन्छ। जित्ने सम्भवना गज कुमारीको भए पनि राज काजिले गुरूग भोट काटे शारदालाइ फाइदा हुन जान्छ। तर प्राय कांग्रेको भोटर न्युट्रल गुरुगंहरु हूदा जित्ने सम्भावना ६०% गज कुमारीको र ४०% शारदा पौडेलको देखिन्छ। तर यि कुनै पनि उमेरदवार को राम्रो संग भेउ नपाउदा आफ्नै क्षेत्रमा कस्ले जित्ने हो गार्हो पो पर्यो।
३) १ का रबिन्द्र एमालेका लागी ३ मा पुगेछन। उनि शक्तीसाली नै हुन। कांग्रेसमा बिन्दा देबी रानामगर र माओबादीमा झलक पाणि रहेछन। इमान सी बिचरा लाइ ३ मा पुराएछन। यसो हेर्दा यांहा रिबन्द्रले नै लाने सुर छ। तर झलक पाणिको शक्ती बढ्ने देखेको हुंदा मैले ३ नं कांग्रेसलाइ नै दिउकि जस्तो लाग्छ। ल बिन्दालाइ पक्कै दिए।
४)सिता गुरुगं एमाले र प्रकाश गरुगं कांग्रेस नै प्रतिस्पर्धी देखें मैले। यसमा प्रकासले भारी मतले जित्नेछन।
समग्रमा हेर्दा कास्की क्षेत्र नं १ मा कांग्रेस, २ मा एमाले, ४ मा कांग्रेस आउने सम्भावना छ। ३ मा बिन्दा राना मगर र रबिन्द्रको टक्कर छ तथा झलके ले गर्दा बिन्दा ले जित्छिन कि भन्ने सुर छ।
मेरो भोट कस्लाइ? मैले मन ले भोट दिने मेरो क्षेत्रमा कोही पनि देखीन। यस पटक मेरो भोट खाली।

Rahulvai said...

चनाजी को लेख धेरै दिन पछी पढ्न पाइयो। यथार्थ त्यही हो। अनुमान भने भिन्न भिन्न हुन सक्छन। जस्तो मेरो।
काठमाँडौ
१ - प्रदीप नेपाल (ए)
२ - माधव नेपाल (ए)
३ - चक्र ठकुरी (काँ)
४ - सुप्रभा घिमिरे (काँ)
५ - नरहरी आचार्य (काँ)
६ - भिमसेन दास प्रधान ( काँ)
७ - राजेन्द्र श्रेष्ठ (ए)
८ - नविन्द्रराज जोशी (काँ)
९ - कृष्णगोपाल श्रेष्ठ (ए)
१० - राजेन्द्र केसी ( काँ)

ललितपुर
१ - उदय शमशेर राणा (काँ)
२ - सिद्दिलाल सिंह (ए)
३ - रघु पन्त (ए)


भक्तपुर
१ - नारायणमान बिजुक्छे (रो)
२ - लेखनाथ न्यौपाने (काँ)

Anonymous said...

हामी सहभागि हुन नपाउने कुराले चित्त कुँडिएको कुरा हिजो मात्रै लेखेको थिएँ, आज त सरकारले पनि बिदेशिएका नेपालीलाइ फिर्ता बोलाएछ । हाम्रो यो ब्लगमा आँखा परेरै बिदेशीएका कारण भोट हाल्न नपाएका नेपालीको मनोकांक्षा बुझ्या हो कि क्या हो ? हैन होला । संयोग मात्रै होला । काकताली जो भन्छन नि, त्यस्तै होला । हगि ?

- चना -

Panda said...

तपाईंहरुको बिचार हेर्दा माओवादीले काठमाडौंबाट २ सिट पनि ल्याउने भएन। बिचार मेरो पनि उस्तै उस्तै छ ठ्याक्कै नभये पनि, तर मलाई त अर्को खुल्दुली पो लाग्यो!

यो त काम्रेड प्रचन्डको बुझाईमा त सिधै पक्षपाती र बिदेशी षड्यन्त्रकारीले गरेको प्रायोजित चुनाव पो हुने भयो ! भने पछी अब काठमाडौंमा त YCL ले परीणाम घोषणा हुन दियो भने त प्रचन्डको शब्दमा "भयंकर" हुने भयो नि!

wordreview said...

काठमाडौबाट एकसिट पनि जित्दैन, तैपनि म २ भोट चै दिउँला भन्ने सोचाइमा हो ।

अब हिजो बोलेको ताल हेर्दा थाहा भै हाल्यो नि । बिदेशी पर्यबेक्षक माओबादिलाइ चुनाव हराउन ओइरिएको रे !!! हा हा हा हा, नेपालीले जस्तै बिदेशीले बोलीको भरमा नपत्याउने, बिदेशीको अगाडि सज्जन बन्न खोजे धाँधली गर्न नपाइने पीरले रन्काहा छुटेको छ माओबादीलाइ ।

-चना -

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !