March 15, 2008

मरुभूमिमा मलाई जस्तो दुख कसैलाई नपरोस्

खेमनाथ पौडेल
यूएई
मेरो घर तनहुँ जिल्लाको बन्दिपुरको एक गाउँमा हो घरको आर्थिक स्थिति अति नै कमजोर भएको कारण २० वर्षको उमेरमा एस।एल।सी पास गरेर रोजगारीको सिलसिलामा दिल्लीतिर लागंे तर केही प्रगति गर्न सकिएन ठगिनु मात्रै पर्यो । ग्रामिण क्षेत्रका धेरैजसो जनता कृषिमा भर पर्ने हुँदा ६ महिना मिहेनत गरेर १ वर्षलाई पनि खान नपुग्ने । मेरा घर वरीपरीका साथीभाइहरु विदेश गएर राम्रो कमाई गरी बेला बेलामा घरमा आई रहेको मैले देखि रहेको थिए । मेरो परिवार पनि आर्थीक अवस्थामा अतिनै कमजोर भएको कारण म विदेश जाने योजना बनाउन थालें । एकजना छिमेकीको छोरा कतारमा थिए । उनकी श्रीमतीलाई सोध्दा भीसाहरु पठाउने गरेको जानकारी पाएँ । काठमाडांैका मेनपावरहरुबाट विदेश जाँदा पैसा बढी खर्च हुने महिनौं लाग्ने काम राम्रो नहुने आदि-इत्यादि कुरा सुन्दै आएको थिएँ । सोचंे आफ्नै छिमेकीको छोराले त त्यति विश्वासघात गर्दैनन् कि २०५८ साल तिहारतिरको कुरा हो बहिनीको हातको टीका लगाएर भीसाको बारेमा बुझ्न छिमेकीको घरमा गएँ । मलाई पनि एउटा राम्रो भीसा मगाइदिनुपर् यो । त्यसको १ महिनापछि पासपोर्टको फोटोकपी मागेबमोजिम उनका एकजना नातेदार हस्ते कतार पठाईदिएँ । आशैआशमा १ महिना घरपरिवारसँग बिताएँ । त्यसैबेला श्रीमती दुई जिउकी भएकी रहिछन् झन मेरो टाउकोमा बोझ थपिने भयो । आफू त यस्तो भइयो-भइयो अब आउने भावी सन्ततिको जिन्दगी त राम्रो बनाउन सकिएला नि भन्ने सोचंे । ३ महिनापछि भीसा आयो अलिअलि पैसाको बन्दोवस्त गरेर म र एकजना नातेदार दाजु काठमाडौं गयांै । कतारमा भएका दाजुका एकजना नाता पर्ने भाइले सबै काम गर्दा रहेछन् । काठमाडौंमा गएर करिब १ हप्ता बस्न पर्यो उनकै कोठामा बस्यांै । उनलाई सोध्दा केमा हो गएर काम गर्ने भन्दा दोकानमा हो खाएर ६०० रियल दिन्छ काम दिनको ८ घण्टा गर्नुपर्छ भन्ने कुरा जानकारीमा आयो ।
फागुन महिनाको पहिलो साता बुबा आमा श्रीमती सबैलाई रुवाउँदै बिहान करिव ८ बजे काठमाण्डौबाट कतार प्रस्थान गरे दिनको १ बजेतिर कतारको एरपोर्टमा उत्रिए । करिब ५ घण्टा प्रतिक्षा गरिसकेपछि एकजना कतारकै बासिन्दा ट्याक्सी लिएर नेपालबाट आएको यो नाम गरेको मान्छे तिमी नै हौ भन्दै आइपुग्यो बेलुका दाजुको कोठामा पुगें । उहाँ मालिकको घरमा काम गर्नुहुदो रहेछ । दाजुलाई घरबाट पठाएका पत्रहरु र अलिकति भीसाको पैसा दिएर बाँकी पैसा कमाएर दिन्छु भनंे । त्यस बेलुका रमाइलो गर्दै बितायांै दाजुले भोलि बिहानै काममा जानुपर्दछ भन्नुभयो । कस्तो होला काम कस्तो होला मालिक के काम गर्नुपर्नै होला आदि-इत्यादि मनमा अनेकौं तर्क-बितर्कहरु आए । बिहान करिब ५ बजे दाजुले आफ्नो मोबाइलबाट एक ब्यक्तिलाई फोन गर्नुभयो साउदी भाषामा । मैले बुझ्न सकिन उहाँले १ घण्टापछि लिन आउँछ भन्नुभयो । नभन्दै एउटा बडेमानको भुूडी भएको मान्छे सेतो पहिरनमा टाउकोमा रातो फेटा लगाएर आई दाजुसँग खासखुस के-के कुरा गर्यो बुझ्न सकिन । दाजुले तेरो मालिक यही हो भन्नुभयो । उसले मलाई त्यहाँबाट उठाएर करिब ५ घण्टा ट्याक्सीमा राखी धेरै टाढा पुर्यायो । त्यो बडेमानको मान्छेले एउटा टिनले बारेको झुप्रोमा नेपालमा गाई गोठजस्तो लगेर राख्यो । दोकानमा काम गर्ने हो भनेर ढुक्क भएको थिएँ तर एक्कासी त्यहाँ पुग्दा होश हरायो । नेपालीहरु कोही पनि रहेनछन् । करिब ५०० जति भेडाबाख्रा मात्र रहेछन् । उसले हातले इशारा गर्यो भोलिदेखि तेरो काम यही बाख्रा हेर्ने हो भनेर । नितान्त एक्लै त्यो मरुभूमिमा त्यति धेरै बाख्रा हेर्नुपर्ने कुरा सुन्दा एकपटक छाँगाबाट खसेजस्तो भएँ जिन्दगीलाई धिक्कार्न पुगें । त्यहींदेखि मेरा दुःखका दिन शुरु भए । बिहान ५ बजे त्यो छाप्रोबाट बाख्राहरु खेदेर तातो न तातो मरुभूमिमा डुलाउनुपर्ने बाख्रा लिएर धेरै-धेरै टाढासम्म जानुपर्ने । त्यसरी जाँदा कहिले कुन ठाउमा बास बस्नुपर्ने कहिले कुन ठाउमा । बेलुका सुत्दा एउटा पाल थियो त्यही टाँगेर सुत्थंे रातभरि बाख्रा हराउला भन्ने डर यसैक्रममा दाङका एकजना दाजुलाई भेटें । उहाँ पनि यस्तै तरिकाले आउनु भएको रहेछ । केही दिनपछि उहाँसँग पनि छुट्न बाध्य भएँ । १ महिना बित्यो । मालिकले तलब दिन आउला भनेर दिन गन्न थालें । महिना बितेको १० दिनपछि मालिक आयो ।त्यतिबेलासम्म अलि अलि भाषा बुझ्न सक्थें । मालिकले आएर सबै बाख्रा हेर्न थाल्यो । बाख्रा अलि दुब्लाएको देखेर मलाई कराउन थाल्यो । जिन्दगीमा अझसम्म कसैलेपनि त्यसरी कराएको थिएन आँखाबाट आँशु चुहाउन बाध्य भएँ । पैसा देला भनेको त उल्टै कराएर गयो । उसले भन्यो- ुतँलाई महिनाको ३ सय मात्र दिन्छु त्यही पनि ५ महिनापछि । तेरो दाजुले मबाट १००० रियल लिइसकेको छ उसले यो मान्छे राम्रो छ । तलब थोरै दिएपनि काम गर्दछ भनेको थियो ।ु ऊ त्यति भनेपछि त्यहाँबाट अर्को महिनामा आउने भनी गयो । दिउसो भोक लाग्दथ्यो बाख्रालाई ल्याएको जौ गहु काँचै खान्थें । यस्तो दुःख भोग्नु भन्दा त नेपालमै फर्केर खेती किसान गरी बस्नु बेस् भनी सोचें तर त्यसो गर्नु सम्भव थिएन । आज विदेश आएको पनि दुई महिना बितिसक्यो न घरमा पत्रहरु पठाउने माध्यम छ न त कसैलाई फोन गर्ने उपाय नै । घरको साह्रै याद आउन थाल्यो । ३ महिनापछि मलाई साचो भएन । बाख्रा हेर्न जाँदा कहिलेकाहीं मरुभूमिमा सुतिदिन्थंे । बाख्रा कता जान्थे कता । एकदिन त्यसै समयमा मालिक आइपुग्यो म सुतिराखेको थिएँ उसले आएर मलाई कराउन थाल्यो । मैले अब म काम गर्न सक्दिन नेपाल फर्कन्छु भनंे । त्यसदिन रिसको झोंकमा उसले मलाई मज्जाले पिट्यो । म सार्है रोएँ कराएँ गुहार मागें तर कतैबाट पनि सहयोग पाउन सकिन । घरबाट आएको ५ महिनासम्म त्यसरी नै बिताए । गाउँको दाजु त कहाँ हो कहाँ उनले त अरु कैयौंलाई यसरी नै माकुराको जालमा पारिसकेका रहेछन् । साथमा १ बंगाली साथीपनि आए त्यहि काम गर्न । ५ महिनापछि मैले २ दिन काम गरिन मालिकले थाहा पाएर नराम्रोसँग पिट्यो । शायद त्यसदिन मलाई सारैनै पिट्यो तर केहि नराम्रो भएन । त्यहाँबाट भागेर एकजना नेपाली दाजुलाई भेटंे तर के गर्ने मसँग केही थिएन । उनले सम्झाए- फेरि मालिककहाँ नै जाऊ पासपोर्ट कागज केही पनि छैन पुलिसले समातेमा जेल हाल्छ भने । बरु जेलको जिन्दगी नै राम्रो भन्ने सोचें तर मन मानेन र फेरि काममा गए । उसले पहिलाको भन्दा झन बढी दुःख दिन थाल्यो । एकदिन भागेर नेपाल जान्छु भनी हिडे तर पुलिसले समात्यो । पुलिसलाई काम गर्ने मालिकको ठेगाना बताए । प्रहरीले ८ दिन थुनामा राखेर मालिकलाई बोलायो । मालिकले आफै काम गर्न नसकेर भागेको हो भन्यो । त्यसपछि मैले नेपाल जान्छु प्लेन भाडा र पासपोर्ट देऊ भनंे । ६ महिना काम गरेर १ रुपैयाँ पनि पाएको थिइन । प्रहरीले मालिकलाई कि त काममा लगाइदे कि ६ महिनाको तलब दिएर पठाइदे भन्यो । मालिकले बल्लबल्ल टिकट र पासपोर्ट दियो । नेपाली दाजुभाइको सहयोगले नेपाल फकर्ंे ।विदेश उड्दाको दिन मनभरी अती धेरै सपनाहरु सजाएर उडेको थिए । फर्कने बेलामा बुवा आमा भाइ बहिनी जिवन संगिनीलाई नयाँ लुगा ल्याईदिने छु । बेला बेलामा बुवा आमा तथा श्रीमतीलाई पैसा पठाईदिने छु भन्ने तर आज फर्कने बेलामा मसँग केवल मेरो एक सरो लुगा र त्यहि मेरी संगिनीले किनिदिएको थोत्रो झोला मात्र छ । अब म के गरौ गाउँ जाउ कि कता जाउँ घरमा जाउँ त के मुख देखाएर जाउ नजाउ त ………………॥
कति ठूलो आशा र भरोसा लिएर विदेश गएको थिएँ सातै महिनामा रित्तो फर्कंदा कस्तो-कस्तो भयो । एक मन सोचंे कसो बाँचेर आइयो । काठमाडौंमा आएर उही मलाई पठाउने भाइलाई सम्पर्क गरंे । उनले पनि ५-६ जना उनै दाजुले पठाएको भिसामा मान्छे पठाइसकेका रहेछन् । सबै कुरा खोलें उनले तत्काल दाजुलाई फोन गरेर बताएँ तर केही लागेन । उनले आश्वासन मात्र दिए तिमीलाई मेरै पैसा हालिदिएर भए पनि विदेश पठाउछु । काठमाडौं आएर घरमा जान सकिन । कहाँ जाउष कहाँ जाऊँ भयो । झोला पासपोर्ट सबै उही भाइको कोठामा राखेर हिँडे एउटा साँस्कृतिक कार्यक्रममा कुचिकारको काम गर्न थालै । करिब ३ महिनाको अन्तरालपछि फेरि यू।ए।ईको लागि भीसा आएको छ । एक मन त धेरै नै डर लाग्यो पहिलाको जस्तै हुने हो कि भनेर । तर म बाध्यतामा परेको थिएँ- घरमा जाऊ त के मुख देखाएर जाऊ । जागिर खाऊ त त्यति राम्रो योग्यता छैन । पैसा सबै उनै भाइले हालिदिए । उनी बानेश्वरमा कम्युनिकेशन चलाएर बस्दा रहेछन् । मेरो साथमा म्याग्दीका २ जना अरु पनि थिए । काम ठिकै छ भन्ने थाहा पाएँ । नेपाल छोड्दाको दिन मलाई पठाउने भाइले खबर ल्याएका रहेछन्- घरमा मेरी श्रीमतीको डेलिभरी भएछ । छोराको बाबु भएछु गहभरि आँशु िलंदै उही छोराको भविष्य सुधार्ने कल्पनासहित फेरि पहिलाको घट्ना सम्झदै यू।ए।ई तिर लागेँ । यो कथा सत्य घटनामा आधारित छ कसैको जिवनमा मेल खान गएमा म क्षमापार्थी छु ।


2 Comments:

Panda said...

यो कथा वास्तविक रुपमा धेरै जनासँग मेल खान्छ होला। म केही पहिले नेपाल जादा शारजहा हुँदै गएको थिए। शारजहा एअर पोर्ट भित्र काठमाडौंको रत्न पार्क जस्तो भिड्भाड हुदोरैछ जहिले पनि। ठुला ठुला क्याबिन हरुमा बङाली , पाकिस्तानी वा भारतीय जस्ता देखिने मान्छेहरुलाई थुनेर राखिएका थिए। प्री भिसा हो वा फ्याक्स भिसा हो लिएर आफ्नो देशबाट उडेका मान्छेहरु कम्पनिका मान्छेहरु वा भिसा लिएर कुनै मान्छले लिएर नगएको खन्डमा केही दिन पछी त्यही थुनेर राखिदो रैछ र पुन देश फर्काइदो रैछ। त्यस्तैमा केही नेपालीहरु पनि भेटिए जो तीन चार दिन देखी त्यही रहेछन र कोही त्यस्तै "दाइ" हरुलाई पर्खिराखेका थिए भने केही दलाललाई । एअर पोर्ट भित्र duty free को खाने कुरा किनेर खान महँगो हुने, साथमा लिएर आएको बिस्कुट को भरमा दिन गुजारा गर्नु पर्ने बाध्यता सुनाउदै थिए ।

हामी नेपाली माझ बिदेश भन्ने बित्तिकै सजिलोसँग डलर आउछ भन्ने मानसिकता एकातिर छ भने अर्को तिर कुनै सिप र सामान्य भाषागत ज्ञान पनि धेरै जना सँग छैन। अनी आँफैले आँफैलाई नचिनेर सजिलो कामको आशा गर्छौं भने हाम्रै "दाई पर्ने" वा आफन्तहरु ४-५ हजार रुपैयाँको लोभमा होस् या गाउमा रवाफ देखाउन पाइने लोभमा आफुलाई विश्वास गर्ने आफन्तहरुलाई नरकमा होमिदिन्छन । त्यस्तै केही टाउके दलाल हरु पनि भेटिये त्यही ठाउँमा, चाल ढाल ठ्याक्क देशका नेताहरुको जस्तो। सुने अनुसार उनिहरु अहिले UAE मा बसेर मान्छे लाई "भाडा" मा बेच्दा रैछन्।

तर आर्को तिर प्राविधिक र सक्षम नेपाली हरु पनि प्रसश्त रहेछन खाडीमा । अवसर पनि नभएको होइन होला , प्रत्येक् स्टोर , duty free पसल, अनी business र Airlines का कार्यालय हरुमा पनि फिलिपिन्स, श्रिलन्का, पाकिस्तान आदी देशका मान्छे हरु भरपुर देखिन्थे ।

हामी नेपाली हरुको पनि एउटा प्रमुख कमजोरी भनेको आफु जुन ठाउमा जाने हो त्यस ठाउँ को बारेमा आवश्यक न्युनतम जानकारी नराख्नु, आफुले सानो तिनो कोशीस गर्नु भन्दा पनि अरु माथि नै निर्भर हुन चाहनु, अर्काले भनेका मिठा मिठा कुरा हरु पत्याइहाल्नु जस्ता कुरा हरु पनि हुन।

आफ्नै देशका महिला हरुलाई सम्मान पुर्वक हेर्न नसक्ने अरबी राक्षस हरुबाट सभ्यता र राम्रो ब्यवहाँर को आशा गर्नु निरर्थक होला, तर आफ्नै दाजुभाइ हरुलाई बिचल्ली बनाउने नेपालीहरुलाई चाँही माफ गर्न सकिदैन।

nepalean said...

नेपाल जस्तो सुन्दर ठाउंबाट मरुभुमी देखी हिम भुमी सम्म जादा त्यसै नै दु:ख हुन्छ तर यो कथा निकै मार्मिक लाग्यो। खास त जाने कांहा हो, त्यो राम्री बुझ्नु जरुरी छ तथा कागजात राम्ररी पढ्नु पर्दछ।
हाल सालै म नेपालबाट फर्किदा कतार एयरवेजमा आएको थिए। प्लेनमा प्राय नेपाली थिए भने सबै जसो अरबी देशमा कामको लागी जादै थिए। नेपाली इमिग्रेसनमा एउटा कार्ड भरेर बुझाउनु पर्ने रहेछ जस्मा नाम,ठेगाना,काम गर्ने र भिसाको अबधी।
करिब करिब ३-४ खाडी मुलुक जाने साथीहरु मैले भरेको हेरेर ट्वाल्ल परेर बसे। पालै पालो सबैको भरिदिए । कसैलाइ पनि भिसा कुन हो भन्ने चिन्न पनि नसक्ने रहेछन भिसाको मिती र काम त कुरै छोडिदिउ। फेरि भिसा सबै अरबिकमा हुने रहेछ तर अंक अंग्रेजिमा पनि हुने रहेछ। अनि तिनीहरुको लेख्ने सिस्टम पुरै उल्टो। बल्तल्ल अघीको र पछीको मिती गरेर भिसाको म्याद पत्ता लगाए र सबैकको फारम भरिदिए। खोइ किन हो हामी सुझ बुझमा पछाडी छौं।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !