March 14, 2008

इराकको यात्रा म आफैले लेखे - राम प्रसाद पन्त अन्जान बनबासी

इराक आउने मेरो घरमा कुरा चल्छ तिहारको भाइटिकाको दिन देखि तर त्यो भन्दा पहिले मेरो भाइ आईसकेकोले कुरा चल्थ्यो तर म त्यसबाट सधै टाढा रहन्ो गर्दथें । तर जब भाइटिकाको दिन मामा मेरो घरमा आउनु भएको थियो त्यस्ौदिन मामाले मलाई मेरो आउने जिन्दगी यात्राहरुको बारेमा केहि कुराहरु भन्नु भयो र छिटै काठमाडौंमा मलाई भेट्नु भनि फर्किनु भयो । मलाई काठमाडौमा मामालाई भेट्न कठिन भने थिएन किनकी म काठमाडौंमा नै देश र समाजलाई केहि गर्दछु भनेर नेपाली समाजलाई केहि दिन सक्छु कि भनेर लागि परेको थिए म । जननी जन्मभुमिश्व च्ा स्वर्गदपि गरियसि हो भनाईको पछि पछि हिड्ने गर्दथे म अनि मलाई देशले के दियो होईन कि मैले देशलाई के दिन सके भन्ने गर्दथे म मेरा सहयात्री अनि सहकर्मीहरुसंग तर समय परिवर्तनशील छ परिवर्तनशील समयसँग परिवर्तन हुन नजान्ने मान्छे तथा कुनै पनि बस्तुको अस्थित्तव नै समाप्त भएर गएको कुराहरु त इतिहास नै सा´ी छदै छ ।
विदेश जाने रे म पनि मन भारी हुदा हुदै पनि राहदानी बनाउन जिल्ला सदरमुकाम तिर जान्छु अनि राहदानी बनाई राजधानी मामाको घरमा गएर मामालाई राहदानी ज्ािम्मा लगाई म आफ्नो अफिसतिर जान्छु तर पनि जानु त छदैछ भनि मनलाई शान्त बनाई तयारीमा जुट्छु । मामाले भन्नुभएको थियो कि राहदानी दिएको १५ दिन भित्रमा जानु पर्छ भनेर मसँग मेरो गाँउ नजिकैको साथी पनि जाने रे भनेपछि रमाईलो लागेको थियो । हामीलाई मेनपावरको अफिसमा पनि जान दिईएन । कुन मेनपावरबाट जाने हो पनि थाहा थिएन । त्यस्तैमा पुष २४ गते बिहान मामाले मेरो मोबाईलमा फोन गरि जान जानु पर्ने भयो हातमा एउटा ´ाेला मात्र लिएर आउनु केहि पनि पर्दैने ११ बजे भित्रमा एयरपोर्ट जानु पर्छ तिमी ट्क्सी लिएर धोविधाट नजिकै रहेको नयाँबाटोमा आउनु भनेपछि एक्कासी आएको फोनले म के गरु के नगरु भई छट्पटाए पनि आफूसँग भएको जॆ समान थियो त्यहि लिएर हिडे विदेश यात्रा शुभारम्भ गर्दै । मामालाई नयाँबजारमा पुगेर भेटे अनि मेनपावर तिर लागे त्यहाँ पगेर थाहा भयो कि हामी त १२८ जना पो जाने रहेछ भनेर तर तिनीहरुले कसैलाई कतार हुदै कसैलाई नयाँढिल्ली हुदै कसैलाई कुवेत हुदै र कसैलाई सिधै दुवई यस्तो रुट मिलाएर २ दिन भित्रमा १२८ उडानले योजना बनाएका रहेछन् सबै जना भने १० जनवरीको दिन दुबईको टर्मिनल २ को १३ र १४ भेट गर्ने र केहि परेका दुबईको एक दलाललाई फोन गर्नु भनि कसैलाई १०० दिनार त कसैलाई भने फोन मात्र गर्नु भनि त्यहाँबाट ११ बजे हामीले आ-आफुले ट्क्सी लिएर हिड्यौं । आमा जन्मभुमि अनि साथीभाइहरुलाई छोडि हामी नयाँढिल्ली पुगौं । १६ घण्टाको कठिन पखाई पछि हामी दुबई पुयौं ९ जनबरी बेलुकी ५ बजे तिर अनि हामीले दलाललाई फोन गर् यौ उसले भन्यो कि च्ािन्ता नलिनु ३ जना भन्दा बढी एक ठाउमा नबस्नु अनि आफ्नै साथीहरुसँग पनि इराकको बारेमा धेरै कुराहरु नगर्नु धेरै हिडि नरहनु तँपाईहरुलाई विहान ५ बजे लिन कोहि आउछ भन्दै फोन राखिदियो त्यसपछि जे जस्तो भनेको थियो हामीहरुले तेहि नै गरौै र विहान ५ बजे तिर हामीलाई लिएर एउटा केटी अगाडि हिडिन् भने हामीहरु भने उसले जे गर भन्यो त्यहि गयौं त्यसपछि भने हामी बलाद बेसक्यापमा १० जनबरीको दिन बेलुकी ६ बजे पुगेपछि अमेरिकन आर्मीले हामीलाई जाँच गरेपछि हामीलाई सम्बधित कम्पनीले हामीलाई लिएर गयो । हामी धेरै थाकेको थियौ त्यसैले खाना खाएर केहि नेपालीहरुसँग परिचय गर्दै हामी त्यसदिन भने सुत्यौं । भोली पल्ट हामीलाई कम्पनीले एक बस्रे सम्´ाैता पत्रमा हस्तक्षर गर्न भनि बोलायो तर हामीहरु कोहिले त दुबई कोहिले हवाईजहाजमा गरेर सम्´ाैता पत्रमा हस्ताक्षर गरिसकेका थियौ तर कोहि साथीहरुले भने दलाल ले जुन काममा पठाएको हो त्यो काम भन्दा अरु नै परेपछि अनिहरुले भने हस्ताक्षर गरेको थिएनन् केहि बेरको छलफल पनि हामीहरुलाई जसले जुन काममा सम्´ैता गरेको छ हामी त्यहि काम दिन्छौ तर हामीले लिएको सम्बन्धित काममा लिएको परिक्षामा सफल भएको खण्डमा मात्र काम दिने भने पछि हामीहरु त्यसपछि मानसिक दबाबमा आयौंं कसैले सिधै दलाललाई फोन गर्ने तिर लागे म भने मानसिक दबाबका बाबजुत पनि हुने भनिएको परिक्षाको तयारीमा लागे १३ जनवरीको दिन हामी सबैलाई परिक्षाको निम्ति गयौं आ-आफ्नो परिक्षा दिएपछि केहि भने सफल भएछन् केहि भने असफल । सफल हुने लागि फेरि पनि अर्काे परिक्षा दिनुपर्ने भयो अब भने केविआरमा थियो हाम्रो परिक्षा केविआर भन्ने एउटा कम्पनि रहेछ हामीहरुले त्यहि कम्पनिको मुनि बसेर काम गर्नु पर्ने रहेछ हामीलाई त्यसबेला थाहा भयो कि हामी बसेको कम्पनि त कामदार मगाउने र केबिआर लागि दिने काम पो रहेछ । म भने बमुष्ल बकक। मा थियो सायद मेरो कम्प्युटर र अंग्रेजीमा राम्रो दखल हुदाहुदै पनि परिक्षा भने कठिन रुपमा नै पास गरियो र लामो श्वास फेरे । तर यहाँ भने सबै कामदार लागि अंगे्जी अनिवार्य रहेछ तर हामीलाई भने दलालले यसको बारेमा खासै कुरा गरेको थिएन । हामीलाई कमाई राम्रो हुन्छ र काम सजिलो हुन्छ भनेको थियो त्यसैले हामीले २ लाख ५० हजार तिरेर ईराक आएका थियौ हामी प्राय सबै २ लाख पचास हजार तिरेर आएका थियौ तर यस्ता साथीहरु पनि थ्ािए कतिले कम तिर भने कतिले बढि पनि तिरेका दिए । अहिले हामीहरुको दिनचार्य भनेको अफिसबाट कोठामा अनि कोठाबाट अफिस मात्र भएको छ । हामीले १३ घण्टा काम गर्नु पर्ने हुन्छ । त्यसमा १ घण्टा भने विश्राम त्यसै समयमा खाना पनि खानु पर्ने हुन्छ । काम भने क्षेत्र हेरेर कठिन र सजिलो छ । केहि कठिन ठाउमा परेको छन् भने कोहि सजिलो ठाउमा परेका छन् । यहाँ कठिन भनेर फोहोर पोल्नेमा गार्ड र ठाउ अनुसारको लेबरलाई पनि । कहिलै नगरेको काम जस्तो लाग्छ यहाँ नेपालीहरु भने विभिन्न ठाउँमा काम गरेको मैले पाए जस्तो कि बमुष्ल बकक। अयलखभथ मचष्खभच बिदयच भ्भिअतचष्अष्बल ऋबचउभलतचथ धभमिष्लन अययप क्भअगचष्तथ न्गबचम ऋगिकतभच आदि प्राय सबै ठाउहरुमा नेपाली कामदारले काम गरेको पाए मैले । हामी नेपालीहरु जहाँ पनि कर्तव्यलाई ठूलो मान्भएर होला नेपालीहरुलाई सबैलाई माया गर्ने गरेका त्यसैले होला नेपाली भने पछि अरु राष्ट्रका कामदारहरु भन्दा राम्रो हुन्छ भन्ने यहाँका मानिसहरुलाई परेको रहेछ त्ोहि भएर पनि होला नेपालीहरु पनि आफुले पाएको कामदार ईमान्दार भएर गरेको पाए । काम सजिलो भए पनि एउटा पनि गल्ति माफि नहुने भएकोले त्यसमा भने नेपाली हामी सबै नेपालीहरु सचेत रहन्छौ यहाँ एउटा गल्तीको सजाय भनेको सिधैं नेपाल पठाई दिने कानुन रहेछ । नेपाली मात्र नभए र सबै देशमा कामदारहरुमा लागु हुन्छ यो नियम । यहाँ काम सजिलो तर यहाँको निति नियममा भने बस्न साहै ने कठिन रहेछ सम्पूर्ण कामदारहरुलाई एक गल्ति भेटेमा उक्त कामदारलाई आफ्नो देश फिर्ता पठाउने यहाँको नियम रहेछ । यस्तो सजाय यहाँका कामदारले बेला बेला पाएको जानकारी पाउदै पनि गरिन्छ । अफिस समय भन्दा बाहिर सुत्नेहरु सुतिरहेको हुन्छ भने तासलाई नै आफ्नो दोस्रो जिवन बनाएकाहरु भने तासमा नै रमिरहेका हुन्छन् यसै क्रममा यसले यति जित्यो अनि यसले यति हारेछ भन्ने खबरहरु पनि आई नै रहन्छन् । खाना बन्नको राम्रो प्रवन्ध भए पनि अस्पतालको राम्रो व्यवस्था नहुदा आफ्नो शरिरको सुरक्षामा अनि धरै जोड दिने गर्नछन् यहाँका नेपाली अनि अरु कामदारहरु पनि । यस्तै यस्तै गरेर बिताछन् यहाँ नेपालीहरु र यसै माहोलमा रमेको हुन्छु म पनि आज म आएको पनि आज दूई महिना हुन पो लागेछ भने त्यसैले त समय परिवर्तनशील छ ।

यसबाट कसैलाई कहि समस्या हुन गयो भने क्षमा माग्दछु । यो मेरो केबल व्यक्तिगत भोगाईहरु मात्र हुन् ।





7 Comments:

Anonymous said...

this is ur real story then kasalai kina naramro lagla. haamilai knowledge hunu parcha sabai thau ko bcas manche ko jaat napari thaaha hudiana............ bidesinu bhaneko k k na thulo kura bhani sochan but teha ko problem who knows............

bisho said...

i like the story. Yes we need to share such stories. Thanks for sharing.
bisho

ठरकी दादा said...

आफ्नो तितो -मिठो भोगाई जस्ताको त्यस्तै राखेर तपाईले सबैलाई यथार्थ स्थितिको जानकारि दिनु भएको छ ।

मलाई लाग्छ यसबाट कसैलाई कुनै समस्या हुदैंन बरु यौटा सहि सूचना मिल्छ ।

hasta said...

I love this story of journy in life. we are all are self story and we have to explain to all

thanking writer for this effortful story and we expect more more......
basanta khatri
america

khem said...

राम प्रसाद पन्त जी दौतरीमा तपाईले जुन आफ्नो सत्य कथा ओकल्नु भयो यसले अप्ठेरो होईन सबैलाई सचेत बनाउने छ । आशा छ तपाईबाट यस्तै खालका अन्य ईराकमा जाँदा हुने सत्य घटनाहरुलाई दौतरीमा राख्नुहुने छ भन्ने ।
खेमनाथ पौडेल
यूएई

nepalean said...

कथा निकै घतलाग्दो छ। तपाइको कथा हामी माझ
बाड्नु भएकोमा धेर धेरै धन्यबाद।

Panda said...

राम प्रसादजि तपाईं जस्ता सचेत र जाने बुझेको मान्छेले इराक कस्तो ठाउँ हो भन्ने कुरा त नेपाल मै जानिसक्नु भएको थियो, त्यती हुँदा हुँदै पनि लाखौं रुपैयाँ तिरेर त्यता हानिन तयार हुनुभयो। यो रहर थिएन वास्तविक वा काल्पनिक विवसता छ अहिले हाम्रो देशमा सम्पूर्ण युवा पिढी माझ । समाजले देश छोडेर भाग्न नसक्नेहरुलाई लाछी वा नामर्दको दर्जा भिराउन लागे पछी सारा मुलुकमा "नया देश" बनाउने ढोल पिटिदा पनि हामी आफ्नो ज्यानको सौदागर आँफै बनेर आँफैलाई बेच्न पुग्छौं। तपाईंहरुको टिममा जाने सबैलाई थाहा छ हाम्रो देशको नाम मात्र को सरकारले इराक जान बन्देज गरेको छ, सबैलाई थाहा छ केही वर्ष पहिलेको दर्दनाक घटना त्यही पनि हाम्रो समाज र दिन दिनै जटिल बन्दै गैरहेको अर्थतान्त्रिक परीवेशका अगाडि ति घटना र त्रासहरु फिका हुन्छन । मेरो बिचारमा मध्य पुर्वको काम भनेको मध्य युगिन दुनियाँमा फर्केर काम गरे जस्तो हो, र काम जहाँ पनि गर्हो हुन्छ । यस्तै हो जिन्दगी!!
एउटा गीत छ नि " सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ , एकोहोरो हुन्छ जीवन "

समय समयमा आफ्नो अनुभव बाट्दै रहनुहुनेछ भन्ने आशा छ । तपाईं हरु लगायत सबै नेपाली हरुको कुशल्ता एवं सफलताको कामना!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !