February 5, 2008

अमेरीकन बर्गर र शंकरपुरको मंदिर

अमेरीका र सात समुन्द्र पारीको नेपाल दुरीमा मात्रै टाढा छैनन कि संस्क्रीतीमा पनि उत्तीकै फरक छन। तर आजकाल संसार खुम्चिएको छ। मन हुनु पर्छ एकै दिनमा एक कुनाबाट अर्को कुनामा सजिलै पुग्न संभव छ। त्यही मनले गर्दा म पनि रुपन्देहीबाट अमेरीका पढ्न आइपुगे। सामाजीक संरचना देखी धर्म संस्क्रीती, ठ्याक्कै आकाश जमिनको अन्तर भेटाए। अनी हरेक कुरा नेपालसंग दाज्न मन पराए। नेपाल दाज्ने म मात्रै होइन प्राय सबै साथीले डलरलाइ पनि रुपयां नै भन्दछन।


आखिर मन त नेपाली नै हो, त्याहा जे गर्थे त्यही गर्न मन लाग्छ। पुष महिनामा स्वस्थानी सुनीराखेको मन किन मान्थ्यो र? त्यसैले २ बर्ष अघी देखि स्वस्थानी भन्न सुरु गरें। साथी भाइ जम्मा भएर भनिरहन्थ्यौं। तर यस पटक सबैलाइ नै सुन्ने अबसर मिलोस भनेर नेपालीयनको सहयोगले दौंतरीद्वारा अनलाइन राख्न संभव भयो। स्वस्थानी सुन्दा साथीहरुले १-२ डलर चढाउंथे। त्यो जम्मा भएको दक्षीणा मैले मेरो गाउं शंकरपुरमा जिर्ण भएको मंदिरलाइ चढाएको थिए। यो मंदिरको रंग रोगन देखी मर्मत संभार आदीलाइ निकै सहयोग पुगेको थियो। एउटा कोक खाने पैसाले ठुलै सहयोग हुने रहेछ भन्ने महशुस भयो। त्यसैले फेरी पनि यसरी नै दक्षीणा उठे यसरी नै मर्मत संभार गरेर अर्कोसाल पुन फोटोहरु दौतरीमा प्रकाशित गर्नेछु। नेपालीयन जि, कतै दौंतरीमा पे-पालको बटन राखेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु। केही पहिले एक जना साथीले बर्गर खाएर स्वस्थानी भन्ने भन्नु भएको थियो, तर यस्ता द्वैसबाट माथी उठेर हाम्रो धर्म संस्क्रितीको जगेर्ना गरे कसो होला?


बिदेशमा बसेर नेपाललाइ सहयोग गर्ने यो पनि त एउटा अबसर हो। एक त यसरी धर्ममा अलीकती समय दिए मन शान्त हुन्छ अर्को तपाइको १-२ डलरले एउटा गाउंको मन्दिरले रुपनै फेर्दछ। फेरी मनले चिताएको कुरा पनि चांढै पुराहोला!

- सानदाई








1 Comments:

nepalean said...

मलाइ पे पालको त्यती ठुलो ज्ञान छैन । यता उता हेर्दैछु कसरी राख्ने भनेर।
राम्रो आइडिया हो यो। १-२ डलर जम्मा पारे पनि ठुलै सहयोग हुने रहेछ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !