February 12, 2008

बिरालो बांधेर श्राद्ध

नेपालमा भिसा नविकरण गर्नु पर्छ, पुगेको भोली पल्ट नै गर्छु भनेर यतै बाट फोटो समेत खिचेर लगेको थिंए । नेबिल ब्यैंक महाराजगंज मा बुझाउनु पर्ने रहेछ भिसा को फारम, मेला नै लाग्दो रहेछ त्यता त । पहिला गएर टोकन लिनु पर्ने, घण्टौं कुरे पछि बल्ल फारम बुझाउने पालो आउंदो रहेछ । बुज्रुक भएर फोटो यतै बाट खिचेर लगे पनि फारम भर्न भने बिर्सेछु, आजकाल electronically फारम भरेर त्यसैलाइ प्रिन्ट गरी बुझाउनु पर्ने रहेछ । नेबिल ब्यैंक को छेउमै रु. १००.०० प्रति ब्यक्ति फारम भर्ने अफिस रहेछ । "कस्तो महन्गो" भन्दा "हामी expert छौं फारम भर्न लाइ, हामीले भरेको मा केही गल्ती हुंदैन त्यसैले १०० रुपैंया लिएको" भने साहुजीले । पहिलै टोकन लिएर जानु पर्ने रहेछ, फारम भरेर फर्के पछि फेरि कुर्नु पर्यो ।

आफ्नो पालोमा फारम बुझाउन जांदा मेरो फोटो भएन रे । मैले झन अमेरिकामै अमेरिकाको पासपोर्ट standard फोटो खिचेर आएको नेबिल ब्यैंक को कर्मचारीले हुन्न रे । किन भएन भनेर सोध्दा त मेरो फोटो मा म कालो आएको छु रे मान्छे भन्दा । हुन पनि हो Walmart मा खिचेको रहर लाग्दो भने आएको थिएन, तर पनि अलि कालो आयो भन्दैमा फोटो नै नमिल्ने भने त हैन नि ? मेरो त्यो फोटोको background चाहिने जति उज्यालो नै थियो, खालि अनुहार अलि tan देखिएको थियो । मेरो पासपोर्टमा आखिर तेहि Walmart मा नै खिचेको फोटो थियो । अनि कस्तो फोटो चाहिन्छ त भनेर सोद्धा अर्काको फाइल बाट फोटो देखाइन । त्यो फोटो त मैले पहिलो चोटि अमेरिका जांदा फोटो कनसर्न मा खिचेको जस्तै रहेछ । अनि मैले ति कर्मचारीलाइ यो फोटो मा त झन Adobe Photoshop चलाएर गोरो बनाउने, लाली लगाउने, पिम्पल हटाउने आदि काम गर्छन्, अनि कसरी यो मन्छे संग मिल्यो र भनेर सोधें । हक्क बक्क भएर ति कर्मचारीले "तपाइं को फोटो अलि कालो भएकोले पासपोर्टमा भिसा scan गर्दा कालो आउंछ" भनिन । अनि मैले अफ्रिकाको मन्छे ले भिसा लिनु पर्यो भने कस्तो खालको फोटो खिचाउनु पर्छ नि भनेर सोधें ।

केहि सिप लागेन, अखिरमा महन्गोमा emergency फोटो खिचेर भोली फेरि आउनु पर्यो । मेरो नया फोटोमा Adobe Photoshop चलाएर गोरो बनाउनु को साथै लाली पनि अलिकति चढाइ दिएको रहेछ । बिरालो बांधेर श्राद्ध गर्ने जस्तै भोलि पल्ट तेहि कर्मचारीले खुरुक्क तेहि फोटो लिइन ।


2 Comments:

पीजी said...

आफ्नो फेरी अगाडि पासपोर्टमा फोटो कन्सर्न वाला फोटो परेछ, अनी visa मा चाँही Biometric फोटो। अगाडिको पासपोर्ट वाला पन्नाको फोटो गोरो, आफ्नो रुप चाँही अली "गहु भन्दा गाढा" , अनी Biometric फोटो चाँही आफु भन्दा अली गाढा ( dark!) । टर्की भएर आउनु पर्ने, टर्कीको इमिग्रेशनमा पुलिसले छोड्दै छोड्दैन ! के नै गर्ला र सबै कुरो सक्कली हो भनी ढुक्क लाइनमा १० मिनेट जती बसे नबोलिकन मुसुमुसु हाँस्दै। अनी त्यो पुलिस नयाँ रहेछ, पासपोर्टको फोटो हेर्छ अनी भिसाको फोटो हेर्छ दुबइ उस्तै छ अनि मलाई हेर्छ सबै उस्तै देख्छ अनि मेसिनमा हाल्छ, खोइ मेसिन ले अलग अलग देखाउदोरैछ। पसिना पसिना भयो उ अनि अर्को साथीलाई बोलायो, साथीले ठीक हुनु पर्ने ठीक जस्तो छ भनेर गयो, तर त्यस्को मेसिनले अलग अलग देखाउछ। अनि मेरो पास्पोर्टको अगाडिको पाना च्यात्ला जस्तो गरेर कोट्ट्याउन लाग्यो , कतै फोटो फेरेको हो कि भनेर होला। अनि मैले मेरो पस्स्पोर्ट नबिगार भने बजियाले लग भग् च्यात्न लागेको, अब फेरी अर्को पटक त्यस्को बाटो भएर गयो भने त च्यातिन्छ। फेरी मलाई केही भन्दैन, पछी आइ कार्ड माग्यो, त्यो पनि दिए, सबै कुरो मिल्छ, तर तेही मेसिन ले identify गर्न सक्दैन । बल्ल बुझे फोटो कन्सर्न ले कलाकारी गरेर रङ रोगन लगएको फोटो biometric फोटो स्क्यान गर्ने मेसिन ले कसरी चिनोस ! पछी अती भये पछी नबोलिकन दियो ।

अब आइन्दा फोटो कन्सर्नको फोटो पास्पोर्टमा कहिले रख्दिन भनेर मन मनै भने । उही बिहे लागि केटा केटीको फोटो जुराउन काम लाग्ला नत्र उही तिनै नबिल कि मैया लाई देखाउन काम लाग्ला तर official पास्पोर्ट, visa आदीमा चाँही त्यो गोरो बनाएको फोटो काम नलाग्ने रैछ, आफ्नै फोटो आँफैले चिन्न मुस्किल पर्ने ।

ठरकि दादा said...

ल त, तपाईहरुले त दु:ख पाउनु भएछ तर अब अरुलाई भने जानकारी भयो । यो फोटोको 'मेक-अप' हुने कुरो त थाहा थ्यो तर सक्कलि अनुहारको नक्कलि फोटोले त जात्रा गर्दो रे'छ हो !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !