January 14, 2008

गृहमन्त्रीको राक्षस हँसाई र भोटाहिटिको बम

हामीहरु प्राय: सबैले रामायण, महाभारत वा त्यस्तै अरु कुनै धार्मिक चलचित्र वा धारावाहिक पक्कै पनि हेरेका छौं ।

यस्ता चलचित्र वा धारावाहिकमा कथावस्तु भिन्न भिन्न भए पनि यौटा कुरा चाँहि समान हुन्छन् । देवता र दानव विच लडाई चल्छ अनी आफ्नो यौटा तीर निशानामा लाग्ने बित्तीकै दानवहरु अट्टाहास गर्न थाल्छन ––हा हा हा हा हा हा हा-- मानौ त्यो यौटा हतियारको सहि नीशाना नै युद्दको विजय हो ।

आज काठमाण्डौमा भएको बम बिष्फोट र हिजोको गृहमन्त्रीको वकतव्य मलाई त्यहि यथार्थ नबुझी गरिएको अट्टाहास जस्तै लाग्दै छ ।

बिषयको गाम्भिर्यलाई नबुझी वा बुझ पचाएर हावादारी गफ गर्न हाम्रा नेताहरु त्यसै पनि अग्रपंक्तिमा आउँछन।यसै क्रममा हाम्रा गृहमन्त्रीले पनि १-२ दिन काठमाण्डौमा केहि घटना नघटेकोले अब 'राम रज्य' शुरु हुन लागेको उदघोष गरिहाल्नु भयो ।

त्यहि लालबुझक्कड र हावादारी वक्तव्यको लगत्तै रत्‍नपार्कमा आज भएको बम बिष्फोटले हामीलाई फेरी एक चोटी सोच्न बाध्य बनाएको छ, के हाम्रा नेताहरुको चेतनाको स्तर पौराणिक कालका दानवको भन्दा फरक छैन ?

हाल पुरै देशको हालत एकदमै ठिक छैन, हत्या, आतंक र बिष्फोट भनेको "दाल-भात" जस्तै छ र देशको कुनै न कुनै कुनामा हरेक दिन जसो १-२ अप्रीय घटनाहरु घटि रहेका छन । यो यथार्थ बारे बिदेशमा बस्ने नेपालीहरुलाई समेत पनि कुनै भ्रम छैन भने हाम्रा गृहमन्त्री भने हिजो सम्म "सुरक्षा स्थिति दिनप्रतिदिन सुधार हुदैछ" भनेर अर्न्तवार्ता दिदै हुनुहुन्थ्यो ।

वहाको अर्न्तवार्ता यहाँ छ र आज काठमाण्डौमा बम पडकेको बारेको समाचार यहाँ छ।

नेपालको हालको स्थिति एकदमै तरल छ र यसलाई सबैले बुझ्ने भाषामा भन्दा "कुन बेला के हुन्छ भन्न नसकिने" अबस्थामा छ । यस्को जानकारी देशकै सुरक्षाका जिम्मा लिएर बसेका गृहमन्त्रीलाई पक्कै हुनुपर्ने हो ।

यस्तो अबस्थामा वहा के हिसाबले सुरक्षा स्थिति दिनप्रतिदिन सुधार भईरहेको हावा भरको कुरा गर्नु हुन्छ ।

देशमा कुन बेला के हुन्छ भनेर जान्ने त कोहि पनि हुन सक्दैन तर हालको परिस्थितिमा यस्तो वक्तव्य दिनु चाहिँ अमेरिकाले ईराक आक्रमण गर्दा सद्दाम हुसैन र उनका सुरक्षा प्रमुखले "हामी अमेरिकालाई जित्दै छौं" भनेर राक्षस हासो गरे जस्तो मात्रै हुनेछ ।

आशा गरौं आगामी दिनमा हाम्रा मन्त्रीहरु सोच बिचार गरेर मात्रै बोल्नेछन ।

अन्तमा आज भएको आक्रमणको घोर बिरोध गरौं साथै हाम्रा नेताहरुलाई बोल्नु अगाडि बिचार गर्नु पर्छ भन्ने बुद्धी पनि परमात्माले प्रदान गरुन ।



2 Comments:

nepalean said...

यो त फिलीं जस्तो भयो नि। केही कुरो एक्दम बलियो छ भन्दा भन्दै च्वाट्ट छिनीएको जस्तो।
आजकाल त मलाइ सबै कुरो ग्राइन डिजाइन जस्तो लाग्छ। माओबदीको सबभन्दा ठुलो शत्रु गिरीजा भन्थे,अहिले गिरिजाकै पिठ्युमा छन। भारतलाइ त्यसतै गाली गर्थै, उनै भारतीय राजदुताबासमा बासा बस्छन, के हो के?

Anonymous said...

सुरक्षा स्थिति दिनप्रतिदिन सुधार हुदैछ bhaneko ulto bata ho?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !