January 16, 2008

फटिंग्रे

आश्मा
(दौतरीको १००औदिनको सु-अवशरमा शुभकामना सहित यहाँहरुप्रति समर्पित)
कहिले काही मलाई त्यो गाँउको यादले निकै सताउछ । त्यो घर, त्यो आगन, ति उकाली-ओराली, खोला-पाखा ,जहाँ उ र म संगसंगै हिड्ने, डुल्ने र खेल्ने गर्थ्यौ। म सधै सधै अतितका पानाहरुलाई पल्टाइरहेकी हुन्छु।चाहेँ सपना होस चाहेँ बिपना मेरो मनसपटलमा लगातार घुमिरहने त्यो आकृति मेरो मुटुमा अमिट छाप बनेर बसेको छ। जब बिर्सन्छु मबाट केहि हराएको महसुस हुन्छ, जब संझन्छु मन भित्र अदृष्य भावना खट्किन्छ—यो वर्षौको समय अन्तराल पछि पनि उहि छायाँ मेरो वरिपरि घुमिरहेको पाउछु-
“रेवती ! पर्ख-पर्ख !!” उस्को हात छोडेर झस्किदै अडिन्छु , फुपु ढोकाको संघारमै उभिदै मलाई छेक्नु हुन्छ।
रुक्न चाहान्न तर अगाडि पनि बढ्न पाउदिन। विवस म फटिंग्रेलाई हेर्छु अनि फुपूलाई। हो,फटिंग्रे म पनि उसलाई फटिंग्रे नै भन्छु। सबै उस्लाई त्यहि नामले बोलाउछन। तर , मलाई यो नाम मन पर्दैन।
एक दिन मैले बाबालाइ भने " बाबा फटिंग्रेको नाम ‘शिवप्रसाद’ राखि दिनुस न।" बाबाले मलाई संझाउदै भन्नु भयो"यो तिम्रो दादाको नाम हो"।त्यसो भए ‘हरिप्रसाद’ राखिदिनुस न त। बाबालाई सायद मेरो कुरो मनपरेन--"तिमी चुप लागेर बस त"। म आज्ञाकारी भए। तर मलाई यसरी चुप हुन लगाइएको मन पर्दैन।म उदास हुदै बाबाको कठोर आदेसलाई चुपचाप पालना गरे।
फुपुले अम्खोरामा पानी लिएर म भएतिर छर्कनु भयो र भन्नु भयो "जाऊ अब भित्र।“
म दौडेर आमा भएतिर गए "हेर त तिम्रो यो नाक को फूलीमा के टाँसिएको हरियो?" –माया तर सम्मान दिदै आमाले हप्काउन शुरु गर्नु हुन्छ । तर आमाले यसरी हप्काउदा मलाई निकै मनपर्छ। म झन काखमै लिप्सिदै जान्छु .... नकुनै अनुरोध नकुनै स्विकृती मानौ आमाको काख मेरो अधिकार हो। ।म डराउदा,आमा भन्दा टाढा हैन नजिक हुन मनपर्छ "ल हेर कपाल मा पनि यस्तै छ"।
“ फटिंग्रे ! ए!फटिंग्रे ” !! आमाको आवाज ले म भयभित हुन्छु।
“हजुर न !!! उहि नम्र स्वर कानमा गुन्जिन्छ।
एकैछिनपछि फटिंग्रे हस्यागं फस्यागं गर्दै आउछ र अभ्यस्त उस्का पाइलाहरु संघार बाहिरै रुकिन्छन्। उ बाहिर उभिएको मलाइ मनपर्दैन। खै आमाले भित्र पस्न नदिएको हो अथवा समाजिक रितिरिवाजसंग डराएर हो उ कहिले पनि भित्र आउदैन । उस्को निन्यारो मुख देखेर माया लागेर आउछ। उ घर भित्र किन आउदैन मलाई सधै खुल्दुली हुन्छ तर आमालाई किन छुदैन त्यो जान्न चाहान्न म बरु उ आमाको काखमा नबस्दा खुशी हुन्छु। अरुले उस्लाइ केहि भनेको मनपर्दैन मलाइ तर आमाले चाहिँ गाली गर्दा पनि नरमाइलो लाग्दैन । किनकिन म उस्लाइ धेरै माया गर्छु। मेरो मन बोल्न थाल्छ- माया त म आमालाइ पो गर्छु त। उसो भए त्यो के होला ? म सोच्न थाल्छु उसो भए यो कुनै चेतना होला, भावना होला .... अथवा कुनै विस्वास होला अथवा सहानुभूती ....
"तल वेसी खोलामा गा'थ्यौ" फटिंग्रेको जवाफ संगै मेरो सहास बढेर आउछ।
"हो नि " म आमालाई कुरा प्रष्ट पार्न खोज्छु।
"आमा हाम्ले माछा मारेको" ।
'खै त माछा? आमाले अधिकार प्रयोग गर्नु हुन्छ् मानौ मेरो हरेक कुरा थाहा पाउनुपर्छ उहाँलाइ।
मलाई लाज लागेर आउछ झूट पक्डिएकोले। "छोरी!तिमी त झूट बोल्न पनि जान्दिनौ"
म निशब्द हुन्छु। आमालाइ थाहा छ .. छोरी माछा मार्न चाहान्ने बरु माछा पानीमा पौडेको हेर्न मन पराउछे।
हो त माछा पानीमा स्वतन्त्र उन्मुक्त भएर पौडेको कस्तो राम्रो। आहा!!! म पनि यस्तै पानीमा पौडनसके??!!!! म पौडन सुरु गर्छु उफ!!!पानीमा जादा त खुट्टा माथि पो आउछ त ?!! उफ!!! म आफूलाइ कमजोर सम्झन्छु । तर मलाई पौडिन भन्दा पानी माथि लागेको सिंवाली झार ओढ्न पो मनपर्छ, मेरो कमजोरीलाई छोप्ने प्रयास गर्छु म।
“फटिंग्रे!!” म कराउछु
“माछाको खुट्टा छैन त?” उ हाँस्छ ।
यसरी हाँसेको मनपर्दैन मलाई । तर म किन सक्दिन माछा जस्तो पौडिन, प्रष्न गर्छु आफै संग र उस्लाई सोध्छु फेरि-
“म माछा जस्तो पौडिन किन सक्दिन? “
“नानू हजुर ठूलो भए’सि सक्नु हुन्छ।”
पौडिदै गरेको उस्लाई सोध्छु म “तिमी कसरी सकेको त?”
उ रोमान्चित हुदै भन्छ “ म ठूलो छु”।
मलाई उस्को कुरा पटक्कै मन पर्दैन।
खुब! म भन्दा एकहात मात्रै त अग्लो छ नि ... मनमनै रिस उठ्छ मलाइ।तर उ म भन्दा ठूलो त पक्कै छ ..... आक्रोश पोख्न सक्दिन।
“अब घर जाने .... आउनुस” म फटिंग्रेको आवाज ले जर्याक-जुरुक उठ्छु।
“ल हजुरको खुट्टामा के लागेको?” म खुट्टा हेर्छु । हो त साच्चिक.. कालो तर चेप्टिएको म हटाउन कोशिस गर्छु त्यो कालो झन तन्किदै जान्छ ।म रुन थाल्छु दुखेको चाहिँ थिएन.. “हजुर रुनु भयो भने मलाई घरमा गाली गर्नुहुन्छ” उस्ले मलाई धम्क्याउदै माया देखाउन थाल्छ। मानौ उस्ले मेरो उ प्रतिको लगाव बुझेको छ। म चाहान्न कसैले उस्लाई गालीगरोस्।
“के हो त्यो?” मैले जान्न खोजे।
“ठूलो जूका” उस्ले आफ्नो टोपीले समातेर खुट्टा बाट निकालिदियो।
“हजुरको खुट्टा मा रगत.......?!
मलाई डर हैन कौतूहल जाग्यो रातो रगत देखेर ।
म सम्झन थाल्छु ----एकदिन उ घाँस काट्दै थियो । सानो सानो कीराहरु उड्दै एताउता गर्दैथिए। एउटा कीरा चाहिँ कहिले एता कहिले उता उफ्रिदै थियो।
“यो किन उफ्रेको? ” किरालाई हेर्दै म उस्लाई सोध्छु।
“उफ्राइएको”... उस्को आवाजमा रुखोपन प्रष्ट झल्कन्छ।
“नानू हजुरलाइ कुन किरा मनपर्छ?”
“ मलाई म खमली किरा खुब मनपर्छ ” म प्रफुल्ल हुदै उस्लाई पनि सोध्छु “तिमीलाई नि?”
उस्ले मतिर हेर्दै गंभिरहुदै भन्छ-“उ त्यो उफ्रि’रहेको किरा मनपर्छ मलाई”।
मलाई हाँसो उठ्छ - “के हो यस्को नाम?”
“फट्याङ्रा” अनायास हास्न रोक्छु म।
मैले पहिलो पटक जीवन भित्र जीवन्तता भेटे –फट्याङ्रा उफ्रिदै थियो बाच्नलाई संघर्ष गर्दै थियो सायद।मैले फटिंग्रो शब्दभित्र सत्यता भेटे उस्को उपस्थितीको । किन किन मलाई उस्को नाम मनपर्न पो थाल्छ। बाबाले भनेको संझे मैले “ हरि’ नाम भित्र अदृष्य रुपमा भगवानको बास हुन्छ रे। त्यसैले उ हरि हुन सक्दैन” जो कसैले पनि देख्नै या महसुस गर्नै पनि नसक्ने बस्तुमा बाबाले त्यति धेरै महत्व किन दिएको होला ? मेरो खुट्टा बाट बगेको रातो रगत हेर्दै मैले फटिंग्रे र फट्याङ्राको तुलना गर्न थाल्छु।
-अस्ति घाँस काट्दा तिम्रो हातमा पनि रातो रगत थियो नि?” मैले उस्लाई सोधे
“हो” उ गम्भिर हुदै भन्छ।
“ तिम्रो रगत पनि रातो थियो त?”
उ चुपचाप हुन्छ।
उस्को स्तब्धता मलाई मन पर्दैन। उस्ले केहि भन्न चाहेर पनि भन्न नसकेको अनुभूति हुन्छ मलाई ।उस्लाई हेर्छु म ,त्यहाँ उस्को आखाँमा तुफानी समुद्रको छाल जस्तै उतार चढाव प्रष्ट देख्छु । मानौ उ बोल्न खोज्दा भाषाको कमि भए जस्तो , उस्को अन्तरमनमा चलिरहने द्वन्दहरु छहराको सङ्लो पानी झै पहरा र ढुंगाको प्रहारलाई पनि चुनौती दिदै उन्मुक्त प्रवाहित भएको देख्न चाहान्छु म। मेरो प्रष्नले मलाई नै गिज्याए जस्तो लाग्छ । हो त उस्को जस्तै मेरो रगत पनि रातो नै हुन्छ। फरक यत्ति हो मान्छेद्वारा निर्मित नियम पक्षपाती छ तर प्रकृतीले मानिस मानिस विच कुनै पक्षपात गरेको छैन।
मैले कुरा मोड्न चाहेँ मानौ उस्लाई खुशी गराउन चाहेँ....
“सबै माछा मिलेर जूकालाई किन नमारेको होला?”
मेरो प्रष्नले उस्लाई झन आक्रोशित बनाउछ -—“किन माछाले जुका मार्ने ?”उस्ले पहिलो पटक मलाई प्रतिप्रष्न गर्छ—“जूकाले हजुरलाई टोकेको छ माछालाई हैन” त्यो जुका घस्रिदै मेरो खुट्टा नजिक आउदै रहेछ । यस्पटक उस्ले मेरो खुट्टा तिर बढेको जूकालाई हटाउने कोशीश गरेन बरु मेरो आँखामा हेर्दै मलाई सचेत गराउछ –
“आधा मरेर पनि हिड्दै छ जुका “ म डराए र उस्लाई च्याप्प समाते ।
उस्का हातहरुले बलियो साहरा दिएको अनुभूति भयो ,अनि चुपचाप उस्को हातसमातेर घर तिर हिड्न थाले म.......
------(समय मिल्यो भने यसैलाई निरन्तरता दिदै जानेछु)



5 Comments:

Panda said...

तपाईंको यो कथा पढेर मलाई पनि सानै का मेरा दौतरिहरु याद आए । शायद पदम थियो उसको नाम । दाङ तिर बाट आएर हाम्रो गाउमा उस्का बाबु आमाहरु परिवार सहित् केही महिना बसेका थिए । म अनी अर्को छिमेकी साथी पदमसँग त्यो पदमको पनि यस्तो दोस्ती भएछ कि राती अबेर सम्म हामी बाटोमा खेलिरहेका हुन्थे । राती आमा हरु ले खोज्दै आएर खान खान लानु हुन्थ्यो । उ सँग खेले बापत मैले अनी अर्को मगर साथी पदमले कहिले नुहाउनु परेन अनी छिटा हल्नु परेन । तेसैले बादी भनेको के हो म अनी मेरो साथी दुबै जनालाई थाहा थिएन । तर एकदिन उस्को आमा मेरो घरको भान्साको ढोकामा उभिएको देखेर मैले सोधे किन भित्र नजानुभाको? अनी उनले जवाफ दिईन " हामी भित्र पस्न हुँदैन नि बाबु!" भान्सा यसै पनि सागुरो भएकोले मैले खासै अनौठो मानिन् । त्यस पछी मैले उनी गैसके पछी आमा लाई सोधे बादी भनेको के हो भनेर ।

पछी अचानक उनिहरु आफ्नो घर दाङ गएछन। म र मेरो अर्को साथी पदमलाई नभनिकन उ गयो, १-२ महिना सँगइ खेलेको दौतरी सँग छुट्टीनुपर्दा नरमाइलो लाग्दो रहेछ , क्या स्वच्छ थियो हाम्रो दोस्ती !

अरु पनि धेरै साथीहरु थिए म सँग पढ्ने तर स्कुल जीवन रमाइलो सँग बित्यो, अहिले सबै जन खुब याद आउछन ।

उषा said...

कलात्मक र भावानात्मक छ तपाइको लेख। अतितका कुरा, गाउका कुरा सबै अबश्मरणिय हुन्छन। त्यसलाइ जस्ता को तस्तै उतार्नु झनै कठिनै कुरा हो। तपाइले त्यसलाइ जस्ता को तस्तै उतारेर निकै प्रशंसिय काम गर्नु भएको छ। फेरी पनि यस्तै लेख पढ्दै गर्न पाइयोस।

Anonymous said...

Apologize, Malai Nepali ma type
garna aaudaina.

Fatingre....
maan chune katha ccha.
Continue garnu...

shyam said...

malai pani nepalima type garnai aaudain hernu na.....but your article is superb...ma sanga ko frenship lai continue nagare pani writing keep it up :).............love yeah

Shyam Shrestha said...

I must say..its superb..I didn't think anything else when I read it before, and as soon as I mover my eyes through the story..its so excellent writing, thoughts and I must say you are a superb writer...keep it up...I want you to post its next part very very soo because i cannot wait to read.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !