December 8, 2007

माओबादीहरुलाई सिद्ध्याई दिऊँ न त, सकिन्छ?

यहाँ ब्लग लेख्ने लगभग सबै साथीहरु माओबादीहरुलाई मन पराउनु हुन्न र चर्को आलोचना गर्नु हुन्छ। मेरा लगभग सबै साथीहरु पनि माओबादी बिरोधी छन र म आँफै पनि माओबादीको समर्थक् वा उनीहरु प्रति समर्थक वा सहानुभूती राख्ने मान्छे होइन।माओबादका बितेका १२ बर्षको युद्धमा नेपाल र नेपालीहरुले जती दु:ख पाए, त्यसको पीडा अरुलाई भन्दा मलाई पक्कै कम छैन। एउटी सात बर्षीय बालिकालाई बस भित्र जलायर मारिएको,क्रियापुत्रीहरुलाई क्रिया बसिरहेकै ठाँउमा गोली हानिएको,एक् शिक्षकलाई हात बांधेर निर्मम् हत्या गरिएको, चितवनको माडीमा चालिसौं निर्दोष जनतालाई खरानी पारिएको, यस्ता घटनाहरुको जति नै आलोचना गरे पनि कम् हुन्छ। हजारौं, लाखौ मानिसहरु प्रभावित भए, बिस्थापित भए, आफन्त, नातागोताहरु गुमाए। देश एउटा असफल् राष्ट्र तिर उन्मुख भयो। उध्योग धन्दा, उत्पादन बिकास कार्यहरुहरु ठप्प भए।माओबादी युद्धबाट देशलाई मुक्त तुल्याउन अनेक उध्यम गरियो। राजाद्वारा प्रत्यक्ष शासन थालिनु पुर्ब पनि सन्कटकाल घोषणा गरी सेना परिचालन भएकै हो। वार्ता पनि गरे। भएन, दलहरु असफल् भए, म अब आफै अघि सर्छु भनेर राजा स्वयंले शासन हातमा लिएर माओबादीहरुको युद्ध दबाउन पनि कोशीस् गरे र राजा पनि असफल् भए। यस्तो अवस्था रह्यो, न माओबादीले युद्ध जितेर सत्तामा पुग्न सक्थ्यो न सरकार उनीहरुलाई तह लगाउन सक्थ्यो, अर्थात देश एउटा अनिस्चितताको शिकार बन्यो। यो सबैले देखेको भोगेको कुरा हो। माओबादीलाई युद्ध रोकी शान्तीपुर्ण राजनीतिमा आउन रास्ट्रिय, अन्तरष्ट्रिय दबाब बढ्दै गयो र उनीहरु पनि सायद् युद्धबाट दिक्क भए।दलहरुले पनि तपाईहरुले चाहेको कुरो शान्तीपुर्ण रुपमा नै प्राप्त हुन्छ, हतियार् बिसाउनुस् भनेर आश्वस्त पारे र फलस्वरुप् दिल्लीमा १२ बूंदे सहमती भयो। र राजशाही शासन् ढल्यो, शान्ती सम्झौतामा हस्ताक्षर् भयो, माओबादीहरु संसदमा आए, सरकार बन्यो, अन्तरीम् सम्बिधान् जारी भयो र एक् प्रकारले देशले अब एउटा गति लिन्छ कि भन्ने भयो तर अहिले फेरि अन्धकारको कालो बादल् फैलिराखेको छ। दलहरुबिच् परस्परमा अविश्वास बढ्दैन् गैरहेको छ। अहिले स्थिति यस्तो हुंदैछ, माओबादीहरुको चर्को आलोचना हुंदैछ। माओबादीहरु दरबारबाट परिचालित, संबिधान सभा बिरोधी आदिको रुपमा उनीहरुलाई चित्रित गरिदैछ। सुजाताहरु जस्ता माओबादी सहभागी नभए पनि चुनाव हुन पर्छ भन्न थालेका छन् र सबै भन्दा माओबादीका उग्र बिरोधमा चरम भ्रस्टाचारी खुम बहादुर, गोविन्द राज जोशी, गच्चदारहरु जस्तो लागेकाछन् र नेका नेत्रित्वलाई माओबादीसंग "नझुक्न" अर्थात सहमतीमा नआउन दबाब दिईरहेका छन्। माओबादीहरुलाई शान्ति प्रक्रियामा ल्याउन प्रभावकारी भूमीका खेल्ने क्रि प्र सिटौलाको राजीनामा मागिन्छ। भोली माओबादीहरु फेरि जंगल् पसे भने के हुन्छ भन्ने कुरो को हेक्का यिनीहरुलाई छैन।माओबादीको क्रियाकलाप गलत भैरहेको छ र जरुर आलोचना गर्नै पर्छ तर आलोचनाको हद् त्यति हुनुहुंदैन जसले उनीहरुलाई निरास तुल्याओस र फेरि जंगल् लखेटोस।माओबादीहरुको सबै माग पुरा गरेर लम्पसार पर्नु पर्छ भन्ने पनि छैन, त्यसको लागि ब्यापक वार्ता, सहमतीको प्रयास र नागरिक समाज, बुद्धीजीविहरुको प्रयोग् गरेर दबाब परिचालन् गर्नु पर्छ र माओबादीलाई मनाउन पर्छ।
होइन माओबादी बिल्कुलै गलत हुन, यिनीहरु कहिले शान्ती प्रक्रियामा आउदै आंदैनन् र यिनीहरुलाई बिश्वास गर्न सकिदैन भन्ने हो भने त्यसको ओखती के हो त? यिनीहरुलाई निमिट्यान्न पारिदिऊँ न त, सकिन्छ? होइन सकिन्न भन्ने हो भने माओबादीलाई शान्ती प्रक्रियाबाट बिच्काउने काम किन गर्ने? किन एकतमासले उनीहरुको बिरोध् मात्र गरिरहने?
यदि हामीलाई शान्ती चाहीएको छ भने, बिरोधको भाषा बोल्न छोडेर सहमतीको भाषा बोलौ।समस्याको होइन समाधानको भाषा बोलौ। खाली घ्रीणा, द्वेष र बिग्रह मच्चाउने भाषा नबोलौं। सकिदैन, बोल्दै नबोलौं।


5 Comments:

ठरकी दादा said...

म नेपालका कथीत माओबादीको तपाईले भने जस्तै बिरोधी हुं। कारण मैले भन्न नपर्ला, तपाईले नै लेखीसक्नु भएको छ । सात बर्षीय बालिकालाई बस भित्र जलायर मार्ने, क्रियापुत्रीहरुलाई क्रिया बसिरहेकै ठाँउमा गोली हान्ने, कैयौ लाई हात खुट्टा बांधेर परिवारकै सामु निर्मम् हत्या गर्नेलाई कसरी र के को लागी समर्थन गर्न सकिन्छ र?

रह्यो कुरा शान्ति सम्झ्यौता पछिको….. त्यसमा पनि यिनिहरुले कहि कतै आफु परिवर्तीत भएको प्रष्ट्याउन सकेका छैनन् । हत्या हिंसा, चन्दा अपहरण सब जारी छ ।

तर तपाईको “…..सकिन्न भन्ने हो भने माओबादीलाई शान्ती प्रक्रियाबाट बिच्काउने काम किन गर्ने? किन एकतमासले उनीहरुको बिरोध् मात्र गरिरहने ?....” भन्ने बारेमा चाही अलि सजिलो जबाफ नआउला। किनकि यिनिहरुलाई यिनीहरुलाई निमिट्यान्न पार्ने कुरा असम्भब छ र यिनिहरु सुध्रीने स्थिति पनि म देख्दिन ।

माओबादिलाई फकाउने फुलाउने मात्रै हैन सब अक्षम्य अपराध समेत बिर्सिएर देशको सम्मानित संसद र मन्त्री पदमा समेत पुर्‍याएर उच्चतम आदर समेत दिईयो यत्ती हुंदा समेत उनिहरुमा सुधार नआएपछि अब के गर्ने ?

कि त तपाईकै भाषा प्रयोग गर्दा यिनिहरुको सबै माग पुरा गरेर लम्पसार पर्नु बाहेक अरु केहि बाँकि देख्दिन म त।

चुनाव नलडिकन सांसदमा अपुताली परे जत्ती सिट दिई र करिब करिब उनिहरुकै मोडेलको राज्य संरचना तयार हुने बेला भैसक्दा पनि अझै यस्तो धम्की र बल प्रयोगकै मात्रै भाषा बोल्ने र छिन छिनमा मनगडन्ते अत्तो थापेर चुनाव हुन नदिने लाई समर्थन त कुनै हालतमा पनि गर्न सकिन्न ।

तर हो निमिट्यान्न पार्ने कुरा असम्भब छ र गर्न मिल्ने कुरा पनि होईन त्यसैले मलाई लाग्छ व्यापक जन दवाब र अन्य दलका नेताहरुको यौटा निश्चित मार्ग चयन अति जरुरि छ। सधैं “हराम देखि राम डराउँछ” भनेर जे भने पनि “हुन्छ” भन्नु हुदैन र चुनाव नलडि जनताको सहि प्रतिनीधी हुन पाईदैन भनेर उनिहरुलाई पढाउनै पर्छ ।

अनि उनिहरुको गलत कार्यको बिरोध भने जारि राख्‍नै पर्छ…… तर बिरोध रचनात्मक होस त्यत्ती मात्रै हो । “यस्तो” चाहि सहि हुन्छ भन्न नसक्नेले “यो” गलत भयो मात्रै भन्न चाहि पक्कै छोडनु पर्छ ।

एकलव्यको डायरी ( Eklavya's diary) said...

कुरा त्यस्तो हैन ब्रिलियण्टजी,

अब यिनलाई शान्तिपूर्ण मार्गमा ल्याउन पर्यो भनेर यिनले पूजाकोठालाई शौचालयमा परिणत गर्ने छूट त पाउनु भएन नि । यिनका कुकर्म र करतूतको धज्जी उडाउने गरी आलोचना त गर्नै पर्छ नि किनभने अरूले त नराम्रो काम मात्र गर्छन् र तिनलाई गाली र सजाँय पनि गर्न सकिन्छ पनि तर यिनले त संगठित अपराध नै गरेर मान्छेको अस्तित्व नामेट पार्छन, फेरि तिनकै डाँको ठूलो हुने गर्छ अनि यिनलाई नै फकाइरहनु पर्छ । यो त अति भयो नि ।
राजनितिमा यिनलाई सुझबुझका साथ इन्गेज राख्न पर्छ र मिडियाले यिनका नराम्रा कर्मको धज्जी पनि साथसाथै उडाउनु पर्छ । यो त अरू दलहरू र राजनैतिक पक्षहरूको पनि भैरहेकै छ नि , यत्ति हो यिनको काम नै त्यस्तो छ र चर्चा पनि उस्तै नेगेटिभ रुपमा ।
तर धन्दा नमान्नुस , यि हाम्रा आलोचनाले भाग्ने वाला छैनन् र यत्तिले अत्तालिएर भागेछन भने यी गरी खाने वाला हैनन् र यिनमा जति भरोसा हामीले राखेका छौँ त्यो पनि झूट रहेछ बनेर हामीले बुझ्नै पर्छ । शान्तिपूर्ण राजनीतितर्फको यात्रा माओवादीको पनि वाध्यता हो र उनीहरूले पनि चिनेका छन् लडेरै कुनै मुकाम हासिल हुने वाला थिएन र छैन ।
यिनलाई सिध्याइदिऊँ न त भन्ने कुरा अलिक बढी आग्रही भयो , कसैले चाहँदैमा मात्र त्यसो नहोला । तर जुन गतिले यिनले आँफूले आँफैलाई सिध्याउन खोज्दैछन् , हेरौँ यो एउटा क्रन्तिकारी भनेर भर्भराउन खोजेको शक्तिको असमायिक अवशान नबनोस् ।

Nepalean said...

Yini haru lai siddaune wa Yini haru ko hanuman bhakta hune - ye dubai aile ko situation ko 2 dhurba ka extreme kura bhaye. Mero bichar ma kunai pani extreme bichar/idea kunai problem ko solution hoina. Yesto bichar le maoist problem lai pani thegan lagauna sakdaina na ta duatari blog nai sabai ko priya banna sakcha - yo mero personnal sochai ho.
=> K ta maoist ko birodh garna chodne? Hoina, maobadi desh chalaune bhanera ayi sake pachi yeska ramra naramra kura ka analysis hunu parcha. Afno mano mani tarika le samaj ma maobadi exist huna paudaina.
=> Maoist ko birodh garnu bhaneko aru party ko tali bajaunu ho? Hoina. Desh lai durgarti tira lagne party/byakti ko pahichan garnu parcha. Yeha ta lekhera bhanne matra ho, aasha garau niyam birudhha kam garne le sajaye paun.
Aile ko Nepal ko sabia side padna paunu nai Dautari ko beauty ho ki jasto lagcha malai ta!

Rahulvai said...

तपाईलाई भने जस्तै हामीलाई शन्ति चाहिएको छ, मुलुकले शान्ति खोजेको छ र खमेरुज अनि पोलपोटका सन्तानहरु संग संसदबादीदलहरुले शान्ति संझौता गरेका थिए। चुनाव नै नलडी एमाले को हैसियत प्राप्त गरे। आज यिनै बन्दुके भरियाका महान नेता राजाको तरफदारी गर्दै छन्। कांग्रेसलाई दरबार परस्त भन्ने आम बामपन्थी धारणामा संशोधन गर्ने कि?
हो, हराम देखि राम डराए, हरामहरुलाई निमिट्यान्न कहीं पनि गर्न सकेको छैन र गर्न सकिन्न। तर तिनलाई बुइं चढ्न दिन भने छोड्नु पर्दछ। उनका करतुतहरु जनता माझ राखेर नाङेझार गरे पछि आफै जंगलको कुनामा गुमनाम भै बिलाउने छ।

Maverick said...

Maobadi sanga mero saidhantik roop ma bhinnata bhaye pani naitik roop ma kehi samarthan cha. Ahilye utheka dherai kura haru sayad maobadi nabhayeka bhaye aaudainan thiye nai hola. Desh koiralaharu ka aputali banthyo hola. Ahilye ko sthiti (janta ko chetana) samma puryauna Maobadilai dherai shreya janhca. Congress ka Ram Chandre ra maleka Nepal chandre jati mai hu bhane pani, uni haru bhrastachari ra ghusiya ko ghar ma gu chatne matra kaam garthye. Ghustantra ra jiutantra ko aad ma aaiyas gariraheka yini haru sanga nata kunaui karya dakshyata nai cha na ta kunai vision nai. 12 barse saasan kaal ma “padhati” sabda ko “pa” pani deshma laagoo garna naseka fatahharu patak patak (fatah ko naike ta panch taal) desh ko sarbochcha padhma basirahada, yo desh yes stithi ma aaunu ko thulo kaaran ho. Brilliantman le pani yehi bhaneko jasto lacha.
Huna ta ramro kura ko shreya dine chalan ta Nepal ma ajahi baneko nai chaina, hoina bhane Congress ma Girija ra uska lathet harule ganatantra ma jane bhanne bittikai naitikroopma rajina dinu parne ra narahari achharya, pradeep gyawali jasta neta haru jo barsau dekhi yesh kura ko congress ma bahas gardai thye, yi neta haru agadhi aaunu parne. Sabai karyalaya haruko saili pani yestai nai cha.

Rajniti ma euta ko birodh garda arko ko pratakshya samarthan nabhaye pani apratakshya roop ma dhap mareko jasto huncha. Tara tyo bhanera birodh garna ta chodnu hudaina tara yeska sathai uni harule bhaneka ka, gareka ramra karya ko shreya pani uni harulai dinu parcha. Maobadi ko birodh jayaz bhaye pani aru dal haruko birodh chai jati hunu parne ho tyati nabhayeko jasto malai lagdacha.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !