October 30, 2007

दुई थरी समाचार--उद्दण्ड माओबादी, लाचार सरकार

बिगतका करिब १०–१२ बर्ष यता नेपालका सरकारी र नीजी छापाहरुमा दुई प्रकारका सोचनीय समाचारहरु प्रकाशित हुदैं आईरहेका छन् ।

पहिलो खाले समाचारमा:- "माओबादी द्वारा कुटपीट", " माओबादी द्वारा सम्पती कब्जा" "…..बिद्यार्थिको अपहरण " आदी हुने गरेका छन भने दोस्रो समाचारमा "नक्कली माओबादी पक्राउ", "आफूलाई माओबादी हुं भन्दै ठगी हिड्ने प्रहरी हिरासतमा" अनी " नक्कली बन्दुक देखाई ठग्न खोज्ने गिरफ्तार" आदि आदी ।

यो कुनै कृतिम समाचार वा मनगढन्ते हेडलाईन होईन र हालसम्म पनि कुनै पनि पत्रीका दैनीक हेरेमा यस्ता दुबैखाले समाचारको निरन्तरता कायम भएको पाईन्छ ।

यस्ता समाचारको अनगिन्ती पूनरागमन भएका र पढ्दा पढ्दा हाम्रो सोच पनि अभ्यस्त भएकोले गर्दा हामीहरु धेरैले यस्ता समाचारमा लुकेको यौटा अत्यन्त जटील र सोचनीय पक्षलाई ज्यादै हल्का रुपमा लिन थाली सकेका छौं

तर वास्तबमा यस्ता समाचारले हाम्रो सरकारको निक्म्मापन र लाचारीलाई उदाङ्गो पारी राखेको हुन्छ ।

हामी सबैले याद गरेको कुरा हो हरेक पल्ट यस्ता समाचार आएपछी के हुन्छ त?

पहिलो खाले समाचार आउँछ:- माओबादीले कुनै दलका कार्यकर्तालाई मरणान्त भकुरेको, कुनै व्यापारीसंग जबरजस्ती पैसा असुलेको अनी कुनै किसानको भित्र्याउन तयार भएको बाली काटेर लगेको। तर प्रहरी प्रशासन र नेपाल सरकारले यसको बिरुद्ध कुनै कारबाहि गर्दैन, मानौ यो उनिहरुको नैसर्गीक अधिकार हो ।

त्यसपछि दोस्रो समाचार छापिन्छ :- नक्कली हतियार बोकेर हिडने पक्राउ, माओबादीको नाम लिदैं चन्दा उठाउने गिरफ्तार अनी वाई सी एल द्वारा कारबाही आदी आदी।

यस्ता समाचारले निरन्तर रुपमा के शन्देस दिदैं छ त ? यहा यौटा नक्कली हतियार बोकेर हिडने समातिन्छ तर सक्कली हतियार देखाएर लुटनेलाई कुने कारबाहि हुदैंन। माओबादीको नाममा चन्दा उठाउने पक्राउ पर्छ तर माओबादी आफैलाई भने धम्की दीई पैसा असुल्न छुट छ । वाई सी एल ले कसेलाई निर्घात कुटे पनि उनीहरुलाई कुनै कानून लाग्दैन तर माओबादीलाई मन नपरेको मान्छेलाई समातेर "कारबाही" गर्न उनीहरुलाई छुट छ ।

यकातीर नेपालको राजधानीमा सक्कली हतियार लीएर आफ्नो "पार्टीको सुरक्षा" गर्न वा सम्मेलनको "व्यबस्था" गर्न भनेर मानीस बस्दा समेत त्यो हतियार ईजाजत लिएर राखीएको हो की विना ईजाजत गैर्‍ह कानूनी तरीकाले बोकीएको हो भनेर सोध्न समेत हाम्रो गृहमन्त्रिको साहस हुदैन भने अर्कोतिर नरकटलाई बन्दुक भनेर तर्साउने देखी लियर टेबुल घडीलाई बम भनी धम्क्याउनेलाई समातेर सरकार आफ्नो अस्तित्वको आभास दिन खोज्छ ।

अचम्मको चलन छ यहाँ, माओबदीको नाममा अरुले चन्दा उठाए समातिन्छन तर माओबादी आफैले भने डर, त्रास वा धम्किको भरमा किसान देखी व्यापारी सम्मको पसीनाको कमाई खादां कसैले केहि गर्दैनन्, मानौं यो चन्दा उठाउने राष्ट्रिय ठेक्का माओबादीले पाएका छन्। सरकारको नालायकि यतिसम्म छ की माओबादी वा वाई सी एलले कसेलाई अपहरण गरे, कुट पीट गरे वा सांघातीक आक्रमण गरे पनि त्यसमा कुनै कारबाहि नै हुदैन, र बचे खुचेको ईज्जत बचाउने असफल प्रयास गर्दै सरकार र बिभिन्न दलका नेता माओबादीलाई डराई डराई अब देखी त्यस्तो कार्य नगर्न "आग्रह" गर्छन।

कसैले ठाडै कानूनको उलंघन गर्दा "ख्वामीत यसो नगरी बक्स्योस…" भन्ने की समातेर थुन्ने ? । अर्को रमाईलो कुरा यदा कदा सरकार वा कुनै दलका बहादुर नेताले माओबादीको हजुरमा "ख्वामीत यसो नगरी बक्स्योस…" भन्ने निबेदन गरी हाल्यो भने उताबाट कामरेडले पहिला त ठाडै "त्यो मान्छे हाम्रो हैन…." भन्छन। अनि ढाँटनै नसक्ने स्थीती परेमा "हामी आन्तरीक कारबाहि गर्दैछौ…." ।

यसरी आन्तरीक कारबाहि गरेर हुने भए भोली देखी नेपालको पुलीस प्रशासन सबै खारेज गरे भै हाल्यो नी काग्रेंसका कार्यकर्ताले कानून मीचे काग्रेंसले आन्तरीक कारबाहि गर्ने, एमालेका कार्यकर्ताले अपराध गरे एमाले नै कारबाहि गर्ने।

माओबादीको "गरीमामय संसद" प्रवेश र अझ गरीमामय मन्त्रि पदको ग्रहण पछी पनि यस्ता समाचारको निरन्तरता भने समाप्त हुन सकेन ।

माओबादीले आफ्ना यस्ता गरीमामय परम्परालाई हालसम्म यसरी कायम राखेकाछन मानौं जनतामा आफ्नो अस्तित्व दर्शाउन र समाचारमा आईरहन उनिहरुसंग अरु कुनै विकल्प नै छैन ।

शान्ती सम्झौता, संसद प्रवेश र ध्वजा बाहक बाहनको आरोहण पछि पनि जारी यो क्रियाकलापले यस्तो लाग्छ : " कुटपिट नै नगरे के माओबादी?" "चन्दा र असुली र सम्पती कब्जा नगर्ने के वाई सि एल ?" अनी "हावादारी र बक्मफुसे कुरा नगर्ने के को कामरेड ?"


अर्कोतर्फ सरकारको लाचारीलाई साथ दीदैं नेपालका मिडीया र पत्रकारहरु पनि यस बिषयलाई पूर्बबत नै निरन्तरता दिदैंछन।

आजैको केहि पत्रिकामा माओवादीले विस्थापितका खेतमा लगाइएको धान जबर्जस्ती कटान गरेको समाचार आएको छ र यसमा कही कतैबाट कारबाही हुने संकेत देखीएको छैन । सायद यहि काम नक्कली माओबादिले गरेको भए कारबाही हुन्थ्यो होला कसो?



3 Comments:

rahulvai said...

बडा मन को कुरा लेखि दिनु भयो ठरकी दादा जी। के गर्नु दादा, "" हराम देखि राम डराए, हाराँ चा खना: नाराँ चा ग्या- भन्छन्। रक्तपातलाई रोकुं भन्दा अर्को उत्पात।

KC said...

The thing I always wonder is why rules and regulations dont apply for maoist? Tharki Dada grab the point in the right way. Good job! By the way this blog is not much diverse. Most of the time it is writing against moist......

nepalean said...

हुन पनि क्रिष्ण सिटौला प्रचण्डकै नाता गोता हुन कि क्या हो? जंगलमा हुदा र शहरमा हुदा माओबादीमा खासै फरक आएको त छैन अनि तिनीहरुले जे मा पनि छुट। हैन देश नै जंगली पाराले चलाउनि हुन कि क्या हो? एका तिर पुलिस अर्को तिर बाइ सि एल!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !