April 26, 2008
भित्ते राष्ट्रपतीको अवतरण
ड्राम्स्टाड जर्मनी
बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्नेहरु
ब्यालेट बक्सको मोहर देखी सैधान्तिक पराजय भोग्दै छन
बिजय उत्सव सँग सँगै धसिएको सिन्दुर र मालाहरु
पन्ध्र हजार निर्दोश नेपाली रगतले बनेको खुनी दाउपेचका सफलताहरु
कायल छन भित्ते राष्ट्रपती यती बेला आफ्नै झुटको पर्दा भित्र
चुनावी आश्वासन एउटा रणनिती हुनसक्छ उस्को लागि
सोझा जनता झुक्काउने ५२ सुत्रिय मागपत्र जस्तै
जानार्दनले डाडु पन्यो दि सके , अब त्यो ५२ सुत्रिय माग पुरा गर आँफै
अब सडक तिम्रो सदन तिम्रो जंगल पनि त तिम्रो
अब सपना तिम्रो कार्यपत्र तिम्रो संविधान पनि तिम्रो ढंगको
एक युगको एक दिन तिम्रो पोल्टा मा परी सकेको छ
अब भित्ते राष्ट्रपती होइन कोठे राष्ट्रपती बन्छौ होला नै
आश्वासनको पोका फुकाउ तिमी आँफै नै
स्विजरल्यान्ड मलेसिया भिएतनाम वा कम्बोडिया
सपनाको बाटोमा छलाङ मार तिमी आँफै नै
पुर्वी युरोप क्युबा , उत्तर कोरिया वा नयाँ नेपाल नै
भित्ते राष्ट्रपतीको अवतरण हामी पर्खि रहन्छौ
नेपालीले सम्पूर्णता गुमाएको यो १७ बर्ष सम्झिरहन्छौ
सान्ती क्षेत्र मेरो देश बुद्धको मेरो देश शिवको मेरो देश
रोग भोक र सोकले जर्जर भएर मारकाट हत्या हिंशाले जरा हाली
नयाँ शिवत्वको रुप मा हिशा स्विकारेका छौ,प्रतिहिंशाको साटो
अझ पनि हामी त सान्तीका पूजारी हौ
साच्चै बन्दुक झुक्ने आश मा मोहोर लगाइदिएका छौ
चाहे तिमी हाम्रो आस्थाको गद्दी त्याग
भित्ते राष्ट्रपती को अवतरण पस्चात त्यो आस्थाले पुन शिवत्त्व प्राप्त गर्छ
शिवत्व संसारका खुशीका लागि विष पिउने हरुले नै प्राप्त गर्छन
मेरो आस्थाको गद्दीले पनी असक्षमका टिका लगाउनेहरुका विष पिएका हुन
त्यसैले गद्दी नै त्याग्नु परे पनि हामी खुशी छौ
ईतिहास साक्षी छ ,हामी जनचाहना बदल्न बन्दुक तेर्साउन सक्दैनौ
जनताको नाम मा जनता लाई अधकल्चो अधमरो छाडन सक्दैनौ ।
गिरिजाज्यू अव स्वर्गलोकमा नै गएर प्रम हुने कि?
वाह, धन्य कांग्रेस। बिभिन्न बहानामा कांग्रेस सत्ता छोड्न चाहदैन।
माओबादी र एमालेले "समानुपातीक निवाचन" को माग छोडिदिएर कांग्रेसको "प्रत्यक्ष निर्वाचन प्रणाली" मा गएको भए झन् कुन हविगत हुन्थ्यो, त्यो सामुन्ने छ।माओबादीले दुइ तिहाई सीट जित्न नसकेकोले अव बन्ने सरकार पनि कांग्रेसकै नेत्रित्वमा हुने भन्ने यो कस्तो तर्क हो? कांग्रेसमा लाज शर्म भनेको दुई पैसाको पनि छैन जस्तो छ।यति शर्मानाक हार पछि पनि अझ सरकारको नेत्रित्व गर्छु भनेर कसरी लाज पचाएर भन्न सकेका हुन्?
समानुपातिक को परिणामले माओबादीलाई बहुमत त दिएन, तर बिशाल अन्तरकासाथ सबै भन्दा ठूलो पार्टी तुल्याएको छ र यस हिसाबले सरकारको नेत्रित्व गर्ने अधिकार माओबादीको हुन्छ। अन्य दलहरु माओबादी नेत्रित्वको सरकारमा जानु-नजानु स्वेच्छाको कुरा हो तर सबै भन्दा ठूलो बन्न पुगेको पार्टीलाई सरकारको नेत्रित्व गर्न नदिनु भनेको उनीहरुलाई फेरि शान्ती प्रक्रियाबाट पलाएन गराउनु हो। कि भने नेपाली कांग्रेसले हामी नै दुइ तिहाइ बहुमत सिद्ध गरेर सरकार बनाउछौ भन्न सक्न पर्यो।आम जनताले माओबादी नेत्रित्वको सरकार हेर्न चाहेका छन् र देशमा केहि परिवर्तन् हुन्छ कि भनेर आशा गरेका छन्।
अन्य दलहरुले माओबादीहरुलाई यो मौका दिनु पर्छ र केहि समय चुप लागेर बस्नु पर्छ। माओबादीले सकेनन्, देश फेरि अस्तब्यस्त हुन थाल्यो भने आफू अघि सर्नु बेग्लै कुरा हो, तर अहिले नै माओबादीको बाटो रोक्न खोज्नु ठूलो भूल हो।
गिरिजालाई राष्ट्रप्रति बनाउन त माओबादीले खोजेकै हुन क्यार? हिम्मत छ गिरिजासंग राष्ट्र्पति हुने? हिम्मत छ गणतंत्र घोषणा गर्ने? गिरिजालाई प्रम दिएर मात्र पुग्दैन, प्रम पछिको दोस्रो बरिष्ठ मन्त्री पनि उनकै पार्टीलाइ चाहिन्छ। प्रम कांग्रेसको भएको ले प्रम संग नजिकमा बसेर काम गर्न पर्ने लंगडो तर्क राखेर अन्य महत्वपुर्ण मन्त्रालयहरु ग्रिह, रक्षा र अर्थ पनि उनकै पार्टीलाई चाहिन्छ। ताज्जुब छैन त यो कुरा? अख्तियारले डामेर छाडेका वाग्ले, जोशी, खड्काहरुलाइ नै फेरि मन्त्री बनाउने होला। धन्य कांग्रेस। यो देशले कहिले सम्म नेपाली कांग्रेसलाई ब्यहोर्न पर्ने हो? गिरिजाज्यू अव स्वर्गलोकमा नै गएर प्रम हुने कि?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
तिब्बति स्वाधिनता र हाम्रो प्रजातन्त्र
मार्च १०, २००८ का दिन, तिब्बतिहरुले, आफ्नो स्वाधिनता खोसिएको ५१ औ बर्षको अबसर पारेर ल्हासा सहरमा शान्तिपूर्ण प्रदर्शन गरे। दबाब र बल प्रयोग बाहेक अरु कुनै कुरा नजान्ने चिनिया प्रशासनले व्यापक दमन गरि धेरै संख्यामा भिक्षुहरुलाई गिरफ्तार गर्यो ।
११ मार्चमा ति गिरफ्तार गरिएका भिक्षुहरुको रिहाईको माग गर्दै बसेका भिक्षुहरुमाथी अन्धाधुन्द अस्रुग्यास र लाठी प्रयोग गरि चिनिया प्रशासनले आफु दमनकै कडा रुपमा मात्रै प्रस्तुत हुने जनायो, अनि संसार भरि शुरु भयो विरोध र दमनको कुचक्र ।
जहाँ एकतर्फ दलाई लामा स्वयंले ध्वंसात्मक गतिबिधिको बिरोध गर्दै आफ्न माग "स्वतन्त्र तिब्बत" नभएको पटक पटक दोहर्याएका छन भने आर्को तर्फ चीनिया सरकारले दलाईलामा लाई 'संतको भेषमा रहेको सैतान' को संज्ञा दिएको छ ।
बास्तबमा चिन सरकार तिब्बतको समस्यालाई यत्ती सम्म न्यून मुल्याकंन गर्दै छ की तिब्बतको समस्यालाई केबल दलाईलामा एकजनाको व्यक्तिगत विचारसंग जोडेर, सिधै भन्दा दलाईलामाको मृत्युको प्रतिक्षामा छ, अनि दलाईलामाको जिवनकालमा नै उसलाई खलनायक सिद्द गर्ने असफल प्रयास पनि। यो चिनिया सरकारको ठुलो गल्ति हो ।
षडयन्त्रको जालो यत्ती सम्म की, चिनीया कम्यूनिष्ट सरकार हालका दलाईलामाको मृत्यु पछि 'आफ्नो पक्ष' को चिनिया नागरिकलाई नया दलाईलामा चुन्ने र त्यस पछि तिब्बतिहरुको एकतालाई टुक्र्याएर बिस्तारै 'ब्रेन वास' को आफ्नो पुरानो हतियारले बाकी तिब्बतिहरुलाई पनि तह लगाउने खाका तयार गर्ने काममा व्यस्त छ ।
आफ्नो प्राचिन र रहश्यमय संस्कृति र धर्ममा यसरी ठाडै प्रहार गर्ने षडयन्त्र बन्न लागेपछि सो संस्कृतिलाई जोगाउन दलाईलामाले पनि आफ्नो जिवनकालमा नै उत्तराधिकारी चुन्ने विचार प्रकट गरे र तिब्बतिहरुसंग व्यापक बहसमा लागे। यसरी आफ्नो हजारौं बर्ष पुरानो र दूर्लभ संस्कृतिमा प्रहार हुन लागेपछि तिब्बतिहरु एकजुट हुनु एकदमै सामान्य कुरा थीयो भने बदलिदो विश्वको परिस्थिति र संसारभरी छरिई सकेका तिब्बति हरुलाई भुलेर दबाब बाट समाधान खोज्नु चिनको ठुलो भुल ।
आफ्नो संस्कृति जोगाउन एकतर्फ संसारभरिका तिब्बतिहरु र उनिहरुका समर्थकहरु एक भएका छन भने आर्कोतर्फ आफ्नो परम्परा कायम रख्दै चिनिया कम्युनिष्ट सरकारले पनि फेरि एकचोटी विदेशिहरुलाई चिन प्रवेश गर्नबाट रोकेर 'बन्द कोठा भित्र अप्रेशन' गर्ने मनाशाय बनाएको प्रष्टै छ ।
ठुलो भन्दा ठुलो समस्यालाई केबल "आन्तरीक मामीला' बताउदै झ्याल ढोका थुनेर अप्रेशन गर्दै आएका चिनिया प्रशासनलाई यस पटक भने विश्व भरि छरिएका तिब्बति, उनिहरुका समर्थक र सञ्चार जगतमा आएको नया प्रगतिका कारण आफ्ना सबै झ्याल ढोका बन्द गर्न नसक्दा निहत्था भिक्षुहरलाई तह लगाउन हम्मे हम्मे परेको छ ।
यौटा नितान्त धर्म बिरोधि कम्यूनिष्ट मुलुकमा यस्तो घटना हुनु खासै नौलो कुर होईन भने तिन, तिन चोटी 'प्रजातन्त्र' आएको हाम्रो देशमा ति निहत्था बौद्धमार्गीहरु माथि व्यापक दबाब हुनु पक्कै पनि शोभनिय कुरा होईन । हामी यदि प्रजातन्त्रका हिमायति हौं र यसैमा हाम्रो विश्वास छ भने ति निहत्था तिब्बतिहरुको जुलुस र प्रदर्शन माथि बल प्रयोग गर्नु हामिलाई कत्ती पनि शुहाउँदैन ।
हामी स्वतन्त्र छौं र स्वतन्त्रतामा विश्वास गर्छौ भने, केवल 'ठूल्दाई' लाई खुशि तुल्याउन मात्र स्वाधिनताको आवाज उठाउने तिब्बतिहरुमाथि अलिकता पनि दमन गर्नु लज्जाजनक हुनेछ । यौटा प्रजातन्त्रीक मुलुकमा अर्को यौटा स्वाधिनताको लडाई लडनेले समर्थन पाउनु पर्छ दमन होईन । बाँकि तिब्बतको भविश्य कसरी निर्धारण हुन्छ त्यो भविश्यकै गर्भमा छ र सकिन्छ भने त्यसकोलागी हामि सबै स्वतन्त्रता प्रेमीले सकारात्मक भूमिका निर्बाह गर्नुपर्छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 24, 2008
चार किल्लामा ४० बुंदा
ठ्याक्कै १२ बर्ष अघी संयुक्त जनमोर्चा नेपालका अध्यक्ष बाबुराम भट्टराइले तत्कालिन सरकार प्रमुख शेर बहादुर देउवा समक्ष पंचायत ढलेको ६ बर्ष हुंदा पनि देश उधै गतिलागेको भनेर ४० बुंदे माग पेश गरेका थिए। माग तुरुन्तै पुरा नभए हतियार उचाल्ने धम्की मागसंगै जनाइएको थियो। माग पुरा भएन माओबादीले जनयुद्द छेडे, थुप्रै जनधनको क्षती भयो। अहिले आएर बन्दुक थन्काए अनी चुनाबमा हेलिए।माओबादीले शानदार बिजय हांसिल पनि गरे। अब हेर्नुछ चार किल्लामा राज गरेर आफ्नै ४० बुंदे माग तुरुन्तै पुरा गर्छन या कहिल्यै पुरा गर्दैनन।
माओबादीको ४० बुदेको सार यस्तो थयो।
1.All discriminatory treaties, including the 1950 Nepal-India Treaty, should be abrogated.
2.The so-called Integrated Mahakali Treaty concluded on 29 January, 1996 should be repealed immediately, as it is designed to conceal the disastrous Tanakpur Treaty and allows Indian imperialist monopoly over Nepal's water resources.
3.The open border between Nepal and India should be regulated, controlled and systematised. All vehicles with Indian licence plates should be banned from Nepal.
4.The Gurkha/Gorkha Recruitment Centres should be closed. Nepali citizens should be provided dignified employment in the country.
5.Nepali workers should be given priority in different sectors. A 'work permit' system should be strictly implemented if foreign workers are required in the country.
6.The domination of foreign capital in Nepali industries, business and finance should be stopped.
7.An appropriate customs policy should be devised and implemented so that economic development helps the nation become self-reliant.
8.The invasion of imperialist and colonial culture should be banned. Vulgar Hindi films, videos and magazines should be immediately outlawed.
9.The invasion of colonial and imperial elements in the name of NGOs and INGOs should be stopped.Concerning people's democracy
10.A new constitution should be drafted by representatives elected for the establishment of a people's democratic system.
11.All special privileges of the king and the royal family should be abolished.
12.The army, the police and the bureaucracy should be completely under people's control.
13.All repressive acts, including the Security Act, should be repealed.
14.Everyone arrested extra-judicially for political reasons or revenge in Rukum, Rolpa, Jajarkot, Gorkha, Kabhrc, Sindhupalchowk. Sindhuli, Dhanusa, Ramechhap, and so on, should be immediately released. All false cases should be immediately withdrawn.
15.The operation of armed police, repression and state-sponsored terror should be immediately stopped.
16.The whereabouts of citizens who disappeared in police custody at different times, namely Dilip Chaudhary, Bhuwan Thapa Magar, Prabhakar Subedi and others, should be investigated and those responsible brought to justice. The families of victims should be duly compensated.
17.All those killed during the People's Movement should be declared martyrs. The families of the martyrs and those injured and deformed should be duly compensated, and the murderers brought to justice.
18.Nepal should be declared a secular nation.
19.Patriarchal exploitation and discrimination against women should be stopped. Daughters should be allowed access to paternal property.
20.All racial exploitation and suppression should be stopped. Where ethnic communities are in the majority, they should be allowed to form their own autonomous governments.
21.Discrimination against downtrodden and backward people should be stopped. The system of untouchability should be eliminated.
22.All languages and dialects should be given equal opportunities to prosper. The right to education in the mother tongue up to higher levels should be guaranteed.
23.The right to expression and freedom of press and publication should be guaranteed. The government mass media should be completely autonomous.
24.Academic and professional freedom of scholars, writers, artists and cultural workers should be guaranteed.
25.Regional discrimination between the hills and the tarai should be eliminated. Backward areas should be given regional autonomy. Rural and urban areas should be treated at par.
26.Local bodies should be empowered and appropriately equipped.
27.Land should be belong to 'tenants'. Land under the control of the feudal system should be confiscated and distributed to the landless and the homeless.
28.The property of middlemen and comprador capitalists should be confiscated and nationalised. Capital lying unproductive should be invested to promote industrialisation.
29.Employment should be guaranteed for all. Until such time as employment can be arranged, an unemployment allowance should be provided.
30.A minimum wage for workers in industries, agriculture and so on should be fixed and strictly implemented.
31.The homeless should be rehabilitated. No one should be ' relocated until alternative infrastructure is guaranteed.
32.Poor farmers should be exempt from loan repayments. Loans taken by small farmers from the Agricultural Development Bank should be written off. Appropriate provisions should be made to provide loans for small farmers.
33.Fertiliser and seeds should be easily available and at a cheap rate. Farmers should be provided with appropriate prices and markets for their produce.
34.People in flood and drought-affected areas should be provided with appropriate relief materials.
35.Free and scientific health services and education should be available to all. The commercialisation of education should be stopped.
36.Inflation should be checked. Wages should be increased proportionate to inflation. Essential goods should be cheaply and easily available to everyone.
37.Drinking water, roads and electricity should be provided to all villagers.
38.Domestic and cottage industries should be protected and promoted.
39.Corruption, smuggling, black marketing, bribery, and the practices of middlemen and so on should be eliminated.
40.Orphans, the disabled, the elderly and children should be duly honoured and protected .
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 23, 2008
राजतन्त्रको अन्त्य कि कम्युनिष्ट अधिनायकवादको उदय ?
नेपाली राजतन्त्रको दिन गन्ति तय गर्ने काम अन्तरिम संविधानले गरिसकेको भए पनि, संविधानसभाको सम्पन्न निर्वाचनले यसलाई निष्कर्षमा पुर्याउने निश्चित प्राय: छ । अब केवल पर्दा पछाडि र अगाडि गरिने केही नाटकहरूको औपचारिकतापछि यो रूपकको पटाक्षेप कसरी होला अहिलेलाई अनुमान मात्र गर्न सकिन्छ ।
उसो त पछिल्लो समयमा राजतन्त्रको अन्त्यलाई नै सबैभन्दा ठूलो माग बनाएर हिंसात्मक बनेका माओवादीहरूले केही वर्ष अघि सम्म राजतन्त्रलाई आफ्नो हिंसात्मक क्रान्तिको बाटोमा मुख्य बाधक ठानेका थिएनन् । जब कांग्रेस र एमाले जस्ता दलहरू अथवा यस्तै दलहरूको एकल वा बहुल सरकार नेपालमा कायम थियो, माओवादीहरूको उद्देश्य दलहरूको गाउँ शहरमा रहेको संगठन संरचनालाई जरैदेखि ध्वस्त तुल्याउँदै व्यक्ति हत्याको आतंक सिर्जना गरी ऋषिकेष शाह, किर्तिनिधि विष्ट र धिरेन्द्र शाह जस्ता दरबारिया सूत्राधारको मद्दतले दरबारियाहरू संग हिमचिम बढाउनुमा ऊ व्यस्त थियो । अकल्पनिय घटनाक्रमको सिलसिला नेपाली राजनितिपटमा चल्ने क्रम कै निरन्तरतास्वरूप जब राजा वीरेन्द्रको वंश बिनासको घटना दरबार भित्रै घट्यो , माओवादीले वीरेन्द्र परिवारका लागि प्रचूर राष्ट्रवादी रोदन रोयो अनि त्यतिबेला उसले आँफू गणतन्त्रवादी कम्युनिष्ट भएको एवं राजाका लागि यसरी अनावश्यक रोदन रुनै पर्ने खाँचो थिएन भन्ने कुरा सम्झिन उसले कुनै दरकार ठानेन । पछि ज्ञानेन्द्रले सत्या हत्याउँदाका शुरुवाती दिनमा पनि ऊ दलहरूको तेजोवध भएको यो परिस्थितिमा दरबारबाट दायित्व सम्हाल्न बोलाहट हुने प्रतिक्षामा निमग्न रह्यो । तर , माओवादी भित्र समेत फुट आएको अनि ऊ कमजोर बनिसकेको गलत आँकलन गरेको ज्ञानेन्द्रको सत्ताले पनि राजनैतिक महत्वाकांक्षाको मादकतामा अन्धो बनेर दलहरू र माओवादी सबैलाई एकैचोटी बढारेर कार्पेट मुनि अठ्याँउन चाह्यो । फलत: भारतको योजनामा दल र माओवादीको सहकार्य सम्भव भयो अनि यही हिंसा र शान्तिपूर्ण प्रतिरोधको फ्युजन स्वरूप जन्मिएको १९ दिने आन्दोलनले माओवादीलाई १४ वर्षे रक्तरंजित पाटोको राजनीतिबाट शान्तिपूर्ण सत्ता प्राप्तिको अवतरणमा पुर्यायो । बाबुराम भट्टराईको भाषामा वीरेन्द्रको वंश बिनाससंगै वैधता गुमाएको नेपाली राजतन्त्रका काकतलीमा वारिस बनेका राजा ज्ञानेन्द्रद्वारा हतार वा हतासमा भए गरेका काम नै नेपाली राजतन्त्रको असामयिक विसर्जनको कारक हुन भन्नुमा कुनै अत्युक्ति भने बाँकि छैन , गर्भमा यसका सह कारणहरूको ठुलै उपस्थिति रहे पनि ।
तर अतितदेखि अहिलेसम्मको माओवादी चाल,रणनीति, कुटिलता सबै उसका सफल प्रमाणित भएक छन् संविधानसभाको निर्वाचनमा मा ऊ सबैभन्दा ठूलो राजनैतिक दलका रूपमा उभिन सकेको सन्दर्भसंगै ।“ All is well that ends well” वा “ अन्त्य भला तो सब भला” भन्ने हिन्दी चरितार्थ बनेको छ माओवादी सफलता उसको आफ्नै आँकलनमा । सबैभन्दा ठूलो कुरा धेरैले अनुचित , खराब र हिंस्रक ठानेको भनिएको नेपाली इतिहासको सबैभन्दा आतंकमय हिंसात्मक त्रासदिका डेढ दशक लामो कालखण्ड र यसका लागि जिम्मेवार मानिएका माओवादीका कार्य कर्तूत दुवैलाई मुलुकको इतिहास मै पहिलो पटक सम्पन्न संविधानसभा निर्वाचनले वैधता दिएको हो कि भन्ने भान परेको छ अहिले। राजनीतिमा जनताको मत द्वारा सत्तामा पुग्ने मऔका पाएको वा राजनैतिक दृश्यपटका घागडान खेलाडीहरूलाई पञ्छाएर संविधानसभाका प्रत्यक्ष र अप्रत्यक्ष गरी कूल सदस्य संख्याको ३६, ३७% सिटमा कब्जा जमाएर दोस्रो ठूलो दल भन्दा लगभग दोब्बर सदस्य संख्या हासिल गर्न सफल बहुल प्रतिस्पर्धाको काँचो र कान्छो खेलाडी ठानिएको माओवादीले एाकतिर सबैलाई विष्मित पारेको छ भने , उसको पछिल्लो सफलताबाट ऊ आँफैले आँफूलाई अति मूल्यांकन गर्ने र अर्को अतिवादको खतरा जन्मन सक्ने सम्भावना टड्कारो देकिएको छ ।
शान्ति सम्झौताको सफल सम्पादन गरी माओवादीहरूलाई फेरि हिंसात्मक द्वन्दको बाटोमा जानबाट रोक्न, विशेषत: सत्ता र र सम्झौता राजनितिका निकट अतितसम्मका सिनियर सह-खेलाडी कांग्रेस एवं एमालेले माओवादीका अतिवादी जोरजुलुम र वाइसिएल आतंकको प्रभाव मुनि नै जसरी भए पनि युगान्तकारी संविधानसभाको निर्वाचन सम्पन्न गराउनै पर्ने कर्तव्यवोध गरे अनि माओवादीहरूले यो स्थितिको भरपूर फाइदा उठाएर उनीहरूलाई नेस्तनाबूद पार्ने रणनीति लिएर काम गर्यो, त्यसमा कांग्रेस- एमाले आफ्नै कर्तव्य र दायित्वबोधले थिचिए अनि पराजित बने । उसो त कांग्रेस र एमाले बहुदलीय राजनीतिक यात्राका डेढ दशकले धेरै थोत्रिन पुगेका पनि हुन , काम, व्यवहार, विचार सबै तहमा अकर्मण्य, दिशाबिहीन र यथास्थितिवादी बनेर । यस कुरामा कांग्रेस बढी नै जिम्मेवार भए पनि ,ऐन मौकामा अस्थिर रहनु र बढ्दो कम्युनिष्ट उग्रवाद तर्फको आकर्षणलाई केवल खिसीट्युरी गरी प्रतिरोध गर्न खोज्ने एमाले राजनीतिक चाल वास्तवमा आत्म घातक बन्न पुगेको देखियो । तर पनि , अब सत्ता नेतृत्व गर्न तम्सिएको माओवादीले के गर्ला र कसरी आगामी दिनहरू चल्ने होलान् भन्ने व्यग्र अपेक्षा आजको जीवनका सर्वाधिक चर्चित मुद्दा बन्न पुगेको छ ।
संविधानसभाको निर्वाचनको सम्पूर्ण परिणाम समेत भरे-भोलि आइसक्दा , नेपाली राजनीति अत्यन्त तरंगित भैसकेको छ । माओवादी विजयको सिलसिला चलिरहँदा मुलुक भित्रबाट एकै दिनमा लगभग १३ अरब नेपाली रुपैयाँ भारत लगायत अन्य मुलुकमा पठाइएको खबरले अनि काठमाण्डु स्थित कुनै ब्यांकमा वासिएल कार्यकर्ता पसेर त्यहाँका म्यानेजरलाई ५० हजार भन्दा बढी रकम ब्यांकमा राख्ने खातावालहरूको नाम माग गरेका जस्ता घटनाले , नेपाली राजनीतिमा अचानक आएको कम्युनिष्ट चढावलसंगै कतै वोल्शेभिक क्रान्तिको सफलता हासिल गरिसकेको ठानिएको त है भन्नेतर्फ जनताको मन सशंकित पारेको छ । विशेषत: आजको पूँजिवादी विश्वमा उदार पूँजिवाद र खुला बजार अर्थनीतिको जुन महत्व छ भनेर भन्ने गरिन्छ , स्वाभावले कम्युनिष्टहरूको त्यहाँ र त्यस्तो पद्दतिप्रति निश्चित खालको विरोध गरिरहेकै हुने हुनाले र नेपाली माओवादीका क्रान्तिकालिन नीतिले गर्दा पनि उनीहरूप्रति व्यवसायी र सामान्य जनताको आशंका रहनु अचम्मको विषय पनि हैन । माओवादी नेतृत्वले क्रान्तिकालीन बिद्रोही नीति र रवैयाका आधारमा आगामी सत्ता राजनिति चल्ने छैन भनेर व्यवसायीहरूलाई आश्वस्त तुल्याउन खोजेपनि , अझै आशंका निमिट्यायन्न भने नभएको हुन सक्छ ।
अब राजतन्त्र अन्त्यको कुरा गर्न हुन्छ कि हुन्न भन्ने विवादको विषय रहेन । तर , बिद्रोहको प्रचण्ड, दम्भ, बल र जोरजुलुममा व्यारेकमा सेना र गाउँ शहरमा वासिएल मिलिसिया छ्याप्छ्याप्ति पारेर हासिल गरेको माओवादी निर्वाचन सफलताले पहिलो र ऐतिहासिक संविधानसभाको परिघटनालाई पटाक्षेप गरेको भएपनि आगामी नेपालको राजनीतिक परिदृश्यलाई भने सदाको लागि के हुने होला भन्ने शंकाको घेरामा ल्याएर थुनिदिएको छ । पहिलो पटक चुनाबी राजनीतिलाई सफल रूपमा हिंसाकै छायामा आफ्नो पोल्टामा लान सफल माओवादीले भोलिका दिनमा सत्तामा नै कायम रहेर मिलिसिया समेतको सहयोगमा निर्वाचनमा जाने नीति लिई नै रह्यो भने उसले सफलता पाइरहला र नेपाल कम्युनिष्ट अधिनायकवादको नियन्त्रण भित्र उत्तर कोरिया नभए पनि भियतनाम नै पो हुने हो कि भन्ने आशंका गर्ने ठाउँ भने प्रशस्त छन् ।
भ्रष्टाचारबिहीन, सम्पन्न, सुन्दर र शान्त नेपालको चाहना हामी सबै नेपालीले गरेको कुरा हो तर २१ औँ शताव्दिको मानवीय स्वतन्त्राको यो संसारमा बाँकि संसारको भाग्यलाई साक्षत्कार गरेका ,देखेका, पढेका वा भोगेका हामीहरू उदारवादी लोकतन्त्र र विश्वमान्य मानव अधिकारका सिद्दान्त र व्यवहारलाई सम्मान गरिने बहुलवादी प्रतिस्पर्धा सहितको समुन्नत नेपालका संप्रभू नागरिक भएर बाँच्न पाऔँला वा राजतन्त्रको सामन्तवादी जकडबाट मुक्त भएर कम्युनिष्ट अधिनायकवादको अर्को बलशाली पकड भित्र कब्जा हुन पुगौँला भन्ने असहज सोचहरूको मझधारमा धेरै नेपालीहरू जस्तै म पनि असरल्ल बनको छु !
कतै हाम्रो नियति हिन्दी उखान जस्तो “ आसमान से गिरा और खजूर पे अड्का” बन्न जाने पो हो कि ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 19, 2008
कमरेड प्रचण्ड: मेरको बिरालो च्यापेर ओरालो लाग्दै
अहिलेको परिणाम ब्ल्याक एण्ड ह्वाइट भएर निस्केको छ। माओबादीले स्पष्ट रुपमा बहुमत ल्याउने भएको छ। तर माओबादिले के सपना बाड्यो त्यो त पर्दा पछाडी नै छ। अजै १५ बर्ष सम्म पुरानो सत्ता भनाउदो संग लड्ने जन सेनाले के के सपना भेटे त्यो त छापामारकै झोला भित्र होला।
माओबादीको सिद्दान्त १००% किमिन्युजम हो। बिगतमा उनिहरुले जुन जुन रणनिती लिएका छन ति सबै या त चिन या क्युबा, या भियतनाम वा अरु कुनै कमिनियुष्ट मुलुकमा प्रयोग भैसकेका रणनिती प्रयोग गरेका छन। शहरबाट गाउ या गाउबाट शहर, दरवार निकट अथबा दक्षीण पन्थि या गद्दार, यि सबै कम्निष्ट आन्दोलनमा प्रयोग हुने कोड भाषा हुन। शान्ती संझौता गर्दै शक्ती संचयका साथ आक्रमण गर्ने माओबादी रणनीती भ्यागुते धार्नी साबित भयो। तर नेपाली राजनिती माओबादी बन्दुकले अत्यन्त तरक भइसकेको थियो। त्यसको भेउ पाएर नै माओबादी काठमान्डु ओर्लियो। नत्र भने एक दशको पहिले ब्यालेटमा लोप्पा खाएको पार्टी बुलेटबाट किन फेरी ब्यालेटमा फर्किन्थ्यो? प्रचण्ड ले त उहिले देखी नै हो पार्टी हांकेको, नया बजार नभै किन रोल्पामा बस्थे? चारै तिरबाट सभ्य परेर माओबादीले सानदार बिजयी हासील गरेको छ।
आगामी दिनमा नेपाललाइ कसरी चलाउने त्यो माओबादीको हातमा आएको छ। पुल बनाउन १ बर्ष लाग्छ तर त्यसलै भत्काउन र चर्चामा आउन १ घण्टा। आफैले भत्काएका झोलुंगे पुल माओबादीले कसरी बनाउने हो, आफुले जलाएका जेलका पर्खाल कसरी निर्माण गर्ने हो, १९५० देखीका असमान संधी कहिले खारेज गर्ने हो, नेवा,थारुवान,लिम्बुवान कुन कुन मुक्त क्षेत्र प्रदान गर्ने हो र कुन पहिला गर्ने हो यस्ता यावत कुरा छन ।
तर माओबादीले दिशा फेरेको लक्षण देखाइसकेको छ। नेपालको अर्थतन्त्र अत्यन्त खोक्रो, छेउ छाउमा चिन र भारत ति पनि अमेरिका निकट़, साम्यबादी चिन पनि पुजीबादमा परिणत भएको प्रतीकूल अबस्था प्रचण्ड लगायतका कमरेडहरुले बुझिसकेका छन। माओबादी सिद्दान्त त हावा खाइसक्यो, प्रचण्डपथ नै कम्नियुजमको पुजिबादसंग फ्युजन भन्दै कमरेड प्रचण्ड मेरको बिरालो च्यापेर ओरालो लाग्दैछन कांग्रेस-एमालेको गोरेटोमा।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 18, 2008
सन्दर्भ संविधानसभा
-शेखर ढुङ्गेल
निर्वाचनको चार दिन अगाडिसम्म एमालेसित तालमेलको याचना गर्ने स्वयं माओवादी होस् कि परिणाम जस्तो आए पनि स्वीकार्न चेतावनी दिने अमेरिकी- सबैले चित खाएका छन् । त्योभन्दा बढी लुटेको धन र सामन्ती रबाफले जनताको मत किन्न खोज्ने कांग्रेस र एमाले तीन बल्ड्याङ्ग लडे नलडून् पनि किन स्वाभाविकैले गणतन्त्र र संविधानसभाको माग माओवादीकै थियो । उसको माग बमोजिम भैराखेको निर्वानमा उसलाई मत नदिए कसलाई दिने राजासित सत्ता खोसेर आफू विराजमान हुन माओवादीको पुच्छर समात्ने नीति लिएका एमाले-कांग्रेस नपछारिए को पछारिने ?
यो परिणामले सत्तामा रहेमात्र निर्वाचन जितिन्छ भन्ने परम्परागत सोचको पनि अन्त गरेको छ । सत्ताधारी दर्जर्नाै मन्त्रीहरुले बलड्याङ्गबाजी खानु यसको प्रमाण हो । भ्रमको खेती गरी जनतालाई झुक्याउनेहरुलाई नराम्रो झापड दिएका छन् जनताहरुले ।
यो अप्रत्यासित परिणामले तत्काललाई कैयौं प्रश्नहरुले व्यक्ति-ब्यक्ति संस्था-संस्थाहरुमा घचघचाइ राखेको छ । अब हुन्छ के त सबैभन्दा ठूलो अहम् प्रश्न यो छ कि माओवादीहरुले नयाँ संविधान बनाउने हुँदा व्यक्तिका अधिकार वाक् स्वतन्त्रता प्रकाशन अधिकार भनौं मानवाधिकारको प्रत्याभूति देला कि नदेला कतै यो राणा पाचायती अर्थात् तानाशाही भयो भने दरबार र कोइराला परिवारको राजनीति इतिश्री भएकै हो त? त्यसपछि ?
प्रजातन्त्र र राजनीतिक स्थायित्वको लागि राजाको शासनभन्दा बढी प्रश्न खडा भएका छन् एकातिर जनअनुमोदन अर्कोतिर अधिनायकवादका पृष्ठपोषक २१ औं शताब्दीमा दुनियालाई छक्कै पार्ने गरी आएको यो नतिजाले कैंयौं तर्क-वितर्कका लहर पैदा गरिदिएको छ । नेपालका जनताले प्रजातन्त्र बुझेका छैनन् कि क्या हो वा कांग्रेस र एमाले प्रतिको वितृष्णा मेटाउन आफ्नै खुट्टामा बाचरो हान्दैछन् काठमाडौंको परिणामले त लाग्दछ यो नानीमैया दाहाल र गोल्छे सार्कीको नियति नकारात्मक मत को पुनरावृति त होइ्न वा लोकतान्त्रिक गणतन्त्र र माओवादीको गणतन्त्रबीचको भेद छुट्याउन नसकेको अवस्था पो हो कि कांग्रेस र एमालेलाई पहिलो वा दोस्रो र माओवादीलाई तेस्रो स्थान दिलाएको भए सहमतिको ुट्रेकु मा आउन माओवादी वाध्य हुने थियो । भूकम्पझैं उथलपुथलको सङ्केत बोकेर आएको परिणाम प्रजातन्त्रको लागि सकारात्मक बन्ने कुरामा सबै सशंकित छन् । एमालेको नेतृत्व वर्गमा आएको विचलन र सरकारबाट बाहिरिने निर्णय सैनिक प्रमुखको राजीनामाको खबरले झस्काएको छ । हिजो तराईमा माओवादीविरुद्ध वितण्डा मच्चाएको उपेन्द्र यादबको फोरम कांग्रेस र एमालेको हाराहारीमा चौथो स्थान आउनुमा खासगरी कांग्रेस नेतृत्वको अकर्मण्यताकै प्रतिफल हो । तराईको जनताको वकालत गर्ने पुरानो दल सद्भावनाको राजनीतिक सङ्कट सुरु भएको छ । माओवादीले प्रमुख दुश्मन मानेको फोरमसित राजनीतिक सत्ता साझेदारी गर्नुपर्ने अनौठो अवस्था उसलाई आइपरेको छ । उता अन्तर्राष्ट्रिय जगत पश्चिमेलीहरु निर्वाचनको परिणाम देखेर अक्क न बक्क भएका छन् भने भारतले माओवादीसित हात बढाउने त भन्यो तानेर लडाने हो कि उठाउने हो कि माओवादीलाई आगामी दिनमा पत्ता लाग्ने नै छ । तर यो तुफानरुपी परिणामबाट दलहरुले आत्ति हाल्नुपर्ने अवस्था भने छैन तर राजाको लागि भने यो स्थिति चट्याङ्ग बन्न सक्तछ । आगामी दिन राजाबिनाको आवस्था कस्तो होला मच्छेन्द्र नाथको रथ भाँच्चिनुको अपशकुन ुराजाु को लागि मात्र हुने हो कि देश र जनताको लागि पनि आगामी ३० महिना माओवादीको लागि व्यक्ति प्रकाशन मानवाधिकार र बहुदलीय व्यवस्थाप्रति प्रतिबद्धताको परीक्षाको अवधि रहनेछ । संविधानको ढाँचा थाती राखिएका विभिन्न मागका मुद्दाहरु जुन फोरम र तमलोपासित हालको सरकारले सम्झौता गरेको छ कसरी समाधान गर्ने वा समेट्ने फोरमसमेत सम्मिलित सरकार बनेमा माओवादी कसरी पेश हुनेहो हेर्नुछ । राजनीतिमा अस्वाभाविक र असम्भव भन्ने केही हुन्न भन्ने सोच हाम्रो देशको जस्तो राजनीतिमा विशेष रुपले लागू हुँदै आएको छ । माओवादीले साच्चिकै माओवादी र अधिनायकवादीको व्यवहार गरेभने एमाले-कांग्रेस र राजावादीको सडकमा मोर्चा बन्नसक्छ अनि ुदो दिन के चाँदनी फिर वही अधेरी रात……।ु हुन सक्दछ । माओवादीको लागि । ३० महिनासम्म कांग्रेस एमाले र बाँकी संसदवादीको एउटै मोर्चा बनी कार्यान्वयन हुनसक्यो र गाउँ-गाउँ बस्ती-बस्तीका जनतासित पश्चातापको आँसु बगाउँदै अनुनय विनय गर्न सकेभने माओवादीले अधिनायकवादी सोचमा परिवर्तन गरेनन् भने र निर्वाचन सदनको लागि गराए भने फेरि निर्वाचित भएर आउने सम्भावना त छदैछ तर माओवादीको नीति अनुरुप राज्य साचालको नाममा नयाँ र एकलौटी नीति लागू भएमा अर्को रक्तरन्जित क्रान्तिबिना नेपालमा प्रजातन्त्र पुनःस्थापना हुनेछैन ।
जेहोस् आँधिबेरी बनेर आएको यो परिणामले उठाएको कैयौं प्रश्नहरुको जबाफ नयाँ संविधान निर्माण सदनको निर्वाचन र त्यसपछि बन्ने सरकारको स्वरुपले मात्र दिनसक्नेछ । तर बजारको अविश्वसनीय हल्लाअनुसार संविधानसभाको निर्वाचन राजा माओवादी कांग्रेस एमालेको लागि वाध्यात्मक परिस्थितिको निकास दिने औपचारिकता मात्र हो । परिणाम जे आए पनि संविधान कस्तो बन्ने भन्ने कुरामा ुआन्तरिक सम्झौताु भैसकेको छ रे यसो हो भने झनै राम्रो ! हेरौं…।sे हुन्छ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 16, 2008
माओबादीको राजनीतिको मूलधार प्रबेश-एमालेको योगदान
एमालेको पराजयमा खुशियाली मनाउने वा खिसिट्यूरी गर्नेहरुले यो कुरा बिर्सिरहेका छन् कि एमालेले माओबादीलाई राजनीतिको मूलधारमा कत्तिको योगदान् दिएको थियो भनेर। नेपाली कांग्रेसले माओबादीलाई आतंककारी, उग्रबादी भनिरहदा एमालेले जहिले पनि उनीहरु राजनैतिक शक्ति हुन् भनेर प्रतिबाद गरिरह्यो। अनेक खतरा मोलेर सिलिगुढीमा माधव कुमार नेपाल माओबादीलाई भेट्न गए, पटनामा भेट्न गए। आतंककारीलाई भेट्न जानेहरुपनि आतंककारी नै हुन् भनियो।एमालेले हरतरहले माओबादीलाई राजनीतिको मूलधारमा ल्याउन मिहेनत गर्यो। राजाले भित्तैमा पुर्याएर अचेड्न नखोजेका भए गिरिजा-देउवाहरु कहिले पनि माओबादीसंग सहकार्य गर्न राजी हुने थिएनन् होला।
लोकतंत्रको स्थापना पस्चात् पनि एमालेले माओबादीहरुलाई शान्तिप्रक्रियाबाट बिमुख् नहुन् भनेर हदै सम्म लचिलो बन्यो।कांग्रेस र माओबादीका अडानहरु बिच् आफ्नो अडानहरु छोड्दै गयो तर अबुझहरुले उल्टै एमालेलाई अडान नभएको ढुइमुले पार्टी भनेर भने।अब सत्ता हातमा आइहालियो, माओबादी भाडमा जाउन जस्तो गरेर कांग्रेसले ब्यबहार गर्यो तर एमालेले गणतन्त्र र समानुपातिक निर्वाचन् प्रणालीको मुद्धामा, जुन एमालेको पनि आफ्नो मुद्ध थियो, माओबादीलाई साथ दियो र माओबादीलाई संसद छोडेर जंगल जान बाट रोक्यो। यसमा पनि एमाले माओबादीको टांग मुनि छिर्यो भनेर हल्ला गरियो। तर एमालेले जे गर्यो माओबादीहरुलाई शान्ति प्रक्रियाबाट बिमुख नहुन भनेर गर्यो।
केही गल्तीहरु भएका छन्। केन्द्रीय राजनीतिमा अल्झिरहदा जनतासंग संबन्ध टुटेको छ र माओबादी दबदबाको कारणले एमालेको संगठन कमजोर रहेको छ। तर यो नै संसारको अन्त्य होइन। गणितीयरुपमा हेर्दा एमालेको पराजय भएको छ,तर माओबादीलाई राजनीतिको मूलधारमा ल्याउन एमालेले दिएको योगदान् महत्वपुर्ण छ र यस मानेमा एमाले बिजयी भएको छ। देश र जनता भन्दा पार्टी ठूलो ठान्नेहरुको लागि मात्र यो एउटा हार हो। देश र जनताको लागि राजनीति गरेका हरु यो हारबाट बिचलित् हुंदैनन्।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
तरंगको भोट र माओबादि जित
नेपालमा भएको संबिधान सभाका परिणामका बारेमा अब कुनै अडकलबाजि गरिरहनु परेन। अहिले सम्मकै स्थितिमात्र हेर्दा पनि अब बन्ने संबिधान माओबादिले जस्तो भन्छ करिव करिव त्यस्तै नबने पनि त्यसमा माओबादिको बर्चस्व रहनेमा भने कुनै शंका रहेन ।
यसरि सर्सती हेर्दा माओबादी आफ्नो बाटोमा सफल भएकै मान्नु पर्छ । हुन त प्रजातन्त्रमा कसैको हार हुदैन भनिन्छ तर त्यो सिद्धान्तमा जे भए पनि हार्नेको पिडा हार्नेलाईनै थाहा हुन्छ ।
प्रजातन्त्रमा कसैको हार नहुदों हो त, न त माकुने ले हडबडाएर राजिनामा दिनु पर्थ्यो, न त एमालेले सरकारमा नबस्ने निर्णय गर्नु पर्थ्यो । बास्तबमा सिद्धान्त र बोलीमा जे भए पनि राजनीति यस्तो ठाँउ हो जहाँ यौटाले नहारि आर्कोले जित्दै जित्दैन ।
दल र पार्टीगत रुपमा हेर्दा अबस्था यस्तो भए पनि सामान्य नागरिक, जो कुनै पनि दल वा गुट संग बिशेष झुकाव राख्दैन, उसलाई कुनै पनि दल वा गुटको भन्दा पनि समष्टीमा देश बिकासको वा अझ सिधै भन्दा जिवनस्तरको सुधारको दरोकार र आशा छ उसलाई सत्ता वा शक्तिमा कुनै पनि दल वा गुट हुनुसंग खासै कुनै सम्बन्ध हुदैंन । सरोकार हुन्छ त केवल आफ्नो चाहनाको पूर्ती को ।
तेस्रो विश्व र त्यसमा पनि दक्षीण एशियामा बेला बेलामा सत्तासिन दल सडकमा आउने र केहि समय अघी सम्म कसैले सोच्दै नसोचेको दल वा गुट शक्तिमा आउनुमा यहि कुनै पनि दल प्रति बेसरोकार वा अपक्षपाती जनमानसको भोटले काम गर्छ । यहि तटस्थ मतदाता जसलाई हामि कहिले काहि "Neutral Voter" पनि भन्छौं, ले संसारको राजनैतीक रंगमञ्चमा धेरैचोटी उथल-पुथल मचाएको छ ।
राजनितिमा खासै चाख नराख्ने तर व्यक्तिलाई भोट दिने एक जमात मतदाताहरु पनि यहि बर्गमा पर्छन । जसको भोट समय र परिस्थिति अनुशार हरेक चोटिको चुनावमा फरक फरक नेता वा दललाई जान सक्छ ।
कुनै दलसंग पूर्ण रुपमा आबद्ध भएका वा बोली चालिको हिसाबमा कुरा गर्दा "टिकट लिएका" भनिएका व्यक्ति पनि कहिले काहि आन्तरीक बिबाद वा कुनै नौलो विचार वा बादको प्रभावमा आएर र कहिले काही चाहि आफ्नो दल प्रतिको बितृष्णाले गर्दा पनि अरुलाई मत दिन तयार हुन्छन् ।
मलाई लाग्छ यसपालको चुनावमा बहुसंख्यक त्यहि तटस्थ मतदाताको भोटको कारण नेपालको चुनावी परिणाम हामिहरुले सोचे भन्दा फरक आयो । लोकतन्त्र, प्रजातन्त्र वा जे सुकै भने पनि माथि भने जस्तै चुनाव भए पछि हार जित त अवश्य नै हुन्छ तर यो चुनावि जितलाई कुनै "बाद" वा दलिय "सोच" को जितको रुपमा भने लिन सकिने स्थिति भने छदैं छैन । यो यौटा केवल whimवा तंरगको भोट हो यसलाई माओबादिले आफ्नो "pocket vote" वा पेवा सम्झेमा त्यो माओबादिको लागि टुलो भुल हुनेछ, किनकि हालको तंरग केहि समय पछि फितलो हुंदै जानेछ भने भविश्यमा त्यस्ता नया नया अरु तरंगहरु पनि पैदा हुन सक्नेछन् ।
हार्ने ठुला दलले भने यसपाला पक्कै पनि कसैलाई न्यून मुल्याकंन गर्न हुदैन भन्ने ज्ञान प्राप्त गरेकै हुनुपर्छ ।
तर स्थिति जे जस्तो भएपनि माओबादिलाई ईतिहासकै ठुलो मौका मिलेको छ आफूलाई प्रमाणित गरेर देखाउने, त्यसलाई उनिहरुले पक्कै पनि हलुका नलेलान् । हैन भने जसरि आज आफूलाई चरम मुल्याकंन गरेर कांग्रेस र एमालेले पराजय भोग्नु परेको छ त्यो भन्दा लज्जास्पद पराजय माओबादिले छिट्टै भोग्नु पर्छ ।
आशा गरौं जनताको अगाडी केहि लाग्दैन भन्ने बुझेर माओबादी सुबाटोमा हिडने छन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 15, 2008
संबिधान सभाको नतिजा
जित
माओबादी--->118
कांग्रेस ---->33
एमाले------>30
म. फोरम--->23
तराइ लो.मोर्चा->7
नेमकिपा--->2
सद्दभावना--->2
जनमोर्चा--->1
स्बतन्त्र --->1
बिजयी उमेदवार जिल्ला अनुसार
BAITADI
१: माओबादीका नारायण कुवर- 27130
BAJURA
१ - नेकाका देब राज जोशी
BANKE
१ : माओबादीका तिलक परियार -16085
३ : फोरमका सर्वदेब प्रशाद -14734
४ : माओबादीकी पुर्ण कुमारी सुबेदी -13192
BARDIYA
१ : माओबादीकी सरला रेग्मी-17995
२ : माओबादीका बिष्णु चौधरी-17815
३ : माओबादीका सन्तराम चौधरी-
४ : माओबादीका राम चरण चौधरी-24444
BHAKTAPUR
१: नेमकिपाका नारायणमान बिजुक्छे – 19972
२: नेमकिपाका सुनिल प्रजापति –
CHITWAN
१: माओबादीका लाल मणी चौधरी -
२: माओबादीका रामबहादुर थापा-
३: माओबादीका नारायण प्रशाद दाहाल - 17804
५: माओबादीका चित्र बहादुर श्रेष्ठ –
DADELDHURA
नेकांका शेर बहादुर देउवा- 20529
DANG
१: माओबादीका इन्द्र जित थारु
२: माओबादीकी दम कुमारी शर्मा - 20196
३: माओबादीका क्रिष्ण बहादुर महरा - 20492
४:माओबादीका शिव राज गौतम - 18854
५:माओबादीकी शुस्मा शर्मा - 17062
DHANKUTA
१: माओबादीका हेम बहादुर भण्डारी - 17996
२: माओबादीका हरी राज लिम्बु – 12299
DHADING
२: माओबादीकी कल्पना धमला- 20731
३: माओबादीका शालिक राम जम्मरकट्टेल-
DHANUSHA
7: एमालेका शतुर्रगन महतो
DOTI
१: एमालेका हर्क बहादुर सिहं -
२: माओबादीका खेम बहादुर बाम - 10159
GORKHA
१: माओबादीकी पार्बती थापा-18829
२: माओबादीकाबाबुराम भट्टराइ-46372
३: माओबादीका अम्बर बहादुर -
GULMI
१: माओबादीका सुदर्शन बराल –
२: एमालेका प्रदीप ज्ञावाली –
३: माओबादीका चित्र बहादुर थापा - 16138
HUMLA
१: माओबादीका कर्ण जित बुढा -
ILAM
१: एमालेका कुमारी मोक्तान –
२: एमालेका सुबाश नेमागं –
३: नेकांका कुल बहादुर गुरुगं-
JHAPA
१: माओबादीका धर्म घिमिरे – 15276
२: माओबादीका गौरी शंकर खड्का –
३: माओबादीका पुर्ण सिंह राजबन्शी-
६: एमालेका दिपक कार्की –
७: माओबादीका विस्व दिप लिंगदेन-
JUMLA
माओबादीका नेरश भण्डारी -
KAILALI
५: माओबादीका लेख राज भाट
KANCHANPUR
१: माओबादीका पुरन थारु-
२: माओबादीका देविलाल थारु-
KATHMANDU
१: नेकांका प्रकाशमान सिंह- 13452
२: माओबादिका झक्कु प्रसाद सुबेदी- 13878
३: नेकांका चक्र प्रशाद ठकुरी – 12989
४: नेकांका सुप्रभा घिमिरे – 13451
५: नेकांका नरहरी आचार्य-
६: माओबादिका हितमान शाक्य-
७: माओबादिकी हिसिला यामी-
८: नेकांका नविन्द्र राज जोशी- 11005
९: नेकांका द्यान गोबिन्द रन्जित-
१०: माओबादिका पुष्प कमल दाहाल-19972
KAPILVASTU
२: तराइ लो. मोर्चाका दान बहादुर चौधरी -8434
३: तराइ लो. मोर्चाका ब्रिज कुमार गुप्ता-
४: तराइ लो. मोर्चाका इश्स्वर दयाल मिस्रा-
५: फोरमका अभिशेक शाह -
KASKI
१: माओबादीका देव गुरुग –
२: माओबादीका राज कागी गुरुग-
३: एमालेका रबिन्द्र अधिकारी – 13388
४: माओबादीका दुर्गा कमारी बिक - 14866
KAVRE
१: माओबादीका सुर्य मान दोगं -
२: माओबादीका अक्कल बहादुर - 18207
३: एमालेका क्रिष्ण प्रसाद सापकोटा - 16595
LALITPUR
१: माओबादिका वर्सामान पुन –
२: माओबादिका राज कागी महर्जन – 16969
३: माओबादिकी पम्फा भुषाल - 11789
LAMJUNG
१: माओबादीका बुद्दी राज गुरुग
२: एमालेका प्रिथ्वी सुब्वा गुरुग
MAKWANPUR
१: माओबादीका दिल बहादुर घिसीगं –
२: माओबादीका प्रेम बहादुर पुलामी – 16976
३: माओबादीका प्रलाद लामीछाने
४: एमालेका झलनाथ खनाल - 14020
MANANG
माओबादीका देव प्रसाद गुरुग - 1652
MAHOTTARI
१: जनमोर्चाका गिरी राज पोखरेल - 10194
MORANG
१: नेकांका अमोद उपाध्य –
२: माओबादीका लाल बहादुर मगर –
७: फोरमका बिजय गच्छेदार – 18416
८: माओबादीका गोपी बहादुर अछामी – 14875
९: नगेन्द्र बहादुर धिमाल- 14930
MUSTANG
एमालेका चन्द्र बहादुर गुरुग - 2556
MUGU
माओबादीका नव राज धामी- 10103
MYAGDI
माओबादीका गोब्न्द पोडेल -
NAWALPARASI
१: नेकांका शासंक कोइराला -
४: माओबादीका चिनक कुर्मी - 10155
५: फोरमका राम बचन यादव-13641
६: तराइ लो. मोर्चाका ह्रदयश त्रिपाठी -
NUWAKOT
२: नेकांका राम शरण महत –
३: माओबादीका पोष्ट बहादुर बोगटी -
PALPA
१: एमालेका दल बहादुर राना- 19185
२: लिला सोमाइ – 12310
३: एमालेका कुल प्रसाद – 7800
PARBAT
१: नेकांका अरुण प्रसाद जोशी – 13258
PARSA
१: फोरमकी करीमा बेगम –
२: नेकांका अजय कुमार – 9530
३: नेकांका अजय चौरासिया - 14550
४: नाकांका प्रधुन्न प्रधान -
RASUWA
मओबादीका प्रेम बहादुर तामागं- 11147
RAUTAHAT
२: नेकांका मोहम्मद अफ्ताव आलम-
ROLPA
१: मओबादीका जयपुर घर्ती-
२: मओबादीका पुष्प कमल दाहाल-
RUPENDEHI
१: माओबादीका घनस्याम यादव -
२: एमालेका ओम प्रकाश यादव -
३: नेकांका बाल क्रिष्ण खांड –
४: एमालेका बिष्णु पौडेल –
५: एमालेका रामनाथ ढकाल –
६: फोरमका ओम प्रकाश यादव –
७: फोरमका मोहमम्मद भकिल -
SALYAN
१: माओबादीका टेक बहादुर बस्नेत-16550
२: माओबादीका उमकान्त शर्मा -
SANKUWASAVA
एमालेका डम्मबर खड्का-
SUNSARI
१: माओबादीका किरण जोशी -
SARLAHI
४: सद्दभावनाका राजेन्द्र महतो – 17235
५: फोरमका उपेन्द्र यादव- 23959
SINDUPALCHOK
१: माओबादीका राज कुमार श्रेष्ट
२: माओबादीका अग्नि सापकोटा
SYANJA
१: एमालेका हित काजी गुरुगं –
२: नेकांका गोपाल मान श्रेष्ठ –
३: नेकांका मोहन पण्डित - 18607
TAPLEJUNG
१: नेकांका सुर्यमान गुरुगं – 8719
२: एमालेका डम्मबर धोज -
TANAHUN
१: माओबादीका सुरेश आले मगर
२: नेकांका राम चन्द्र पौडेल – 18970
३: एमालेका किरण गुरुगं - 17486
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
श्र्रद्धाण्जली गीतकार इस्वर बल्लबलाइ
एउटा तारा मुरुयो शोकाकुल पारी।
पाइदैन दर्शण कैलै गयो मायाँमारी।
जन्मनु र मर्नु पनि बिधिकै हो बिधान।
अजम्बरी भै बाँच्ने छैन कुनै निधान।
एउटा फुल मुरयो बोटै सून्यपारी।
पाइदैन दर्शण अब गयो मायाँमारी।
दिवंगत आत्मालाइ मिलोस चीर शान्ती।
बाँचिरहोस ह्रदयमा सस्मृतिको कान्ती॥
एउटा दियो निभ्यो स्तब्ध नै पारी।
पाइदैन दर्शण अब गयो मायाँमारी।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 14, 2008
एमालेको आत्महत्या रणनिती
केही महिना अघी एक युवकले आफु चर्चामा आउन नेब्रस्काको ओमाहा शहरमा सपिगं सेन्टरमा गोलीले आफु लगाय कैयौंको हत्या गरेका थिए।यस्तै निराश बनेको छ एमाले।संबिधान सभाको चुनाबबाट आफ्नो आजात शत्रु माओबादीले लाज जोगाउने कपडा समेत हरेको हुंदा एमाले हतासमा चुनाबको परिणाम नसकिदै सबै सहमती तोडेर सरकार छोड्दैछ। निभ्न लागेको बत्ती जस्तै माओबादी दन्केको हो या आगोको मुस्लो भर्खर निस्कदा एमाले खरानी भएको हो, त्यो त भबिष्यले नै बताउला। तर यस पटक माओबादीले टुट,फुट र जुट भएको महा-कांग्रेसलाइ समेत खोलाले ढूगां बगाए जस्तै बालुवा मुनि पुरिदिएको छ।
दोस्रो स्थानको लागी एमाले संग कष्टपुर्वक भिड्दै गरेको कांग्रेस चुप चाप छ। गरिबको उत्थान गर्ने पार्टीबाट नेता बर्गको उत्थान गर्ने पार्टी बनेको नेपाली कांग्रेस सम्बभत एक पद पाए सम्म मन्त्री पदमा रहिरहने छ। सहमती बनाउनु र तोड्नु नै राष्ट्रीय पार्टिहरुको पेशा भएको हूंदा संबिधान बनाउने बिधायिका छानि सकिए पनि अब बन्ने काम चलाउ सरकारमा माओबादीको मुख्य भुमीका र कांग्रेसको सहायक भुमिका रहेनछ। परिस्थीत यस्तै रही रहे २०४७ सालमा १०० दिन भित्र कांग्रेसको एकमाना सरकार ढाल्न कस्सिएको एमाले यस पटक रेलीगं र टेलीफोन बुथमा ब्यस्त नहोला भन्न सकिन्न।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 13, 2008
बधाइ माओवादीहरूलाई !!!
यद्यपि, कांग्रेस र एमालेले के बुझ्न नसकेको प्रष्ट देखियो भने संविधानसभाको चुनाब पूर्व उनीहरूको पार्टीगत स्थिति सारा नेपालभरि कस्तो बिजोग हालतमा पुगिसकेको थियो । बिगत १३ -१५ वर्षमा बिरलै स्थानिय तहमा पुगेर जनतासंग सम्पर्क र सहलाप गर्न सकेका यि पार्टीहरूले , माओवादी बिद्रोहीहरू जसले कठिन भन्दा कठिन अवस्थामा ग्रामीण तहमा बसेर साम , दाम (? हैन होला, बरू लिए दिएनन ), दण्ड ( मृत्यु सम्म पनि ) , भेद, छल र कौशल सबै उपायले संगठनको बलियो आधारशिला बनाउन सकेका थिए र स्थापित दलहरूका संरचनालाई धमिरोले झैँ खाएर आफ्ना पक्षमा भत्काउन सकेका थिए, त्यो कुरासंग पूर्णरूपेण अनभिज्ञ रहेको देखियो । काठमाण्डुमा रहेर राजनिति गर्नु पर्ने तर ग्रामीण तहका कार्यकर्ता र मतदाताले हिंसाको स्थितिमा सामना गर्नु परेको ज्यादतिमा माओवादीसंग मिल्दा नै जाती हुने जनताको वाध्यात्मक मनोविज्ञानसंग अपरिचित दलहरूले यो कुरा बुझेनछन् कि कसरी कालान्तरमा त्यो वाध्यता नै आस्थाको रूपमा बदल्न जान पनि सक्दो रहेछ । तर एकपल्ट स्थानिय तहमा हासिल गरेको मत र बनाइएका कार्यकर्तहरू नेताहरूको स्वार्थलम्पट रवैयामा अनि नेताको चरम उपेक्षाका बावजूद पनि सँधै उनीहरूप्रति नै वफादार भएर रहनेछन् भन्ने आँकलनबाट चुनाबी राजनितिमा सफलताको मनको लड्डूमा रमाउन खोज्ने कांग्रेसी वा एमाले दम्भ र अभिमानको घैँटो पनि यिनै कारणले चकनाचुर हुन पुग्यो जस्तो देखिन्छ ।
एकातिर जनता राजतन्त्रसंग पूर्णत मोहभंगको स्थितिमा थिए भने , गएको देढ दशकको संसदीय प्रयोगको अस्थिरता र दिशाबिहीनता ,स्वेच्छाचारिता, भ्रष्टाचार र अकर्मण्यता र जनताप्रतिको चरम उत्तरदायित्वहीनताका कारण जनता कति रुष्ट थिए भन्ने कुराको प्रतिकृया स्वरूप निर्वाचनमा मतको वर्षा माओवादीका पक्षमा गएको पनि बुझ्न गाह्रो छैन । माओवादी हिंस्रक थियो र उसबाट ज्यादति भएका थिए भन्ने कुरा साँचो हुँदाहुँदै पनि उसले उठाएका राजनैतिक र देशिय मागहरू आकर्षक थिए भने कांग्रेस वा एमाले जस्ता दलहरूले त्यही माओवादी हिंसा र समस्यालाई भजाएर आफ्नो अकर्मण्यतामाथि खोल राख्दै आफ्नो स्वार्थको दूनो सोझ्याउने काममा लीन भएका यी दलहरूलाई जनताले चाहे भने कस्तो उथलपुथल वा कायपलट सिर्जना हुन सक्छ भन्ने कुराको पाठ पनि बन्न पुगेको छ यो निर्वाचन परिणामको तथ्यांक ।
अर्को कुरा गिरिजा प्रसाददेखि माधव नेपालसम्मले एउटै दम्भ पालेर रहनु र आफ्नै दलको स्थानिय राजनीतिमा कस्तो दयनिय नियति छ भन्ने कुरा बुझ्न नसकी निर्वाचन सम्पन्नताको विषयलाई आफ्नो व्यक्तिगत प्रतिष्ठासंग गाँसेर रहनु पनि उदेक लाग्दो परिणामको कारक रहेको छ । ‘म संविधानसभाको चुनाब नगरी मर्दिन’ भन्ने गिरिजा प्रसादले त्यो घटना पछिको जिम्मेवारी माओवादीलाई छोड्ने बारेमा मन बनाएका थिए भने त उनको ईच्छा पूरा भयो होला हैन भने उनले आफ्नो दलको बलिदानीमा माओवादी दलको राजनितिलाई उर्वर बन्न ढोका खलिदिएका छन् , असलमा यो परिणामको कारक उनी पनि हुन भन्दा फरक पर्दैन । किनभने विपक्षीदलका नेता र कार्यकर्ता जनतासंग मत माग्न निर्धक्कसंग गाउँघरमा पुग्न पनि नसक्ने स्थिति कायमै रहेको मुलुकमा निर्वाचनका लागि निर्भय परिस्थिति निर्माण गर्ने कुरालाई भन्दा निर्वाचन सम्पन्न गराउने काम सकेर निवृत्त हुन खोज्ने गिरिजा प्रसादले यो माओवादी विजयमा बेसरी खुशी हुन सक्नु पर्छ ।
अन्त्यमा के स्विकार्नै पर्छ भने नेपाल वामपन्थमय भएको छ । यदि माओवादी र एमालेको चुनाबी तालमेल भएको भए प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले त एउटा सिट पनि हासिल गर्न गाह्रै हुन्थ्यो होला । त्यतिबेला आफ्नो संविधानसभामा प्रतिनिधित्वको जस पनि कांग्रेसले मनमनै माओवादी कारणले बनेको समानुपातिक प्रतिनिधित्वको अन्तरिम संवैधानिक व्यवस्थालाई दिइरहेको हुन्थ्यो होला । तर जनताले यति बिघ्न कम्युनिष्ट विचारले नै आफ्नो र मुलुकको उद्दार गर्छ भन्ने सम्झिन्छन् भने उनीहरूको मतलाई सम्मान गर्नै पर्छ , भलै म त्यो विचारमा असहमति नै किन नराखूँ । तर २१ औँ शताव्दिमा यो surge of communist tidal wave देखेर बाँकि संसार विस्मित र विस्फारित आँखाले नेपालतर्फ हेर्दै गरे पनि निर्वाचनको वैध बाटोबाट माओवादीले यो सफलता लिएकोमा कुनै लोकतन्त्रवादी चिन्तित हुन पर्दैन किनभने यो अवस्यम्भावी थियो र नै हुन सम्भव भएको हो । अब बाँकि के हो भने, हाम्रो भोलि कस्तो होला .............
माओवादी चुनाबी प्रतिवद्दतापत्रका वर्षेनी १००० मेगावाट विद्युतशक्ति उत्पादन गर्ने मुलुकलाई २० वर्षमा सिंगापुर वा स्विट्जरल्याण्ड बनाउने बाटोमा केही पाहिला पनि माओवादीले स्पष्टसंग लिन सकेको खण्डमा , भोलि पनि उसको अनावश्यक आलोचना गर्न समय खर्चिरहन नपर्ने हुनसक्छ । किनभने आधुनिक नेपालको बिगत ५० वर्षमा ५०० मेगावाट बिजुलीको धिकिर धिकिर बत्ति बालेर दिनहूँ ६ देखि ८ घण्टे लोडसेडिङलाई तोकेर वर्षेनि १००० किलोवाट बिजुली निकालेर देखाइदिने पार्टीलाई सही ढंगले छनोट गरेर जनताले के चाहेका रैछन् देखाइदिएका छन। यो त केवल एउटा बूँदा हो प्रतिवद्दता पत्रको । तर माओवादी स्वयंलाई पूर्ण जिम्मेवारी दिएर मिलिट्याण्ट शक्तिको राजनैतिक कामकार्वाही छिटै हेर्न भने पाइने भएको छ । यथास्थितिवादी शक्ति विरुद्द क्रान्तिाकारी शक्तिको स्पिरिटले नै केही गर्ला भन्ने मतदाताको आशामा म पनि एकाकार हनै परेको छ अहिले ।
अब जबर्जस्ति वा स्वेच्छिक चन्दाका घटना हुने छैनन् होला वा हुँदै गरेका छन् वा छैनन, सेनाले सहयोग वा असहयोग के गरिरहेको छ, प्रहरी कता फर्केर के गरि'राछ , भारत , अमेरिका, सुरक्षा, सेना र दरबार महंगी , लोडसेडिङ वा असंख्य अरू विषयका बारेमा सिधा सरोकार माओवादी नेतृत्वको सरकारले गर्ने छ अबदेखि। यसो गर्दा कमसेकम हिजो समस्या देखाउने ठाउँमा रहेको माओवादीले समाधान दिन पर्ने ठाउँको जिम्मेवारीलाई कति क्रान्तिकारी स्पिरिटमा निभाउने छ त्यो हेर्न पाउनु अति रोचक , रोमाञ्चक र फाइदाजनक सबै हुनसक्नेछ । त्यतिबेला उसले अरूलाई दोष वा अवरोधक भएको कुराको दोष नथोपरी बिद्रोहीपन र विनम्रताको फ्युजन आफ्नो व्यवहार, काम र विचारमा कसरी गर्ला हेर्न धेरै दिन कुर्न पर्ने छैन । संविधानसभाले संविधान बनाउने र अनुमोदन गर्ने मुख्य काम गर्ने भएपनि अहिलेको गिरिजा नेतृत्व पछिको सरकारको नेतृत्व माओवादीको नै हुने बारेमा कसैको शंका पनि रहेन अब त । समस्या देखाउने ठाउँबाट समाधान दिने ठाउँमा एकाएक पुग्दा बाँकि जनतालाई आश्चर्य लागेपनि , आँफूलाई नया सत्ता मानेर पुरानो सत्ताको अस्तित्वलाई नकार्दै आएका माओवादीलाई ख्यालख्यालको सत्ताबाट वास्तविक सत्तामा स्थानान्तरित भएर अपनाउनु पर्ने जिम्मेवारीको वोध अवश्य नै होला र काम पनि त्यसै अनुरूप होला भन्ने अपेक्षा सिवाय अरू केही गर्न सकिने स्थिति नि छैन हामीसंग अहिले ।
जे होस् जनताले क्रान्तिकारी जोशलाई जिम्मेवारी दिँदै भनेका छन् “ लौ गर्ने भए गरेर देखाओ, सप्पै जिम्मेवारी दिएका छौँ” । हेरौँ यो गहनतम जिम्मेवारीले उनीहरू कर्तव्य र जिम्मेवारीमा कति विनम्र बन्ने हुन् र आशातित सफलताको यो खुशीमा उनीहरू कसरी सबै नेपालीहरूको सरकार बन्ने हुन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 12, 2008
बधाई त दिन करै लाग्यो।
माधव कुमारले नैतीकताको आधरमा राजीनामा दिनु स्वभाविक हो र एउटा जिम्मेवार नेताले त्यस्तो गर्नै पर्छ। राजीनामा त ल्यापटप-मोबाइलमन्त्री प्रदीप नेपालले दिन पर्ने हो। मन्त्री हुने बित्तिकै आफ्नो छाता पनि अर्कैले ओडाइदिन पर्ने शामन्ती संस्कारका केपी ओलीले दिन पर्ने हो। हिजो बामदेवहरुलाई पार्टी फुटाउन बाध्य पार्नेमा पनि यिनै दुई केपी र प्रदिपहरु हुन र अहिले पार्टीको यो स्थिति पुर्याउनमा पनि यिनै दुइको भूमिका जिम्मेवार् छ।
जे होस माओबादीको बहुमत् आउने निस्चित् जस्तै छ र उनीहरु अब पक्कै जंगल् जाने छैनन् तर उनीहरुले सरकार जंगलीरुपमा नचलाउन् भन्ने मेरो कामना छ। एउटा बिधिको शासन चलाउन।फेरी भाटे कार्बाही, हत्या अपहरण जस्ता कुराहरु नहुन् र बिगतमा कांग्रेस एमालेले गरेका गल्तीहरु नदोर्याउन्।राम्रा कामहरु गरेछन् भने जनता तपाइहरुकै साथमा रहिरहने छन् होइन भने नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टी र पछिल्लो दसकको प्रख्यात एमालेलाई जस्तै तपाइहरुलाई पनि जनताले छोड्ने छन्। देशमा फेरी युद्ध नहोस। बधाई त दिन करै लाग्यो।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
नया बर्षमा नया माहोल सबैलाइ शुभकामना
बर्ष नया संगै नेपालको ठुलो पार्टी पनि नया भएको छ। अहिले सम्म बन्दुकमा ठुलो रहेको पार्टि ब्यालेटमा पनि ठुलो भएको छ भने पहिले जनताको निम्ती लडेका पार्टीहरुलाइ जनताले पाखा लगाइ दिएको छन। यसो हेर्दा पुराना अनुहार चिप्लिने र नया अनुहार झुल्किन क्रम बढ्दो छ। पुराना घुस्याहा अनुहार चाही चिप्लियर जेलमा थन्कियुन, नया नेपालमा यो कुरा देख्न पाइयोस।
फेरी पनि नया बर्ष२०६५ को समस्त लेखक तथा पाठकलाइ हार्दिक मंगलमया शुभकामना।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 9, 2008
संबिधान सभाको चहल पहल
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<नेपाल fm>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
सभै सभा संबिधान सभा
"संविधानसभा भनेको जनइच्छा बमोजिमको नयाँ संविधान निर्माणका लागि जनताबाट निर्वाचित गरिएका जनप्रतिनिधिहरुको सभा हो । सवै तह, वर्ग र क्षेत्रका जनताको उचित र समानुपातिक प्रतिनिधित्व एवं सक्रिय सहभागितामा उनीहरुको चाहना अनुसारको नयाँ संविधान निर्माण गर्न नेपालमा संविधानसभाको आवश्यकता परेको हो । यसरी बन्ने संविधानमा जनताको स्वामित्व स्थापित हुन्छ ।"
"Constitution is the main law of the country. The country's state management runs according to this law. Constituent Assembly is an assembly of people's representatives chosen by the people for the formation of a new constitution, as desired by the people. Constituent Assembly Election is needed in Nepal to restructure the nation according to the aspirations of the People's movement – II, to reach a decision on the future of monarchy, to ensure democratic rule of law, to ensure proportional representation in all the bodies of state, to institutionalize the people's sovereignty and to create an atmosphere for all the citizens to exercise equal rights."
कालो गोरो जस्तो सुकै होस यसपटक फेरी नेपालले नया संबिधानको खोल ओड्ने पाउने भएको छ। जती नेता उती अस्थिरता, तर अस्थिरताको अन्त्य गर्न चुनाबको आबश्यक्ता; यो सबैले बुझेकै कुरो हो। यदि नेताहरुको भनाइ र देशको परितस्थीती हेर्ने हो भने यो संबिधान सभाको चुनाव पछि आदी भन्दा बढि राजनैतीक समस्याको अन्तय हुनुपर्छ। आशा गरौ देशले यो चुनाब पछि गति लिनेछ, देशमा शान्ती छाउने छ, देशले कहिल्यै शहिदको लगी रगत बगाउने छैन।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
निरंकुशता, दण्डहिनता, अज्ञानता र चरम, पुँजिबादको महत्वकांक्षामा उब्जिएको बिद्धोह

मानिश जन्मदात स्वतन्त्रताको अधिकारी हो र मानिश एउटा सामाजिक प्राणि पनि हो । बिगत २३७ बर्षसम्मका अवधिको नेपाली समाजमा ४ जात ३६ बर्णको भेदभावलेनै नेपाली समाजलाई अन्य मुलुकको तुलनामा धेरै पछाडि धकेली दिएको छ । बर्गै बर्ग जातै जात भएको समाजमा जातिय बर्गिकरणले गर्दा समान्तबादले जरो गाडेको पाइन्छ , जसले जान्यो बुझ्यो टाँठो बाठो भयो शिक्षा प्राप्त गर्यो त्यो बर्गले अन्य असिक्षित बर्गलाइ माथि उठन बन्चित गरायो । जातिय भेदभाव बाट सामन्तबादी नङग्रा गाडने बाहुनबाद र सैन्य शक्तिबाटै आफ्नो राज्य टिकाइ राखेको शाह बंसिय समाजले नेपाली सोझा साझा जनतालाई धेरै बर्षसम्म पिंजडामा राख्न शबल भयो ।
प्रकृतिको चक्रसंगै समयपनि परिर्बतनशिल छ । गतिशिल छ समयकै गतिमा मानिश पनि दौडिरहेको छ । पिजडामा राखेको सुगाले पनि पटु भन्छ भने एउटा निरंकुश दण्डहिनताको खुल्ला समाजमा रहेका नेपाली सोझा जनताले लोक तन्त्रको पटु बाक्य उच्चारण गर्न सक्ने भएका छन । तानाशाही र सामन्तबादीहरु दमन शोषणबाट पिडित जनताले यतिबेला निकै छला‹मारि सकेका छन । यो एउटा नेपाली समाजको त्रि्र गतिशिलता हो । हिजो आफैले दमन, शोषण गरेर गूमरामा राखेका दरबारीयाहरुले तिनै सिधा सोझा जनताको हक अधिकारको प्रयोग गरि फेरी सत्तामा पुग्ने बकमफुसे दाउमा छन । ठुलाले जे गरेपनि छुट र सानोले केही गल्तिनै नगरि आफ्नो बाँच्ने अधिकार गुमाएको नेपाली सोझो समाजले अब जतिसुकै महंगो मुल्य चुकाएर पनि निंरंकुशता दण्डहितना र अज्ञानको मुल जडलाईनै समाप्त पार्ने आँट र जमर्को गरेको छ यसले नेपालको बिकाशको ठुलो फड्को मार्ने केही बिदेशी अडकलबाजहरुले बिष्लेशण गरेका छन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 8, 2008
देश नै तनावमा भएको बेला संविधानसभा निर्वाचन होला कि नहोला
त्यस्तै रुपन्देहीको क्षेत्र नं। ३ का कांग्रेस सभापति विष्णु वस्यालमाथि हिजो मध्यरातमा खुकुरी आक्रमण भएको छ उनको स्थिति चिन्ताजनक छ । त्यस्तै रुपन्देहीकै पस्ररीमा बम विष्फोट गराइँदा पाँच जना घाइते भएका छन् । हिजो राजधानीको व्यस्त सडक नयाँबानेश्वरमा कांग्रेसको आमसभा सकिए लगत्तै अज्ञात समूहले बम विष्फोट गराउँदा एक जना पैदल यात्री घाइते भएका छन् भने वीरगंजमा गराइएको बम विष्फोटमा परी १४ जना घाइते भएका छन् ।
माओवादीले गोर्खामा कांग्रेसका बुथ प्रतिनिधिलाई गाउँ प्रवेशमा रोक लगाएको र गुल्मीमा एमालेका केही कार्यकर्तामाथि आक्रमण गरेको खबर छ ।
यता सिन्धुलीको शिविर बाहिर रहेका माओवादी सेनाका बि्रगेड कमान्डर रामबाबु थापा ुसंग्रामुलाई एमाले कार्यकर्ताले हतियारसहित समातेर सीडीओ कार्यालयमा बुझाएका छन् ।
त्यस्तै वैतडीमा एमाले कार्यकर्तामाथि माओवादीले कुटपिट गर्दा गम्भीर घाइते भएकाहरुलाई जिल्ला अस्पतालमा उपचार गरिएको छ भने ओखलढुंगामा माओवादीले कांग्रेस उम्मेदवार बालकृष्ण दाहालले सम्बोधन गर्दै गरेको आमसभामा आक्रमण गर्दा केही कांग्रेसी घाइते भएका छन् ।
यसैबीच आज बिहान माओवादी अध्यक्ष प्रचण्डसँग अनमिन प्रमुख इयान मार्टिनले भेटघाट गरेका छन् । उनले अध्यक्ष प्रचण्डसँग शिविर बाहिर रहेका माओवादी जनसेनाबाट अराजक स्थिति निम्त्याइएको गुनासो गरेपछि प्रचण्डले शिविर बाहिरै रहे पनि जनसेनाले त्यस्तो उपद्रो नमच्चाउने प्रतिबद्धता प्रकट गरेका छन् । आजै मार्टिनले चितवनको जुनपानीस्थित जनसेनाको शिविर भ्रमण गरेको खबर छ ।
निर्वाचनकै अवस्थालाई ख्याल गरी आजदेखि नेपाल भारत सीमा शिल गरिएको छ । २८ गते राती खोल्ने गरी सीमा शिल गरिएको बताइएको छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बिगतलाई सम्झनु नपरोस ॥
हामी सर्बसधारण निमुखा जनता सधैभरी ललाई फकाईको चपेटामा परेर आफुले पाएको हकअधिकारलाई पनि आफनो इच्छासँग सदुपयोग गर्न पाएका छैनन् । यस्ता घटनाबाट त्रसित भइराखेका हामी नेपाली अब त त्यस्ता घटना दोहोरिने छैन होला भनेर निर्धक्कसँग आफनो देशको भाग्य निमार्णमा कम्मर कसेर लागेका निमुखा नेपाली जनताले सोच्दै नसोचेका कुरा अचानक अहिले आएर जबरजस्ती धम्की त्रास पुर्ण वातावरण देख्नु पर्दा हामी नेपालीले कहिले आन्नदको सास फेर्न पाउला भन्ने कुराको आगमानलाई डोरयाउने होला त ।
निरंकुश राणा शासनमा नेपाली जनताले १०४ बर्षसम्म आफनो हक अधिकार बाट बिाचत बनाएर कालकोठरीको जिवन बिताउनु परयो । त्यो अत्याचारलाई सहन नसकेर त्यसको बिरुद्धमा जनता उत्रिए र आखिरमा बिजय समेत हासिल गरेर छाडे । त्यस पछि देशमा राजतन्त्रको पुर्नबहाली भयो त्यसबाट पनि जनताले कुनै उपलब्धि हासिल गर्न नसके पछि फेरि सत्ता परिबर्तन तिर लागे बहुदलिए प्रजातन्त्रको स्थापना गरे र देशमा नयाँ संविधान बनाए । प।र्टिहरु एक आपसमा खिचातानीको उतारचडाबले सिमा नागेर दलहरुमा मपाइत्वको भावना सृर्जना हुन थाले पछि जनताको मुल्य मान्यतालाई भुल्न छाड्यो नेता भनाउदाहरुले केवल खाली अएस आरामको दुनियाँमा बाधिन पुगे र आफनो भुडि भर्न तर्फ मात्र लाग्न थाले ।
निरंकुशबाट पार पायो भनेको तानाशाही प्रबृतीको थिचो मिचोमा परियो त्यसबाट पनि बहुदलिय प्रजातन्त्र ल्याइयो त्यो पनि सहिय हुन सकेन कोही जंगल पसे त कोही राता रात देशको ढुकुटीमा पौडि खेल्न थाले निमुखा जनता सधै भरि थिचो र मिचोमा पिल्सी नै रहने । त्यसलाई पनि प्रतिबाद गर्न देशमा फेरि रगतको भलबाडि बगाउन तत्परमा पुगे नेपाली जनता र अघि सरेर नयाँ नेपालको खाका कोर्न तर्फ दिन नरात नभनिकन सडक गल्ली तताउन थाले र आफना हक अधिकार सुनिश्चित पार्नलाई फेरि पनि कम्मर कसेर लागे । कयौ शहिद भए कर्याैको सिदुंर पुछिए कयौ टुहुरा भए त कयौ घर बेघर भए आफनो सन्ततीको लागी दिलो ज्यान दिएर यो देशमा फेरी सारा नेपाली जनताले चाहेको लोकतन्त्रको जग गाड्यो । सारा नेपाली जनताको मुहारमा खुशियालीको बहार छायो । लोकतन्त्रको बहाली कुनै एक ब्यक्ति र एक पार्टिले ल्याएको होइन यसमा सारा नेपालीको देन छ ।यसमा सबैको सहकार्य छ ।
नेपालीको रगतको भल बगाएर ल्याएको लोकतन्त्रलाई पुर्ण रुप दिन देशमा नयाँ सबिधानको आवश्यकता पर्ने भएकोले देशमा भएका सारा नेपालीहरुले आफना अफना प्रतिनिधिलाई अघि सारेर नौलो नयाँ नेपालको मुहार सृजना गर्नलाई कम्मर कसेर लागे । अब मात्र २ दिन बाकि छ देशको नौलो जन्म कुन्डली कोर्ने पण्डितहरुलाई हामीले राम्रोसँग चिन्नु पर्छ । नेपाली युवा शक्ति बिदेसिनुको कारण पनि देशको राजनितिक अस्तिरता राम्रो नहुनुको कारणले गर्दा र नेपालीले बिदेशमा बसेर पनि अनेक दुख कष्ट भोगी रहनु परिराखेको कारण पनि त्येहि नै हो । देशको माया कसलाई लाग्दैनर ।हामी प्रबासमा अनेक झमेलामा परि बिभिन्न कष्ट भोगी रहेका नेपालीको एउटे पुकार छ हामीले नेपाली भएर आफनो हकअधिकारको लाभ गर्न पाउँ भन्ने हाम्रो यो आउदो चैत्र २८को दिनलाई भय रहित बाताबरणमा देशको भविष्य निर्माण कत्र्तालाई छान्न सकौ भन्ने अभिलाषा हामीले बोकेका छौ ।
बिजय कुमार श्रेष्ठ
धादिङ्ग कटुन्जे ९
बाग्मित
नेपाल
हाल इराक
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 7, 2008
आचारसंहिताको उल्लंघन
स्पष्टीकरण पेश गर्न भौतिक योजना तथा निर्माण मन्त्री एवं माओवादी उम्मेदवार हिसिला यमीले सरकारी साधनको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण माग गरेको छ । उता नाबालकलाई चुनावी सभामा प्रयोग गरेको उजुरी परेपछि एमाले केन्द्रीय कार्यालयमा पनि स्पष्टीकरण पेश गर्न पत्र पठाएको आयोग प्रवक्ता लक्ष्मण भट्टराईले बताउनुभयो । एमालेले राजधानीको सभामा रचना घिमिरेलाई चुनावी प्रचारमा प्रयोग गरेका थिए । त्यस्तैगरी आयोगका अनुसार कपिलवस्तु क्षेत्र नं। १ का उम्मेदवार दीपकुमार उपाध्यायलाई भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेकोमा स्पष्टीकरण लिएको छ ।
उता धादिङमा मतदान अधिकृतमाथि कुटपिट गरेको विषयलाई लिएर आयोगले धादिङ क्षेत्र नं। ३ का माओवादी उम्मेदवार शालिकराम जम्कट्टेलसँग पनि स्पष्टीकरण लिएको छ । उता तनहुँमा कांग्रेस उम्मेदवार गोविन्दराज जोशीले पिस्तोल लिएर हिँडेको भन्दै स्पष्टीकरण लिएको जनाएको छ । त्यसैगरी निर्वाचन आयोगले अन्य निर्वाचन क्षेत्रमा प्रवेश नगर्न मतदाताहरुलाई आग्रह गरेको छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
वाईसीएल न बुद्ध नै बन्छ न गान्धी नै
निर्वाचन सफलताका लागि सातबुँदे निर्णय गरेको जनाएको छ ।
राजधानीको फोहोर उठाउने रक्तचन्दन तस्करी रोक्ने लागूऔषध दुव्र्यसनीलाई कुलतबाट छुटाउनेलगायतका सामाजिक विकृतिलाई कम गर्न प्रभावकारी भूमिका खेलेर सर्वसाधारणको मन जित्ने प्रयास गर्दै गरेको भए पनि बेलाबखतमा देखाउने उदण्डकारी गतिविधिले पानीको फोका जस्तै एक निमेषमा खेर जाने गरेको छ । अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन नहुनुको अर्थ हो वाईसीएल गान्धी बन्न सकेन वा िहंसाको बाटो रोज्न चाहेन नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि गठन भएको योङ कम्युनिस्ट लिग वाईसीएल एक प्रकारको अर्धसैनिक बलका रुपमा देखापरेको छ । सामाजिक गतिविधिमा सहयोगी हातहरु बढाएर सर्वसाधारणको वाहवाही पाएको वाईसीएलले आफ्नो प्रख्यातिलाई जोगाइराख्न सकेन ।विगतमा वाईसीएलले राम्रा र सह्रारानीय कार्य गरेको भए पनि यतिबेला उसले सर्वसाधारणको मन जित्न सकेको छैन । शान्ति र भयरहित वातावरणमा स्वस्थ प्रतिस्पर्धाका साथ संविधानसभाको निर्वाचन सम्पन्न गराउनु सबैको दायित्व हो । तर अध्यक्ष प्रचण्डले कमसेकम एक साता शान्तसँग बस अरुका नेता तथा कार्यकर्ता नकुट चुनावी सभा नबिथोल पार्टीमाथि गम्भीर आक्षेप आइसकेको संकेत गर्दा पनि नसुधि्रनु भनेको गधालाई दूधले पखालेर गाई हुँदैन भन्ने उखानलाई चरितार्थ गर्नु हो । तर हिजो आयोजित पत्रकार सम्मेलनमा वाईसीएलका अध्यक्ष गणेशमान पुन रश्मीले जनतालाई मतदानको सही उपयोग गर्न पहल गर्ने निर्वाचन शान्तिपूर्ण गराउने मतदान केन्द्र र गाउँवस्तीमा मतदाता सेवा गर्ने अशक्त मतदातालाई मतदान केन्द्रसम्म पुर् याउने र सुरक्षाकर्मीलाई सहयोग गर्ने जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले केही दिन वाईसीएललाई बुद्ध बन्न दिनुभएको निर्देशन अनुरुप सो निर्णय गरेको जनाएको छ । यद्यपि वाईसीएलले जे जे निर्णय गरे पनि जनता भने आतंकित हुन छाडेका छैनन् ।
यो के हो प्रचण्ड जी तपाई कै आफ्नै अर्धसैनिक वाईसिएल त १२ वर्ष कुकुरको पुच्छरलाई ढुङ्गा्रमा राखे पनि बाङ्गाबाङ्गौ भन्ने नेपाली उखानलाई बास्तविक रुप दिनको लागि लागि पो परेका छन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
आफैं परिचालित हुने रे सेना निर्वाचन समयमा
सहयोग गर्ने जनाएको छ । देशभर माओवादीबाट कुटपिट बढेपछि विभिन्न राजनीतिक दलका नेताहरुले सेना परिचालन गर्नुपर्नेमा जोड दिन थालेका छन् । माओवादीका अराजक गतिविधिका कारण सेना परिचालन आवश्यक रहेको दाबी गर्न थालेका छन् ।नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले शान्तिसुरक्षाको स्थिति गम्भीर बन्दै गएकाले सेना परिचालन अनिवार्य बनेको दाबी गर्नुभएको छ । उता माओवादी अध्यक्ष प्रचण्डले भने सेना परिचालनको कुनै आवश्यकता नभएको दाबी गरेका छन् । शान्तिसम्झौता विपरित सेना परिचालन गर्न नमिल्ने भन्दै आफ्ना कार्यकर्तामाथि दोसारोपण मात्रै गरेको दाबी गरे । माओवादी दिनानुदिन आक्रमण बढेपछि दलका नेताहरुले त्यस्तो अवस्थामा स्वतन्त्र निर्वाचन हुन नसक्ने भन्दै सेना परिचालन गर्नुपर्ने बताएका हुन् । विगतका निर्वाचनमा सेना परिचालन गरेको भन्दै यसपटक झन् सुरक्षास्थिति फितलो भएकाले अनिवार्य भएको दाबी गरेका छन् ।
सेनाले चैत्र २४ गते एक विज्ञप्ति प्रकाशित गरी भन्सार रिपिटर स्टेसन विद्युत्गृहलगायत महत्वपूर्ण स्थानको सुरक्षा गरिरहेको जनाउँदै सेनाको हवाई साधनबाट मतपत्र मतपेटिका कर्मचारी सुरक्षाकर्मी तथा निर्वाचन सामग्रीहरु ढुवानी गरिरहेको स्पष्ट पारेको छ ।
निर्वाचनका क्रममा भएका घाइतेको उद्धार गर्न सेनाले थप हवाई साधनहरु तयारी हालतमा राखेको सुरक्षा सुदृढ गर्न र आकस्मिक गर्न सकिने जनाएको छ । विगतमाझैं परिचालन हुन नपाएपछि सेनाले आफैंले आफ्नो भूमिका भएको जनाएको हो । मुलुक र जनताको सुरक्षार्थ जुनसुकै हालतमा सरकारको निर्देशन मान्न तयार रहेको जनाउँदै सेनाले आवश्यक पर्दा तयार रहेको बताएको छ । सुरक्षाका विषयमा समस्या देखिन थालेपछि दलका नेताहरुले सेना परिचालन गर्नुपर्ने बताउँदै आएका छन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 6, 2008
चैत्र २३ गते शनिबार कहाँ-कहाँ भयो निर्वाचन आचारसंहिताको उलंघन
सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं। ३ मा नेमकिपाका तर्फबाट उम्मेदवार बनेका अशोक यादवलाई तराई जनजागरण मुक्तिमोर्चाका कार्यकर्ताहरुले उम्मेदवारी फिर्ता लिन धम्क्याएका छन् । ती कार्यकर्ताहरुले उम्मेदवार यादवको घरमा पुगि गोली समेत चलाएका थिए ।
गुल्मी जिल्लाको क्षेत्र नं। ३ मा पर्ने हाडहाडे भन्ने स्थानबाट एमाले समर्थित प्ररायुसंघका सदस्य बिष्णु वि।s।लाई चैत्र २३ गते माओवादीले अपहरण गरेको छ ।
बैतडी जिल्लामा आफ्ना कार्यकर्ताहरुमाथि आक्रमण गर्ने माओवादी कार्यकर्ताहरुमाथि आचारसंहिता उलंघन गरेको उजुरी दिन जादै गरेका एमाले कार्यकर्ताहरु र माओवादी कार्यकर्ताहरुबीच चैत्र २३ गते झडप भएको छ । हाट गाविस स्थित प्रहरी चौकीमा उजुरीको लागि जादै गरेको एमाले टोलीसंग भएको झडपमा परी ७ जना माओवादी कार्यकर्ता घाइते भएका छन् । झडपलाई साम्य पार्न प्रहरी पुगेको थियो । त्यसक्रममा एक जना प्रहरी पनि घाइते भएका छन् ।
हुम्ला जिल्लाका माइला मदन कालिका श्रीनगरलगायतका गाविसमा नेकपा माओवादीका कार्यकर्ताहरुले डर त्रास तथा धम्कीका भरमा भोट माग्न थालेको पाईएको छ ।
नवलपरासी जिल्लाको कावासोती बजारमा चैत्र २३ गते कांग्रेस र वाईसीएलका कार्यकर्ताहरु बीच झडप भएको छ । त्यसक्रममा कांग्रेसका उम्मेदवार ओमकला गौतमको गाडीमा क्षती पुगेको छ । त्यसक्रममा दुवै पक्षका गरी करिब २० जना घाइते भएका छन् भने २ वटा मोटरसाइकिल क्षेतिग्रस्त भएका छन् ।
मुगु जिल्लाको रोवा गाविसमा चैत्र २३ गते चुनावीसभा सकेर फर्कदै गरेका क्षेत्र नं। १ का एमाले उम्मेदवार चन्द्रबहादुर शाहीलाई माओवादी कार्यकर्ताहरुले केहीबेर आफ्नो नियन्त्रणमा राखेका छन् ।
सुर्खेत जिल्लाको कल्याण गाविस चैत्र २३ गते प्रचार प्रसारमा हिडेको राष्ट्रिय जनशक्ति पार्टीको टोलीबाट वाईसएिलका कार्यकर्ताहरुले प्रचार सामग्री लुटी लगेका छन् ।
सल्यान जिल्लाको मुङखोला गाविसको राउचेमा चैत्र २३ गते कांग्रेस कार्यकर्ताहरुले एमाले समर्थित अनेरास्ववियुका कार्यकर्ता जगजित बुढालाई कुटपिट गरेका छन् । घरदैलो कार्यक्रममा रहेका निज बुढालाई कांग्रेस कार्यकर्ता घनश्याम वुढाको नेतृत्वमा रहेको समूहले कुटपिट गरेको वुझिएको छ । त्यसक्रममा उहाँको टाउको र हातमा चोट लागेको छ । त्यस्तै सल्यानको पिपलबोटमा आयोजित एमालेको चुनावीसभालाई माओवादीले विथोल्ने प्रयास गरेका छन् । उनिहरुले एमालेका सभा चलिरहँदा सभास्थल वरपर नारावाजी गरेका थिए ।
दाङ जिल्लाको रामपुर गाविसमा आज चैत्र २३ गते हुनथालेको चुनावी सभामा सहभागीहुन जान थालेका काग्रेस कार्यकर्ताहरुलाई माओवादी कार्यकर्ताहरुले लक्ष्मीपुरको भैसीकुर्मामा अभद्र ब्यवहार गरेकाछन् । त्यसक्रममा माओवादी कार्यकर्ताले काग्रेसका एक दर्जन बढी झण्डा जलाइ दिएको तथा काग्रेस कार्यकर्तामाथि कुटपिटको प्रयास गरेको जनाइएको छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
डोल्मा सञ्चै छिन्ः रियाद दुतावास
सबै प्रथम त तपाईहरुसँग माफी माग्दैछु किनकी नेपालमा संविधान सभाको निर्वाचन हुन गईरहेको बेला देश र देशबासी सबैै जना त्यतातिर लाग्दा कतै हाम्रो चेली फाँसीमा त चड्ने होईन भनेर मैले यसलाई समावेश गरेको छु यो मैले विभिन्न साईटहरु हेर्ने क्रममा नेपाली पोष्टबाट साभार गरेको हुँ यसबाट ब्वकरहरुलाई के समस्य भए क्षमा माग्दछु । डोल्मा सञ्चै छिन्ः रियाद दुतावास कुवेतमा मृत्युदण्ड सजाय पाएकी नेपाली चेली डोल्मा शेर्पाको जीवनरक्षामा कानूनी उपचार खोज्नका लागि साउदी अरेबिया नेपाली दुतावासले एक वकिलको व्यवस्था गरेको छ ।
खाडीको कुवेत मामला समेत हेर्ने रियाद नियोगका प्रथम सचिव लोकबहादुर थापाले यसै साता कुवेत पुगेर वकिल नियुक्ती तथा डोल्मास“ग भेटघाट गरेका छन् । 'डोल्माको जीवनरक्षामा अब औपचारिक प्रकृया सुरु भएको छ,' थापाले शनिवार फोनमा भने । कुवेतको पुनरावेदन अदालतमा डोल्माको अभियोगमा अन्तिम सुनुवाइ सुरु भैसकेका कारण उनको मुद्धामा अपिल तथा बहस पैरवी गर्नका लागि कुवेती मुलका वकिल नियुक्त गरिएको थापाले बताए । 'मृत्युदण्डको सट्टा प्रकृयामा निश्चित बर्षको जेलसजाय तोक्नेतर्फ पैरवी हुनुपर्यो भनेर धारणा राखेका छौं,'थापाले भने । जेलमा रहेकी डोल्माको स्वास्थ्यस्थिती राम्रो रहेको र उनले आफ्ना पक्षमा संचारजगत, नेपाल सरकार, नेपाली समुदायले गरिरहेको पहलबारेमा जानकारी पाइरहेको बताएकी थिइन् । 'डोल्मा सञ्चै छिन्, उनको स्वास्थ्य ठीक थियो,'थापाले भने ।
एक फिलिपिनो सहकर्मीको हत्या अभियोगमा थुनामा रहेकी डोल्मालाई मृत्युदण्ड सजाय दिइनेबारे त्यहा“को तल्लो अदालतले पा“च महिना अघि निर्णय सुनाएको थियो । 'पुरावेदनको प्रकृया पुरा भएर यो मुद्धा सर्वोच्च अदालतमा जानेछ, त्यसकारण यसको अन्तिम निर्णयमा केही महिना लाग्नेछ,'थापाले भने । यही क्रममा प्रथम सचिव थापाले कुवेतस्थित फिलिपिनो दुतावासका अधिकारीस“ग भेटघाट गर्दै हत्या गरिएका परिवारलाई ब्लड-मनी क्षतीपुर्ती उपलब्ध गराउन र सम्बद्ध आफन्तबाट माफीको कागजात झिकाउनका लागि आग्रह गरेका छन् । 'डोल्मा बचाउ अभियानमा ५० लाख रुपैंया जति आवश्यक पर्ने भनिएकोमा अहिलेसम्म गैर आवासीय नेपाली संघ, परराष्ट्र मन्त्रालय र कतार दुतावासबाट गरेर झण्डै २० लाख रुपैंया मात्रै संकलन भएको छ, 'उनले भने-'रकम संकलनमा हामीले तदारुकता चाहेका छौं ।'
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
छ महिना
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
प्रबाशी

बेल्जियम
यो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतिक्षामा छु म ।
दर्जानुसर सबै लाई सकुसलता को कामना गर्छु म ।।
सुनाइ दिनु सञ्चै छरे भनी -खबर गैरा बारी साँहिला लाई ।
घांस काट्दा हात रेट्ला हंसियाले -धेरै नसम्झे तिमी मलाई ।।
नासो पठाइ दियको छु तिमी लाई मैले -आऊँदै छ १५ दिन भित्रमा ।
मुरि-मुरी अगाध माया छ तिमीलाई -मेरी प्री य सुमित्रा मा ।।
देशै बेरोजगार म के को रोजगार -जोहो गर्न धौ -धौ थियो मलाई ।
दलाल लाई भयको सुम्पि छोडी हिंडें-भौतारियको छु प्रबासमा मन जलाई।।
केही थाहा भयन मलाई प्रबासमा -यसरि बितरा परीन्छ भनी ।
समयले काटेछ नेटो क्यारे अबत -भेटिन केही कतै पनि ।।
गार्हो छ फर्काउन गैरी खेत -प च् हुने भयो औंठी तिलहरी ।
टोलाउछु यकान्तमा मनै झस्किन्छ -थामिन्न आँसु कसै गरी ।।
ठुला ठुला सपना ति बोकी हिंडें- थाहै भयन मलाइ पहिले त ।
आफ्नै धन खर्चेर आफु बेचियको -चाल पायं बल्ल मैले त ।।
बर्षऊ बिते कती बसन्त गय -सकिन खै म अझै फर्कन ।
बिचरी सुमित्रा अझै पनि छे प्रतिक्षामा -कती सकेकी पर्खन ।।
घर नै सुन्य गाऊ सुन्य लाग्छ- के फर्कनु अबेर भयो अब त ।
चर्का चर्की गर्छन् रे सबैले गाउं तिर -हुने हो रे बिकास बिधानत ।।
साथी बिर्सेंं गाऊ बिर्सेंं -बिर्सियं धर्म संस्क्रिती पनि ।
पिऊछु निस्तो रक्सी क्रिस्मस मा -रमाउंछु यही हो दसैं भनी ।।
आऊछ सम्झना तिहारको -सन्झिन्छु दिदी बहिनी लाई ।
नास्तिक हरु को घुइचो छ जता ततै -के दोस दिऊ यहाँ कलाई ।।
गर्जन छ मेरो चिनारी सगरमा था को -नेपा ली संक्रिती भनी ।
थाहै छैन आफु नास्तिक भाईसकेको -चिनाऊछु हिन्दू हुँं भनी ।।
कहिले म कतार दुबै छु- कहिले दक्षिण कोरिया ।
धन को लोभ ले धन सिध्यायं-भयो हिना मिना -फर्किन्न अब खोरिया ।।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest


