October 16, 2010

प्रवासमा यसपालिको दशैं खल्लो भयो

खेमनाथ पौडेल
बन्दिपुरे माहिलो
यूएई

पूजनिय बुवा आमा
सास्टङ्ग डण्डवत प्रणाम्
यो खाडीमा म लगायत भाइ आरामका साथ छौ त्यहाँ पनि तपाईहरु कुशलआरामै हुनुहुन्छहोला भन्ने उनै दयालु भगवान बसाहाथान सँग प्राथना गरिराखेको छु ।
आज हिन्दुहरुको महानचाड दशैंको आगमन भईरहेको बेलामा म भने प्रवासमा भौतारीरहेको छु । यसपालिको दशैंसँग छ ६ वटा दशै प्रवासीभूमिमा यस्तै खल्लो मानी बिताए । विगतका दशैंमा भने त्यति खल्लो महशुस भएको थिएन तर यसपालीको
  दशैंमा किन हो किन म भित्र भित्र रुन पुगे ।
आज मेरो साथिसंगीहरु विदेशबाट झोला गुम्टा बोकी घरतिर जाँदै गरेको बेलामा म भने त्यहि झोला गुम्टा बोकी दुवाईदेखि अबुधावी पुगें । संगै बसेका साथीसंगीलाई चटक्क मायाँ मारी फेरी अर्का नयाँ नौला साथीहरुको बिचमा घुलमेल हुदैछु । कम्पनीको कामले गर्दा एक ठाउँबाट अर्को ठाउँमा सरुवाहुँदा यहाँ यस्तै हुन्छ । केही समय सँगै बसेका साथीहरुसँग बिछोड हुँदा


October 13, 2010

दशैंको शुभकामना (दशैं नामै राम्रो चाडै राम्रो)

दशैं नामै राम्रो चाडै राम्रो। केटा केटी देखी बुढाबढी सबै दंग। दु:ख सुख जसरी होस,चाड मनाउने सबै तम्तयार। स्वदेशमा हुन या बिदेशमा,भुल्नै नसकिने चाड हो यो। चाडै चाड भएको देश भएपनि यो चाडमा त पत्रिकै बन्द हुने गरी मनाइन्छ। चक्का जाम,हडताल देखी गुरिल्ला युद्द पनि दशैमा बन्द गरिन्छ। शान्ती अशान्ती सबै थप्प गरेर परिवार तथा आफन्तसंग भेटघाट गरी मनाउन चाड हो दशैं। सायद तपाईहरु पनि कतिपय दशैंको लागी घर जाने तरखर गर्दैहुनुहुन्छ होला। कती घर पुगी सक्नुभयो होला। बिदेशमा रहने खशीको ब्यबस्था गर्दैरहुनु भएकोहोला। यस पटक त टिका आइतबार परेको छ,सायद धेरै जनाको त बिदा नै होला।

दशैको गफ जती गरे पनि सकिदैन। दशैंको रमाइलो पनि यस्तै हो। नामै लिंदै मन त्यसै प्रफुल्ल हुन्छ। चाडको महोलसंगै दशैमा चोरी पनि बढेर आउंछ। त्यसमा सबैले पक्कै ख्याल गर्नुपर्दछ। त्यो भन्दा पनि बढी ख्याल गर्नु पर्ने कुरा त पिंग खेल्दा चोटपटक लाग्ने या आस्वस्थ मासु या धेरै मासु खांदा बिरामी पर्ने। सधैं जस्तो यस्तै यस्तै गरेर दशैं बित्ने गर्दछ। यसपटक पनि सधैं जसो रमाइलो गरेर दशैं मनाउनुहोला। अन्य सालको भन्दा यस साल कसरी तपाईको दशैं भिन्नहुंदै छ त्यो पनि पक्कै भन्नुहोला। बिजया दशमी २०६७को सबै लेखक तथा पाठकबर्गमा हार्दिक मंगलमय शुभकामना तथा उत्तोरत्तर प्रगतीको कामना।

दौतरी परिवार