January 20, 2013

काठमान्डूको फोहोर काठमान्डूबासिको सभ्यताको परिचय

January 18, 2013

●लुना
बेल्जियम नागरिक ब्रुनो ले यो भिडियो ईमेलमा पठाउनु भएको थियो । ब्रुनोले युबट्युब मार्फत 
भेटेका रैछन् । यो भिडियो गएको १३ डिसेम्बर  २०१२ मा पोस्ट भएको रैछ  । भिडियोमा काठमाडौँ
हिमालय , नेपाल , ट्रेकिंग शब्द उचारण गरेको बाहेक अरु क्यै शब्द बुझिन । फ्रेन्च भाषा प्रयोग
भएको छैन भिडियोमा । बाँकी सबै दृश्यले नै बताउँछ भाषा नबुझिए पनि । सार्है दुख लाग्दो दृश्य हो यो  ।
 
यो भिडियो काठमान्डू घुम्न आउने कुनै एक पर्यटकले खिचेका हुन्  । भिडियोमा काठमान्डूका नदि ( नदिको नाम चै उल्लेख गरिएको छैन तर हेर्दा देखिन्छ यो काठमान्डूको कुनै नदी ( बिष्णुमति )
मा ठेला रिक्साबाट फोहोर फालिएको छ  । फोहोरका थुप्राले नदि भनेर ठम्याउनै मुश्किल  झैँ
देखिएको छ  । नदीमा बगेको पानी पानी नभएर ढलको रुपमा परिणत भईसकेको छ  ।
 
यो कुरा ति बिदेशी पर्यटकको नजरमा कहाली लाग्दो भयाबह भए तापनि हामीलाई भने 
पाच्य ( बानी परेको हुन सक्छ ) यस हद सम्मको बाताबरण प्रदुषित दृश्य –तर  पनि 
यथार्त के हो भने यो भयाबह दृश्य नै हो !!!


January 18, 2013

गाउँखाने कथा ५३ (Nepali #Gaukhane #Katha)



सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


थालभरी तितौरा खाइनसक्नु, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।


January 15, 2013

गरौंला स्वागत

प्रकाश सापकोटा

गरौंला स्वागतको तयारी हजूर
कहिले हुने हो सवारी हजूर

ध्वजाले सजाउँला यो मनको मझेरी
फूलबुट्टे गलैंचा पसारी हजूर

नबोली नबोली चलेको चल्यै छ
आँखा र आँखाको जुवारी हजूर

के नाता लगाउनु दोधारै दोधारमा
बनौ कि पियारा-पियारी हजूर

मुसुक्क हाँसे त बस्थें म कुरेर
दिलैको ढक्कन उघारी हजूर


January 13, 2013

यो एउटा कथा हो

तपाईँले कथा सुन्नु देख्नु भएको होला। पर्दामा देखिने कथाको शूरुमै भनिएको हुन्छ यो काल्पनिक हो,
कसैको जिबनसंग मेल खाएमा संयोग मात्र हुनेछ। तर यांहा कुरा गरिन लागिएको कथा काल्पनिक होइन ।
त्यसैले संयोग बस कसैसँग मिल्ने जाने संभावना छैन,यो कथा सरासर एक जना पत्रकारसँग मिल्न जान्छ।
करीव १० बर्ष पहिले घटेको यो घटना अहिले पुन ताजा भएर आएको छ।
कलमको सहारामा जिबन गुजारा गर्ने एक पत्रकारलाई राजनीतिक युद्धको निसाना बनाइयो। उनी निसानामा
मात्र परेनन्, परिवार र समाजसित कहिल्यै नफर्कने गरी जमिनमा अन्त्य गरियो।  मरेपछि पनि
समय समयमा यी पात्रलाई ब्यूँताउने गरिन्थ्यो। कहिले पत्रकारले आफ्नो पक्षमा खडा गर्थे त कहिले
नेता पक्षले आफ्नो पकड देखाउने उनको भूत उठाएर तर्साउँथे। उनी त मरेर गए, तर उनलाई मार्नेले कहिल्यै
सजाए भोगेनन्। उनका परिवारले कहिल्यै न्याय पाएनन्। न्याय त धेरैले पाएका छैनन तर कानुनको घेरामा
परेका अपराधी पनि अनेक बाहानमा निर्दोष साबित हुँदै यही समाजमा फर्केका छन। यसरी अपराधीको
मनोबल त बढ्छ नै, मरिनेका परिवार यस्तो लाचारी कानुनी प्रक्रिया देखेर मरे तुल्य हुन्छन्।  परिवारको
आशा हुँदो हो, एकपटक अपराधी समातिएला,सजाएको भागि दार बन्ला र मरेको आत्माले शान्त पाउला।
तर  उनीहरुसंग मरेकाको आत्म शान्त पार्न तर्पण पानी बाहेक केही हुदैन।
माओवादी जनयुद्धमा मारिएका हजारौं कथा मध्ये २०६१ साउन २७ गते मरिने पत्रकार डेकेन्द्र थापाको कथा
हो यो। यो कथा छापामारद्वारा मारिएका अन्य ब्यक्ती भन्दा फरक छैन। अपराधीले सजाय पाउने संभावना
पनि उतिकै न्यून छ। जुन पार्टीले उनलाई सिद्यायो उही नै सरकारको कुर्चीमा बसेको छ। मुखियाको छोरोलाई
सजाए दिने भनेर कस्ले मुख खोल्ने। त्यही अबस्था छ अहिले। उनका हत्यारालाई सजाए भए उनको आत्माले
पक्कै शान्ति पाउने थियो,उनका परिवारलाई एक किसिमको पीडाबाट मूक्ती हुनेथियो। उनको आत्माले
छिटै शान्ती पाओस भन्नका निम्ती कान्तीपूरमा छापिएको उनको कथा तपाईहरू बिच बाड्न चाहान्छु।


कुन देवको पूजा गर्ने

बसन्तमोहन अधिकारी

कुन देवको पूजा गर्न कुन मन्दिर जान्छौ मान्छे

तेत्तीसकोटी देवहरुमा कुन सत्य मान्छौ मान्छे

गीता सार मान्छौ भने अब्यय एक देव साथमा

पण्डितको झुटो कथामा ढुङ्गाको देव छान्छौ मान्छे

अंग भित्र मन बसेछ, मन भित्रको चेतना हेर

आत्मा रुवाई ढुङ्गा पुजी के को फल खान्छौ मान्छे

मन्दिर धाएर दुःख बीच अशान्ति भै रुन्छ मान्छे

अकर्मलाई कर्म मान्दै असत्य बाटो धान्छौ मान्छे

एकै ईश्वर तिमी भित्र सुख शान्ति यो आत्म दिन्छ

पुजारीको चक्रव्यूहमा झूटा देव चाहन्छौ मान्छे


December 20, 2012

सपनाको देशमा सपना टुटेको छ

नबिन मालाकार

गाउँमा वदली हुँदा मेरी आमा आकाश तिर हेरेर,
धारे हात लाउँदै "अब कुन पाखा लान्छस् ?" भनेर बिच्कन्थे ।
खोला साँध परेको खेत, आधा बगेर पारीपट्टी चरन भएको थियो ।
नत पारीकाले दाबी गर्न सके नत हाम्रो हक लाग्यो !
म भने बादल हेरेर खुब रमाउँथे
बादलले लिने आकार हेरेर दंग पर्थें र
बादलको हात्ति चढेर कल्पनाको संसारमा डुबीरहन्थे।
"यो मोरा कति ट्वाल्ल परेर बस्न सक्छ?"
"बादल हेर्ने मान्छे हुस्सु हुन्छ "
मैले बादल हेर्न छोडीन। मेरो घैटोमा घाम लागेन।
आज म बर्षैभरि घाम लाग्ने ठाउँमा छु
तर यहाँ बदलि हुन्न। निलो आकाशतिर टोलाउँछु केवल रिक्तता पाउँछु ।
मानिसले मानिसलाई मानिस नगन्ने यो मरुभूमिमा
आकार बुन्ने र सपना देख्ने मेरो सहारा, बादल, कतै भेटिन्न ।
सपनाको देशमा आएपछि, सपना बुन्ने मेरो क्षमता टुटेको छ ।
 
नबिन जी को ब्लगको लागि http://nabinkm.com मा जानुहोला.
 


December 9, 2012

तारा खस्दा

"खलानको मान्छे"
 
संगै हुँदा कतिपए कुरा हरु भुले हो ला
घुर्काएको याँद आयो फकाउन भुले हो ला ।।
तारा खस्दा आकाश मा उनकै खुशी माग्छु किन ?
सुन् चादी होइन मैले प्यारले फुल दिए होला ।।
सिमेन्टको जङलमा भर्भराउदो बैश ढल्यो
पसिनाले नुहाँहुदा सपनिमा देखे हो ला ।।


फुलको मन्झरिले यहा न-बिच्काको होइन
मनको तरेलिमा उनै बयली नखेलेको होईन
यादै यादको छाँया उडि बादल बन्छ गगनमा
आफैलाई भुले कती सधै उनलाई सम्झे होला ।।
 
 


November 14, 2012

मान्छे र घाम

बसन्तमोहन अधिकारी
 
मनमोहक, सुन्दर
रातो लाली
धर्तीको आँगनमा
स्वतन्त्र स्वाधिनता बिच
टुकु टुकु अघि बढ्दा
सबै लोभीन्छन्
छुन लालहित हुन्छन्
तिमी मलाई
भोलीको आँड भरोसामा
कतै ढोक्छन्
कतै चुम्छन्
हाम्रो वालपन
सुखै सुखमा बित्यो
हाम्रो आगमन
समयको चक्र
यो जवानी
अतृप्तहरु
आफ्नो राग मेट्न
स्वतन्त्र स्वाधिनताको रगंमा
समाहित भैदिन्छन्
धिप धिप
आज होकी भोली
कसले ताप्ने,
निभ्न लागेको आगो
डुब्न लागेको घाम
अन्ततः
स्वार्थी दुनियाँ
थाहा नदिई भाग्छ


October 22, 2012

शुभ बिजय दशमी - Happy Dashai

हरेक बर्ष आउने नेपालीको ठूलो चाड बिजय दशमीको उपलक्षमा संपूर्ण दौंतरी लेखक तथा पाठकमा हार्दीक मंगलमय शुभकामना। गर्मी,जाडो तथा बर्षासंगै पार हुने दिनहरू दशैंसम्म आउंदा रंगमय हुन पूग्दछ। दैनिक काम,ब्यस्ता,सुख,दुख सबैलाइ चाड पर्वहरुले भूलाउने गर्दछन तथा आफन्तसित भेट गराउने अबसर जुराउंदछ

यस्तै ब्यस्तामा पाठकहरुको शुभकामनाको लहरले तपाईहरु बिच भेट गराउने अबसर जुटायो। कतिपय दशैंकोलागी घरतिरको यात्रामा लागीसक्नु भएको होला। कती दौंतरीहरु कामको चपेटामा परदेशमै या अन्य शहरमा घर भन्दा टाढा दशैं मनाउने तरखर गर्दै हुनुहुन्छ होला। जाहां हुनुहुन्छ,जसरी दशैं मनाउने बिचार गर्नुभएको छ,यो महान चाड निकै हर्ष उल्लासका साथ मनाउनु होला। पाठकहरुबाट प्राप्त केही दशैं झल्काउने सामाग्री सहित पून संपूर्ण लेखक तथा पाठकहरुलाई दशैंको हार्दीक मंगलमय शुभकामना टक्राउंदछौं।

तपाइको दशैँ कस्तो रह्यो, कसरि मनाउदै हुनुहुन्छ दौतारीमा बाड्न नभुल्नुहोला।


October 21, 2012

बिजया दशमीको हार्दिक शुभकामना


झुल्कियोस दैलो दैलोमा, अन्धकार चिरी ज्योति
धेरै भयो खुशी निभेको, आउ उषा लाली पोती 

रगतको छिट्टा छिट्टामा, निसास्यो यो कठै ! माटो 
श्रम शिप भए कदर, फल्थ्यो होला यही मोती 

सदभाबको बाताले कसम, आस्थाको छानो हाम्रो
छेकिन्थ्यो के झरी ?नत्र त, आर्काको छातामा ओती

भोक किन्न सकिन्छ कहाँ ? चौरासी बेन्जनै भे नी
अमृत झै हुन्छ बरु त्यो, पसिनाले कमा रोटी

हर नेपाली मनमा पलायोस खुशीको जमरा
अट्ल होस शान्ति यहाँ, देउ बिबेक सरस्वती



August 2, 2012

शेषनाग र गोरुको टाउको

— निर्मलमणि अधिकारी

पृथिवी केमाथि अडिएको छ वा के कारणले अडिन सकेको छ भन्ने बारेमा अनेक
भनाइहरु नरहेका होइनन् । कतै यस्तो लेखिएको भेटिन्छकि पृथिवी शेषनागको टाउको
मा अडिएको छ । शेषनागका एकहजार टाउकाहरु छन् अरे र ती टाउकाहरुमा पालैपालोसँग
पृथिवीलाई राख्ने क्रममा एक टाउकोबाट अर्को टाउकोमा पृथिवीलाई लैजाँदा
हल्लिएर भुइँचालो जाने हो अरे ! उता कसैको विश्वास अनुसार, पृथिवी एउटा गोरुको
टाउकोमा अडिएको छ अरे ! हक्र्युलिसले काँधमा आकाशलाई थामेको भन्ने जस्तै
हास्यास्पद छैनन् त पृथिवीलाई नाग वा गोरुका टाउकामा अडिएको विश्वास गर्नु ? यता
आधुनिक विज्ञानको सहयताले हामीले पत्तो पाइसकेका छौंकि पृथिवी सौर्य–प्रणालीको
आकर्षण–शक्तिको सन्तुलनका कारणले स्थित छ ।
हामीलाई थाहा हुनुपर्ने तथ्य के होभने आधुनिक विज्ञान र यस संसारको सर्वप्र
ाचीन ग्रन्थ वेद— यी दुइटाको यस सम्बन्धमा एक मत रहेको छ । यस सम्बन्धमा हामी
महर्षि दयानन्द सरस्वतीकृत ‘सत्यार्थ प्रकाश’को मद्दतबाट चर्चा गरौं । वेदको कथन छ—
“उक्षा दाधार पृथिवीमुत द्याम् ।।” (ऋ. १०।३१।८ तथा अथर्व ४।११।१) महर्षि लेख्नुहुन्छकि
वर्षाद्वारा भूगोललाई सिंचन गर्ने हुनाले सूर्यलाई ‘उक्षा’ पनि भनिन्छ र यही उक्षा
(सूर्य)ले पृथिवीलाई धारण गरेको छ भन्ने वेदको कथन हो । यसरी सहस्राब्दियौं अघि
(वा सृष्टिसँगै) वेदद्वारा भनिएको तथ्य आधुनिक विज्ञानद्वारा पुनः प्रमाणित गरिनुले वेद
विज्ञान हो भन्ने हाम्रो भनाइनै सत्य साबित भएको छ ।