नयाँ बर्ष तिमी खुशीको अंकुर लिएर आउ
बेसुरमा छ रे देश एक शुर लिएर आउ
कतै छिटा रगतका, गन्ध कतै बारुदका
चाहिएन सुनको लंका कान्तिपुर लिएर आउ
पाइला पाइला हाबी भो, कपट निती यहाँ
सकुनीको बिगबिगी भो बिदुर लिएर आउ
घडा त्यो पापको भरिदा नि चुप भो जग
सेक्नु पर्यो पुर्पुरो पापीका उजुर लिएर आउ
April 12, 2011
April 11, 2011
जिउदो मान्छे
- शेखर ढुंगेल
स्वास फेर्नु मात्र
जिउदो हुनु हो भने
जनावर को जीवन स्तुत्य छ
आत्मबल बिना को मान्छे
नैतिकता हिन त्यो मान्छे
को जीवन को के अर्थ छ ?
स्वार्थ कै लागि
नीतिहीन
चरित्रहीन ,मानबताहिन
अनि मुल्यहिन प्रवृति सित
सम्झौता हुन्छ भने
जिउदो र मृतक मा के फरक ?
स्वास फेर्नु मात्र
जिउदो हुनु हो भने
जनावर को जीवन स्तुत्य छ
आत्मबल बिना को मान्छे
नैतिकता हिन त्यो मान्छे
को जीवन को के अर्थ छ ?
स्वार्थ कै लागि
नीतिहीन
चरित्रहीन ,मानबताहिन
अनि मुल्यहिन प्रवृति सित
सम्झौता हुन्छ भने
जिउदो र मृतक मा के फरक ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
April 5, 2011
के होला यो घुस प्रकरण?
हाल नेपालको समाचार घुस प्रकरणले छाएको छ। नेपाल संसारकै कुख्यात घुस्या देश भएको त सबैलाई जानकारी नै छ। नेपालमा मात्र के अमेरीकैमा पनि बाल्टीमोरका मोहन थापाले लाइसेन्स बिभागका कर्मचारीलाई लाइसेन्सको लागी पैसाले नै किनेका थिए। तर त्यो थियो अमेरीकामा। २० रुपयाको घुस लिएकोमा एक बिरष्ट प्रहरी बरखास्त भएका थिए,ति नेपाली त जेलै जान पार्यो।
नेपालमा भने घुस खाने ठाउंमा काम पाउनू भनेको भाग्यैको कुरा हो। घुस खाने ठाउमा सरुबा हुन कर्मचारीहरु तछाड मछाड गर्छन। यो नेपालीको लागी नौलो होइन। घुस्या र भ्रष्टलाई ठेगान लगाउने प्रक्रिया भने नेपालीको लागी पक्कै पनि नौलो हो। तर अब नेपालमा यो पनि नौलो हुने छाड्ने स्थीती देखिन्छ। चप्पल लगाएर सिंहदरबार छिर्ने नेताहरू चिल्लो पजेरोमा बहिरीन्छन। यस्तो आकास पातको फरक देख्दा देख्दै पनि घुस खाएको प्रमाण भेटीएन भनेर नेपाली अदालतहरुले नेताहरूलाइ
नेपालमा भने घुस खाने ठाउंमा काम पाउनू भनेको भाग्यैको कुरा हो। घुस खाने ठाउमा सरुबा हुन कर्मचारीहरु तछाड मछाड गर्छन। यो नेपालीको लागी नौलो होइन। घुस्या र भ्रष्टलाई ठेगान लगाउने प्रक्रिया भने नेपालीको लागी पक्कै पनि नौलो हो। तर अब नेपालमा यो पनि नौलो हुने छाड्ने स्थीती देखिन्छ। चप्पल लगाएर सिंहदरबार छिर्ने नेताहरू चिल्लो पजेरोमा बहिरीन्छन। यस्तो आकास पातको फरक देख्दा देख्दै पनि घुस खाएको प्रमाण भेटीएन भनेर नेपाली अदालतहरुले नेताहरूलाइ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
nepalean
April 4, 2011
देशको ब्यथाले - दुखेको मन
- Bed Nath Pulami
"भन्न मन लाग्छ भने भन मलाई
स्वदेश निन्दक वा घृणा चिन्तक
तर यो देश तिम्रो जती कै मेरो पनी देश हो
अंश बण्डा गर्ने हो भने पनी
यो देशको एक करोड टुक्राहरु मध्ये
एउटा टुक्रा माथी मेरो पनी छाप्रो हुने'छ
र त्यो देशका असंख्य बगरहरू मध्ये
एउटा बगरमाथि मेरो पनी चिता हुने छ । " (भूपी शेरचन )
यी माथिका भूपिका शब्दहरु आज निकै घत लागी रहे , मनमा निकै गडेर वस्यो । अहिलेको देशको अवस्था - कल्पना र सोच बाहिरको छ । मनमा निक्कै पीडा छ , सम्झन्छु कतिन्जेल यो सब माहोल हेरेर बस्ने ? सहनु पनी एउटा हद हुन्छ नि ! ......... तर गर्ने के ... ? उपाय के ? अहिले सबैलाई अवगत नै भएको कुरा हो देशको समस्या मूर्धन्य भएर गाजिएको छ । जस्तै मै हु

April 1, 2011
April Fool कि चैते फूल
आज एप्रल १, अर्थात अरुलाई मूर्ख बनाउने दिन। कतै तपाईलाई पनि कसैले मूर्खको सुचीमा राख्न सफल भए? एक पटक मेरो गाउंमा बिले घर्तीलाई तिम्री सासू हस्पिटलमा छिन भेट्न जानू भनेर मूर्ख बनाएका थिए। यही फूल बनाउने खेलको अर्को कथा छ,त्यो छिटै लिएर आउने छु।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
nepalean
March 31, 2011
सारा खुसि बन्दकीमा राखें
- प्रकाश सापकोटा
जसको लागि सारा खुसि बन्दकीमा राखें
कोशी, कैले उर्लिएको गण्डकीमा राखें
उही पर भइदिंदा कस्तो होला मन
देख्नेलाई थाह हुन्न भोग्नेले नै भन
फुल्ने हाँगै सुम्पिएर आफु झर्दा पनि
छाति पुरै ओछ्याएर माया गर्दा पनि
भोग्नु कति गाह्रो हुन्छ फगत एक्लोपन
सुन्नेलाई थाह हुन्न भोग्नेले नै भन
न त वल्लो घाटको भएँ न त पल्लो तीरको
न मसानको हुन सकें, न त मन्दीरको
जिउनु कति गाह्रो हुन्छ भौंतारिई कन
देख्नेलाई थाह हुन्न भोग्नेले नै भन
मार्च- २४, २०११ (त्रोम्सो, नर्वे)
जसको लागि सारा खुसि बन्दकीमा राखें
कोशी, कैले उर्लिएको गण्डकीमा राखें
उही पर भइदिंदा कस्तो होला मन
देख्नेलाई थाह हुन्न भोग्नेले नै भन
फुल्ने हाँगै सुम्पिएर आफु झर्दा पनि
छाति पुरै ओछ्याएर माया गर्दा पनि
भोग्नु कति गाह्रो हुन्छ फगत एक्लोपन
सुन्नेलाई थाह हुन्न भोग्नेले नै भन
न त वल्लो घाटको भएँ न त पल्लो तीरको
न मसानको हुन सकें, न त मन्दीरको
जिउनु कति गाह्रो हुन्छ भौंतारिई कन
देख्नेलाई थाह हुन्न भोग्नेले नै भन
मार्च- २४, २०११ (त्रोम्सो, नर्वे)
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
March 27, 2011
चट्पटे मन
– राजेश नतांश
काया बच्ची भा'की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडि लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी मेरो काखमा बस्न आउँछे । अनि मेरो सर्टको कलर समातेर मलाई
प्रेमालिङ्गनमा कस्छे । त्यसपछि ऊ बच्चीलेझैँ अनुरोध गर्छे– 'ओई ! चट्पटे खान जाम न !'
उसको उमेर बीस कटेको छैन तर लाग्छ ऊ अझै बालिकै छे । लाग्छ, जिस्किने,चल्ने उसको दैनिक कर्म हो । झन् राक्षसी स्वभावले हाँसी भने भने त बित्यास् नै पार्छे ! तर मलाई उसका बालसुलभ क्रियाकलापहरु एकदमै प्रिय लाग्छन् । म उसका अभिलाषाहरुप्रति तत्कालै सहमति जनाइहाल्छु– 'जाऔँ,हिँड् ।'
आकाश आगोको भुग्रोमा परिणत भएको छ । अर्थात रातो–पहेँलो घाम टल्किरहेको छ । गोधूलि साँझ छ । दुर क्षितिजमा बादलका राता धब्बाहरु प्रज्वलित भइरहेका छन् । उड्नपंक्षीहरु दिनभरिको घम्साघम्सीपछि आ–आफ्नो बासस्थान फर्किरहेका
छन् । चरनतिर गएका गाईबस्तुहरु धुलो उडाउँदै पंक्तिबद्ध आफ्नो गोठ फर्कदै छन् । बसन्त ऋतुको पूर्वसन्ध्या छ । वातावरण एकदमै रोमाञ्चक बनेको छ । बरपीपलहरुमा पालुवा अँकुराइरहेको छ । सायद्, चित्रकार हुदोँ हुँ त म यो सौन्दर्यलाई

March 25, 2011
गाउँखाने कथा ४५
अपडेट: गाउँखाने कथा ४५ को सहीउत्तर हो: सिंगान
उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यबाद। उत्तर मिलाउने पूष्पजीले अब गाउं माग्नूहोला।
लुनाजी त गाउंखाने कथामा एक्सपर्टनै पर्नूभयो,क्लू दिनु भएकोमा धन्यबाद।
उत्तरको नाउंमा उत्रीसंखल केमेन्ट लेख्नहुनेलाई न-धन्यबाद।
-------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
उभिण्डो ठेकीमा लतलते दही, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यबाद। उत्तर मिलाउने पूष्पजीले अब गाउं माग्नूहोला।
लुनाजी त गाउंखाने कथामा एक्सपर्टनै पर्नूभयो,क्लू दिनु भएकोमा धन्यबाद।
उत्तरको नाउंमा उत्रीसंखल केमेन्ट लेख्नहुनेलाई न-धन्यबाद।
-------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
उभिण्डो ठेकीमा लतलते दही, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
nepalean
March 22, 2011
प्रेरणा लियर आऊ है
नया बर्ष तिमि आयौ- गयौ
सधै झैँ एउटा नियमित प्रक्रिया बनेर
न कुनै खुसीको कोशेली दियर गयौ
न त् आखा मा आँशु नै छल्कायर गयौ
मैले पनि तिम्रो आगमन मा
केहि नुतन गरिन स्पन्दनहीन बनि बसे
न साष्टाङ्ग दण्डवत गरे न स्वास्ती
न टा टा बाई बाई को हात नै हल्लाए
सायद तिमि नेपाली नया बर्ष भएर होला
तिम्रो एस्तो अपमान भएको हगी ?
आयातित हुन्थ्यौ भने शहर भरि रंगी चंगी तोरण हुन्थ्यो
रिसोर्टहरुमा महँगा सिसि रित्तिने थिए तिम्रो स्वागत मा
एउटा अनौठो चहलपहल देख्ने थियौ
हुतिहारा पिछलग्गु हरु ले तिम्रो अपमान गरे
तिमीलाई त् थाहै छ हामी नेपाली हरु कस्ता छौ
सधै झैँ एउटा नियमित प्रक्रिया बनेर
न कुनै खुसीको कोशेली दियर गयौ
न त् आखा मा आँशु नै छल्कायर गयौ
मैले पनि तिम्रो आगमन मा
केहि नुतन गरिन स्पन्दनहीन बनि बसे
न साष्टाङ्ग दण्डवत गरे न स्वास्ती
न टा टा बाई बाई को हात नै हल्लाए
सायद तिमि नेपाली नया बर्ष भएर होला
तिम्रो एस्तो अपमान भएको हगी ?
आयातित हुन्थ्यौ भने शहर भरि रंगी चंगी तोरण हुन्थ्यो
रिसोर्टहरुमा महँगा सिसि रित्तिने थिए तिम्रो स्वागत मा
एउटा अनौठो चहलपहल देख्ने थियौ
हुतिहारा पिछलग्गु हरु ले तिम्रो अपमान गरे
तिमीलाई त् थाहै छ हामी नेपाली हरु कस्ता छौ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
March 12, 2011
जापानको सूनामी-ईतीहांसकै भयानक
टोक्योबाट ४०० किमी ८.९ स्केलको भूंइचालो गयो,जस्ले गर्दा जापानका समूद्री इलाकामा १० मिटर सम्माका अग्ला छाल उतपन्न गरायो। त्यसरी उतपन्न भएका छाल र पटक पटक आएका आफ्टर सक भुइचालोले जनजिबन नै प्रभावित पारेको छ। कतिपयले ज्यान नै गुमाउनु पर्यो भने केही घाइते भए त कोही हराइरहेका छन। धनजनको ठूलै क्षती भएको छ। गाडी,डुवां र घरहरु मात्र होइन एयरपोर्टमा रोकीराखेका हवाइजहाज पनि बगेका छन।
यो भूईंचालो १९०० पछीको ५औं ठुलो हो भने अघिल्लो महिना न्युजल्याण्डमा गएको भन्दा ८००० गुना शक्तीसाली थियो। कैयौं रेल हराइरहेका छन त कतै आगलागी भइरहेको छ। म्यागी भन्ने एउटा सहरको एक तिहाई पानी भित्र डुबेको छ। केही बांध भत्केका छन तथा एउटा न्युक्लियर पावर प्लान्टमा ठुलै क्षती भएको छ। कती क्षती भयो यकीन हुन अझै बांकी छ।
यस्ले जापानमा ठूलै संकट निम्ताएको छ। आशा गरौं जापानले अहिलेको प्रक्रिती बिपतीबाट छिटै मूक्ती पाओस। साथै जापानमा रहेका नेपालीहरु पनि सकुशल रहुन। फेसबुक,टुइटर,ब्लग आदी सामाजीक संजाल या फोनबाट आफन्तको सम्पर्कमा रहनूहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
उसको झझल्को
गुरु केदार बराल ओखल्ढुङगा, पोकली
उदा कदा ऐना हेर्दा
उसको मुहार देखेजस्तो लाग्छ
टाढा कतै कोही देखिँदा
एसको झझल्को आईदिन्छ ।
आज उसलाई भेट्दिन
ऊ के गर्दै होली
कुन संसारमा डुबेर
के- के योजना बनाउँदै होली ।
वा मलाई सम्झेर
रोइरहेकी पनि हुन सक्छे
विगतको पे्रम यात्रा सम्झेर
कल्पनामा पनि रम्न सक्छे ।
उदा कदा ऐना हेर्दा
उसको मुहार देखेजस्तो लाग्छ
टाढा कतै कोही देखिँदा
एसको झझल्को आईदिन्छ ।
आज उसलाई भेट्दिन
ऊ के गर्दै होली
कुन संसारमा डुबेर
के- के योजना बनाउँदै होली ।
वा मलाई सम्झेर
रोइरहेकी पनि हुन सक्छे
विगतको पे्रम यात्रा सम्झेर
कल्पनामा पनि रम्न सक्छे ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
Subscribe to:
Posts (Atom)