March 21, 2015

चिट चोर्ने त यसरी

कसरी पास भयो भन्ने होइन की पास भयो की भएन, त्यसमा मतलब छ। अझै फस्ट डिभीजन आयो भने त सुनमा सुगन्धनै भयो नी ?






 पटनामा मेट्रीक परिक्षा चलीरहंदा आफन्तलाई चिट चोराउन गरिएको प्रयास यो एउटा नमुना मात्र हो। एपीले यो फोटो उपलब्ध गराए पनि भारतका केही टिभी च्यानलले भिडीयो नै प्रसारण गरेका थिए। यो फोटोले पटनामा मात्र होइन विश्वभरी नै हल्ला खल्ला मच्चाएको छ। एपीका अनुसार एकै दिनमा ६०० बिध्धार्थी निस्कासीत भएका छन। अब ति निस्कासीत बिध्धार्थीलाई पून परिक्षा दिन ३ बर्ष रोक्का या जेलै चलान पनि गर्ने सकिने छ।

नेपालमा पनि देशै भरी एस एल सी परिक्षा सुरू भएको छ। कुनै परिक्षा केन्द्रबाट केही बोरा किताब बरामद भएको खबर आएको छ। तर यती बिध्न संसारै हल्लाउने गरी समाचार भने आएको छैन। तर नेपालमा परिक्षाको प्रश्नपत्र पहिल्लै बाहिर ल्याउने, चिट चोराउने अथवा अर्काको नाममा परिक्षा दिने रोग सबैले जानेकै हो।

 संसारै चकित बने पनि नियम कानुनको धज्जी उडाउने ठाउंमा यस्ता खाले खबर के नै खबर बन्ला र?


4 Comments:

Anonymous said...

ha ha ha. kati ramailo.

Ramesh said...

chit chorna nadiyeko bhanera Nepal ma fight bhayeko chha. fight yesari bhayecha.

दैलेख–गणित विषयको परीक्षामा आइतबार दैलेखको दुई परीक्षा केन्द्रमा परीक्षार्थीहरुले ढुङगामुढा प्रहार गरेपछि तनावग्रस्त बनेको छ। परीक्षा सकेर बाहिर निश्केपछि चिट चोर्न नपाएको झोंकमा परीक्षार्थीले परीक्षा केन्द्रमा रहेका केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मीलाई लक्षित गरेर अन्धाधुन्दा ढुङगा प्रहार गरेपछि प्रहरी र परीक्षार्थीबीच झडप भएको हो।
नौमुलेमा केन्द्राध्यक्ष र निरीक्षकले परीक्षामा कडाई गरेर चिट चोर्न नदिएको भन्दै परीक्षा सकेर बाहिर गएका परीक्षार्थीहरु जम्मा भएर परीक्षा केन्द्रमै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुले परीक्षामा चिट चोर्न नदिएको भनेर ढुगामुढा प्रहारपछि परीक्षा केन्द्र तनामग्रस्त भएको हो। नौमुलेस्थित भैरव उच्च मावि परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नगेन्द्र सिह र निरीक्षककहरुमाथि परीक्षार्थीहरु चिट चोर्न नपाएकोमा आक्रोशित हुँदै परीक्षा केन्द्र घेराउ हालेर आक्रमण गरेका थिए। केन्द्राध्यक्षलाई केन्द्रित गरेर आक्रमण गरेपछि प्रहरीले बचाउन खोज्दा परीक्षार्थीले हानेको ढुगा लागेर एक प्रहरी घाइते ३ भएका छन्। दुई जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ। गम्भिर घाइते प्रहरी बोझीराम विकलाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेखमा ल्याइएको दैलेख प्रहरी प्रमुख डिएसपी माधवप्रसाद श्रेष्ठले बताए। नौमुलेमा प्रहरी निरीक्षकक पुष्कर चन्दको नेतृत्वमा थप टोली खटिएको छ।
परीक्षाको उत्तरपुस्तिका बुझाएर बाहिर निष्किएका परीक्षार्थीहरुले एक्कासी आक्रमणमै उत्रिएपछि करिव १ घण्टा तनावग्रस्त भएको थियो। परीक्षाकेन्द्र बाहिरबाट लाठी, ढुङगा अन्धाधुन्धा प्रहार हुन थालेपछि केन्द्राध्यक्ष, निरीक्षक र प्रहरी परीक्षा केन्द्रभित्रै ढोका लगाएर लुक्न बाध्य भएका थिए। त्यस्तै दुल्लुको विजया उमावि परीक्षा केन्द्रमा परीक्षा कडाई गरेको झोकमा विद्यार्थीबीच नै कुटाकुट भएपछि तनावग्रस्त बन्यो। परीक्षा सके लगत्तै बाहिरिएका परीक्षार्थीबीच कुटाकुट भएको हो। परीक्षा केन्द्रमै परीक्षार्थीबीच झडप हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो। थप प्रहरी टोली गएपछि परीक्षार्थीको भिड तितरवितर पारेको थियो। परीक्षामा उत्तरपुस्तिका नदेखाएको भन्दै आपसी रुपमा लडेको केन्द्राध्यक्ष केशव भण्डारीले बताए। 'उत्तरपुस्तिका बुझाइसकेपछि दुई समुहबीच लडाई चल्यो,'केन्द्राध्यक्ष भण्डारीले भने, परीक्षामा सकेपछि लडाई भएकाले कुनै असर परेन।' परीक्षालाई मर्यादित र शान्त बनाउन परीक्षा कडाई गरिएकाले विद्यार्थीबीच झगडा भएको जनाइएको छ। यस वर्ष गत वर्षमा भन्दा जिल्लामा मर्यादित रुपमा शान्तपूर्वक परीक्षा कडाई गरिएका फाटफुट घटना भएको एसएलसी परीक्षा सञ्चालन समन्वय समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले बताए।

Unknown said...

hahahaa so funny

Anonymous said...

Hamromilan - Nepal's No 1 Matrimonial Site [www.hamromilan.com]

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !