May 14, 2011

ब्लग बियांलो

बलगरहरू आ-आफ्नो तरीकाले आफ्नो ब्लगमा प्रस्तुत हुनुहुन्छ। ब्लगक्षत्र पनि अनूभव तथा रुची अनुसार
रेखांकन गर्नुहुन्छ। तर एउटै बिषयमा सबै ब्लगहरूको खुला मत जान्न पाए कस्तो हुन्थ्यो होला?यो बिचार मनमा खेली राख्थ्यो तर केही महिना पहिला ब्लगर नबिन मालाकारले परिस्क्रित तरिकाले सल्लाह दिनूभयो। र गत हप्ता उहांसंग थप छलफल गर्ने मेसो जुर्यो।

ब्लग बियांलो आउने हप्ता देखी थालनी गर्नेछौं। नेपाली ब्लगकको क्षत्र जस्तै बियांलो बिषय पनि साहित्यिक,राजनैतिक,सामाजीक आदी सबै रहनेछन। हरेक बिषयमा करीब ५० शब्द या त्यो भन्दा कम शब्दमा ब्लगरहरुको धारणा प्रस्तुत गर्नेछौं। भाषा भने अंग्रेजी या नेपाली दुबैमा हुनेछन। तपाईहरुले पनि कुनै बिषय ब्लग बियांलोमा राख्न मन लागे दौंतरी इमेलमा इमेल गर्नुहोला। ब्लग बियांलोलाई अझ प्रभावकारी बनाउने कुनै उपाय छ भने पक्कै पनि खबर गर्नुहोला।


14 Comments:

Krishna said...

खुसि लाग्यो, अबस्य पनि सहभागिता रहनेछ

Bishnu Marasini said...

Nice, I hope I'll continue...

Luna said...

लौ ! रमाइलो योजना बनाउनु भएछा !
अग्रिम बधाई !

Unknown said...

interested in participating

Bhoowan said...

कुरा राम्रो हो !

Rabindra said...

अवश्य पनि ! राम्रो कुराको सुरुवात भयो है !

Jotare Dhaiba said...

सराहनीय प्रयास । शुभकामना छ हामीलाई ।

प्रकाश समीर said...

धेरै खुशी लाग्यो ! र थोरै दुख पनि । म त निमन्त्रणा कार्ड बिनाको निम्तालु जस्तो भएँ । मैले Nepali Bloggers मा सामेल हुने प्रयास गरेको थिएँ तर यहाँ Nepali Bloggers लिस्टमा मेरो नाम देखिन । शायद म अहिले सम्म सामेल भएको रहेनछु । कृपया मलाई पनि सामेल गराइ दिनु होला । मेरो ब्लगको URL http://pratibimbaprakashko.blogspot.com हो ।

Unknown said...

अवश्य पनि ! राम्रो कुरा

Shiva Prakash said...

मेरो शुभकामना ।

Aayush said...

लौ है मेरो पनि शुभकामना

झटारो काँइला said...

पैलो कुरो मलाइ नि स्विकार्नुस । मलाइ पनि एउटा बिषय राख्न मन लागिसक्यो । कसरी कल्लाई भनेर राख्नी हो त ? कता ईमेल गर्नी हो त ?

झटारो काँइला said...

३१३ नम्बरमा मैले दौतरीलाइ फलो गरेको छु ।

दिनेश राज said...

राम्रो कुरा है ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !