February 13, 2011

प्रेम दिबसको शुभकामना सहित गजल

प्रेम दिबसको शुभकामना सहित यो गजल

देख्नेले के भन्लान छि: किन यसरी तानेको
जे गर्नु एकान्तमा गर्नु, कैले छैन र मानेको

ठाँउ न ठहर छ्या कस्तो गर्नु भा यस्तो रहर
अटेरी नहुनु, मैले पनि छु फेरि जानेको

मात्तेको किन? के छ र नजरमा त्यस्तो मेरो
लठ्ठ हुनु भो त, छैन जादु टुनाले हानेको

कटिन सक्छ कुरा कति,चियो चर्चा होला फेरि
शरम मान्नु अली कती त,किन ख्याल ठानेको

फुक्न मन न भाको कहाँ हो र मलाई पनि
रिसानी माफ होस है , समाजले छ बानेको


4 Comments:

deepak said...

kasto ramro gajal rayecha waka ji. happy valentine day.

yam said...

babal 6 malai sarai man paryo

Luna said...

प्याजको मसिनो टुक्रा , मुलाको थोरै मसिनो टुक्रा , काक्राको मसिनो टुक्रा , भिजाको
चना थोरै , भिजाको हरियो केराउ थोरै , गोलभेंडाको टुक्रा , उसिनेको आलुको थोरै टुक्रा , थोरै भूजा , हरियो खुर्सानीको टुक्रा , थोरै बिरेनुनको धुलो , थोरै बेसारको धुलो , पहाडिया हरियो कागतीको रस अनि हरियो धनिया को टुक्रा -- यी सब मिसाएर बनाएको गज्जबको ट्वाक्क परेको 'चटपटे' जस्तै ' चटपटे गजल ' :)

Nepalean said...

लुनाजी को कमेन्टले त मुखै रसायो। वाकाजीको गजल पनि राम्रो लाग्यो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !