October 17, 2010

एकादेशमा एउटा देश छ


एकादेशमा एउटा देश छ
देश के भन्नु अब त
मात्र एक अवशेष छ ।
हुंकार र दम्भको दावानलमा
हिंसाले अधकल्चो र निशेष छ,
अपराध राजनीतिको जामा ओढेर
अघोरी निद्रामा निर्निमेष छ,
आक्रोश र अधीर मनुजमा
सभ्यताको यहाँ केवल लेस छ,
स्खलन र ध्वंश बोकेर मानसमा
लोक यहाँ रागले अटेस मटेस छ
सरकार बनेर उपद्रोमा रमेको
विद्रुपता र चटकेको भेष छ
राजनीति बनेर जमेको
अपराधकर्मीको आवेश छ
खै देश नै के भन्नु
मानवताको स्वरूपमा यहाँ
फगत जीर्ण र आदिम
एउटा भग्नावशेष छ
हुनत यहाँ एक देश छ
देश के भन्नु अब त
मात्र बाँकि एक अवशेष छ ।


3 Comments:

रमेश मोहन अधिकारी said...

घोर निराशावादी !

Ramesh said...

Ekdam yetharthabadi!

Nepalean said...

देश त देशै छ। भग्नावेष त नभनीहालौं तर यस्तै हो भने भग्नाबेष त के नामोनिसाना पनि नरहन सक्छ।

परिचयको अर्थ एक हद सम्म रहन सक्छ तर त्यो हदै नागे कुनै पनि बस्तुले आफ्नो परिचय गुमाउने छ। त्यो देश,या मानिस या कुनै पद्दार्थ सबैमा लागु हुनेछ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !