May 7, 2010

अन्धकार भित्रको प्रकाश !

Better to light a candle than to curse the darkness.  ~Chinese Proverb

हिजों काठमाण्डौंको कंलककीमा साँझ ४ बजेतिर “यो कठपुतली सरकार ढल्नलाई ठिक्क परेको छ... निभ्न लागेको दियोको अन्तिम धप्का जस्तै बलेको हो, अब कुनै पनि बेला ढल्नसक्छ...” भनेर बाबुराम भट्टराईले भाषण गरेको केही घण्टा पछि तिनै नेताहरुले मलिन अनुहार र पराजित मानसिकता लुकाएर “जनता जनता बिच नै युद्ध गराउने षडयन्त्र भएकोले...” भन्दै आम हडताल फिर्ता लिएको घोषणा गरे।

हिजैको दिनमा काठमाण्डौको वसन्तपुरमा आम नागरिक, विद्यार्थी, प्राध्यापक, डक्टर, ईन्जिनियर, कलाकार र समाजका विभिन्न तपक्काका लाखौं मानिसहरु पनि शान्तिको कामना गर्दै शान्ति जुलुसमा सहभागी भएका थिए ।

हुन त आफ्नो पक्षमा नलेख्ने पत्रकारलाई ‘सामन्ती’को तक्मा र आफ्नै वैचारिक दास हुन नस्विकार्ने नागरिकलाई ‘भिजलान्ते’को पगरी भिराएर माओवादी नेतृत्बले स्वस्फूर्त रुपमा शान्ति कामनाका साथ निस्केका नागरिक लाई ठाउँ ठाउँमा आफ्ना ‘जनता’ लगाएर रोक्न नखोजेको पनि होईन, तर हजार व्यवधान र बाधा अडचन बिच वसन्तपुरमा जम्मा भएको भिडमा रहेको आम नागरिकको जमातको अवमूल्यन गर्ने नेतृत्ववर्ग सोच्नै पर्ने कुरा के छ भने:

 जनता केवल देशका हुन्छन् कुनै पनि दल वा वादका हुँदैनन्

अनि जव जव देशमा कुनै समस्याको कालो बादल छाउँछ ति देशका जनता आ-आफ्नो वैचारिक मतभेद वा राजनैतिक दर्शन भन्दा माथी उठेर राष्ट्रलाई बचाउन एकजुट हुन्छन् ।

हिजोको जन-समुन्द्रले यहि कुरा देखायो । तर अझैपनि बुझ पचाएर बसेका नेताहरुले बुझ्नै पर्ने कुरा के छ भने त्यो आफ्नो वैचारिक परिधीबाट उठेका जनताहरु न माओवादका विरोधी थिए, न माकुने सरकारका समर्थक न त अन्य कुनै दलका हिमायती।

भन्दा अलिकता अत्योक्ति भएकोजस्तो लाग्न सक्छ, तर जव जव देशमा समस्या देखिन्छ तव तव आफ्न दायराबाट उठने केवल जनता मात्रै हुन्छन । कुरालाई अझ प्रष्ट पार्दा हिजोको जन-समुन्द्रलाई आफ्नो विरोधमा भएको भेला देख्ने माओवादी सोच जत्ती गलत छ, यदि त्यसैलाई आफ्नो समर्थन मानेर गौरवान्वित हुन्छन भने माकुने सरकारको त्यो विचार पनि त्यत्तीकै भूल हुनेछ ।

ढिलै सही, स्वविवेक, जन दवाब वा विदेशीको आग्रहमै सही। आनी छोइङ डोल्माको शान्ति गित होस वा , मह जोडीको व्यंङ्य वा कुश कुमार जोशी र त्यस्तै अनगिन्ति पेशागत समुह र आम नागरिकको आग्रहकै कारण सही, अन्तत करिव एक हप्ता लामो जन पिडक आन्दोलन सकिएको छ ।

लाखौ जनताले दु:ख पाए, सर्वहाराका मसिहाले गरेका आम हडतालका कारणले सबैभन्दा बढी सर्वहारा नै प्रताडित भए। तर ति सब अन्धकारका बीच पनि एउटा प्रकाश भने चम्क्यो। नेपालका सबै दल, गुट र नेतृत्वतहमा एउटा एकदमै सकारात्मक सन्देश भने यो एकहप्ते आन्दोलनको अन्तमा निस्केको छ । चर्को आवाज, आकर्षक नाम वा उत्तेजित भाषणले मात्रै कुनै पनि आन्दोलनलाई जन आन्दोलन बनाउन सक्दैन र सदन वा मेलमिलापको राजनितीको विकल्प सडक हुनै सक्दैन । नेपाली जनता सचेत भैसकेका छन र उनिहरु कुनै एउटा दल वा नेताले भन्दैमा सोच विचार नगरी दलीय असन्तुष्टीलाई जन आन्दोलन बनाउन निस्कदैनन् ।

अन्तमा माओवादि नेतृत्वले पनि यसलाई हार वा पराजयको रुपमा लिनु पर्ला जस्तो मलाई लाग्दैन । सरकार देखि आम नागरिक सबैले हिँसात्मक हुनसक्ने भय लिएको यो आन्दोलनलाई यो हदसम्म शान्तिपूर्ण गराउन सक्नु माओवादीको सफलता नै हो भने साँच्चै सत्तालिप्सालाई छोडेर कुनै राष्ट्रिय मुद्दामा आवाज उठाए भने त्यसको समर्थनमा पनि शान्तिप्रेमी नेपाली जनताहरु पनि बढि भन्दा बढि संख्यामा सहभागी हुनसक्ने सम्भावना नि यसले बढाएको छ।

शान्तिका निम्ती ब्लग, फेसबुक वा अन्य विभिन्न माध्यमबाट आवाज उठाउने सबैमा हार्दिक धन्यवाद र ढिलै भएपनि जन पिडक आन्दोलन फिर्ता लिने सोच बनेकोमा माओवादी नेतृत्वलाई वधाई !

ॐ शान्ति:! शान्ति:!! शान्ति: !!!



27 Comments:

कृष्ण पौडेल said...

आतंकको खेती गर्नु भन्दा , सभ्यताको राजनीति गर्न साह्रै दुष्कर रहेछ क्यार ! स्वतस्फूर्त उठ्ने 'जनता' र अन्तिम लडाईँ लड्ने बहानामा तैनात गराई 'जन्तु' बनाइएका नेपाली जनताहरू सबैले मुलुकलाई के चाहिएको हो खुट्याउने बेला आएको छ । जे होस् , यो माओवादी 'धक्का' वा 'धक्कू' आन्दोलनले अब नेपाल बन्द वा हड्तालको नाममा मुलुकवासी माथि जे जसो पनि गर्ने र थोपर्न खोज्नेहरूलाई राम्रो पाठ पढाएको हुनुपर्छ । हिजो अरूलाई भिजिलान्ते ठहराउने बाबुरामहरूले आज के सोच्दै होलान् अड्कल गर्न गाह्रो भए पनि, अति गर्दा आफ्नै खति हुन्छ भन्ने कुरा प्रमाणित भएको छ । मुलुकमा कसैले 'कब्जा'वा एकाधिकारको सपना नदेखे हुने कुरा भने यो ६ दिने तमाशाले सबैलाई बताएको हुनुपर्छ ।

अत: दलहरू र माओवादी सबै मिलेर मुलुक हितमा साँचो रूपले काम गर्न चेतून् ।

Nepalean said...

ठरकी जीले तातो मिठो लेख लेख्नुभयो। धेरै धेरै धन्यबाद। धेरै पार्टीमा के भ्रम छ भने जनता कुनै न कुनै पार्टीका कार्यक्रता हुन। शान्तीको कामनमा जम्मा भएका मानिसहरु कुनै पार्टीबाट संचालन भएका होइनन। यिनीहरु काम गरेर पेट पाल्ने समुदायमा पर्छन। अब पार्टीहरुले के कुरा बुझ्नु पर्यो भने जनतालाई पार्टी भन्दा काम प्यारो छ जसबाट बिहान बेलुका छाक टार्न सहयोग पुग्छ। उनीहरुलाइ बिजुली जांदा कसरी भात पकाउने,पानी नहुंदा कसरी नुउहाउने,नेपाल बन्द हुंदा कसरी अफिस जाने यस्तै समस्याले पिरोल्ने गर्छ। उनीहरुले बुझेका छन नेपालको नाम परिबर्तन या सरकार परिबर्तनले खासै केही ल्याउदैन। हरेक पार्टीका धुर्त कुराबाट वाक्क यि समुह सही र गलत छुट्टाउने क्षमता भएकामा पर्छन। त्यसैले आइन्दा जनतालाइ छक्काउने कुरा ल्याएर जनतामा भ्रम नछर्दा नै राम्रो होला। नत्र भने यिनै समूहले तपाइलाइ जनता समक्ष नंग्याउनेछन र तपाइहरुले जनतालाइ नभई आफू र आफ्ना साखा-सन्तानका निम्ती गरेको राजनिती देश बिदेशमा प्रष्ट हुनेछ।

मलाई लाग्छ दौंतरी लेख्ने र पढ्ने धेरै ब्यक्तीहरु यही समुहमा पर्छन। सबैले पार्टीको भोट भन्दा पनि जनताको चोटसित समियपता राख्छन। दौंतरी कुनै बाद,पार्टी सित आबद्द या बिरुद्दमा छैन। त्यसैले दौंतरीका लेखकहरुलाइ डर,धम्की दिन भन्दा पनि आफ्ना पार्टीका नेताहरुलाइ जनता प्रती काम गर्न उद्दत गराउनुहोस।

MILAN RAWAL said...

आखिर झुक्योनी माओबादी पनि बिदेशी प्रभुसँग. देशका लाटा जनतालाई थर्काय जस्तो हुन्छा र? बिदेशी प्रभुहरुलाई/

Reshu said...

त्यो भेला पार्टीहरुबाट निर्देशित भिजालान्तेहरुको हो भन्ने प्रमाण त्याहा लगाइएका नाराबाट प्रष्ट हुन्छ। त्यो कुरा पनि लेखौं साथी।

Anonymous said...

maobadi netale buje hola asali janata ko power! latthi ra banduk hoina ki janata ko boli sabbhanda shaktisali huncha.

Surath Giri said...

हड्ताल फिर्ता । सिक्नुपर्ने पाठ : मान्छे सोच्न सक्ने शक्ति ले गर्दा अरु जनावर भन्दा भिन्न भएको हो, त्यसैले कसैको समर्थन चाहिन्छ भने कारण , तर्क , बिचार बिमर्शबाट उसलाई फकाउन जरूरी हुन्छ । मुढेबलका भरमा संसार जितिने भए मानव सभ्यता यहाँ सम्म आइपुग्ने थिएन । तिमीलाई कुनै कुरा ठीक लाग्यो भन्दैमा अरुलाई पनि त्यो ठीक लग्नै पर्छ भन्ने छैन , र बल्जफ्ती अरुमा त्यही कुरा अरु माथि लाद्न खोज्नु हुदैन ।

Anonymous said...

हड्ताल फिर्ता । सिक्नुपर्ने पाठ : Nepali janata bheda hoinan!

Nepalean said...

सारै मन परेको एउटा टुक्रा बिजय कुमारबाट। ठरकी दादाको भनाइसंग करिब मिल्दो जुल्दो। सायद सबैलाइ मन बुझ्छ होला। पूरा लेख त नागरिकमा छ।

"काठमाडौंका विभिन्न स्थानहरू बिहान १० बजे वा साँझ पाँच बजे एकैछिन उभिएर हेर्नुस् त! हजारौं मानिस टाउको निहुराएर बन्दको उर्दी मानेर लुरुलुरु हिँडिरहेका हुन्छन्। हामीहरू लुरुलुरु हिँड्नको साटो कुनै दिन पा"च मिनेट एकै ठाउ"मा उभिदियौं भने खेलको नक्सा बदलिनेछ। तर खेलको नक्सा बदलिए पनि त्यसले समाधानचाहिँ आउने छैन। किनभने द्वन्द्वभित्र समाधान छैन तर समाधान दादागिरीमा पनि छैन। ज्ञानेन्द्रको दादागिरी नमान्ने समाजले अझ कसैको दादागिरी धेरै समय मान्ला भन्ने भ्रममा नबस्नुमा नै सबैको कल्याण छ। नेपाली जनताले माओवादीलाई सुशासन र परिवर्तनको विश्वासमा मत दिएका थिए न कि आफूमाथि कुनै एकाधिकारवादी दण्डाधिकारवादी नियुक्त गर्न। हारेका मानिसलाई प्रधानमन्त्री र मन्त्री बनाउन पनि जनताले मत दिएका थिएनन्। "

पुष्प said...

"जव देशमा कुनै समस्याको कालो बादल छाउँछ ति देशका जनता आ-आफ्नो वैचारिक मतभेद वा राजनैतिक दर्शन भन्दा माथी उठेर राष्ट्रलाई बचाउन एकजुट हुन्छन् ।" 'भुत्रा'को जनता !आफ्नो देशको सीमा मिचिँदा, छोरीचेलीहरू बलात्कृत् हुँदा, हरुवाहरूको जमातले सरकार भरिँदा, सूदहरू रातोदिन हाम्रा नेताहरूको कोठाचोठा चहार्दै‍ हाम्रो स्वाभिमान र स्वाधिनतामाथि ठाडै प्रहार गर्दा, राज्यको सुरक्षा अंग शान्ति प्रक्रियाविरुद्ध जाँदा, आफ्नै दाजुभाइले एउटा सिटामोलसमेत नपाउँदा, झाडापखालाजस्तो सामान्य रोगले मर्नुपर्दा चुइँक्क नबोल्नेहरू जनता ? तर यिनै मुद्दाहरू उठाउँदै विरोध गर्ने लाखौं जनता मात्र माओवादी ?

Anonymous said...

Puspa le hasayo yar. Madhav ko kurchi ko lagi prachande le gareko andolan lai health dhekhi security samma lagyera jodeko chha. Testo desh ko chinta lagne le k khana PM ko post chodnu ni? Aru sabai doshi la thik chha, latthi liyera chok chokma janata bhakurne kasto andolon ho puspa ji?

Anonymous said...

पु्ष्प, तिमी स्वयंले के गर्‍यौ ती देशका मुद्दाहरूमा ? छाडापखालाले जनता मरेको ठाउँमा , नून चिनी पुर‍्यायो तिम्रो पार्टीले कि मासिक ५० औँ करोडको रकम छापामारका नाममा कुम्लाएर नेताको जीवनलाई बिलाशी बनायो ? अन्तिम धक्का दिने भनेर मुलुक भर बलजफ्ति जम्मा गरेको रकम मध्ये कति प्रतिशत दुखी र गरीबका नाममा खर्च गर्यो माओवादीले ? माओवादीले आफ्नो झुण्ड बाहेक कुन जनतालाई दुख दिई सताउने बाहेक सहयोगका नाममा गरेको कुनै एउटा काम बताइदिन्थ्यौ कि ?

हेमन्त आले

पुष्प said...

हेमन्तजी,

माओवादीले के गरेन भन्नुभन्दा पहिले राज्यबाट उपेक्षित ती पीडितहरू स्वयम् नै अघि बढेर आफ्नो अधिकारको माग गरिरहेका छन् र माओवादीले त ती सबैको मुद्दालाई समेत उठाएर एउटा जनवादी दलको कित्तामा आफूलाई स्थापित गरेको कुरा बुझ्नुपर्छ । माओवादी नै त्यस्तो शक्ति हो, जो भारतजस्तो दुष्ट र आतंककारी छिमेकीलाई ठाडै चुनौति दिने ल्याकतमात्र राख्दैन, यो शक्तिभित्र नेपाल बनाउने योजना भएकाहरू पनि प्रशस्तै छन् ।

मैले आफ्नो तर्फबाट गर्न सक्ने भनेको तिनै जनता र देशका लागि मरिमेट्नेहरूको समर्थन गर्ने नै हो र यसैमा म आफूलाई गौरवान्वित महशूस गर्छु । म झाडापखालाग्रस्तहरूलाई सेतो लुगा लगाएर औषधी बाँड्न जाने पक्षमा होइन कि उनीहरूले राज्यबाट पाउने स्वास्थ्य अधिकार पाऊन् भन्ने चाहन्छु । यो भन्दा बढी लेखिरहनुपर्छ जस्तो लाग्दैन ।

Aandolan ma jabarjasti sahabhagi garaaiyeko said...

Puspa jee, mayobaadi nai bharat ko sab bhanda badhi dalaali ra chakadi garne parti ho jasto dekhinchha ni natra asti Ram karki ka ma india kina pathayeko ha?. janatako naam ma aafno swartha purti garnu hudo rahechha tapai haru. janata lai banduk dekhayera aandolan ma lyai ghar pani jaan nadi rakhi jhada pakhala lagne chiura khana pachi pakhala ta laagi halchha ni ho. Maayobaadi thula thula netaa haru ko chahi sadhai 5 star hotel bhoj ra raj ani krakrta haru lai chaahi sukhaa chira!

हामी हाम्रो माग पुरा नभए सम्म एही सडकमा
बस्छौ, एही खान्छौ र एही सुत्छौ भन्दै माओवादी उपाध्यक्ष बाबुराम भट्ट्राई
भाषण गर्दै थिए. भाषण पछि उनी प्राडो चडी होटेल रेडिसन पुगे, उतै लन्च
गरे र सुत्न आफ्नै निवास पुगे. विचरा कार्यकर्ता चर्को घाममा सडकमै बसे,
दालमोठ चिउरा खाए, अनि सुत्न आकाश छत भएको घर तिर लागे. अझै कति सोझा र
अबुझ छ्न नेपाली जनता l

ठरकि दादा said...

पुष्प जी । विचार वा सोचमा भिन्नता हुनु सामान्य कुरा हो र कुनै एक व्यक्तिको सोच वा विचार प्रति अर्को मानिस विमती राख्न सक्छ। मेरो आग्रह तपाईले प्रयुक्त गर्नु भएको "भुत्रा" संग मात्रै सम्बन्ध राख्छ ।

केही दिन अगाडि एकजना साथीले नेपाली शव्दकोष उपहार दिनु भएको थियो । भर्खरै हेरें त्यसमा 'भुत्रो' शब्दको अर्थ 'शष्प' वा 'गुप्ताङको रौं' भनेर लेखिएको छ ।

हुनत तपाईको परिभाषामा माओवादका समर्थक मात्रै जनता होलान तर मेरो सानो दिमाग र अध्ययनको कुरा गर्ने हो भने कुनै पनि राज्यमा वसोवास गरेर रहेका कोही पनि नागरिक त्यस देशका जनता हुन्छन भन्ने करिव १० ओटा जत्ती शब्दकोषबाट ज्ञात भयो ।

त्यसैले मैले बुझे अनुसार नेपालमा बस्ने सबै नेपाली नागरिक नेपाली जनता हुन। कांग्रेसी, माओवादी वा एमाले वा थापा, मगर वा बाहुन हुनुसंग त्यसको कुनै सरोकार छैन । म नेपाली जनतालाई उच्च सम्मान गर्छु र माथी भनेजस्तै जुनसुकै विचारको समर्थन वा विरोध गरे पनि नेपाली जनता नेपाली जनता नै हुन र "भुत्रा" भने होईनन् ।

बाँकी, जनताले भारतले सिमा मिच्दा वा जाजरकोटमा झाडा चल्दा के गरे वा के गर्न खोजेथे भन्ने हेर्न अहिले पनि एकचोटी गुगुल सर्च गरेर हेर्दा हुन्छ । वरु हाम्रै नेताहरु (प्राय: सबै दलका सबै नेता) हरु भारतिय विस्तारवादको विरोध गर्दा भोली सत्तामा बस्न नपाईएला कि भनेर दुम लुकाएर बसेका र जाजरकोटको झाडाको "ईश्यु" उठाए प्रधानमन्त्री बन्न नमिल्ने देखेर चुपचाप बसेका भने पक्कै हुन ।

मेरो विमती वा विरोध कुनै वाद वा दल समर्थक जनतासंग हुँदै होइन। वरु ति दल वा गुटको उपल्लो तहमा बसी जनतालाई सिढीको रुपमा प्रयोग गरी(लासै भएपनि) सत्तासम्म पुग्न खोज्ने नेतासंग मात्रै हुन्छ ।

तपाईले हाल नेपालमा नेतृत्वतहमा रहेका कुनैपनि दलका नेतालाई त्यही "भुत्रो" शब्द प्रयोग गर्नुहुन्छ भने चाही मेरो कुनै विमती रहने छैन :)

Nepalean said...

पुष्पजी संग मेरो एउटा बिमती है। कुनै ठाउं,जिल्ला,जात भन्दा पनि समक्ष नेपाली जनता उपक्षित छन जस्तो लाग्छ। साच्चै भन्नु पर्दा नेपाली राजनिती इगोमा चलेको छ। पूराना पार्टी मात्र होइन माओबादी पनि त्यती सबल भएर रहन सकेको छैन। यो राजनिती संस्कार नफेरीएसम्म सारा नेपाली जनता उपक्षित नै रहने छन।

अर्को कुरा भारत बिरोधी। मलाईलाग्छ भारत आर्थीक बिकासको गतीमा लागेको विश्वको दोस्रो ठुलो राष्ट्र पर्छ। नेपालको आर्थीक उन्नतीको लागी भारतसंग मिलेर,सिकेर अघी बढ्दा नै उत्तमहोला। तर नेपाली पार्टीहरु (कांग्रेस बाहेक),एन्टी-भारत सेन्टीमेन्ट क्याच गरेर भोट क्यासिगं गर्नकै निम्तीमात्र लागेका छन। नेपाल-भारत मात्र होइन,भारत-श्रिलंका,अमेरिका-क्यानेडा आदीमा सानो देस र ठुलो देशका जनता बिच गज्जबको द्वेष हुन्छ। यो न्याचुर्रल हो। तर हामीले भारतसंघ आर्थिक उन्नतीमा कम्पिटिसन गर्नु पर्छ तर हामी उही भाषणमै कम्पिटिसन गरेर बसेका छौं।

ल मैले एउटा बिमती भनेको त दुइवटा बिमती पो भएछन। यसलाई बिमती भन्दा पनि भिन्न बिचार भनेर भन्दा कसो होला?

Zero Hour (शुन्य समय) said...

भारत विरोधी भएर शत प्रतिशत देश भक्त भएं भनेर भन्नु भन्दा पहिले आजको नागरिक न्युजमा सुदको अन्तरवार्ता पनि पढे हुन्थ्यो कि ! रह्यो कुरा कुनै विदेशीको विरोध गरेर "देश भक्त" भइन्छ भन्ने, यो तथ्य भन्दा पनि अशिक्षित मान्छेलाई वेवकुफ बनाउने कुरा मात्र होला । कसैको विरोध गरेर होइन बरु राम्रो काम गरेर (तोड फोड र बन्द होइन) र देश बनाएर देशप्रेमी बनिन्छ ।

माथि नेपालियनजीले उद्धृत गरेको बिजय कुमारको कुरा व्यापक शान्ति चाहने कुनै वादका ऊन्ध भक्त नभएर वास्तविक नेपालप्रेमीहरु जनताहरुले अस्तिको जनलहरबाट देखाइदिए । अझ रोचक कुरा त माओबादीलाई भोट हालेका मेरा आफन्त र साथिहरु समेत अति भो (अर्थात अतिबाद भो) भनेर त्यस जुलुशमा सहभागी थिए । फेसबुक जुलुशको त अझ कुरै छाडौं । त्यसैले माओबादि Grow up !

श्रि प्रचण्डले सबै नेपालीलाई जिउन दिउन ।

Reshu said...

Tapai haru ekohoro baja bajai rakhnu bhayeko chha. Tapai ko kripa patra sudh ko antarbarta chodera kina janata ko news padnu hunna? kaina ki tapai haru sudh ko asirbad ma bachnu bhako chha. sayed tapai ka kaka,mama kohi yo haruwa makune sarkar ma holan. la hernus janata ko news.
किन पछि हट्यो माओवादी ?


भोजराज भाट, काठमाडौं, वैशाख २६- आमहडतालको चौथो साँझ नयाँ बानेश्वरस्थित अस्थायी क्याम्प निरीक्षण गर्न गएका एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले कार्यकर्तालाई सोधे, 'तपाईंहरूको समस्या के छ?' काभ्रेकी सुकमाया तामाङ, ५४ ले प्वाक्क जवाफ फर्काइन्, 'समस्या हामीमा होइन, तपाईहरूमा छ, आदेश दिनुपर्‍यो, लडाइँ अधुरो छाड्नु भएन।' बाबुराम मुस्कुराए मात्र, कुनै प्रतिक्रिया दिएनन्।


आमहडतालको पाँचौ दिन बिहान नयाँ बजारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा स्थायी समितिको आकस्मिक बैठकमा सुकमायाको व्यंग्यात्मक टिप्पणी सचित्र देखिँदैथियो। आमहडताल जारी राख्ने या रोक्नेबारे माओवादी नेतृत्वबीच अन्तर्विरोध भएपछि बिहीबारको स्थायी समितिको बैठक बिना निष्कर्ष टुंगियो। भोलिप्ाल्ट अपराह्नको बैठकलगत्तै दाहालले हडताल स्थगनको घोषणा गर्नुपर्‍यो।

हडताल फिर्ताको सार्वजनिक गरिरहँदा दाहालको अनुहार मलीन देखिन्थ्यो। अन्य वरिष्ठ नेताहरूले युद्धबन्दीझैं टाउको निहुराएका थिए। टेलिभिजन र एफएमको प्रत्यक्ष प्रसारण सुनिरहेका दोलखा, मालुका मोहन भुजेललाई आन्दोलन फिर्ता भएको खबर सुन्नासाथ चावेल क्याम्पमा 'हार्ट एट्याक' भयो र उनको तत्काल उपचार गराउँदा-गराउँदै मृत्यु भयो।

Anonymous said...

Reshu jee, Dhanna tapai pani heart hatyaak huna baat bachhnu bhaye chha...
Sudh ta maayobaadi ko kripa patra hoina ra?
Ra tapaaile aru janatako ta news nai hernu nabhayeko jasto dekhiyo ni Reshu jee....la aajai hernus aru janataako news pani..

पुष्प said...

साथीहरू,

'भुत्रा' शब्दलाई ('') चिन्हभित्र राखेको छु । अब यसलाई कसरी लिनुहुन्छ, तपाईंहरूकै विचार । कसैलाई चोट पुगे माफी चाहन्छु ।

रह्यो कुरा भारतको विरोधको । साथीहरू भारत एउटा शक्तिशाली देश भएको, उसबाट हामीले आर्थिक फाइदा लिन सक्ने कुरा त आफ्नो ठाउँमा छ, तर उसकै कारण आजका मितिसम्म हामी नेपाली कहिल्यै माथि उठ्न सकेनौं । उसकै कारणले उसका अन्य छिमेकी देशहरूमा सधैं कलह मच्चिरहेकै छ । पाकिस्तान, बंगलादेश, श्रीलंका सबैतिर हेर्नुस् त उसको कालो छायाँले गर्दा कहिल्यै शान्ति छाएन । भूटानलाई त आफ्नो छत्रछायाँमा राखिसक्यो । हाम्रो देशमा भारतको दुष्प्रभाव, उसको कुत्सित चाहना, उसको नियत साथीहरूलाई भनिरहनुपर्दैन । 'बुझ्ने' साथीहरू नै यसरी भारतका विरुद्ध जानुहुँदैन भन्ने भाव व्यक्त गर्छन् भने त्यो भन्दा विडम्बना अरु केही हुनसक्दैन ! शायद यसैकारण केही बुझ्नेहरूले 'नबुझ्ने'हरूलाई नै आफ्नो साथमा लिएका हुन् । धन्यवाद छ ती बुझ्नेहरूलाई ।

Zero Hour (शुन्य समय) said...

पुष्पजी भारत दक्षिण एशियाको एउटा दुष्ट राष्ट्र हो यसमा शंकै छैन । बिजय कुमारले लेखे जस्तै उसको स्वार्थ स्थायी छ तर मित्र वा शत्रु स्थायी छैन । भारतलाई गाली गरेर भन्दा राम्रो काम गरेर हामी माथि उठ्न सकिन्छ भन्ने हो । हुन त हामी नेपालिको महारोग नै हो आंफुले राम्रो काम गरेर होइन कि अरुलाई नराम्रो र दोषी देखाएर आंफु राम्रो बन्न खोज्ने ।

स्विट्जरल्याण्डले जर्मनी, फ्रान्स र इटालीको बिचमा बसेर पनि आफ्नो पहिचान बनाइरहेकै छ । आंफु सक्षम हुन सक्यो भने कसैलाई गाली गर्नु पर्दैन । नत्र हिजो एमालेले गरेको भारत विरोधी खेती आज अर्को पार्टी र भोलि अर्कोले गर्दैमा नेपाल विकसित र नेपाली देशभक्त हुने थिए । नया धन्दा हो र भारत विरोधि धन्दा नेपालमा ??

Nepalean said...

जिरो आवर जी सही थपे है "हुन त हामी नेपालिको महारोग नै हो आंफुले राम्रो काम गरेर होइन कि अरुलाई नराम्रो र दोषी देखाएर आंफु राम्रो बन्न खोज्ने ।" कहिले राणा,कहिले राजा कहिले पंचायतलाइ दोष दिंदै पार्टीहरु आफ्नो दोष ढाकछोप गर्दै आएका छन। अब त ति दोष दिने ठाउं कतै रहेनन,भारत गतिलो दोष दिने बस्तु बनेको छ। कता संबिधान नबनेको पनि भारतकै दोष त हैन। चुनाब हुने नेपालमा,भोट दिने नेपाली जनता प्रधान मन्त्री बनाउने भारत,हैन हामीले भोट दिएपछी सबै मतपेटीका खोलामा बगाएर तयार मतपेटीका भारतबाट झिकाइन्छ कि क्या हो?

अहिलेको भारत पूरानो भारत जस्तो छैन। उस्ले आर्थिक बिकासको बारेमा राम्ररी बुझेको छ। ठुलो देश हो ठुला उदेष्य हुन्छन। तर हाम्रो देश बनाउन भारतले कसरी भांजो हाल्न सक्छ? आयात,निर्यात तथा जलस्रोतमा भारतले हस्तक्षेप गरेको छ तर हाम्रो बिचार के छ त त्यसमा? उही भित्ता रंगाउने या भारत बिरोधी नारा लगाएर हुन्छ र? नेपाललाई मर्का परेका कुरा टेबलबाट सुल्झाउनु पर्छ सडकबाट होइन। नत्र नारा लाग्दै गर्छ कोशी ब्यारेज भत्कदै गर्छ।

यसै बिचमा अर्को कुरा सोधी हालौं न, संबिधान नबनाइ अब के गर्ने बिचार गरेका छन पार्टीहरुले? १ महिना अघी सम्म त पार्टीहरु एक आपसमा दोष दिन ब्यस्त थिए। अहिले त सबै चुप छन।

पुष्प said...

साथीहरू,

विजयकुमारलको लेख माओवादीलाई मन्त्र पढाउनुसिवाय अरु केही छैन । उनले माओवादी इतरकाहरूलाई समेत केही भन्ने जमर्को गरेको भए, उनी र उनको लेखको वजनमा दम हुनेथियो । यस हिसाबले उनी पनि भारतीय हस्तक्षेप र हैकमवादी चरित्रप्रति मौन नै रहे, अर्थात् भारतको हरेक कुकृत्यलाई हामीले अँगाल्नै पर्ने आशय रहेको पाइन्छ ।

जहाँसम्म 'नेपालीको बानी'को भन्ने कुरा छ, म मान्न तयार छैन । भारतको नेपाल नीतिका सन्दर्भमा त यसो भन्नु सिधै भारतीय हस्तक्षेप, हैकमवादीप्रति मौन बस्नुमात्र होइन सहमति नै जनाए ठहर्छ । अनि महत्वपूर्ण कुरा, के भारतले हाम्रो राजनीतिक र आर्थिक मामिलामा मात्र हस्तक्षेप गरेको छ ? सीमा अतिक्रमण, सीमामा भारतीय ज्यादती आदि विषयहरूमा चाहिँ अब हामीले के गर्ने ? के यी विषयमा कुटनीतिक पहल भएका छैनन्, तर खै त उपलब्धि ? कहिलेसम्म कुटनीतिको सहारामा चुप लागेर बस्ने, नेपाल अर्को सिक्किम वा भूटान नहुञ्जेल ? मलाई लाग्दैन स्वीजरल्याण्डलाई उसका छिमेकीहरूले भारतले आफ्नो छिमेकीलाई गरेजस्तो व्यवहार गर्छ भन्ने ।

भारतले नेपाल बनाउन कसरी भाँजो हालेको छ भन्ने कुरा यहाँ व्यक्त गरेर सकिन्न । वास्तवमा एउटा एउटा दुष्ट छिमेकी भएको देशको नागरिक हुनुको नाताले यो प्रश्न आफैंमा दुर्भाग्यपूर्ण छ । यसैलाई भनिन्छ आत्मसमर्पणवाद ।

Zero Hour (शुन्य समय) said...

बाटोमा नारा लगाउंदैमा र रेलिङ भांच्दैमा आत्मसमर्पण नहुने भए पहिले एमाले र पछि बामदेवले गरेका "संघर्ष" ले काम गर्थ्यो होला। विरोधको नाममा आफ्नो हिसाब किताब अनुकुल हुने गरी गरिने विरोध "आत्मसमर्पणबाद" नभएर "धन्दा" हो ।
हैन भने किन खल्तिबाट भारु निकालेर मान्छेहरुले च्यात्दैनन ? पहिले आंफु हुर्कनु पर्छ अनि अर्कोलाई ठिक पार्न खोज्नु पर्छ । पहिलेको जस्तो तरवार बोकेर अचेलको लडांई लडिदैन, खुकुरीले विश्व जित्ने जमाना अझै भएदिइको भए हामीसंग सबै डराउंथे होलान ।

स्विट्जरल्याण्डलाई नेपालसंग र उसका छिमेकीहरुलाई भारतसंग तुलना गर्नै मिल्दैन म मान्छु तर समस्या उनिहरुसंग पनि थियो र अझै पनि छ फुर्सदमा त्यस विषयमा बहस गरूंला ।

Nepalean said...

साच्चै यो रेलिगं भाच्ने राजनिती नेपालबाट कहिले जाला? देश त गरिब छ अझ भएका रेलिगं भाचेर अब कता बाट ल्याउने हो त्यो काठमान्डौ माहा-पालिका ले?

हा हा हा जिरो आउरजीले गज्जब भन्नुभो किन खल्तीबाट झिकेर भारू मान्छेहरुले च्यात्दैनन? कांग्रेस,एमाले मात्रै होइनन् माओबादी पार्टी पनि भारतमै बसेर नेपालमा राजनिती गरेका हुन। रिष उठ्दा मात्रै तिनीहरुले भारतलाई गाली गर्छन।

पुष्पजी ले भनेको भारतका असहयोग प्रशस्त छ । यो सबैले बुझेको कुरा हो। गांठीकुरो न त हामी नेपाललाई हेलीकप्टरमा उचालेर कतै लैजान सक्छौं न त नेपालको सडक घन्काएर भारतलाइ थर्काउन सक्छौं। कसरी हुन्छ या जसरी हुन्छ हाम्रा समस्या भारतसंग टेबलबाटै सुल्झाउनु पर्छ। नढाटी भन्नु पर्दा हाम्रा संस्कृती,चाल चलन मिल्ने संसारभरीका देश मध्य भारतनै नजिक होला। यो देशसंग त हामी झन मिल्नु पर्ने होइन र? भारती साथीहरुसंग कहिले कांही कुरा हुन्छ। उनीहरु पाकिस्तान,बंगालादेश आदी का आक्रमणबाट आजित छन,उनीहरुको पनि त्यही कथन छ,नेपाल र भारतको धेरै संस्कृती मिल्ने,छिमेकी आदी भएकोले यिनीहरु सबै भन्दा मिल्नु पर्ने राष्ट्र बन्नुपर्छ।

आखिर कि भारतसंग युद्दै गर्नुपर्यो होइन भने कुरा मिलाएर अगाडी बढ्नुपर्यो। नत्र मैले पहिले भने जस्तो नारा लाग्दै गर्छ कोशी ब्यारेज भत्कदै गर्छ।

Zero Hour (शुन्य समय) said...

"नारा लाग्दै गर्छ कोशी ब्यारेज भत्कदै गर्छ" , हो नेपालियनजी यसमा शंकै छैन । बुढा पाकाहरुको पनि उखान यस्तै छ नि ।

अनि पुष्पजी विजय कुमारको प्रसंगमा त्यस लेखमा मैले बुझे अनुसार विजय कुमारले माओबादिले केहि गरोस भन्ने चाहन्छन र माओबादीबाट आशावादी छन । सिधै जिन्दाबाद भन्दै हिड्नै पर्छ भन्ने छैन समर्थन गर्नलाई । यो कुरा सुधार राम्रो हुन्छ भन्नु सडकमा जिन्दाबाद भन्दै हिड्नु भन्दा १०० गुणा हितकर हुन्छ ।

पुष्प said...

साथीहरू,

रेलिङ भाँच्ने वा सडक घन्काउने कुरामात्र होइन यो । रेलिङ किन भाँचियो वा सडकमा नारा किन घन्कियो भन्ने कुरा पहिले बुझ्नुपर्छ । यसका लागि माओवादी जस्तो शक्तिको उदयको पृष्ठभूमि मनन गर्दा प्राय: कुरा प्रष्ट हुन्छ ।

असमान सन्धिका विरुद्ध, राजनीतिक हस्तक्षेप र सीमा अतिक्रमणका विरुद्ध कुटनीतिकरूपमा हरेकजसो कालखण्डमा आवाज त उठेकै हुन् । तर ती आवाजको सुनुवाइ कहिल्यै भएन । बाहिरी शक्तिभन्दा बढी भित्री शक्तिहरूबाटै यी मुद्दाहरूमा ‘टाँङ’ अडाइएको इतिहास कसैबाट छिपेको छैन । तर ती भित्री शक्तिहरूलाई शक्ति प्रदान गर्ने पनि आखिरमा तिनै बाहिरी शक्ति रहेको कुरा पनि हामीले बिर्सनुहुन्न । तसर्थ माओवादीको विद्रोह भित्री शक्तिसँग भएता पनि यो वास्तवमा तिनै बाहिरी शक्तिसँगै हो । तसर्थ, हामीले पहिले सच्याउने भनेकै हाम्रा भित्री शक्तिहरूलाई हो, जसका लागि जनयुद्बसमेत भयो । उनीहरू सच्चिने अर्थात् माओवादीको मुद्दा सुनुवाइ हुने शर्तहरूमै शान्तिप्रक्रिया सम्पन्न भयो । अहिले आएर ती शर्तहरूलाई लत्याउने जुन कुचेष्टा भइहेको छ, जनयुद्धले दशक अगाडि पुगेको भनिएको नेपाल अझ धेरै पछाडि नपुग्ला भन्न सकिन्न, हुन त बाहिरी शक्तिहरूको चाहना पनि यही हुनुपर्छ ।

विजयकुमारले तिनै भित्री र बाहिरी शक्तिहरूको कथनहरूलाई आधार बनाएर माओवादी शक्तिमाथि प्रहार गर्नुले उनको धरातल के रहेछ भन्ने कुरा छर्लंग पारेका मात्र छन् । माओवादीले उनबाट मनन गर्नुपर्ने कुनै कुरा छ जस्तो लाग्दैन ।

Nepalean said...

मैले पनि बिजयकुमारले माओबादी प्रती सफ्ट भएर उनीहरुले केही गरुन भन्न खोजेको जस्तो लागेको थियो।
तर शब्दा एउटै भए पनि पढ्ने फरक फरक भएर होला फरक फरक अर्थाइ भएको।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !