March 17, 2010

पेट कतै साटिन्‍न



हामीसँगै छ घाउ पैँचो चाहिन्‍न हजुर
खोटो यो भोको पेट कतै साटिन्‍न हजुर ।

सपना त सुर्कानो गाँठो रै'छ हाम्रा लागि,
पिर्छ तर यही हो साथी अभिन्‍न हजुर ।

छैन आदत राशिफलमा भविष्य खोज्ने,
थाहा छ गरिबको खुसी छापिन्‍न हजुर ।

बालापनमा हुने हाँसो बैँसको यो तातो,
आउँछ र जान्छ खोइ त भोगिन्‍न हजुर ।

हिँड्न त मुटु खियाउँदै हिँडिएको हो,
धन्न पैँताला चिरिन्छ मुटु चिरिन्‍न हजुर ।


12 Comments:

प्रबिण थापा said...

छैन आदत राशिफलमा भविष्य खोज्ने,
थाहा छ गरिबको खुसी छापिन्‍न हजुर ।
sundar 6 gajal....

Anonymous said...

मनै त हो हाम्रो पनि एक छाक मिठो खाने,

गरी खान्छु भन्दा नि खुट्टा सबै तान्छन हजुर ।

सुफल

कृष्ण पौडेल (Krishna Paudel) said...

उत्कृष्ट !

Bibek Adhikari said...

मन छुने कविता । छोटो ! मिठो !

Dinesh Chandra Panthy said...

छैन मुठी जीवन पाल्ने कैले सोच्ने पाथी हजुर
मैलो टोपी, पटुकी र नाम्लो मेरो साथी हजुर ।

छङ्गाछुर यो सिस्ने भिर त संधै हिड्ने बाटो हजुर
गर्नुपर्छ तल माथी नओबाउँदै खाटो हजुर ।

भए पुग्छ आजै खाने तितो मिठो ढिंडो हजुर
धान्नै पर्‍यो मैले पनि बाउ बाजेको बिंडो हजुर।

छोरो पनि अगि अगि डोको बोक्दै होला हजुर
बित्‍ने भयो यसैगरि हामी सबको चोला हजुर।

ठरकि दादा said...

शब्द र भावले नै गज्जबको हलचल ल्याउँदै थियो । तस्विरले त्यसलाई झनै बल दियो । क्या संयोजन छ वाह !। मर्म भित्र यस्तो रोचकता !!

लेकाली said...

मन कटक्कै खाने तस्वीर र साहित्यको असाध्यै मिठो संगम । धन्यबाद दिन किन कन्जुस गरुँ धाइबाजीलाई? मन मान्दैन त्यसैले, मुरीका मुरी धन्यबाद तपाईंलाई ।

Bed Nath Pulami said...

हिँड्न त मुटु खियाउँदै हिँडिएको हो,
धन्न पैँताला चिरिन्छ मुटु चिरिन्‍न हजुर ............


धेरै राम्रो ....

Dhruba Panthi said...

निकै सुन्दर गजल!! सबै सेर उत्तिकै सशक्त छन्। तस्वीर संयोजनले भाव झन् गहिरो बनाइदिएको छ।

Milan Rawal said...

Dherai ramro ra gariv janatako yatharta pidaa bolne kabitako lagi jadhau........

mskhanal said...

हिँड्न त मुटु खियाउँदै हिँडिएको हो,
धन्न पैँताला चिरिन्छ मुटु चिरिन्‍न हजुर ।
very nice words

Jotare Dhaiba said...

प्रतिकृया दिनुहुने सबै साथीहरूलाई हार्दिक धन्यवाद ।

फेरि- फेरि पनि टिप्पणीहरू पाइरहूँ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !