January 24, 2010

देशखाने कथा ¿

प्राय: सप्ताहअन्तमा नेपालियनजी नेपाली गाउँ खाने कथा लिएर आउने गर्नु हुन्छ । हामीहरु सबैजना सकेसम्म उत्तर मिलाएर गाउँ जित्ने, नसके उत्तर मिलाउने मात्रै भएपनि प्रयास गर्छौं। तर यसपाला भने मैले गाउँ खाने हैन कि देश खाने कथा लिएर आएको छु । देश बनाउँछौं भन्दै देशै खानेहरुको हालिमुली धेरै बढेको र जताततै देश खाने वा खान खोज्नेहरु भएकाले यो देशखाने कथाको उत्तर सायद सहज पनि छन होला । त्यस्तै एउटै स्वभावका वा एउटै उद्देश्य लिएर देश स्वाहा: गर्न लागिपरेकाहरु धेरैजना भएकाले एउटै कथाको दुई वा दुई भन्दा बढी जबाफ पनि मिल्न जालान।

जे होस तलका देशखाने कथाका उत्तर खोज्नुहोला, दुई वा सो भन्दा बढीले उत्तर मिलाएमा नेपाल बाहेकक कुनै पनि देश दामासाहीले बाँढेर लिनुहोला ।

देशखाने कथाहरु यस प्रकारका छन:

१) पहिले थालको भात हुत्यायो,
    अहिले खान नपाएर बौलायो । (को हो ?)

२) ८० वर्षको जवान हुँ म ।
    प्रजातन्त्रको कमान हुँ म ।
    काम शुन्य, नाम ठूलो,
    थन्कने बेलाको ग्राउण्डेड विमान हुँ म । (को हो ?)

३) कुकुर हल्लीयो, पुच्छर हल्लिएन । (के हो ?)

४) सिमाक्षेत्रमा मेरो निवास ।
    पाउँछु सधैं मालिकको स्यावास ।
    देशको प्रधानमन्त्री भन्दा,
    विदेशको मुख्यमन्त्री बन्ने छ आश  । (को हो ?)

५) मालिकको कुकुर, मालिक लाइ नै “हाउ हाउ” ( के हो ?)

६) हरुवा गोरुको जितुवा धाक । (को हो ?)

७) राजनैतिक नेता, भविष्यवक्ता । (को हो ?)



4 Comments:

नेपालियन said...

म त कास्तो खाले कथा आएछ भनेर हत्त न पत्त हेरेको। निकै रमाइलो रहेछ। अब भने उत्तर गेस गर्न तिर लाग्छु है त।
१) कमरेड प्रचण्ड
२) नकमरेड गिरीजा
३)गेस गर्न आएन।
४) हाम्रा यादब हाकिम हुन कि?
५) यो पनि आएन।
६)के हो के हो यस्को उत्तर पनि।

देशभक्त नेपाली said...

ha ha ha, gajjab ko collection chha. saanchi ni yo ta school kai kitab ma rakhe hunchha. ekdam kaam lagchha.
kya gajjab rahechha bhane. thanx for your post.

Ashesh said...

६) हाम्रा प्रधानमन्त्री

वाँकी उत्तरहरू नेपालियन सर सँग share गरेँ ।

Anonymous said...

1, प्रचण्ड
2, गिरीजा,
3, मावोबादी को कदम हुनु पर्छ, गर्छु गर्छु भनेर मात्र तात्ते गर्न चही केही नगर्ने ,
4, खै के हो मलाइ अाएन,
5,
6, माधबकुमार ने पा ल
७ थाहछैन

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !