January 12, 2010

कालो झण्डामा नै हो त नागरिक सर्वोच्चता?

सत्ताबाट हात धोए देखि औडाहा भएर नागरिक सर्वोच्चताको विषयमा देशमा उढण्ड मच्चाउदै आएको नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादि आफनो अडानलाई खहरे खोला जस्तो कहिले उर्लिने गर्दछ त कहिले हिउँदमा पानि सुकेर सुख्खा भए जस्तो गरि बस्ने गर्दछ । नागरिक सर्वोच्चता भनेको आफनो पार्र्टि र्समर्थकको लागी मात्र हो भने झै गरि अरुको बारेमा ओभानो बनेर बस्ने र बेला बेलामा आफनो अडान पनि फेरि कहिले के कहिले के भनेर सडक तताउन नछाड्ने बानि बसि सकेको जस्तो भान हुन थाल्यो । आफनो कार्यकर्तालाई कसैबाट अभद्र व्याहार हुन गयो भने सदन
  सडक सबैबाट नागरिक सर्वोच्चताको नाममा धम्की पूर्ण आन्दोलन गर्न पछि परेका छैनन् । आखिर के हो त नागरिक सर्वोच्चता भनेको एकल पार्टिको बैचारिक भावनालाई अङ्गालेर हिड्नेलाई मात्र हो त नागरिक सर्वोच्चताको कसिमा साभार हुन सक्ने । एकल पार्टिको नारा मात्र बोकेर हिड्ने
  हो भने किन चाहियो लोकतन्त्र हिजैको निरङकुश र तानाशाहि शासन व्यवश्था नै उचित थियो नेपाली जनतलाई एकले अर्कालाई अभद्र व्यावहार गरेर बाटो कुरेर औचित्य हित नारा बोकेर बलिको बोका जस्तो ससङकित भएर जिवन यापन गर्नु भन्दा त एक तन्त्र शासन आए हुन्थ्यो भन्ने बेला हुन लागी सक्यो । हिजोको पर्खाले बनाएको बाईसी चौबीसी राज्यलाई पूनरस्थापना गर्न जमर्को गर्दैछन् । एक अपसमा जात र भातको नारा लगाएर पानि पधेरो साध सिमानामा बाटो कुरेर तेरो र मेरो भन्ने परिस्थितीको सामना गर्नु पर्ने दिन सृजर्ना गर्दैछन् । कहिले नागरिक सर्वोच्चताको नारा कहिले सत्ताको मोहलाई लिएर आन्दोलनको खाका बदलि बदलि आफु चोखो बन्ने बानि बसि सकेको छ ।
अहिले आएर नयाँ नारा बोकेर चौथो सडक आन्दोलनको धोषणा गरेर कालो झण्डाको भक्ति भएर हिड्न छाडेको छैन । सिमा बिवादलाई लिएर काला पानिको नाम लिएर आन्दोलनको खाका तय गरेका छन् । हामी आन्दोलनबाट थाकेको छैन भनेर नेपाली जनतालाई सन्त्रासमा पारेर हिड्ने बानि कहिले छाड्का छैनन् । सत्तामा बस्दा कसैबाट सहयोग पाएन भनेर कुर्लने र सत्ता बाहिर हामीलाई अलग्यायो भनेर उफ्रने के हो यो - हिजो १२ बूदे सम्झौता र जन आन्दोलन ताका भारतमा शरण लिएर बस्दा भारत बिरोधि भएन । आफु प्रधानमन्त्रि भएको बेला चिनलाई राजनितीक भ्रमण बनाएको होईन राजनिती भ्रमण त भारत नै हो भनेर भन्ने महान नेताले अहिले भारतिय चल खेलमा हामीलाई निरिह पार्न षणयन्त्र भई रहेको छ भनेर कुर्लन थालेको छ । कागले कान लानु त कता हो कता कानै नछामीकन कागको पछि दौडने वानिले गर्दा सडकको समना गर्नु परेको कुरालाई अलि कत्ति पनि महसुस गरेका छैनन् । श्री ३ राण र शाहहरुले जसरि आफनो पार्टि कार्यलयको भित्तामा समेत टासिन बिर्सनु भएन । अनि फेरि भन्ने गर्छन हामी त नौलो क्रान्तिको गोरेटो कोर्नलाई सृजना र उत्पति भएको भनेर भन्न पछि पर्दैनन् । हरेक कुरालाई भाडाकुटि खेलेको जसरि हिडदै छ पाईला मेट्दै भने जसरि हरेक दिन आफनो भाषामा परिवर्तनको नारा बोकेर नेपाली जनतालाई महङ्गीको समुन्द्रमा डुबाउन सफल हुनु भएको छ । एक दिनको बन्दले देश र जनतालाई कतिसम्म असर पर्छ होला भनेर कहिले सोच्ने गरेका छन त - अहिले आएर श्रेणि श्रेणि बनाएर आन्दोलनको खाका कोर्दै नेपाली जनतालाई भोक मरिको मारमा होमेर आफु देशको सेवक बनेर राणा कालीन अहेस आराममा लिप्त हुनेलाई कसरि जनपे्रमी नेता भनेर नामाङकन गर्न सकिन्छ ।
नागरिक सर्वोच्चता भनेको सम्पुर्ण नेपाली जनतालाई लागु हुने हो कि केवल नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादिको छत्रछाया मुनी बस्नेलाई मात्र हो त - के त्यो मैना सुनुवारलाई नागरिक सर्वोच्चताले छोएको छैन के ति बाराका जिल्ला प्रमुख अधिकारिलाई नागरिक सर्वोच्चताको नाराले छुने छैन । देशको चौथो अङ्ग भनेर नामाङकन गरिएको पत्रकारको लागी नागरिक सर्वोच्चताले छुदैन । यस्ता विषयमा कुरा उठाउदा रिमोटकन्ट्रोलमा सम्मिलित हुन्छ भन्ने त्रासले गर्दा हो कि आफनो छाता मुनी ओत नलागेकोले गर्दा हो त - किन वार्ता मार्फत समस्याको समाधान गर्न सकिदैन । के सधै भरि कालो झण्डा देखाएर पाखुरि सुर्केर मात्र नागरिक सर्वोच्चताको परिभाषिक बन्न सकिन्छ । कालो झण्डामा नै हो त अल्भिmएको नागरिक सर्वोच्चता । भोली आफनो पार्टिले देश चलाउने जिम्मा लिएको बेला अरु पार्टिले कालो झण्डा देखाउदा के होला भनेर कहिले सोचेको छ । सधै भरि जंगली स्वाभावमा बहुलठ्ठीपन देखाएर जनतालाई दुख दिएर के नै आर्जन गर्न पाउने छ भन्ने कुराको अन्वेशषण गरेका छन् । देशलाई शान्तिको रेखामुनी राख्न कम्मर कसेर लागेका छौ भन्ने अनि नोकरसँग वार्ता नगर्ने मालिकसँग मात्र वार्ता गर्ने भनेर विगुल फुक्ने र सभा सम्मेलन सक्नु पाएको छैन फेरि वार्ताको टेबुलमा बस्नु पर्छ भनेर राता रात भेटघाटको सवारि चलाउन पछि परेका छैनन् ।
आखिर के हो त नागरिक सर्वोच्चता कस्तो खाले नागरिकले उपभोग गर्न पाउने कस्तो खाले नागरिकले उपभोग गर्न नपाउने यो कुरा कुनै सभा सम्मेलनबाट जनतालाई र्छलङ्ग पार्न सक्ने छ त - कसैले आफनो हक अधिकार उपयोग गरेर आफनो पेशा अनुसार कलम चलाउदा त्रासै त्रासमा समय बिताउनु पर्ने आफनो ओहदाको प्रमाणपत्रलाई सदुपयोग गरेर खुल्ला रुपमा र्छलङ्ग बनाएर कलम पनि चलाउन नपाउने भए पछि के को नागरिक सर्वोच्चता - अहमताको राज गर्न अबको युगान्तकारि जमनामा पाउनलाई अति कठिन छ त्यसैले आफनो नारालाई धाक धम्कि र बन्दुकको नालमा राखेर होईन बौद्धिकताको नारा बनाई देशको चौतर्फी विकाश गर्न तिर लागेर सारा नेपालीको मन जित्न पट्टी लागेमा क्रान्तिको सफलता मिल्ने छ र ति १३ हजार निमुखा जनताको रगतले आसिक दिने छ नत्र भने श्रीलकाको लिट्टेको जसरि विनासको घडिले डोर्‍याउन नसक्ला भन्न सकिदैन । दश वर्षो जनयूद्धले कसलाई बनाए त टुहुरा, बेसहारा, विधवा बिदेशिलाई बनाए त । जति आन्दोलन गरे पनि जति सडकमा रत्याउली खेले पनि दुख र सास्ति भोग्ने को हुन त भारत र चिनका जनताले अवश्य पनि भोग्न आउने छैनन होला । कल कारखाना भएको जतिमा ताला लगाएर रोजगारिको बाटोलाई आफैले बन्द गरेर अनि भन्ने गर्छन देशमा बेरोजगारीको सिमा भएन भनेर आफै कराउने गर्दर्छन् । र्सवसाधारण मानिसलाई आज हाम्रो आमसभा छ हाम्रो नेताको सवारि छ सम्पूर्ण गाउँ बासि, नगरबासि सो सभामा फुल माला लिएर हाम्रा नेतालाई स्वागत गर्नु पर्छ यदि कारण वस कोहि नगएको खण्डमा हाम्रो हातबाट उम्कने छैन भनेर त्रासको बोली बोलेर जनतालाई जवरजस्ती हैकम चलाएर सारा कुरामा नागरिक सर्वोच्चता लादेर जनताको आँखामा छारो हालेर आफु जंगलको सिहं बन्न छाडेर सहमति र सहकार्यमा परिभाषित भएको खण्डमा कस्ले मन्ने थिएन होला । कालो झण्डाको पारखि हुनु भन्दा त सदनमा ३०१ मतको सहमतिको तर्जुमा गर्ने बौद्धिकता सिर्जना गर्नतिर लागेर देशको बागडोर आफनो हातमा लिएर लोकतान्त्रिक नेपाललाई सिर्ङ्गार्नतिर लागेको खण्डमा ति सहिदको सपना साकार हुने थियो केहि हदसम्म र देशमा शान्ति छाउने थियो ।
लेखक
विजयकुमार श्रेष्ठ बलादर्,इराक

6 Comments:

HAWA said...

विजय जी, ३०१ पुर्याउन सांसद किनबेच गर्नु भन्दा त आन्दोलन गर्नु नै राम्रो भन्छु म त

Anonymous said...

नागरिक सर्वोच्चता भनेको सम्पुर्ण नेपाली जनतालाई लागु हुने हो कि केवल नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादिको छत्रछाया मुनी बस्नेलाई मात्र हो? अत्यन्तै जायज लाग्यो यो प्रश्न | यसको जबाफमा भन्ने कुरा राष्ट्रपति र प्रधानमन्त्रिलाई गाली मात्रै हो| अब भारत थपिएको छ| खास जबाफ भने प्रश्नमै छ, अल्लि पछिल्तिर|

पुष्प said...

नागरिक सर्वोच्चता दोस्रो क्रममा परिसकेको अवस्थामा टट्टुहरूले भनेझैं बेमौसमी सामग्री ।
नागरिक सर्वोच्चताको अर्थ खोज्नुभएछ; अब नागरिक भनेको के र सर्वोच्चता भनेको के भनेर अर्थ्याउनुपर्यो विजयजी ? यतिसाह्रो बुझक्कड हुनुहुन्न होला !

नेपालियन said...

बिजय जी ले सार्है आना सहि कुरा गर्नुभयो। अहिलेको राजनिती ठाउं तिर हैन कुठाउं तिर गएको छ। अब जून पार्टी पनि जबरजस्ती आफैं सहि भनेर मनपरी गर्दैछन। अब सडकमा लडेर केही होला त?नारा जुलुसको राजनिती देख्दा र सुन्दा वाक्क भइसकेका छन जनता। माओबादीले कुरो मिलाउने भए बार्ता गरे हुन्छ नत्र भने यो नारा जुलुसको राजनिती कतै जाला जस्तो लाग्दैन।
नेपालको हालत कस्लाइ थाहा छैन? हुन त नेताहरु चर्कै कुरा गरेर भोट तान्ने गर्छन तर नेपाल जस्तो गरिब देशमा अब चर्का कुरा छोडेर काम गरेर देखाउन बेला आएको छ तर नेताहरु भाषणकै भरमा अडिदै आएका छन।
तर लोकतन्त्र झोकतन्त्र जे भए पनि नारा जुलुसको राजनिती देखेर भने त म वाक्कै भएं।

samyak said...

रगतको आहालमा नुहाएर मुलुकलाई रगताम्मे बनाउने नशाको लत लागेका रक्तपिपासु माओवादीहरूले नागरिक सर्वोच्चताको रोदन रोएको देख्दा लाग्छ , अहिंसाका शान्तिदूतहरू बुद्ध नभएर अंगुलीमाल हुनुपर्ने होला ! माओवादी शैतानको पतन नभउञ्जेल नेपालमा शान्तिले बस्न खान हुने दिनहरू सम्भव छैन । माओवादीले जुन नागरिक सर्वोच्चताको राग अलापिरहेको छ यसको नम्बर एक दुश्मन ऊ स्वयं हो । माओवादीलाई हतियारधारीको दश्ताबाट अलग्याएर लखेट्दै लखेट्दै डाँडो कटाउनुपर्छ । जनताले हिजोका मदिनमा माओवादीले गरेका हिजोका नरहत्या, लूट, हिंसा र अमानवीय कुकृत्यको र ज्यादतिको बदला जनताले नलिएसम्म , हिसाबकिताब बराबरी हुन्न । इतिहासले , एउटा हिंसाको नशामा लठ्ठिएको खूंखार आततायी जत्थाले दु:खान्त नियति भोगेको हेर्न चाहेका छन् र हतिायर अनि हतियारधारीको तुजुकमाथि नागरिक मतको विजय चाहेका छन् - डर र आतंक रहित । त्यो नागरिक सर्वोच्चता माओवादीको पतनमा मात्र सम्भव छ ।

सम्यक

पुष्प said...

हो हिंसात्मक प्रवृत्ति पतन हुनुपर्छ । तर के गर्नु सम्यकजी, जबसम्म माओवादी जन्माउनेहरू 'पतन' हुँदैनन्, माओवादी 'पतन' हुँदैन र हुनुहुँदैन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !