November 30, 2009

ब्लगर भेला - एक उच्च सफलता

अगष्ट १ मा भएको ब्लगर भेला एउटा राम्रै सफलता भएको जस्तो लाग्छ। हुन त भन्नुहोला, आफैं भेला गराउने आफैं सफलता भन्ने? सफलताको स्वाद नेपाली ब्लगर्स इमेल समुहमा सामेल ब्लगर मित्रहरुले चाखी सक्नुभएको होला। हुन त अझै कती ब्लगर मित्रहरु यो इमेल समुहमा सामेल भइसक्नुभएको छैन तर आजको मितीमा करिब १५० जना ब्लगर मित्रहरु ब्लग सम्बन्धी जिज्ञासा,गुनासो सिधा राख्न सक्नुहुनेछ। यो ठुलै उपलब्धी हो। यसरी एक आपसको सहयोगबाट पक्कै पनि धेरै ब्लगरहरु लाभान्दीत हुनुभएको छ। ब्लगर भेलाको दिन देखी यो अबस्था सम्म ल्याउन नया पुराना ब्लगहरुले प्रतक्ष अप्रतक्ष रुपमा ठुलो योगदान दिनुभएको छ।

नेपाली ब्लगर्समा देखीएको ठुलो बिक्रिती हो सामाग्री चोरी। नेपाली ब्लगका प्रखर ब्लगर दिलीप आचार्यका कैयौं सामाग्री चोरिएको भटेपछी दिलीप जी आफैं चोरको खोजीमा लाग्नुभयो। उहांले चोरलाइ पक्डनु मात्र भएन चोरिएका सामाग्रीको क्रेडिट दिन कपिमास्टर बाध्य भए। दिलीपजीले इमेल समुहमा यि सबै अनुभव बांडेर हामी सबैलाइ सामाग्री चोर्नेलाइ कसरी कान पुछ्छर गर्ने भनेर आइडिया दिनुभयो । हालसालै ब्गलर अन्जलीका सामाग्री पनि चोरिएको पत्तो लाग्यो। उहांले पनि सामाग्री कपी गर्नेलाइ क्रेडिट दिन अनुरोध गर्नभयो तर अहिले सम्म चोरिएको सामाग्रीमा क्रेडिट दिइएको छैन। आज अरुको सामाग्री चोर्नेले भोली तपाइ हाम्रै सामाग्री चोरेर राख्न सक्छ।यस्तो अबस्थामा हामी सबै ब्लगर मिलेर चोर्नेको ब्लगमै गएर सामाग्री कपि गर्नेलाइ कमेन्ट लेखेर हतोस्ताहित गर्न सक्छौं। ब्लग सामाग्री चोरीको समस्या समाधान गरे नेपाली ब्लगको स्तर मात्र बढ्दैन, पाठकको संख्यमा पनि उलेख्य ब्रिद्धी हुन्छ। एउटै सामाग्री १० ठाउंमा भेटीने समस्या पनि छ। यस्तो अबस्थामा सर्जक केही समय लोकप्रिय त होलान तर त्यो केही समयको लागि मात्र हुनेछ। यस्ले तपाइको ब्लग,सर्जकको स्तर घटाउनुको साथै पाठकहरुलाइ अन्याय हुन जान्छ जसबाट पाठकहरु तपाइको ब्लगबाट मात्र होइन नेपाली ब्लग जगतबाटै हराउन सक्नुहुनेछ।

नेपाली ब्लगर्स इमेलमा गुगलको याड राख्ने र फाइदा उठाउने कुरा पनि निकै चर्चामा रह्यो। ब्लग भनेको बिचार,सामाग्री प्रस्तुत गर्ने ठाउं हो। तपाइको साइटमा गुगल याड जती क्लिक हुन्छ त्यही अनुसार तपाइले आम्दानी गर्न सक्नुहुनेछ। त्यही होडमा लागेर नेपाली ब्लगरहरु याडको धुनमा इमेल समुहमा सहयोग माग्नु भएको छ। तपाइको सामाग्री कमसल भए पक्कै पनि धेरै पाठकहरु आउनु हुदैन। कम पाठक तर धेरै क्लिक भए गुगलको रोबटले तपाइले अनिमियता गरेर आम्दानी गर्ने खोजेको बूझ्दछ र तुरुन्तै तपाइको याड सेन्स अकान्ट बन्द हुन्छ। यसको अनुभव नेपालका ठुला साना ब्लगरहरुले भोगी सकेको कुरा हो। यसरी जबरजस्ती क्लिकको धन्दा तिर लाग्नुभन्दा पठनिय सामाग्री राखेर पाठकको संख्या बढाउनुहोस, धेरै पाठक भएपछी केही पाठकले पक्कै पनि चाहिने गुगल बिज्ञापन हेर्नुहुनेछ, त्यसबाट पक्कै पनि तपाइले आम्दानी गर्नसक्नुहुनेछ। सामाग्री नराखी याड क्लिकको धन्दामा लाग्नुभए सुनको अन्डा पार्ने कुखुरालाइ काट्नु सरह हुनेछ।

नेपाली ब्लग जगतमा देखिएको अर्को समस्या हो सुद्दा सुद्दी। यो हाम्रै भाषा हो, सुद्द बोल्न नसक्ने त कुरै भएन। लेखनमा भने नेपाली भाषा निकै कठिन मानिन्छ। एउटै कुरा पुरुष मानिए ह्रश्व स्त्री मानिए दिर्घ, एकदमै अनौठो भाषा हो। तर प्रयास गरे केही झिना मसिना बाहेक पक्कै पनि शूद्दतामा सफलता मिल्नेछ। अंग्रेजी भाषाले नेपाली भाषा भन्दा प्राथमिकता पहिरहेको अबस्थामा अशुद्दै भएपनि नेपाली भाषाका ब्लग फस्टाउनु राम्रै कुरा हो। कतिपयले युनीकोड प्रयोग नगरी नेपाली टेम्प्लेट प्रयोग गर्दा भाषा शुद्दतामा समस्या आउंछ। युनिकोड कसरी प्रयोग गर्ने गुगल इमेल समुहमा ब्याख्या गरिएको छ,यस्को लागी ब्लगर मित्रहरुलाइ धेरै धेरै धन्यबाद। कहिले कांही हतारमा लेखेर पोस्ट गर्नाले पनि शुद्दा शुद्दीमा समस्या आउंछ। यस्तो अशु्द्दता हटाउन त पून एक पटक आंफै पढेमा सजिलै संग हटाउन सकिन्छ।

कतीपय ब्लगहरुलाइ ब्लग लेखन के का लागी भन्ने पनि अष्टपटता भएको जस्तो लाग्छ। ब्लग लेखनले आफ्ना बिचार,सिर्जनाहरु कसरी उत्क्रिष्ठता पूर्बक राख्ने सिकाउंछ। लेखनको अभ्यास र समयसंगै आफ्नो उत्क्रिष्ठ प्रस्तूती ब्लगमा मात्र होइन तपाइले आफ्नो कार्यक्षत्रमा पनि प्रयोग गर्नसक्नहुनेछ। साथै पाठकहरुले पनि असल बिचार सिक्नुका साथै आफ्नो भनाइ सहितरिकाले कमेन्ट बक्समा प्रस्तुत गरेर आफ्नो प्रस्तूतीमा निखारता ल्याउन सक्नुहुनेछ। यस्तो उपलब्धीको लागी नेपाली ब्लगर्स पक्कै पनि कोसेढुंगो हुनेछ। ब्लग भेला गरेको करिब करिब ४ महिना भइसकेछ। सबै ब्यस्त हुने र भेलाको उत्तम समय मिलाउन गार्हो हुने हुंदा छोटो समयमा ब्लग भेला गर्नु त्यती उपयोगी हुदैन भने लामो समय पछि भेला गरे ब्लगर बिचको चिनजानै हराउन बेर लाग्दैन। ठ्याक्कै समय नतोकिए पनि छ-छ महिनामा भेला गर्दा उत्तम होला जस्तो लाग्छ। सबैलाइ यो कुरा ठिक लागे आउंदो फेब्ररी १ मा पक्कै पनि दौंतरीको चौतरीमा सबै ब्लगरहरु जम्मा भएर भला कुसारी गरौंला। नेपाली ब्लगर्सहरुलाइ प्रोत्सान गर्न फेसबुक,टुइटर आदी सामाजीक साइटमा आफ्ना कुराहरु राख्दैगर्नुहोला।
शुभ ब्लगिगं



13 Comments:

Prabesh said...

अस्तिको ब्लगर भेलामा सामेल हुन पाइएको थिएन..अबको भेलालाई कसरी उत्पादक बनाउने भन्नेबारे सबैले सोचेर भेला हुन पाए साँच्चै नेपाली ब्लगिङ क्षेत्रले नयाँ केहि कुरा पाउने थियो ।

Aakar said...

दौँतरी मा यो बेमौसमी पोस्ट पढियो । तर पनि २ महिना अघि देखि नै सुचित गरिसकेपछि अलि धेरै जना भेला होलान् कि मिटिङ मा ?

दूर्जेय चेतना said...

यस पाली पनि भाग लिईन्छ आफू त। पहिलो पटक भएको भेलाबाट धेरै कुराहरु सिक्ने मौका मिल्यो। आफू नयाँ भएकोले पनि होला, सबै साथीहरुको कुरा नौलो नै लागे। पहिला अलि बढी गोलमाल भईरहेको थियो, हुन त पहिलो पटक भएर पनि होला। यस पालि अली कसरत गर्नु पर्ला। यस्तो भेला चाहीँ गरि राख्नु पर्ने रहेछ, जे होस उर्जा चाही मिल्ने रहेछ है।

Anonymous said...

yespatak ma pani pakki auchu. khabar garnu bhayko ma dhanybad.
ma pani quantity blog hoina quality blog ma dhyan dina anurodh gardachu.

Anonymous said...

पुराना कुरा राम्रै थिए | अबको भेलामा म नि सहभागी हुने विचार गर्दैछु |

Biplab said...

Paper magazine ta copy cat huda rayechan aba web magazine ko k kura garai bho ra? Pahila pahila dautari ma copy cat haru dhekiye pani aajkal dhekiyeko chhainan. Tara pani nepali blog haru ma copy cat tanna dekincha. Nepal ma kagaz patrikai ma ta yesto big bigi rayecha aba web ma ta nahune kurai chhaina. laaja mardo chha stithiti.

अन्य पत्रिकामा अरु लेखकले लेखेको सामाग्री हुवहु छापिने गरेको छ
भक्तपुर, १६ मंसिर

हुवहुमा पर्नु पर्ने भक्तपुरबाट प्रकाशित हुने ४ वटा अश्लिल पत्रिकाहरु नेपाल प्रेस काउन्सिलले बर्गीकरणमा पारेका छन्। अश्लिल साहित्यको प्रचार गरेर देह ब्यापारलार्य बढावा दिन छापिदै आएका पत्रिकाहरुलाई काउन्सिलले ग र घ श्रेणीमा बर्गीकरण गरेको छ।
अन्य पत्रिकाहरुमा प्रकाशित समाचार र लेख हुवहु सार्ने पत्रिकाहरु पनि बर्गीकरण गरिएको छ। समाचार र लेखको श्रोत उल्लेख नगरिकन छापिदै आएका पत्रिकाहरुको बारेमा काउन्सिलले पुर्नबिचार गर्नु पर्ने देखिन्छ। भक्तपुरबाट प्रकाशित हुने प्रक्षेपण नामको अश्लिल दैनिकको दोश्रो पेजमा छापिने राजनितिक लेख अन्यत्रबाट साभार गरिएको हुन्छ। सोही पत्रिकाको तेश्रो पेजमा छापिने अश्लिल साहित्य अश्लिल पुस्तकको धाराबाहिक श्रृखला हो।
समय समाज साप्ताहिकमा पाँचौ पेजमा सर्मिला लवजुको नाममा छापिने स्वास्थ्य सम्बन्धि लेख अन्य पत्रिकामा अरु लेखकले लेखेको सामाग्री हुवहु छापिने गरेको छ। पत्रिकामा छापिने अश्लिल सामाग्री र राजनितिक लेखको श्रोत खुलाइएको छैन। राजतिनिक लेख कान्तिपुर दैनिकमा छापिएको साभार उल्लेख नगरीकनै छाप्ने गरिएको छ। दवाव साप्ताहिक र नेपालन्युज नामका साप्ताहिकरु पनि हुवहुमा पर्नु पर्ने अश्लिल पत्रिकाहरु हुन।

R.R said...

ब्लगर भेला कसरी र कहाँ हुन्छ ? के हामी आउन सकिन्छ ?

Dilip Acharya said...

पहिलो भेला पक्कै पनि सफल नै बएको मान्छु म पनि ।

यसपालाको भेलामा भने, पहिलो भेलाका औपचारिकतालाई केहि कटौती गरेर सकेसम्म सबैको सरोकारका कुनै बिषयमा छलफल गर्दा राम्रो होला जस्तो लाग्छ मलाई ।

यो रचना चोरी वा कपि-पेष्ट समस्या पनि हामीले हल्का लिन नहुने बिषय भएकोले त्यसैबारेमा छलफल गर्दा पनि हुन्छ ।

साथै समयको हिसाबले पनि सकेसम्म बढि साथीहरुलाई अनुकुल हुने समय चयन गर्न हामीले यसै कमेण्ट बक्स, ईमेल वा ब्लगर ग्रुप मार्फत पनि पहल गर्न सक्छौ ।

मेरो बिचारमा भने शुक्रवार वा शनिवार साँझ (नेपाली समय अनुसार) को समय सबैलाई अनुकुल होला जस्तो लाग्छ । यस बारेमा राम्रो छलफल गरेर भेला गर्न सकेमा सहभागिता पक्कै बढ्ने छ ।

सफलताको अग्रिम शुभकामना सहित !

Unknown said...

सफलताको अग्रिम शुभकामना !

Unknown said...

kasari bhelama aawne ho sir????

Unknown said...

blogger bhelama malai pani aawna man thiyo kasari sahabhagi hune hola please bataidinu paryo hajur....

Nepalean said...

Bloger bhela 6-6 mahina ma gardai ayeka chhau. Aba ko arko bhela August 1 ma huncha. Tapai nepali blogger ko gmail ma hunuhuncha bhane khabar payihalnuhuncha.
Bhela ma sahabagi huna bhela ko samay ma dautari blog ko home page ma aye pugcha. Tesbela main page ma nai bhela ko chat box huncha jasbata sajilai tapai bhela ma sahabagi huna saknuhuncha.

Ashish Lohorung Rai said...

dautari malai ramro lagyo.. blogger bhela yesaigari safal purbak sampanna hos.. mero naya barsako subhakamana..

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !