September 17, 2009

देशको नाम पनि फेर्ने कि ?

सारमा कुनै कुरामा सकारात्मक परिवर्तन आउन नसके पनि नया नेपालमा नारा, कुरा र तमाशा खेती मौलाएको छ । धेरै पात्र , वस्तु ,घटना र घटकका परिचयहरूले धमाधम परिचयको काँचुली छाडेर नयामा रूपान्तरण हुन तँछाड मछाड गरिरहेका छन् भलै यो परिवर्तनको उद्देश्य हात लाग्यो शून्य नै किन नहोस् । अहिले सम्म नेपाल नामबाट चिनिने हाम्रो मुलुकलाई अब जात जातका गरा र चिरामा भाग लगाउने अनि जातीय नामको न्वारान पहिराउने अभ्यासका क्रममा , आँफूलाई आमूल परिवर्तनको एकल प्राधिकार प्राप्त अभिकर्ता ठान्ने एउटा मुख्य राजनैतिक पार्टीले अद्यावधि कायम रहेको नेपालको राष्ट्रीय झण्डा परिवर्तन गर्नु पर्ने प्रस्ताव जारी गरेको रहेछ । यसका पक्ष विपक्षमा सर्वसाधारणदेखि विज्ञहरू सम्मका रायहरू अब आउने नै छन् आफ्ना आफ्ना पार्टी वफादारिताका पेटाराहरू बोकेर , तर मेरो विचारमा राष्ट्रिय झण्डा मात्र किन मुलुकको नाम , राष्ट्र भाषा र अन्य कुरा पनि फेर्नु पर्ने जिरिह र जिकिरहरू लिएर अगाडि बढ्नु पर्ने उचित मौका यही हो । कसैलाई मन भए ढिलो नगरी अगाडि निस्कँदा मुराद पूरा हुने मौका आएकाले , मौकामा चौका हानी नौका तर्न नचुक्नू होला !

झण्डा परिवर्तनका सुझावकर्ताहरू को आरोप छ हाल विद्यमान नेपालको झण्डा हिन्दू राजतन्त्रको हिमायती छ र परिवर्तित नेपालको जातीय संघीयतालाई प्रतिनिधित्व गर्न जति पनि जातहरू छन् तिनका नामका एकएकवटा तारा राखेर नया झण्डा बनाउनुपर्छ । हुनसक्छ , यो पार्टीले प्रस्ताव गरेको झण्डा झण्डै चीनिया मोडेलको तारावाला हुनेछ, रातो पृष्ठभूमिमा । यो कुराको लख काट्न सकिन्छ किनभने यो राजनैतिक दलले राखेका अधीकांश परिवर्तित नेपालका लागि लागू हुने शब्दावलीहरू उतैबाट सापटी लिएका देखिन्छन् जस्तो कि माओवाद, पिएलए, जनप्रतिनिधिसभा , अध्यक्षमण्डलीय प्रणाली, व्यवस्थापिका नियन्त्रित न्यायलय आदि । हरेक कुराको अनुकरण उतैको हुने भएपछि , झण्डामा तारा हुनुपर्ने यो लगावलाई बुझ्दा केही ताराहरूको संख्या थपेर चीनिया झण्डालाई नै आत्मसात गर्ने सुझाव पो हो कि जस्तो देखिन्छ ।

झण्डाले हिन्दू धर्म र राजतन्त्रको गन्ध बोकेको हो र फेर्न पर्ने हो भने नेपाली भाषाको बचाउ गर्न सकिने कुरा पनि भएन । नेपाली भाषा यसै पनि खस र बाहुनहरूको मातृभाषा भनिने गरेको छ र यसको माऊ भाषा हिन्दूहरूले देवभाषा भन्ने संस्कृत भएको हुनाले नेपालीमा ८०% शव्दहरू संस्कृतबाट नै छन् भन्ने मानिएको छ । यसैपनि जनजाती र तराईयाहरूको नेपाली भाषालाई नेपाल नामको मुलुकले दिएको विशेष स्थान र राष्ट्रभाषाको स्थानप्रति पर्याप्त गुनासो छ ।नया नेपालले सबैलाई न्याय गर्नु पर्ने भएकाले , नेपाली भाषालाई पनि राष्ट्रभाषाको ठाउँबाट हटाएर ' हिन्दी' वा अंग्रेजीलाई 'न्यूट्रल अम्पायर'को दर्जामा स्थापित गराउन पनि धेरैलाई म लागेको हुन सक्छ । नेपाली राष्ट्रभाषा नमानेर हिन्दीलाई च्याप्ने र उपराषट्रपतिले नेपालीमा शपथ खानै हुन्न भन्ने जनजाती महासंघको अडानले यो कुरा देखाएको पनि हो । अत: ओरालो लागेको मृगलाई लखेट्नुपर्छ वा फलाम तातेका बेलामा यसलाई पिट्नु पर्छ भने झैँ , कमजोड नेपाललाई निचोरेर बढि फाइदा लिन यस्तो मौका इतिहासमा दोहोरिने पनि छैन । तसर्थ नया नेपालका ठेकेदारहरूले नेपाली झण्डा फेर्ने प्रस्ताव गरेझैँ केही समयपछि नेपाली भाषालाई राष्ट्रभाषाबाट हटाउन आन्दोलन छेड्ने सम्भावना ज्यूँका त्यूँ रहाक हुनाले राष्ट्रभाषा पनि फेर्ने प्रस्ताव ल्याउन ढिलो नगर्दा हुन्छ । यसको बीऊ परमानन्द प्रकरणमा रोपिइसकिएको छ, यसलाई मलजल गरौँ !

झण्डा र भाषा फेरेपछि 'ने' नामका हिन्दू ऋषीले 'पालन' गरेर नेपाल भएको किंवदन्ती पढेकाहरूलाई यो आसयको नाममा आपत्ति लाग्नु पनि अनौठो हुने कुरा भएन । त्यसैले यो पुरानो नाम 'नेपाल' मा किन रोकिने भनेर क्रान्तिकारी पेटमा आगो दन्किन पनि सक्छ । त्यसैले प्याकेजमा नै सबै कुरा फेरे हुन्छ । राष्ट्रभाषा , राष्ट्रिय झण्डा र मुलुकको नाम नै फेरे पछि त हामी पुराना कुराबाट मुक्त भैहाल्यौँ नि ! आमूल परिवर्तनको यस्तो विधि हुँदा हुँदै किन अरू प्रयत्नमा रुमल्लिइरहने ? देशको नाम पनि 'माओस्तान' वा 'जनताको जनजातीय जनसंघ' वा यस्तै केही राखेर चमत्कार गर्न अब ढिलो गर्नु हुन्न !



29 Comments:

Anonymous said...

Wow, what a idea!!!!!!!!!

very good comment.....
keep it up.
Thanks

पुष्प said...

नेपाली भाषाभेष र चन्द्र-सूर्यअ‍कीत नेपाली झण्डा राष्ट्रिय एकताका प्रतीक हुन् । कुनैपनि बहानामा वा हठात यी प्रतीकहरूमा परिवर्तन गर्ने भन्ने कुरा वास्तवमै विरोधाभाषपूर्ण र निन्दनीय छ ।

एकलव्यजी, तपाईंले नेपाल नामाकरणको अर्कै किंवदन्ती पेश गर्नुभएछ । ठ्याक्कै सम्झिन त सकिन, तर म विद्यालयमा पढ्दा त कपास (नेप) को किंवदन्ती प्रचलित थियो ।

Umesh Gajurel said...

फेर्नै परे नाम, झण्डा हैन, यि हाम्रा कामै नलाग्ने नेताहरू फेर्नु पर्छ जस्तो छ,
खै कोही छ, जे पायो त्यही नखाने, गर्छु भने पछी गरी हाल्ने, धेरै ज्ञान भएको ................( गन्दै गएको त धेरै कुरा पो चाहीदो रहीछ, त्यही भएर होला संबिधान सभाको निर्बाचन मा 600+ जाना मन्त्रीहरू खोजेको,)

Anonymous said...

हो पुष्पजी, नेपाल नाम रहनुका पछाडि रहेका केही किंवदन्तीहरू मध्ये एउटा चाहिँ माथि उल्लेख गरिएको हो । अरू पनि छन् र तपाईँले उल्लेख गर्नु भएको पनि एक हो । तर मेरो आशय कुनै बहानाले मुलुकको नाम पनि परिवर्तन गर्न पर्छ भन्न सक्नेहरू प्रति लक्षित भएका हुनाले , त्यही खालको किंवदन्तिलाई उद्धरण गरेको हुँ । सकारात्मक रूपमा हेर्दा हाम्रो झण्डामा रहेका चन्द्र सूर्यलाई अटलताका प्रतीक मानेर अपनाउन पनि सकिन्छ र हाम्रो डबल तिनकुने आकारलाई अनुपम मान्न पनि सकिन्छ तर नकारात्मक बनेर हेर्‍यो भने हिन्दू राजतन्त्रवादि र हाँसो लाग्दो आकारको अनौठो मानेर गिज्याउँदा पनि भयो , आआफ्नो नजरियाका आधारमा । त्यस्तै मुलुकको नामलाई मन पर्नेले एउटा अर्थ लगाएर अपनाउन सक्लान नपर्नेले अर्को अर्थमा दुत्कार गर्न सक्छन् । त्यसैलाई भन्न खोजेको हो ।



सबै कुरामा केही न केही आरोप र खोट देखाउँदै परिवर्तन गर्नुपर्छ भन्न खोज्नेहरूप्रति सोझिएको आशय हो ।

-एकलव्य

Dilip Acharya said...

चन्द्र र सुर्य अखण्डता र चिरकालसम्म वा सुर्य र चन्द्र रहेसम्म देश बाँचोस भन्ने प्रतिक हुन । कतै कतै माथि चन्द्र र तल सुर्य हुनु (वैज्ञानिक आधाररमा नमिले पनि) माथिको चन्द्रले नेपालको उत्तरतर्फको ठण्डा हिमाली क्षेत्र र तलको सुर्यले दक्षिणको गरम तराई क्षेत्रको प्रतिकको रुपमा लिएको पनि पढेको छु ।

अब जेलाई पनि राजा र हिन्दू धर्मसंग जोडेर हेर्ने हो भने त, तेत्तिसकोटी देवता र घाँस-पात देखी खोला नालासम्म वा समष्टिमा सम्पुर्ण जगतलाई नै ईश्वर मान्ने हिन्दू परम्परालाई हेर्‍यो भने त तिनका हँसिया र हथौडा पनि कुनै देवी र विश्वकर्माका हातमा देखिने छन ।

हावा De Wind said...
This comment has been removed by the author.
हावा De Wind said...

"The crescent moon is said to represent the royal house, while the sun represents the Rana family."

http://www.worldatlas.com/webimage/flags/countrys/asia/nepal.htm

Anonymous said...

इतिहासकार दयाराम श्रेष्ठका अनुसार चन्द्र सूर्य अंकित द्वी-त्रिकोणात्मक झण्डा ईसापूर्व मानदेवद्वारा जारी गरिएको मानांक मुद्रामा समेत पाइन्छ । यो भनाइले २५० वर्ष लामो शाह राजाहरूको इतिहास र कोतपर्व पछि १९०३ देखि शुरूवात भएको राणा प्रभुत्वजनित यिनै दुई कोणबाट गरिएको झण्डामा रहेका चन्द्र सूर्यको व्यख्यालई धेरै पछाडि छाडिदिएको छ ।

-एकलव्य

Anonymous said...

चन्द्र-सूर्य अंकित नेपालको राष्ट्रिय झण्डाको इतिहास नेपालको सबैभन्दा पुरानो प्रमाणिक इतिहाससँग जोडिन्छ। ईशापूर्व ५२१ देखि ५६२ सम्म राजा बनेका मानदेवले चलाएको मुद्रा 'मानाङ्क' मा पनि त्रिकोणात्मक झण्डा लेखिएको प्राध्यापक दयाराम श्रैष्ठले 'नेपालको राष्ट्रिय झण्डा' शीर्षक पुस्तकमा उल्लेख गरेका छन्। राष्ट्रको इतिहास, संस्कृति र आकांक्षाको प्रतीकका रूपमा राष्ट्रिय झण्डालाई लिइन्छ। त्यसैले सान्दर्भिक र अर्थयुक्त रंग तथा चिन्ह-विन्यासलाई प्रतिकात्मक रूप दिएर राष्ट्रको अखण्ड सार्वभौमिकतालाई निर्विवाद अभिव्यक्त गर्न झण्डा बनाइने प्रा. श्रेष्ठले उल्लेख गरेका छन्।

श्रेष्ठका अनुसार, झण्डाको सर्वप्रथम इशापूर्व ११२२ मा चाउ नामका चीनिया सम्राटले प्रयोग गरे पनि पाश्चात्य जगतमा सोह्रौं शताब्दीदेखि मात्र झण्डा प्रयोग हुन थालेको हो। दुई पाताकायुक्त नेपालको झण्डाको इतिहास दुई हजार पाँच सय वर्ष पुरानो रहेको इतिहासकारहरूको भनाइ छ।

समितिको बैठकमा एमालेका खरेलले हिन्दू धर्मसँग मात्र नेपाली झण्डालाई नजोड्न आग्रह गरेका थिए। व्याख्या मात्र फेरे पुग्ने खरेलको तर्कबारे माओवादी नेता गुरूङको तर्क थियो, 'व्याख्या फेरे पनि झण्डामा देखिने वस्तु उही हुन्छ, वस्तु व्याख्या भन्दा प्रमावकारी हुन्छ।' अर्का सभासद् सपना मल्ल प्रधानले तर्क गरिन्, 'गणतन्त्रमा सबै फेर्नै पर्ने हो भने देशको नाम पनि नेपाल नराखौं, नाम फेरौं।' गणतन्त्र भन्दैमा सबै फेर्नु नपर्ने उनको तर्क थियो।

झण्डाको प्रयोग पहिलेदेखि नै गरिंदै आएको भए पनि 'नेपालको संविधान ०१९' लागू भएपछि मात्र संविधान नेपाली झण्डालाई लिपीबद्ध गरिएको हो। झण्डाको प्रयोग व्यवस्थित बताउन बहुदलपछि ०४९ बैशाख ८ गते 'राष्ट्रिय झण्डा प्रयोग गर्ने र बनाउने नीति' नै जारी गरिएको थियो।


साभार: नागरिक डट कम

चन्द्र र सुर्यवंशी व्यख्या राजतन्त्रकालीन भएकोले , अब नया व्यख्या दिए भैहाल्यो नि ।


-एकलव्य

हावा De Wind said...

तिन्कुने झन्डा को ईतिहास प्राचिन कालिन नै हुन सक्ने सम्भावना छ.... झन्डा फेर्ने कि पुनर्व्याख्या गर्ने त्यसमा पनि बहस गर्दा हुन्छ... जनमत को कदर गर्ने हो भने देशै त टुक्राउनु पर्ने हुन्छ झन्डा को के को कुरा ?

Anonymous said...

जनमतको कुरा अति राम्रो हो , तर यो जनमत लिने आधारभूमि कस्तो छ हेरौँ त । सयथरिका हतियारधारी जत्थाको आतंकको बन्दी बनेको छ नेपाल । यस्तो ठाउँमा जसले बन्दूक बोकेको छ , उसैको जनमत हुने निस्चित छ । अहिले गएर लिम्बूवान भनिएका जिल्लामा बोट हाल्न लगाऔँ, २०% जनसंख्या रहेका लिम्बूहरूको बहुमत आउला, देश छुट्याउन पाउनुपर्छ भन्दै किनभने कट्टरपन्थी लिम्बु संगठनहरू भनि'राछन राजतन्त्रसंग लिम्बूवानका उतिबेलाका ठालूहरूले गरेको सम्झौता र नेपालभित्र लिम्बूवानको बिलय राजतन्त्रको अन्त्यसंगै समाप्त भैसक्यो । अहिलेको नेपालमा जनमत भनेको बन्दूक र बन्दूक बोक्ने जत्था कसको ठूलो छ त्यसका आधारमा तय हुनेछ । जनमत लिएर गरिने निर्णयमा , जनमत स्वतन्त्र अभिव्यक्त हुने आधारभूमिको सुनिश्चितता गरौँ ।

Anonymous said...

हैनभने, बन्दूकेहरू मार्फत तय गरौँ यस्तो खेल -जसको शक्ति उसको भक्ति वा जसले जित्ने उसैले देश कब्जामा लिने । नगारिक सर्वोच्चाताको कोकोहोलो रूनेहरूको प्राण बन्दूकमा अडेको मुलुकमा के को जनमतको कुरा गर्नु । निर्वाचन बुथमा दुईटा बन्दूकेले सारा गा बि स को भोट एकमुष्ट हालिदिएको अघिल्लै चुनाबमा देखिएकै हो , अबको बन्दूकमय नया नेपालमा अरू के के हुँदै जानेछ हेरौँ , नसीब फुटालेर ।

samyak said...

माओवादी ब्वाँसाहरू कुन जमानामा कुन मुलुकले बनाको हँसिया हथौडावाल झण्डा बोकेर, देशको झण्डा फेर्न तम्सियाछन !

फेर्ने भए, 'माओ' भन्ने नाम फेर , त्यो १८ औँ शताव्दिमा युरोपियनले घाँस काट्न प्रयोग गरेको हँसिया र मान्छेका घुँडा फोर्न तिमीहरूले प्रयोग गरेको हथौडा फेर पापिष्टहरू हो, अनि त्यो तिमीले बगाएको मान्चेको रगत जनाउने झण्डाको रंग फेर , गन्हाएको 'कम्युनिष्ट' शव्द फेर , तिम्रो हिंस्रक पशु भन्दा निकृष्ट तिम्रो व्यवहार र विचार फेर । हैन भने देशमा तिम्रो अस्तित्व रहूञ्जले मुलुकको नाम नर्क राख, हिंस्रक नरभक्षीहरू हो !

हावा De Wind said...

जुनसुकै सत्ताको पछाडि पनि बन्दुक त हुन्छ नै... सबै भन्दा धेरै बन्दूक र हिन्सा बर्तमान राज्य सत्ता बाटै भएको छ... बन्दुक कसरी प्रयोग गर्ने भन्नेमा बिबाद हुनसक्छ

बिप्लब said...

रातो झण्डामा बन्दुकको चिन्न राखे भैहाल्यो नि। त्यस्तै छ नेपालमा,जस्को बन्दुक उस्को बोली।

Anonymous said...

nepal ko jhanda pherney le nepalko garibi fernu tayar hunuparchha. kina janda pherney? ? sakchhau bhaney desh ko bikriti lai pherney koshish garnunee. timi janmiyeko babu aama lai phernu sakchhaou. bhane pahila tyo phera. jo kohile pani nepal ko naam pherne jhanda pherne bichar garchha ek chhin eakanta ma basera pahile shochanu ki ma ko ho ra mero pahichan ke ho? timi nepal ma janmiyera nepali bhayeko ho ki timi nepali bhayera yo thaun nepal bhayeko ho? nepal timi janminu agadi ney swatantra ra afno pahichan janda liyera astitwa thiyo aaja ayera timi pribartan ko naam ma kina bahiyat kura grera nepal ra nepali lai marmhat garchhou.

Zero Hour (शुन्य समय) said...

एकजनाले लेखेका थिएं अहिले झण्डा हैन माओबादिको बुद्धि फेर्नु पर्ने बेला छ । कोहि पनि १२-१५ वर्षसम्म जंगलमा बसेर बन्दुक चलाएपछि शहर पस्छ भने त्यस्तालाई दिइने पहिलो उपचार साइकोलोजिकल ट्रिटमेन्ट हो । नत्र यी पक्लाहाहरुले जे देख्यो त्यहि फेर्ने भन्छन । किनकी यिनलाई जे कुरामा पनि राजतन्त्र र सामान्तवाद देख्ने मानसिक रोग लागेको छ ।

पुष्प said...

शुन्य समयजी,

तपाईंबाट यस्तो अभिव्यक्तिको आशा थिएन । १२ वर्ष जंगलमा बसेर ज‍गली हुने भए सिद्धार्थ गौतम आज बुद्धका नामले चिनिने थिएनन् । बरु कंक्रिटको जंगलमा बस्ने शहरिया जंगलीहरू अचेल अलि बढी नै अचेत भइरहेका छन् ।

Surendra Subba said...

Jhanda pherera deshko bikash hune hoina, tara yasko punarbyarkha hunu jaruri chha. Yahi jhanda liyera Nepal ko itihas rachiyeko ho. Nepal ko jhanda sita hamro muluk banine kramko ithihas chha bhane hamro rastriya jhandai lai samman garnu parne hunchha. Yasaile jhandako aitihashik pristhabhumi ra mahatwako pahila addhyayan garera matra naya banaunu parne wa naparne wa angshik pariwartan garna parne kurako gyan hunchha.

Surendra Subba said...

Malai jhanda bhanda pani hamro rastriya posaak - daura suruwal ra kot(coat) ma kehi pariwartan garna parne lagchha. Jasto ki daura suruwal ra nepali topi ma yo paschyatya gentleman dress ko aaskot (waist coat) ra kot (coat) ali amildo lagyo. Yasma malai tartamya mileko lagena (yo ta fancy dress jasto amildo chha). Ke hamro aaphnai maulik pahiran chhaina? Yasko satta hamrai nepali kunai pahiranlai antarastriya starma mildo banayera lagaye kaso hola? Yo krantikari bichaar ko upaj hoina hai.

Dilip Acharya said...

झण्डा भनेको फेर्नै नहुने हैन, तर फेर्नै पर्ने आवश्यक्ता नभै फेर्नु पर्ने कुरा पनि हैन ।
प्रतिक, संज्ञा र बिम्ब भनेको जे पनि मान्न र लिन सकिन्छ यो सबै बादललाई आ-आफनो मनको आकार दिएको जस्तै कुरा हो ।

अब माओबादीकै जस्तै चन्द्र र सुर्यले हिन्दू धर्म वा राजा लाई ईंगीत गर्छ भन्ने हो भने संसारका धेरैजसो मुश्लिम देशको झण्डामा चन्द्रमा छ र हाम्रै नजिकैको देश बंगलादेशको झण्डामा सुर्य छ (ती सबै ज्ञानेन्द्रका गुट वा प्रतिगामीमा गनिएका होलान सायद उनिहरुका हल्का हिसाबमा :) )

आर्को मैले माथी पनि लेखीसकें,तेत्तिसकोटी देवता मान्ने र जल-थल वर्षा, बृक्ष सबैमा परमात्माको बास भएको मान्ने हिन्दूहरुकै कुरा लिने हो भने त हसियाँ हथौडा समेत धेरै देवीको शस्त्र र विश्वकर्माको हातमा देख्‍न सकिन्छ । हिन्दू धर्म भन्दा पहिला मार्कस वा माओबादको अस्तित्व पक्कै थिएन। यस अबस्थामा कसैले त्यो हसियाँ हथौडा पनि हिन्दूको प्रतिक हो भन्यो भने हाँस्न मात्रै सकिन्छ, दिमाग लगाएर सोच्नु जरुरी हुँदैन ।

नेपालको झण्डा फेर्ने बित्तिकै देश बिकासमा चार चाँद लाग्ने भए म पनि फेर्नै पर्छ भन्छु तर यो अदितिय आकारको झण्डा खाली लहडमा नै हटाउने हो भने जनताले छानेर पठाएका जनप्रतिनिधिहरुको अगाडि त्यो भन्दा धेरै जरुरी कामहरु धेरै समय देखी थाँति छन ।

दीपक जडित said...

हिँजो तराईमा यो झण्डा जलाउने र आज सदनमा यो झण्डा फेर्ने कुरा गर्नेहरुमा के के भिन्नता छ ? के के समानता छ ? सम्झेर ल्याउँदा कहाली लाग्छ । नपच्ने काम कुराहरु धेरैको धेरै सुनियो देखियो र पचाईयो तर यो राष्ट्रिय झण्डा फेर्ने कुरा पचाउन सकिएन ।

हावा De Wind said...

माओवादी को बिरोध गर्ने नाउमा जे पनि भनिदिने ब्रो हरु ले झन्डा को व्याख्या गर्नुस्

झन्डा भनेको देश हैन

लट्ठिमा झुन्द्याइेको कपडा को एउटा टुक्रा हो

प्रबिण थापा said...

कुनै पनि देशको झन्डाको आफ्नै गौरबमय इतिहास हुन्छ तर हाम्रो देशको झन्डाले के प्रतिनिधित्व गर्छ भन्ने कुरा सबैले आ-आफ्नै तरिकाले व्यख्या गर्दा हुने खालको छ खोइ कहाँ छ यसको सही व्यख्या ? हो मलाई पनि गौरब छ हाम्रो राष्टृय झन्डा प्रती तर के युनिक छ भनेर अपाङ्ग माथी पनि गर्ब गरेर हुन्छ ? फेरी माओबादिले भन्दैमा झन्डा फेरिहाल्ने कुरो हो र ? तर यहाँ त बहस पनि गर्न हुँदैन झै भैराखेको छ, छलफल सरसल्लाहा र सबैको सहमतिमा झन्डा फेर्ने कुरो हो सबैको सहमती भयो भने झन्डा फेर्दा हुन्छ भन्ने मलाई लाग्छ र यो नै अति उत्तम समय पनि हो ।

Anonymous said...

हावा नामधारी माओवादी जन्तु,

यदि झण्डा लट्ठीमा झुण्डाइएको कपडाको टुक्रा हो भने त तिम्रो व्याख्या अनुसार;

देश भनेको एउटा जमिनको टुक्रो हो जहाँ तिम्ले आची गर्न सक्छौ
तिम्रा पिता भनेका तिमीलाई जन्माउन बाली लगाउने एउटा राँगा वा बोका हुन
तिम्री आमा तिमिलाई जन्माउने एउटा मेशिन हुन
तिमी बुद्दी बिनाको एउटा मासुको थुप्रो हौ
नाम हावा रहेछ ! कि कसो ?

सुष्मा

हावा De Wind said...

हाहाहा सुस्मा जी, रमाइलो कुरा भन्नुभो

तपाईंको स्पस्टबादिता को म प्रसन्सा गर्छु

तर म साच्चै माओवादी हो त ? तेसो भए प्रचन्ड को के काम ?

बाँकी रह्यो तपाईंले मेरो बारेमा गरेको व्याख्या: त्यसमा म तपाईं सँग सत प्रतिसत सहमत् छु...हे हे हे

Zero Hour (शुन्य समय) said...

पुष्पजी सिद्धार्थ गौतमले १२ वर्ष जंगलमा बसेर बन्दुक चलाएका थिएनन । अहिले इराक र अफगानिस्तानबाट फर्केका बेलायति र अमेरिकी सैनिकहरुलाई ठुलो संख्यामा साइकोलोजिकल काउन्सिलिङ गरिन्छ नत्र समाजमा एडाप्ट गर्न समस्या पर्यो रे। एउटा एक्सट्रिम बाट अर्को एक्सट्रिममा जांदा मान्छे लाई काउन्सिलिङ अर्थात कामरेडि भाषामा प्रशिक्षणको आवश्यकता पर्दछ , शहरमा बस्नेलाई पनि दिइदा फरक पर्दैन आवश्यकता अनुसार । जति बुझ पचाए पनि ५-६ महिना भित्रका ताण्डव नृत्य घाम जस्तै छर्लङै छ ।

Anonymous said...

dear hawa timi hawa ney ho. jasko awasyekta ta chha .tari badi hoina. timro rashtrya jhanda parti ko samman le garda bujhinchha ki timi kunkhale jantu ho. jantu bhanera uniharu ko pani apaman nagaru.timi lai jhanda ko importance thhah ney chhaina bhane kina timi sanga bekar ma aljhinu pheri pani sushma le bhaneko pani thik ho .by the way timi nepali ra manis ho bhane afno kura lai sachchyaunu. galti swikar garda humanity mardaina. ya pheri janda ko importance lai ek patak ramro sanga study garnu.what is the importance keep flag for nation.

हावा De Wind said...

डियर अग्यात मित्र

म फेरी पनि भन्छु झन्डा भनेको कपडा को एउटा टुक्रा नै हो... मनिस को जीवन अमुल्य छ.. एक टुक्रा कपडा को लागि हजारौं को जीवन बली नदिउ... झन्डा कस्तो राख्ने, देश कस्तो बनाउने, ब्यबस्था कस्तो राख्ने, राष्ट्रिय जनावर् गाई हुने कि भैंसी सबै मा छलफल गरेकै राम्रो हो... छलफल नै गर्न नहुने कुनै पनि बिसय हुनु हुँदैन ..

पन्चायति ब्यबस्था ले त्यै छलफल गर्न नदिएकैले आज ५० बर्ष पछी यो छलफल हुँदैछ.. किन भने जनता प्रमुख हुन... बाँकी सबै चिन्ह र सन्केत हरु जनधारणा को प्रतिबिम्ब हुनुपर्छ.. अनी मात्र त्यसले साचो अर्थ मा सम्मान र एकता को भावना प्रतिबिम्ब गर्न सक्छ

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !