September 7, 2009

गाऊँखाने कथा - २९ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २९ को सहि उत्तर हो खुर्सानी। उत्तर मिलाउने लुना जीलाइ बधाइ तथा प्रयास गर्ने संपूर्ण मित्रहरुलाइ धन्यबाद।
अब गाउं माग्ने पालो पनि लुनाजी को।
------------------------------------------
सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छु।

तल थाल माथि झाल, त्यस माथि हीरालाल, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


12 Comments:

Dilip Acharya said...

बढो गाह्रो पर्‍यो यो त !, खै केही आएन दिमागमा ....लालटिन हो ?

नेपालियन said...

जती गार्हो भए नि एकछिन पछि सुजन जी टुप्लुक्क सहि उत्तर लिएर आइहाल्नुहुन्छ। दिलीप जी अब गाउं खाने उत्तर जान्न दिमाग घुमानुको सट्टा एक कप चिया सुजन भाउजुलाइ खुवाए उताबाट फाइदाहोला है?

Luna said...

खुर्सानी :)

पुष्प said...

झाल भन्या के रैछ ?

Luna said...

ऐल्यै भन्दिन पुष्प जि
पर्खिनुस् है पुरस्कार पाए पछी भन्छु :)

Dilip Acharya said...

ल लुनाजी बधाई छ है गाउँ पाउनु भयो :)

ल अब पुष्पजीलाई जस्तै मलाई पनि जान्न मन लाग्यो 'झाल' को अर्थ र यो गाउँ खाने कथाको 'सार्थकता'।

Anonymous said...

बोटबिरुवाको लहराहरु यत्रतत्र फैलिने झ्याँगलाई नै झाल भनिन्छ। जस्तै काँक्रो, फर्सी, तिते करेलाको झाल।

Luna said...

जुन गाउ दिनु भए पनि दिनुस् नेपालीयन जि ।
आन्नोस्म्यु( कत्ती गार्हो नाम हरे ! ) जि ले पुष्प जि र दिलिप जि को प्रश्नको उत्तर दिनु भएछ , धन्यवाद है :)

नेपालियन said...

लुना जी तपाइलाइ मेरै गाउं छेउको रमाइलो गाउं सिक्लेस दिए है।

muglaneko blog said...

हावाबाट चल्ने गरी बनएको ठुलो डुंगा त होइन । डुंगाको माथि बलियो खम्बामा कपडा लगएको हुन्छ ।

muglaneko blog said...

अो यो त मैन्टोल पो त । हो नि कि कसो

purna biram said...

खुर्सानी थाल ? हिरालाल चाही के ??

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !