August 22, 2009

कहिले यस्तो पनि हुन्छ।

काठमाण्डौमै बसोबास गर्ने एउटा बेलायती साथीको बुवा आएको थिए काठमाण्डौको हायात रिजेन्सी होटलमा राखेका थियौं। साथीको बुवा जाने अघिल्लो दिन उनको कोठामा नै खानपानको लागि हामीहरुलाइ बोलाइएको थियो र म र मेरो पार्टनर गयौं। कोठाको नम्वर तीन बाट शुरु भएकोले कोठा तेस्रो तल्लामा नै हुनुपर्छ भनेर हामी लिफ्ट भित्र पस्यौं। अर्को एकजना मानिस पनि लिफ्टमा पसे। मैले तीन नम्बरको बटन थिचें। त्यो अर्को मान्छेले कति नम्वर थिचे कुनि, वास्ता गरिएन। लिफ्ट तल गयो कि माथि गयो पनि हेक्का भएन।

म र मेरो पार्टनर आफ्नै गफमा ब्यस्त थियौं। अर्को मान्छे कति नम्वरको तलामा ओर्लिए कुनि, याद गरिएन। तीन नम्बरको बत्ती बले पछि ढोका खुल्यो। हामी निस्कियौं र साथीको बुवाको कोठामा गयौं। होटलका कर्मचारीहरुले रुम सर्भिस गरे। खानपिनपछि साथी हामीलाई होटलको लबी सम्म छोड्न जान्छु भनेर अघि लागे, हामी उस्को पछि लाग्यौं। एकछिन फ्याङ फ्याङ करिडरमा हिंडेपछि हामी सिधै लबीमा पो पुग्यौं। ए बास्सै। अघि लिफ्ट चढेर आएको, अहिले कसरी एक्कैचोटी लबीमा पुगियो, हामी चकित भयौं। भरेङबाट ओर्लिएको पनि होईन। अलि अलि दारु पनि लागेको थियो। सबै दारु एकै चोटी उत्रियो।

यसो बुझेको त हामी होटल प्रबेश गर्दा सिधै तेस्रो तलामा रहेको लबीमा पुगिने रहेछ। लिफ्टमा हामीसंग रहेको मानिसले अर्को बटन थिचेकोले पहिला लिफ्ट उसको फ्लोरमा पुग्यो। हामीले तीन नम्बरको बटन थिचेकोले लिफ्ट त्यसपछि फर्किएर लबी भएको तेस्रो तलामा आयो। अर्को मान्छे लिफ्टमा नआएको भए, हामीले तीन नं को बटन थिचेकोले लिफ्ट पक्कै चल्ने थिएन र लिफ्ट चलेन भनेर भरेङ खोजिन्थ्यो होला। हामी मरीमरी हाँस्दै फर्कियौं।

तपाँईहरुसंग पनि यस्तो अनुभव छ भने बाँड्नु होला।


9 Comments:

purbeli said...

mero bichar ma tapai teha bhayeko sign hernu parne hernu bhayena. sabai thauma lekhiyeko hunchha.

Anonymous said...

mero bichar ma tapai jaad khayera lift operate garnahune thiyena. jaad khaye pachi impaired hune h uda kunai pani machinery operate garnu hudaina.

पोस्तक श्रेष्ठ said...

जाँदा नै टिल्ल परेर गएको होइन क्या। त्यो होटलको लबी नै तेस्रो फ्लोरमा रहेछ भन्ने मात्र हेक्का नभएको पो।

जाँड खाएर भर्याङबाट ओर्लिने हो भने त झन एकै चोटी खर्याङखुरुङ हुन्न र भन्या?

पुष्प said...

पोष्तकजी पनि, ल ठीकै छ तपाईंलाई तलाको बारेमा हेक्का भएन; तर जुन तलामा लिफ्ट छ, सो तलाकै बदन थिच्दा थिचिँदैन, अर्थात् बटनको बत्ती बल्दैन । तपाईं त निकै बेहोसी हुनुहुँदो रहेछ ।

पोस्तक श्रेष्ठ said...

बटन थिचियो, बत्ति बोल्यो कि बलेन याद भएन, अर्को मान्छेले पनि थि्च्यो, लिफ्ट त चलि हाल्यो। अब सबै कुराको होस वा याद गरिएको भए त यो कुरै आउने थिएन नि पुष्पजी।

नेपालियन said...

ठ्याक्कै यस्तै त होइन तर एक पटक लिफ्टमा यस्तै यस्तै भएको थियो। लिफ्टमा छिरे नम्बर थिचें। पछी एक जना आएछन र मेरो भन्दा सानो अंक थिचे,मलाइ त्यो पत्तो भएन। जानू पर्ने ८ औं तला म त उनी पुग्ने तलामा ढोका खोल्ने बित्तीकै निस्केछु। न तिनीलाइ सोध्ने कुरा भयो यो कुन तला भनेर न आफूलाइ पत्तो भो कुन तलामा आइयो भनेर। पून लिफ्टमा छिरेर ८ नं थिच्नु बाहेक अरु बिकल्प रहेन।

पत्रपत्रीकमा लिफ्टका काहानी धेरै सुन्न पाइन्छन। काहानी मात्रै किन कतीपय बिज्ञापन मान्छे आकर्षित गर्न लिफ्टमै खिचेर रमाइलो तरिकाले प्रस्तुत गरिन्छ। मलाइ सबभन्दा मन पर्ने लिफ्टमा खिचिएको बिज्ञापन भने "अप अप" भनेर जापानिज केटीले भन्ने निकै रमाइलो लाग्यो। पहिला त त्यो बिज्ञापनमा जापानिजले अंग्रेजी र जापानिज मिसाएर बोलेको र हाउभाउ हेरेर रमाइलो लाग्थ्यो। तर अली पछि मात्रै थाहा पाए त्यो त अनौठो खाले महिलाहरुको भीत्री पहिरनको बिज्ञापन पो रहेछ।

दूर्जेय चेतना said...

रमाईलो भएछ। हुन्छ कहिले काहिँ यस्तो। मलाई यस्तो चाहीँ हैन तर मेरो कलेजको बिल्डीङ ८ तलाको छ। मेरो ल्याब पाचौ तलामा छ। कयौ पटक लिफ्टको स्वीच थिच्न बिर्सिएर साथीहरु संग गफमा भुल्दा, आठौ तलामा पुगेर पुन पहिलो तलामा आउदा झस्केको अनुभव भने छ ।

पीजी said...

पोस्तकजी धेरै पछि झुल्किनु भयो, कहा जानु भयो भन्ने लागेको ह्यातको लिफ्टले पो अल्झाइदिएको रहेछ :)!

अम्रिकाका लिफ्ट चढेर कायल परिसकेका मान्छेलाई पनि नेपालको लिफ्टले रिंगाइदिएछ :)! तपाईको कुरो पनि जायजै हो । ३ नंबाट शुरु भए पछि तेस्रो तलामा होला भनेर सोच्नु जायजै हो नि । तर ह्यात होटेलको लबि भन्दा तल २ तला (झण्डै अण्डरग्राउण्ड जस्तै) छ त्यसैले पिंध देखि नै नंबरिनङ गरे होलान ।

अब मेरो कुरो, करिब १२ वर्ष अगाडि दिल्लीमा लिफ्टको कुरो राम्रोसंग नबुझेर ५-१० मिनेट तल र माथि गर्दै भौंतारिनु परेको थियो । १८ तले भवनको बिच बिचमा धेरै जनाले बटन थिचेर धेरै तलामा हण्डर खाइयो, हिडेरै जान्छु भन्ने सोचेको थिएं अलि आट्न सकिएन तर जेनतेन पछि छिचोलें , यसको विस्तृत पोल त अहिले खोल्दिन ।

अचेल पनि के के मा दिमाग घुमिराखेको हुन्छ ग्राउण्ड फ्लोरको साटो कहिले अण्डर ग्राउण्डमा गइन्छ त कहिले भित्र पसेर बटन थिच्न बिर्सिन्छ । आइन्स्टाइन बन्ने लक्षण हो कि !

नेपालियन said...

लामो समय सम्म हराउनुको कारण त नेपाल यात्रा पनि हो क्यार होइन त पोस्तक जी।

नेपाल यात्राका रमाइला अनुभव भए पक्कै पनि सुनाउन नभुल्नुहोला है?

लिफ्टको कुरा गर्दा सबै लिफ्टको सिस्टम एकै हुदैनन। प्रायमा जांहाबाट छिर्यो त्यहीको नम्बर थिच्दा लिफ्ट कतै जांदैन। तर कसैले अन्य नं थिच्यो र त त्यस पछि आफुंले थिच्यो भने लिफ्टमा राखिएको प्रायोरिटी सिस्टम अनुसार चल्छ। पोस्तकजीको मा त्यस्तै केही गडबड भयो होला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !