August 23, 2009

तिमीलाई मनका कुरा भन्न मन लग्यो

तिमीलाई मनका कुरा, भन्न मन लग्यो
आऊ प्रिये समिपैमा ,बस्न मन लग्यो

चुलबुले जोबन तिम्रो, कैले सम्म साच्छौ
इसाराले बोलाउछौ ,आउन मन लग्यो

लजाएर रंग चढाई,नसालु भै हेर्छौ
त्येहीबेला तिम्रो रुप,चोर्न मन लग्यो

फर्की फर्की हेर्छौ आफै,नजर झुकाउछौ
त्येसैले त दोबाटोमा, कुर्न मन लग्यो

बतासले केस उडे,ओठ टोकी हिड्छौ
अंगालोमा बाधिएर,चुम्न मन लग्यो

यसरीनै कैलेसम्म,लुकिछिपी गर्छौ
आऊ प्रिये आज प्रिती,साट्न मन लग्यो


8 Comments:

Biplab said...

A nice one, excellent.
आऊ प्रिये आज प्रिती,साट्न मन लग्यो , who is the lucky person, just wondering!!!

नेपालियन said...

लामो समयको अन्तराल पछी आउनूभयो क्वेस्टजी तर गजल भने निकै दामी ल्याउनुभयो।

आजकाल चलनचल्तीमा कबिता भन्दा गजल बढी छ कि क्या हो? गजल हस्तीहरु यसो जानकारी पाउं न है?

कैलाश said...

...........................
तिम्रा यी शब्द पढेर, आट्न मन लाग्यो!

पुष्प said...

बतासे रचना ।

Anonymous said...

Above me बतासे manchhe!

पुष्प said...

धन्यवाद । :)

नेपालियन said...

ह्या त हुरी बतासको कुरा हुंदै रहेछ। कतै हरिकेन "बिल" यता पनि आएन?

हरिकन बिलको मेनमा मान्छे बगाएको घटना पढेको थिए, निकै दुखित घटना घटेछ।

mukunda undestined said...

thank u all for ur comments...

and nepolian G ,
actually kaile kahi yeso paper ma kirda kerdai k k lekha pug6u.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !