July 13, 2009

तिमी मुस्काइ रहु

तिमी मुस्काइ रहु बनेर जून ख्याती
सकेनन देख्न दुश्मनले तिम्रो प्रगती .......

चिरआत्माको गर्छौँ हामी सबैले कामना
तिमी प्रती छ हामी सबैको सद्भभावना .........,

चम्किलो तारा कहिल्यै निभ्दैन नभमा
तिमी अजर,अमर रहनेछौ सब माझमा ...........,

छुटयो सास देहबाट त के भो अब
तिमी जग्मगाइरहेछौ यो धर्तिमा जब ............,

गर्‍यो जस्ले तिमीसँग घ्रीणित घात,
भोग्नेछ उसैले आजन्म त्यस्को पाप ........,

तिमी अमर रहु बनेर शहिद ख्याती
यही जन्ममा मिल्नेछ फेरी प्राप्ती .......,


9 Comments:

Anonymous said...

तिमी अमर रहु बनेर शहिद ख्याती
लौ न अपहरणमा पर्ने पनि अब शहिद?

acharya prabha said...

apaharanma matra parinan uni hajur,mrityuko kaahma pani chir nindrama parin tyasaile uni ajar
amar rahanako laagi sahidko upanaam diyera sadha amar rahun bhanne kamana gareki hu.tapailaai ta apaharan ma parekaharuko mrityu chahi sahaj laagchha jasto chha ni?any way commentko bahanamaa dautariblogspot.com hernu bhayo dhanyabaad.ajhai negetive nai bhaye pani commentko aasha ma rahanechhu.

प्रबिण थापा said...

ख्याती को आत्माको चिर शान्तिको कामना गर्दछु ।समाजमा अबका दिनहरुमा अन्य ख्यातिहरुको अनाहकमा जीवन नचुडियोस। राज्यले राज्यको अभाष जनतालाइ दिन सकोस। आपराधिक व्यक्ति, समुहलाई कडा भन्द कडा सजाय दिलाएर दण्डहिनताको अन्त्य गर्ने वातबरण सिर्जना गर्न सरकार सक्षम होस।

Anonymous said...

Acharya Prabha I did not mean the death of kidnapped is an easy one.
I said how can be martyr? I did not mean to give negative comment neither supporting such action.

Biplab said...

म पनी ख्याती को आत्माको चिर शान्तिको कामना गर्दछु ।

acharya prabha said...

बेनाम ज्यु,तपाइको हदमा तपाईंको कुरा सहि छ त र म यो भन्न चाहन्छु कि अर्धशिक्षा,अराजनितिक ब्यक्ती,ठुटे राजनीतिग्यहरु मरेर शहिद भन्नु भन्दा अप्रतक्षरुपमा विद्यार्थी जीवन लिएर भविश्यमा देशको निम्ती केही गर्न सक्ने होनहार छात्रालाई म शहिद भन्न रुचाउँछु शहिद् राजनीती गर्ने ब्यक्तीमात्र हुन सक्दैन। जस्ले देशलाई कुनै पक्षबाट पनि सहयोग गर्न सक्छ त्यस्तालाई पनि म्रीत्यु पश्चात शहिद भन्नमा अत्युक्ती नहोला।

Anonymous said...

ufff.....khyati le desh ko lagi k garin? tapai ko kura ta kati pani milena acharya prabha jyu.
विद्यार्थी जीवन लिएर भविश्यमा देशको निम्ती केही गर्न सक्ने होनहार छात्रालाई म शहिद भन्न रुचाउँछु ?
Teso bhaye ta bholi ko k huncha k? Sabai honahar bhayihale ni.

नेपालियन said...

गित राम्रो छ प्रभा जि। ख्यातीको घटनाबाट सारै भावनमा डुबेर निकै राम्रो गित लेख्नुभएको छ तपाइले।
हो यस्तो घटना दोहोरीनु हुन्न। तर खै नियम कानुन त्यस्तो छ, के होला ?

acharya prabha said...

as you like aninymous jyu......garna baaki nai thiyo ni ta,garna nadiye pachhi ??????????????banchna nai nadiye pachhi???????????

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !