July 6, 2009

गजल

तिम्रो यादमा मैले भए जति आँसु पिएको छु
नआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छु

नाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमा
मन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छु

कस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौ
आखिर खुशी दाइजो दि आँसु मैले लिएको छु

उजाड उराठ हृदयमा आशाको मुना भाँची
बिना अर्थको जिबन एकचोटि फेरि जिएको छु

कतै नजर मिले चिन्ने कोशीस नगर्नु बेर्थै
तिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु


13 Comments:

प्रबिण थापा said...

nice gajal waka ji!

नेपालियन said...

तिम्रो यादमा मैले भए जति आँसु पिएको छु
नआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छु
पहिलो हरफ (गजलमा त अर्कै के भन्छन क्यार) जोडदार छ पछीको त कुरै नगरौं।
मैले त दोह्राएर पढें। निकै मार्मिक लाग्यो। समग्रमा बेजोड प्रस्तुती छ ।

Unknown said...

u make me cryyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy
it is very heart touch-------

नेपालियन said...

कठै लुनाको त आशुनै आएछ।
यती पिडादायक लेख्नुभएन वाका जी।

Luna said...

नेपालीयन जि !
आशु पिडाको कारण ले मात्रै आउँदैन -----
अनी अर्को कुरा, कुनै पिडा पिडा नै भएर पनि प्री य हुन्छ -----

nepalean said...

Akhir pidadayektma marmikta bhayera nai ashu ayo hola ni haina ta luna ji?
oho...priya pida kasto huncha? malai ta pida sadai dhukcha jasto lagcha.

waka said...

गजल मन पराइ हौसला दिनु भएकोमा धन्यवाद !
लुना जि सँग म पनि सहमत छु । कहिले कही पुरानो घाऊ सम्झदा नि
मन आन्नदित हुन्छ भली त्यो पिडादायक किन नओस।

manoj lamsal said...

luna ra mero man pani pagliyo sachhi.malie ta luna sangai basera runa man lagyo ni ta waka jee.

https://mohanbihani.blogspot.com/ said...

gajal le mero man jityo . Mohan kafle 'Bihani'

Dipesh said...

Whaa waka ji
wa wa wa

Anonymous said...

gajal ta ramro all the best ramro garnu
arjun gaire kathmandu

Sunnaina Hamal said...

gud gajal i like it plz write the next gajal for me

Anonymous said...

sanchaii anshu ta piyeko chu shrestha ranzeeta kailali

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !