June 1, 2009

हाम्रो ब्लगका ब्लगर केपी ढुंगानाको सेरोफेरो


ब्लग भित्र ब्लग दौतरीमा राख्ने जमर्को स्वरुप यस पटक हाम्रो ब्लगका (Hamroblog.com) ब्लगर के.पी ढुंगाना आउनु भएको छ। सधै अरुको बारेमा ब्लग लेख्ने के.पी जी आज आफ्नै बारेमा सोधिएका प्रश्नका उत्तर बिस्त्रितरुपमा दिनुभएको छ। आशा छ उहांका ब्लग पारखीलाइ उहां बारे अझ बढी जान्न मौका पाउनुहुनेछ। साथै नेपाली ब्लगहरुलाइ पनि यो संबादले सहयोग पुग्नेछ भन्ने आशा गरेको छु। अब लागौं के.पी जी को ब्लग सवाल जबाफ तिर।

१) हाम्रो ब्लग सबैको ब्लगकी तपाइको ब्यक्तीगत ब्लग?
पाठकको हकमा भन्नुहुन्छ भने नाम झै यो हाम्रो नै हो । तर कन्ट्रीव्युटरको रुपमा भन्नु भएको हो भने ब्यक्तिगत ब्लग हो । यसको नाम चयन र प्रारम्भ सबैको ब्लग बनाउछु भनेरै गरेको हो । तर फाट्टफुट्ट बोहक अन्य मित्रहरुको सामाग्री त्यत्ति आउंदैन । पाठकिय दृष्टीकोणमा त हाम्रो बन्न सफल भएको छ जस्तो लाग्छ मलाई

२) कसरी चढ्यो ब्लगर भन्ने भुत?
ब्लगर बन्ने भुत ज्ञानेन्द्र शाहले चढाइदिएका हुन । यदी उनले प्रत्यक्ष शासन चलाएर प्रेस स्वतन्त्रतामाथि त्यत्तिको अनुदार नबनेको भए सायद यत्ति चांडै म ब्लगको बाटोमा पक्कै हिड्ने थिइन । माघ १९ पछि देखेको लेख्न पाइएन । अब देखेको कुरो नलेखी चित्त पनि नबुझ्ने । लेखेको कुरो घरको भित्तामा राखेर पनि चित्त नबुझ्ने । के गर्ने होला भनेर सोध्दै खोज्दै जांदा ब्लगसंग जम्माभेट भएको हो

३) बिबहा पछी ब्लगले कम समय पाएको त छैन?
विवाहको समयमा करिव १५ दिन नियमित हुन सकिन ब्लगमा । तर त्यसपछि छैन । उही स्पीडमा छु म

४) हाम्रो ब्लगका पाठक त छोटो समयमै १५ करोड नाघेछन। काठमान्डौको मिटर क्याब जस्तो त होइन?
हा…हा…हा । मैले त यादै गरेको थिइन । गडबड भएछ । यत्रा पाठक पाइसकेको छैन मैले । एक जना मित्रको सहयोगमा काउन्टर राखेको थिए । कहिले साइड परिर्वतन भए कहिले ह्याकरले रुवाए । पाठक गणना मिटर राख्दा पुरानो पनि मिल्ने गरी राख्ने कि भनेको थिए । गडबड भएछ । अब सच्याउंछु

५) तपाइका पुराना सामाग्री त गायब भएछन नी। यसबारेमा आफ्नो अनुभव के छ,ब्लगरहरुलाइ के सल्लाह दिन चाहानुहुन्छ ?
हो पुराना सामागि्र सबै हराए । ह्याकरले हैरान बनाए । पहिलो पटक हैन तीन पटक भइसक्यो यस्तो भएको । ०६१ चैततिरवाट ब्लग शुरु गरेको हुं मैले । त्यो बेलामा ब्लगसममा ब्लग चलाउंथे । आफ्नै डोमेन र स्पेशको भुत सवार भएपछि २०६३ वाट ब्लगरनेपाल डटकम डटएनपी डोमेनवाट ब्लग शुरु गरे । ब्लगसम एकाउन्टको सामाग्री सार्नुपर्ला भन्दा भन्दै एकान्ट नै डिलेट भएछ । २ वर्षको महत्वपुर्ण सामाग्री हरायो । पछि ब्लगस्रनेपाल डटकम ब्लग आएपछि धेरै मित्रहरुले डोमेन झुक्किएको गुनासो आएपछि हाम्रोब्लग डट कम दर्ता गरेर ब्लग चलाउंन शुरु गरे । यसमा पनि २ पटक ह्याकरले दुख दिइसके । पहिलो आक्रमणवाट सामाग्री जोगाउन सफल भइयो । तर दोस्रो पटक पुन ह्याक गरी सबै सामाग्री ड्यामेज बनाइदिए । बढो दुःख लाग्यो । पुराना सामाग्री संग्रह गरेर राख्ने बानी थिएन । महत्वपुर्ण सम्पत्ति त्यसै नाश भयो । यि दुखपछि ब्लगमा राखेका सामाग्री बेलाबखत कम्प्युटरमा ब्याकअप बनाएर राख्नुपर्ने रहेछ भन्ने शिक्षा पाए । अन्य ब्लगर साथिहरुले ब्लगमा राखेको सामाग्री कम्प्युटरमा बेला बेला ब्याकअप गरेर राख्नु भएको छैन भने राख्नु होला । नत्र मैले जस्तै दुख पाउनुहुनेछ

६) नेपाली ब्लग बिचार सुचुचित गर्नुको साथै अनुचित रुपमा पनि दबाइन्छ भन्ने आरोप निकै चर्चित छ,हाम्रो ब्लगमा यस्तो भएको छ?
तपाइले भन्न खोज्नुभएको मैले अलि बुझिन । यदी प्रतिकृयाको कुरा गर्नु भएको हो भने अश्लिल प्रतिकृया बाहेक अन्य डिलेट गर्ने गरेको छैन । सधै प्रतिकृया मनिटर गरेर बस्न भ्याइदैन । त्यसैले २ वर्ष जति प्रतिकृया मोडरेटमा राखेको थिए । एक वर्ष भयो मोडरेट सिष्टम हटाएकोछु

७) नेपालका गोष्ठीको उदेष्य गोष्ठीको समाप्तसंगै समाप्त हुन्छन। तपाइको बनेपा गोष्ठीले कती ब्लगर जन्माए?
पत्रकारीता प्रशिक्षणको क्रममा अनलाइन पत्रकारीताको विषयमा ब्लगलाइ पनि मिसाएर आफ्नो अनुभव बाडेको थिए । त्यसो गर्दा बनेपामा बढो राम्रो प्रतिकृया पाइयो । केही साथिहरु नियमति सम्पर्कमा हुनुहुन्छ । उहांहरु प्रत्येक सम्पर्कमा ब्लगका बारेमा चासो देखाउनु हुन्छ । केही साथिहरुलाई साइबर क्याफेमा लगेर प्रयोगात्मक रुपमा समेत ब्लग साचालनको विधि सिकाएको थिए । तर उहांहरुले ब्लग शुरु गर्नु भयो कि भएन जानकारी पाएको छैन । बनेपापछि नुवाकोट पुगेर पनि अनलाइन पत्रकारीता र ब्लगको बारेमा अनुभव बाडेको थिए मैले । यि दुबै स्थानको प्रतिकृयावाट मैले के बुझे भने प्रविधिप्रतिको सहज पहुंचको अभावमा ब्लगको संख्या नबढेपनि ब्लग र ब्लगरको कुरा हुंदा साथिहरु अल्मलिएर बस्नुपर्ने अवस्था रहेन । यो पनि राम्रै उपलब्धी हुन जस्तो लाग्छ

८) ब्लगमा गाली र ताली आउदा कस्तो लाग्छ?
बढो रमाइलो लाग्छ । ब्लगको सुन्दर पक्ष भनेकै यही सहज अन्तरक्रिया नै त हो । समुहमा कुनै विषयमाथिको बहसले प्रवेश पाएपछि कसैले समर्थन गर्छन कसैले विरोध । जो सामान्य हो । त्यसमा पनि ब्लगमा जत्ति बढि अन्तरक्रिया हुन्छ ब्लग गर्ने उति उर्जा बढ्छ । नियमित ब्लगको उर्जा नै यही गाली त ताली हो जस्तो लाग्छ

९) अन्य ब्लगरसंग भेटमा के कुरा हुन्छ? प्राय भेटीने ब्लगर को हुन? कुनै रमाइलो गफ सुनाइदिनुहोस न?
ब्लगरसंगको भेटमा अरु के गफ हुनु त्यही ब्लगको नै त हो । ब्लगका सामाग्री अन्तराष्ट्रिय ट्रेन्ड नयां आएको ब्लग लगायतका विषय नै हाम्रो कुराको केन्द्रमा हुन्छ । प्राय भेट भइरहने ब्लगर माइसंसारका उमेश श्रेष्ठ र फिल्मी ब्लग चलाउने प्रवेश सुवेदी हुन । तर लामो समय भयो दुबैसंग श-शरिर भेट नभएको । फोनमा भने कुराकानी भइरहन्छ । दुबैसंगको भेटमा प्राय ब्लगको नै कुरा हुन्छ । उमेशसंग कुनै प्रविधि सम्बन्धी कुनै ब्लगलाइ अझ पपुलर बनाउने भनेर गनगन गरिरहछु म । प्रवेशसंगको भेटमा चै बढि ब्लग थिमको बारेमा कुरा हुन्छ । उमेशसंगको स्मरणिय कुरा भनेको चिया खाएर ब्लगर सम्बन्धी संस्थाहरुको गफ गर्दा गर्दै ब्लगान नाम जुरेको थियो । अनी हामी दुबैविच ब्लगानको अध्यक्षको बारेमा चर्काचर्की परेको थियो । म भन्ने उमेश अध्यक्ष बन्नुपर्छ उमेश भन्ने हैन म बाहिर बसेर सहयोग मात्र गर्छु । तर अहिले त ब्लगान नै एकादेश भइसक्यो । प्रवेशसंग भेट भयो कि पहिला नै आज चै नयां थिम खोजीदेन नभन है भनिहाल्छ

१०) कामभित्र पत्रकार काम बाहिर ब्लगर, घरै पिंडालु बनै पिंडालु जस्तो लाग्दैन?
हैन बढो रमाइलो लाग्छ मलाइ त । पत्रकारको रुपमा जुन भुमिका निर्वाह गरिन्छ त्यो सत प्रतिशत आफ्नो सोचाइ अनुसार हुन्न । आफुले ल्याएको सामाग्री आफुले चाहे जसरी पस्कन पाइदैन । धेरै हाकिमहरु हुन्छन । ब्लगमा त ढुक्क सबै काम आफैं गर्ने । चाहेको सामाग्री आफुलाइ जसरी मनपर्छ त्यसरी नै पस्कन पाइन्छ । हाकिम कामदार दुबै आफैं । समाचार खोज्दै हिड्नेक्रममा पाएका कति जानकारीहरु पत्रकारको रुपमा पस्कन सकिंदैन । जसलाइ ब्लग मार्फत बाड्न पाइन्छ । त्यसैले यसमा त झन मजा छ

११) तपाइ ब्लगर या पत्रकार भनेर चिनीनु परे कुन रोज्नुहुन्छ?
म त ब्लगरका रुपमा चिनिन चाहन्छु । खै के मोहनी लगायो यो शब्दले म ब्लगर भन्दा मनै आनन्द हुन्छ

१२)एक जुगमा एक दिन पक्कै आउंछ त्यस पछी के आएको अनुभव भयो?
मैले यो प्रश्नै बुझिन । कुन प्रशंगमा भनेको हो स्पष्ट भएन

१३)नेपालका अहिलेका नेता मध्य सब भन्दा जनतालाइ काम लाग्ने को हुन जस्तो लाग्छ?
अहिले त्यस्ता नेता जन्मीइसकेका छैनन । अहिलेका सबै काम चलाउ मात्र हुन । काम चलाउमा को टिकाउ को कमशल भन्ने मात्र हो ।

१४)नेपालमा शहिद किन फेसन भएको होला?
फेसन भन्दा पनि यो विकृती हो । राष्ट्रका लागि साच्चिकै बलिदानी दिएका माथिको अक्षम्य गद्धारी हो । अनी यो गद्धारी कुनै १० लाखको लोभमा भएका छन कुनै पार्टीगत स्वार्थमा ।

१५)हाम्रो ब्लगका सिफारीस ब्लग मध्य एउटै ब्लग सिफारिस गर्नुपरेमा कुन ब्लग सिफारिस गर्नुहुन्छ?
त्यस्तो छैन । एउटा मात्र स्वादको खाना खाएर ब्यक्ति अघाउंदैन नी । हो ब्लग पनि त्यस्तै हो जस्तो लाग्छ । फरक फरक स्वादका भयो भने मज्जै बेग्लै हुन्छ

१६)दौतरी ब्लग कस्तो लाग्छ,केही सुझाब छ कि तपाइबाट?
इन्टरनेटमा सामाग्री खोज्ने क्रममा दौतरीसंग मेरो भेट भएको थियो । पहिलो भेटमै राम्रो लाग्यो मलाइ र अहिले नियमित छिर्ने गर्छु म । सामाग्रीहरु राम्रा छन । तर अलि साहित्य बढि भयो कि जस्तो लाग्छ । ब्लगभित्रको ब्लग यसको चिनारी हो यसलाइ निरन्तरता दिनु होला । साजसज्जामा अलि ध्यान पुगेको छैन कि

१७) तपाइलाइ भन्न मन लागेको र दौतरीले सोध्न भुलेको केही कुरा छ कि?
विचार भावना असिमित हुन्छन । ति सबै एकै भेटमा कहां सकिन्छ र हैन ? मलाइ ब्लगभित्रको ब्लगका लागि सम्झनुभयो धेरै धेरै धन्यवाद । दौतरी सबैको दौतरी बन्न सकोस शुभकामना ।


9 Comments:

Aakar said...

के पी जी, को अनुभव साह्रै रमाइलो लाग्यो ! बाँडिदिएको दौँतरीलाई धन्यवाद !

Prajwol said...

नेपालका ब्लगरहरुले जति पनि "यो न्युज साइट होइन, ब्ल्ग हो" भनेर खोके पनि बिदेशमा बस्नेहरुले खोज्ने मुलत न्युज हो, कसैको opinion पढ्ने शायद कमैलाई इक्षा होला ।

के पी जि को ब्ल्ग पनि म तेही inside news story को खोजिमा पस्ने गर्छु । सांच्चै भन्नु पर्दा उहांको ब्ल्गको धेरै potential छ, तर कहिले कांहि लेखाइ "wham bam thank you maam" पाराको हुन्छ, अर्थात: सार्है रुखो र कर्कश, फ्यट्ट जे पायो लेखी हाल्ने । उहांको free style जे देख्यो तेही लेख्ने philosophy को म सम्मान गर्छु । तर अलि मिहेनत गरे शायद उहां पनि नेपालको नम्बर १ ब्ल्ग/समाचार साइट को संचालक हुनु हुने छ ।

नम्बर १ ब्ल्ग हुनु भएछ भने पनि please कमेन्ट मोडरेसन नगर्नु होला है :)

NKM said...

very nice, all the best KP jee!

Jotare Dhaiba said...

केपीजीको ब्लगको सेरोफेरोमा आएका विचार र अनुभूतिहरू रोचक र मननीय लागे । पुरानो ब्लगर हुनुहुन्छ, अनुभवको इन्धन झन् झन् पकाउँदै लगेको हुनुपर्छ । तर ब्लग भन्ने फेशन छ युवा जमातमा, हाम्रो ब्लगले त्यसलाई सही मानक दिलाउन ब्लगिडमा अझ गाम्भीर्यता देखाउनुपर्छ ।

'दौँतरी'मा साहित्य अलि बढी भयो भन्ने उहाँको टिप्पणीप्रति भने दौँतरी टिमका सबै साथीहरूले एकपल्ट विचार पुर्‍यायौँ है । हुन त टिम ब्लगिङमा विषयवस्तु र विधाको विविधतामै मज्जा हुन्छ, भिन्न-भिन्न पृष्‍ठभूमिबाट आएका ब्लगरले ब्लग लेख्‍ने विषयवस्तु निर्धारण गर्छन् । तर विविधता चाहिँ आफैँभित्र पनि हरेक ब्लगरले जगाउनुपर्ने खाँचो देख्छु है ।

दौँतरी र केपीजीको पलेँटीलाई मङ्गलम् !

Basanta said...

केपीजीसंगको यो कुराकानी पढ्ने मौकाका लागि दौंतरी र केपीजीलाई हार्दिक धन्यबाद!
उहाँको ब्लगमा बेला-बखत पसिरहन्छु म पनि। माथि प्रज्वलजीले भनेजस्तै म पनि inside news story कै लागि पसने हुँ। पत्रकारहरुलाई राजनीतिक घटनाक्रमका भित्री कुराहरु धेरै थाहा हुन्छ जस्तो लाग्छ मलाई। लेखाईको शैली राम्रो भएपनि कहिलेकाहीँ अलिक हतारिएर लेखेजस्तो लाग्छ।

केपीजीलाई निरन्तरता र सफलताको शुभकामना!

HAWA said...

तर मेरो प्रतिक्रया चाहि हाम्रो ब्लॉग र माइ संसार ले सुरु मई ब्लाक गरि दिए... बरु ददि जी को नेपाल प्लुस र दौतरी माँ चाही जस्तै बिमती भये पनि स्वीकृत हुन्छ... शैली र पाठक प्रतिक्रिया रोचक भये पनि माइ संसार चाही अलि मात्तिना थालेको जस्तो लाग्छ...

एकलव्य ( Eklavya) said...

मैले दौँतरी इन्टरनेट एक्सप्लोररमा कमेण्ट ओपन गर्ने बित्तिकै internet explorer can not open this internet site भन्ने म्यासेज आएर operation abort गर्दिन्छु भन्छ । तर गुगल क्रोममा हेर्न सकिन्छ , कारण के होला ?

एकलव्य

Unknown said...

के पि जी सँगको कुराकानीको लागि दौतरिलाई धन्यवाद ।

डीआर न्यौपाने'सूर्य' said...

k.p. जी संगको मिठो कुराकानि चखाउनु भएकोमा दौतरीलाई धन्यबाद भन्न चहन्छु । हाम्रो ब्लगको अझै प्रगतिको कामना ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !