May 24, 2009

भन्छिन मेरी उनी

शेखर ढुङेल
०५-२४-२००९
न पछ्याउ अब मलाई
मेरो बाटो अझै कठिन हुँदैछ
हिंड्नु छ मलाई
काडा घारि को गोरेटो
तिम्रो सुकिलो लिवास
उध्रिन सक्छ
चिल्लो फराकिलो बाटो
रोज्ने हरु
दोष मलाई आउन सक्छ
फर्की जाउ सुख को संसार
मलाई त अझै पत्थरिला
बाटो मा हिंड्नु छ
साथ लागे त तिम्रो
कोमल पाउ मा घाऊ लाग्न सक्छ
टाढै बस रमाउ जहाँ छौ
मेरो बस्ती मा त
प्रदुषण ले बिमार पार्न सक्छ
बेच तिम्रो ज्ञान को भन्डार्
उतै तिर
यता त बित्रिष्णा आउन सक्छ
म त जिर्ण भैसके अब मैले
तिम्रो सन्तान को
भबिस्य कोर्न सक्दिन
टाढै राख तिन्लाई
गरिबि ले कुन्ठा बढ्न सक्छ
ओत लाग्ने आसा मारिदेउ
यो खर को छानो
जुनै बेला ढल्न सक्छ
काम को के भरोसा म मा
दौरा र टोपी को
काम समेत बन्द हुँदै छन
सभ्य समाज मा रमाउ तिमी
मेरो आगन मा त
बिक्रिती को पहाड खडा छ
तिम्रा कोइ दौतरी छैनन यहाँ
घर घर मा थरी थरी का डन्डा छन
नपठाउ मलाई अरब बाट
पसिना ले भिजेको चिट्ठी
रोएर म सिथिल भै सके
बाँकी छैन अब यहाँ
तिम्रो पुर्खा को अस्मिता
च्यातिएर धुजा धुजा भैसक्यो
नझार परदेश बाट
औपचारिकता का आशु
म त तिम्रो लागि अर्घेली भैसके
तिम्रो छाती मा कुदिएको
मेरो नाम खुइलिसकेछ
नदोर्याउ कथा राम र बुद्ध को
लिट्टे र तलिवान ले तिन्को
हरण गरिसकेका छन
न झकझकैराख तिमी हरु
टाढा बाट
यो अस्थिपन्जर
ढल्नै आटि सकेको छ
न आउ फर्की घुर्की देखाउन
यही कै ले छाती थिल थिलो
पारिसकेका छन
शुभकामना परदेशिएका लाई
उही चाउरी परेकी नेपाल आमा


2 Comments:

Luna said...

heart touch --
keep it up .

बिप्लब said...

लुना जी ले हर्ट टच त भन्नु भयो। राम्रो लागे पनि अली झस्कायो के। किन की लास्टामा त न फर्की आउ घर्की देखाउन भनर परदेशीलाइ थर्काइएको रहेछ। परेन आपत?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !